Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 257743 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 05-05-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११३


चौतारी मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!

---------------------------------------------------------------------
 
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन  
चौतारी ....तिम्रो माया मIर्न सकिन

चौतारीका दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो चौतारीकै हांगोमा  (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या भन्या।




Last edited: 05-May-08 04:46 PM


 
Posted on 05-07-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पेन्नी चाहीदैन डलर डलर भये हुन्छ
कस्तो हल्ला खल्ला गरेको
समान सबै बाटोको बीच्मा राखेर के गर्न खोजा हो
मैले प्नी स्वागत गरे है रीया जी लाई चौतारी मा


 
Posted on 05-07-08 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हल्का ट्रिप दिएर आको नि, नत्र त केटी को अगाडि लाजै हुन्छ नि ओ
रेडी हैन त केटा हो
हर्के ले रिया लाई भित्र छिर्न दिएन कि क्या हो? केटी लाई कसैले टिकेट माग्छन छोड्दे भो, बरु केटा हो कि केटी छुट्याउन सकेन जस्तो छ हर्के ले
ल रिठ्ठे ड्रम सुरु गर त , म गाउछु अनी तिमेर्को पालो, 
 
Posted on 05-07-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waiyat जी लाई पनि चौतारी मा स्वागत छ ! ए हर्के खोइ कुर्सी हरु ल्याउ ह्या ! होइन भने जागिर बाट निकाल्नु पर्‍यो तिम्लाई?
 
Posted on 05-07-08 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाइयात जी लाई पनी भब्य स्वागत अनी ल बसुम बसुम
कुर्सी सुर्सी छैन, भुइमा बस्ने त हो नी,
रिट्ठे, हर्के, पर्वते, नेप्चे खोइ सबैजना

 
Posted on 05-07-08 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ केटा हो त्यो 'जेनिथ ब्यान्ड', 'मन्त्र' सप्ले 'रातो र चन्द्र' बाट सुरु गर्छन् हामी पनि के कम् लौ सुरु गर 
 
Posted on 05-07-08 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल पर्बते, केटी लाई कसैले टिकेट माग्छन छोड्दे भो रे हा हा
बरु रिया कुन गीत गाउने हो ? ड्रमर मै हो क्यारे ! अहिले नोटेसन हेर्न लाई चाहिन्छ क्या !
 
Posted on 05-07-08 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-07-08 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए यि बुढाहरु के भाको ह, यहाँ मेन भोकलिस्ट लाई कहाँ ढोके बनाउन थाले गाँठे, लौ खै रिठ्ठे मेरो गितारको तार फुस्केछ खै जोडीदेउत उता, ए पर्बते बुढा खै यहाँ पानी देउत घाटी सफा गर्नु पर्ने भो।
 
Posted on 05-07-08 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, कन्सर्टको नामा सुन्ने बितिकै कती धेरै जम्मा भएछन त। लहरे, पर्बते, हर्के अनी रिट्ठे लाई सन्ध्याकालिन जदौ। नयाँ प्रबेशी Riya र Waiyat लाई चौतारीमा स्वागत छ। 
ल रिट्ठे ब्रो को रिक्वेस्टमा अर्को गाना  


 
Posted on 05-07-08 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pass ko byabastha ho bhane thik chha. tara ma back vocal ma basdina harka_bahadur dai. ma main vocal ho. ritthe ma tyo 'Chyangaa' bhanne gaune ho. la drum suru garnu hai.


 
Posted on 05-07-08 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ले झुर गीत गाएर सबै भागेकी क्या हो? म्यानेज्मेन्ट को खर्च पनि नऊठ्ला जस्तो छ
आज दीपिकाजि खै? झन कथाकार कम् गायिका भनेर 'याड' गर्न लाएर अहिले बेपता? अर्कै कार्यक्रम मा लगे कि क्याहो ? मेरो लगानी डुब्नि भयो
 
Posted on 05-07-08 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नभन मेरो माया  लाग्छ भनी, नबोलाउ भेट्न सुन्सानमा  

 
Posted on 05-07-08 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन तारेमाम का साथ आज को गीता-सीतान्जली कारयक्रम मा सहभागि भएको छु। अभिबादन स्विकार्नुस् (न स्विकार छु मतलब)?
लौ फर्माइस गर्न पाऐने कि न पाइने?
 
 
Posted on 05-07-08 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिया अगिनै भन्नु पर्छनी मेन भोकल भनेर, लौ रियाले गाउँने भये मैले छोडिदिये, ल लिउ रिया यो माइक तिमीलाई अरु बुढाहरुलाई नदेउ है। लौ यो नेप्चेले त साच्चिक्कै पो गाउँन थाले छ है।
 
Posted on 05-07-08 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्छ यो पर्वते फेरी नेवारी मा गाली गर्नु पर्‍यो जस्तो छ
जती भनेनी नचेट्ने क्या
झन त्यस्तो राम्रो गीत टांस्दीये

 
Posted on 05-07-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मेरो ड्रम ल्याये है त ! ल सुरु गरुम गीत रिया, पर्बते !

 
Posted on 05-07-08 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

का ठुल्दाइ यहाँ रिठ्ठेले ड्रम ठोकेर कानै थर्केको नसुनेको भन्या दाईनी क्या दिने क्या।
 
Posted on 05-07-08 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अगाडि हरिप केटाहरु देखेर रिया ले लाज माने जस्तो छ, ल ल सुरु गर , लौ लहरे त्यो च्यङ्बा को ट्र्याक बजाउ त, साथ दिने त रिठ्ठे त होला नि, मलाई त डुअल गाऊन आउँदैन है
 
Posted on 05-07-08 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म एक्छिन हसुर्न गयी है ! गाउदै गर्दा हुन्छ !
 
Posted on 05-07-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता र कबिता प्रती समर्पित गाना मेरो तर्फबाट।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
whats wrong living with your parents ?
TPS EAD auto extended to June 2025 or just TPS?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
TPS Renewal Reregistration
Now Trump is a convicted criminal .
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Shot Dead
Does the 180 day auto extension apply for TPS?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Driver license help ASAP sathiharu
" अनि ग्रिन कार्ड बन्यो त ?"
Is this a progressive step?
Facts showing how US is worse than Russia
Trasiting through Istanbul, Turkey
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters