[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 296595 TIMES]
SAVE! for ease of future access.
Posted on 01-02-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली नेपालऽट फर्किनि साईतै कुरेर बसे रे'च के रे सिरे, सँग सँगै आईपुगे दुवै। बुठेसकालाँ बुरुरु कपाल उम्रे जस्तै भ'च गाँठे हाम्लाई त!

ठुली नेपालाँ घर परिवारसमग कुरो मिला'र आ' होली के रे। चित्रे कुरि रा'छ, बरु भोज सोझ चाँढै ख्वाम् अब। मेरी धोबीनीलाई फुला'र १२ ठेकी रौसी पार्न लाम्नि जिम्मा मेरो भो, ल!

अरापऽट सिरे फर्केछ भुन्ने सुनेर मु नि हिजो लौरो कुद्दै, खुट्टा टेक्दै भ' नि पुगेको थिम् के रे तेस्को घराँ। नोठको बिट्टै बिट्टा बोकेर आ'को उरन्ठेगलो, के घर बस्थो? धोबिनी काँ ३ सोट ला'र जिम्माले काँ पुगेछन् भने। अन्खेरुन आफू नि तेतेई लागियो

जिम्मालेलै के के भने, कुन्नि? बुठोको त भरखर भूत देखेओ जस्तो बोली फुटि रा' थेन। "अरपाँ मुन्छे काटेको खबर त समचराँ सुनेको थियेऊ होला नि, बुढा! हाम्ले नि सिकेर आईम् के रे मुन नपर्ने मुन्छेलै तेस्तेई अर्न, बिचार अर" भुनेर जिम्माल्निको धरि सातो लग्यो रे भुनेर सुनेको हो के रे गाईं गुईं हल्ला।

हुन त काठमन्छु सम्मुन् पुरा'र जहाज उड्नि पैसो को चाँजो त हाम्ले नै गर्देला थिम् के रे। जिम्माललै भेट्नि बखत चईं उनको नि मगजको नसा तन्केको थो होला, हाम्लाई अँगालो सम्म नि हालेनन्। लु त नि, सिरे, आईछौ, बेसरी कमायेऊ पनि होला, खाडीको कथा सुन्नि रहर त हाम्लाई नि थो, एउ दिन बसेर घुटकाउँदै बात मारम्ला भनें।

"ईन सल्लाह" भने सिरेले चईं।

कमाई गरेर पैसो को थुप्रो बोक्ने भएसि त दिल पुनि कठोर भइच के रे। तेत्रो अरेर बिदेस पठा'को हाम्ले, अईले आ'र एउछिन बसेर भलाखुसारी अरम् भुन्दा नि के को "सल्लाह" अर्न पर्नि हो उनलाई?
 
Posted on 01-02-07 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे, भउते, चित्रे, नेपे, सिरे, ठुलनानी, हत्तेरिका, बिर्खे सब लाई तारेमाम है । हाम्रो गाम को भाषा नै अर्क पर्‍यो, छु धागु, छु धागु क ? दिमाग हे गद्बदका ।
 
Posted on 01-02-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे म पछाडि बाट आए भन्छु र ( i am back)
के छ हो गाम्ले । सिरे भीनाजू आउनु भएछ फर्केर । जमुनी दिदी ले नया सारी ला'र नया अरबी झोला अरबि जुत्ता अनि खेरि अरबी मजेत्रो हालेकी। लौन बा कलिजुग सक्केर कुन जुग आउन थाल्यो छ त्यो अरबाँट ले को कालो माजेत्रो लाउदा त जमुनी दिदी भुत जस्तै देखिएकि :P :P
 
Posted on 01-02-07 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ मान्छे को पुरनो मान्छेहरुलाई स्वागत
 
Posted on 01-02-07 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि हप्पी न्यू एअर है सबै लाई,
चुतरिमा नपसेको पनि धरै भयो फुर्सद नै नवयरा बल्ल टाईम मिल्यो ल
अनि वीरखे मैलो को पून्ते दा को क ६ नि? मेरो हुन नसकेको जेठान्हरु , हाहाहाहा,
अनि चित्रे तिम्रो चै क ६ नि?
 
Posted on 01-02-07 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्ना हुन नसकेका सबै आफ न्त हरुलाई नमस्ते यो गोर्खाल गोर्खालि को !!!!
 
Posted on 01-02-07 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LIKE THE TREE NEEDS THE EARTH
LIKE THE NIGHT NEEDS THE MOON
LIKE THE STARS NEEDS THE SKY
LIKE THE GUITER NEEDS THE TUNE

My World Needs You............
I miss you...........
 
Posted on 01-02-07 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i miss you too;)
 
Posted on 01-02-07 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aja kata gaye khoi gamle haru ??? kina ho sappai chu chap ??? la ta mu ta gayo ochhyana !!! boo - baaiiiii ............
 
Posted on 01-02-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहोनि, होत रचनी सिरेले भनेझै, चौपारीत गांठे रंङी बिरंङी पो बनाएचन! २ बर्ष मौलान तिरै चइनि अल्झियोकेरे के के नै अरम्ला भनेर। यत्रो हुन्तोनी, जस्ता थिए पुसाई उस्ताका उस्तै। ऐ सिरे कता कता हिन्या छौ? बल्ल बल्ल दैलां भेट्केको जिउ किन उचल उचल पार्याछौ हे। मेरांतिर झर भो जे भओ भओ लौ, आज धेरै पछि जिम्माल बा, पुन्टे दाई, दादा, गोतांए, नमे, चित्रे, भउते आफ्ना दामालिसित बसेर तुच्च तुच्च पार्न पर्यो।
 
Posted on 01-02-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लाले नि आएचन, हुन्च केरे भरे तिर पुन्टे दाजीकाँ बसेर तुच्च तुच्च पारम्ला त नि ।

बरु अघि चईनी बाटाँ एउटी नानीले "नमस्ते अरेँ है भिनाजु, जमुनि दिदी लाई के लुगा लाईदेका हौ, भुत जस्तै देखिन्छिन" भनेर भनिन् । मैले तिनी नानी को मुन्छे हुन खासै चिनिन, नाम चईनी जोतना भन्थिन केरे ।

अब कुरो त खास के हो भनि चईनी अराप बाट घर फर्किनी बेला भओ केरे, अनि मैले समान चईनी अटैँची (attache-?, suitcase) मा हाल्दै अर्चु, तिमले चईनी तो बजाराँ गएर जमुनिलाई एक सरो बिदेसका आईमाईले लाउनी जस्तै कपडा किनेर लेईदेउ भनेर लालेलाई भने । लाले ले पुनि हुन्च त नि सिरे, जे भा नि लाहुरा'ट गा'सि एक सरो त राम्रै कपडा लगि दिन पर्च, मैले किनेर लेईदिम्ला भनेर लाले चईनी तो सुपरमार्किट भन्ने बजाराँ गाका थे । अनि कपडा पुनि ल्याए केरे, मैले नि के ल्याए भनेर तेति खेर हेरिन। अब आईमाई मुन्छेले लाउनी कपडा, मैले क्यार्न हेर्न परो भन्ठानेर सुटकेसाँ हालेँ केरे ।

लालेको ढङ्ग तो हो, चईनी उसले नि फुकाएर हेरेनछ। फेरि तो अरपाँ त आईमाई मुन्छेले लाउनी कपडा किन्नी ठाममा लोग्नी मुन्छे जान नि पाईँदैन केरे भित्रै सम्मन् त । लाले ले नि "हेऽरि यत्री भाउजुलाई कपडा लेउ" भनेछ, तो अरापको दोकानवाला ले पुनि तेही अरापका साहेपनी हुरले लाउनी चईनी कपडा हालिदेछ केरे ।

घर आएसि जमुनिलाई "हेर त मैले तँलाई उही बिदेसका आईमाईले लाउनी जस्ती फेसन फेसनका कपडा लेईदेको छु " भनेर दिँए । जमुनि बिचराले त "बरु यो जाडो महिनामा एउटा बर्को (च्यादर) लेईदेको भा त हुन्थ्यो नि, क्यार्न ति बिदेसका नक्कलीले लाउनी फिसन फिसनका कपडा ल्याउन परेको होला " भन्दै तो पाकेट खोलि केरे ।

हे बरै लालेको बुध्दि भन्नी हो कि के भन्नी हो, जाडाँ ओड्नी बर्को खोजेकी बिचरा जमुनिले, मैले त बुर्का पो लेईदेँछु त ।

जमुनि बिचरा त "के हो यो माकल टोपी जस्तो पुनि छ, क्यारी लाउनी हो" भन्चे केरे । तैपुनि ति अरापका साहेबनिहुरले लाको देखेको केरे चईनी, बल्ल बल्ल तो बुर्का लाउन सिकाईदिएँ । त्याँसी आर्को त झन दोलाईँको खोल जस्तो के हो रैच केरे तो ज्यानमा लाउनी, तेही पुनि लाईदिएँ । लाले ले पुनि "अहिले त साहेबनी जस्तै देखिईन जमुनि भाउजु त" के भन्देको थियो, जमुनिले त निकै ठूली मान्छे भए झै मानिच केरे, गाम गाम तो अरापी साहेपनीहुरले लाउनी जस्तै बुर्का र तो दोलाईँको खोल लाएर देखाम्दै हिँडिच अरे के ।

बाँकी बात पछि मार्दै अरम्ला केरे, अहिले अब लाले सित बस्न परो ।

Keep Rolling...
 
Posted on 01-03-07 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लाले,

बरु नमे र चित्रेलाई अनि दादा र गोताएचलाई नि अराप तिर पठाम्नी मेसो मिलाम्न पर्च कि त हँ? जिम्माल ले नि तो निशे भन्नी नातिलाई पठाम्ला भन्थे केरे । भरे सल्लाहा अरम्ला है ।

Keep Rolling...
 
Posted on 01-03-07 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है सिरे, गाममा च्यान्ज आको छ , धेरै रौसी खार नहिने, आमा पाटीले समात्लान ।
इ यो पैसो राख्ने ब्याग भेटाको छु, अरापका पैसा नि रैचन । यो फूटो त तिम्रो र जमुनीकको जस्तो मानीचु के रे, तिम्रै ब्याग त होला नि । राम्ररी समाले ।

 
Posted on 01-03-07 1:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झत्त हेर्दा त नमे ले बिहेको भोज खुवाऊछकी जस्तो ल को त सिरे को फोटो पो रैछ, मैले त नमेको निम्तो हो कि भनेको। इमान्दर छ केटो!!!!
 
Posted on 01-03-07 1:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लाले भाइ नि आएच। के भन्तेऊ बा? मर्लक्कै बिर्सेऊ नि तिम्ले त हाम्लाई।
लुउदी खोलखोलै माछा मार्दै मार्दै आको जस्तो छ हेर त तो कमीजमा हिलो ला'र। काकालई बोलाओ न कसैले रगं रमैलो हुन्छ नि।
 
Posted on 01-03-07 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाममा दम्तरी फर्केका, त्यो पनि देश खाई शेष भ'र (ज्यानमात्रै शेष भ'र!)! अब देश-विदेशका कुरा सुन्न पाईनी भ' ।

अनि ती काका अझै मुण्ट्या' छैनन, तिमारुसंगै आरप गा' हैनन् भन्या!?
 
Posted on 01-03-07 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते अनि नयाँ बर्षको शुभकामना सबैलाई। :)

अनि दादाले खिर्राको बुटा हालेको टुप्पोमा? खित् खित् खित्...

shree5को फिर्ति सवारी भे'छ आरपबाट, कथा सुन्न मजा आइराछ। :D
 
Posted on 01-03-07 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालेकाँ बसेर बात मारिदै थियो, जिम्मालका तिर हल्ला-खल्ला सुनियो। "ए! समात्, समात्!!--"
"ल ल ल, भैसी पनि फुत्क्यो!--" भनेर जिम्माल कराम्दै थिए। एक घण्टा अघिसम्म त सिरे आ'र कल गर्दै थ्यो, पछि पुण्टे दाइले कता ले'र ग'थे। सिरे फेरि आ'र जिम्मालको गोठ लुट्न थालेछ कि क्या हो भनेर जिम्मालकाँ गयौँ म र लाले।
"के भयो जिम्माल--? किन घोक्रो फुला'छौ? " भनेको, "के के भ' भन्नु तिमी --ठाहर्लाई?! अघि पोईचैं आ'र मसंग तेस्सै बाजेर ग', अहिले स्वास्नीचैं आ'र गाई-भैंसी बिच्का'र गई---" भनेर जिम्माल गाई-भैंसीका पछि दौडिन थाले फेरि।
कुरो बुझ्दा, 'गाई-वस्तु गोठका गोठै भ' धेरै भ, बाहिर निकाल्नु परो, घाम राम्रो छ आज,--' भनेर जिम्माल्नीले आँगनाँ गाई-भैंसी निकालेकी र'छिन्। सिरेलाई खोज्दै जमुनी भाउज्यू जिम्मालकाँ पुगिछन्। बुर्का ला'र तालुदेखि पैतालासम्म गम्लङ्ग कालो कपडाले छोपिएकी जमुनी भाउजु आँगनाँ के पुगेकी थिन्, जिम्मालका गाई-भैंसी सप तर्सेर उफ्रिन थालेछन्।
"हाम्रा बूढालाई देख्यौ जिम्माल्नी'याँ?" भनेर जमुनी भाउजुले सोध्दा "तेरा बूढालाई हेर्नी ठेक्का द्या छेस् र हाम्लाई!?" भनेर जिम्माल्नीले भनिछन्। बिचरी जमुनी भाउजुलाई अघिको कुरो के थाहा, 'यी जिम्माल्नी पनि तेस्सै रिसाम्छिन्!' भनेर हिनिछन्। जमुनी भाउजु त हिनिहालिन् के रे, उता जिम्मालका गाई-भैंसी सब दाम्लो चुँडालेर बुर्कुसी मार्न थालेछन्।
भएन, बूढालाइ सघाम्नु परो भनेर बाहुला सार्दै थेम्, दादा कराउन थाले। दादाको राँगो पनि बिच्केर भागेछ जमुनी भाउजुलाई देखेर। एकछिन पछि पाखा'ट एउटा आर्को भैंसी पनि हान्निएर ओरालो लाग्यो। पछि पछि भउते लठ्ठी ले'र आम्दै थ्यो!
जमुनी भाउजु गामका सप्पै घर नपुगी छोड्दिनन् सिरेलाई खोज्न। आजचैं गामका गाई-भैंसीको आमसबै हुनी भ!
 
Posted on 01-03-07 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL

मा-यो नि मा-योऽऽऽऽऽऽऽऽऽ! गोताएँले हँसायो!!!!!!!!!!!
 
Posted on 01-03-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू राती मस्त निन्द्रामा, आफ्नु कम्पुटराँ चैं दादा आएर के के कुरा गर्न लाग्नु भा' र च। आज ब्यान उठेसी पो बल्ल देखीयो। रिसानी माफ है दादा!

मा-यो नि मा-योऽऽऽऽऽऽऽऽऽ! गोताएँले हँसायो!!!!!!!!!!!

नमस्ते गरें है सप्पैलाई! गोताएँ, सान्नानी, पूण्टे दाइ --- के छ हालखबर?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
अब के हाेला त?
maga got what they voted for
Funny when Nepalis talk about Epstein and injustice
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
Work Permit
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters