[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी चौथौ वार्षिकोत्सव

[Please view other pages to see the rest of the postings. Total posts: 190]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Keywords associated with this thread

aau priye by Jira
[VIEWED 137571 TIMES]
SAVE! for ease of future access.
सान्नानी
Posted on 09-08-09 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाई चा म त ठीक छु तिमी ज्ञानी नै छौ हैन?

रित्ठे तेइ त तिमी रैछौ एउटा सम्झिने हाम्लाई :)

लौ न यो नानु लाई कती कुरा आउने? धोती को सुर्किनो रे? के हो त्यो? अनी आफ्नो बालख काल सम्झ्या नि नानु तिमी हुँदा त रमाइलो नहुने कुरै भएन नि लाटी

 
Posted on 09-08-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली नारी नै परिछ त सुफल


चिने हजुर मैले चिने हजुर लाई


ल न्वारन गर्दिने हो कि


नक्कली केटी अनी सुफल उर्फ नेपाली नारी


दुबै लाई फेरी प्व्नी स्वागत अनी रिसाउन नपाई


पहिले नै FYI गर्देको नि - जिस्काउन चाँही भोली देखी शुरु गर्नु पर्ला


फेरी आउन पाछैन जिस्काउन शुरु गर्‍यो भन्लाउ


अनी दिपिका जि - आफ्नो आँगनको हात्ती नदेख्ने अनी अरुलाई राँगा भन्ने


 


 
Posted on 09-08-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिदी चा - आफु त जहिले नि ज्ञानी - नपत्याए यो चौतारी को कसैलाई नसोधे हुन्छ

 
Posted on 09-08-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो प्यारो चौतारीको ह्यापी बर्थ डे-को सुखद उपलक्ष्यमा मेरो तर्फबाट सबै ज्ञात-अज्ञात अवतारीहरुलाई प्रणाम!

 
Posted on 09-08-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाई, रिट्ठे, लहरे, दीपीका नानू, सुफे, सान्नानी, नक्कली, पुरे लगायत सबैलाई जदौ!


दीपीका नानू, दर खान त बोलाऊन साह्रै मन लाग्या थ्यो, के गर्नु बैनीको अत्तो पत्तो नपाएर छटपटिएर बसेँ!


लु बात मारम को को छौ!


 
Posted on 09-08-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छन त म छु तर हामी सँग के बात मार्थौ र


अनी जिम्बाल को गुप्तबास कि बन बास सकेको हो


हो भने कथा चौतारी को दोश्रो भाग खै त


ट्रेलर आको नि एक बर्ष भइसक्यो


 
Posted on 09-08-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


जन्मोत्सब त भब्य भैराख्या रैछ । बिर्खेबा को गन्नु पुराणले चौतारी पवित्र भएको छ भने नयाँ नयाँ नक्कली र सक्कली नारिहरु नयाँ नयाँ सारी मा उपस्थित भएको देख्दा यो बुढो तन तर तन्नेरी मन अल्हादित भएको छ ।


तारेमाम सान्नानी, नक्कली केटी , सुफला , पुरे अनी आउँदै जादै गरेका अनाम बटुवाहरु ।
चौतारीमा स्वागत छ ।


दोसल्ला सम्मान कार्यक्रम स्थगित गरिएको सूचना।


भोली नव आगन्तुक चौतारीयनहरुलाई दोसल्ला ओढाइ स्वागत गर्ने कार्यक्रम फिक्सड भैसकेको मा दोसल्ला किन्न गएका लहरेकान्त लहरे ले पैसा हरायो भनी झुठा बिबरण पेश गरी बिहे को मरमसला जोडेको भन्ने अपुष्ट सम्चार प्राप्त भएको हुंदा , सो दोसल्ला को कार्यक्रम पछी सल्लाह बमोजिमा हुने गरी हाल अनिश्चित कालको लागि स्थगित गरिएको सूचना दु:खपूर्बक अबगत गराइन्छ ।


 
 
 


 
Posted on 09-08-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाको आदिम फ्रेटर्निटीको स्पिरिट घुम्ने कुनै ठाम छ भने त्यो साझाको चौतारी नै हो । चौतारीको चौथो वार्षिक उत्सवमा के लिएर आम भनेर सोच्दा सोच्दा सोच्दा मलाई के सुझ्यो भने किन साझाको आदिमयुगको कुनै अविस्मरणिय कविता लिएर नआम ।


 



 


एक जुग अगाडि जिराले टाँसेको एउटा अद्‍भुत मुक्त कविता टाँसें । यसको अद्‍भौतिकता के हो भने यो नबुझ्ने कोही छैन तर यसको व्याख्या गर्न सक्ने पनि कोही छैन । भि एस नयपालका उपन्यासको पनि शल्यक्रिया गर्ने र लण्डन स्कूल अफ ईकोनोमिक्सका ग्य्राजुयट एक प्रतिभाशाली साझा पोस्टरले यी शब्दहरुमा यस महाकविताको व्याख्या गर्ने कोशिस गरेका थिए “never has anyone summarized better the ways of the world so crudely, yet sweetly, by turning eight simple and clichéd Nepali words into a masterpiece.”


 


नि:सन्देह एक मास्टरपिस !


 


Nepe   


 
Posted on 09-08-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्डको जदौका साथमा तारेमाम सित्तैमा (ठुल्दाइ स्टाईलमा)


ठुल्दाइको दोसल्ला ओढ्याउने सल्लाह त हल्ला मात्र भएछन्त !


लहरे लाई त किन्मेल को जिम्मा देको अब के आश गराइ भो र ! सबै जना ठुल्दाइ जस्तो थोडी हुन्छन र सरकारी भटभटे मा आफ्नो पेट्रोल हाल्ने ! मखुला?


नेपे दाई लाई एउटा सानदार सलाम !
दाईले जिरा दाई ले उहिले राखेको मुक्तक लाई खोजेर ल्याएर टास्नु भएछ अन्त त्यो पढेर रिट्ठे हास्नु भएछ !
सुरुको दुई लाइन पढ्ने बित्तिकै हास उठ्यो त्यस्प्छी त पढ्दै पढिन मैले ! जे होस् नम्बर वान छ मुक्तक चाँही !


अनी अर्को प्रश्न धेरै अगाडि देखी नै सोध्छु भनेर सोचिराथे, दाई को त्यो प्रोफाइल पिक्चर मा देखिएको फोटो के को हो? पक्कै कुनै गजल को टेक्स्ट हुनु पर्छ !
 


 
Posted on 09-08-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिन ढल्दै गए पछी औतारिहरु गल्दै जाने रहेछन - नयाँ रिसोच ।

 
Posted on 09-08-09 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भाई भनिने हुल्याहाले चौतारी को मान मर्यादा माथि असर पर्ने गरी म लहरे लाल लाकौल माथि लगाइएको आरोप गलत भएको जानकारी


गर्दछौ। पैसा निल्ने हो भने चौतारी ढुकुटी को साँचो आफ्नै हात मा भएको र सो ढुकुटी मा पैसा कती छ भनेर विवरण कसैलाई पनि बुझाउने


नपर्ने गरी जिम्मेबारी आँफै मा रहेको ले - १०० ५० रुपैयाँ निल्नु नपर्ने कुरा पनि अवगत गराइन्छ। यो सबै डाहा गर्ने हरुको साजिस भएको र


एस्ता हल्ला ले लहके कान्त को बाल पनि उडाउन नसक्ने कुरा को पनि जानकारी गराउन चाहन्छु। साथ साथै आफ्नो क्रेडिटकार्ड को बिल पनि


एही ढुकुटी को पैसा ले नै तिरेको हो भनेर पनि खबर गराइछ। जे गर्न मन लागे गरे हुन्छ। बालै मतलब। लौ जा त।


 
Posted on 09-08-09 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<साथ साथै आफ्नो क्रेडिटकार्ड को बिल पनि एही ढुकुटी को पैसा ले नै तिरेको हो भनेर पनि खबर गराइछ।>>

ढाँटेको कुरा र काटेको कुरा कहिलेइ मिल्दैन भन्ने कुरा यही हो ।


प्राप्त जानकारी अनुसार ढुकुटी को सांचो को दुरुपायोग गरी सुकुटी खाएकोले अनुहार पनि काटिकुटी सुकुटी कै शेप सँग मिल्न गएको रे । यो रे मा कत्तिको सत्यता छ, बिस्तारै आँफै पोल्ने र खोल्ने छ ।


 
Posted on 09-08-09 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वार्षिकोत्सव समाचार:

ठूल्दाईले डुल्दै डुल्दै हामि चौतारीमा आएको कुरा भुल्दै दिन ढल्दै गर्दा औतारीहरु गल्दै जाने कुरा खैनि मल्दै मल्दै बताएका छन्।

रसरंग प्रधान लहरेकान्त लाकौलले, पैसा निल्नु भन्ने कुरा मिल्नु पानी भित्र कमिलाले चिल्नु जस्तै इल्नु न बिल्नुको कुरा भएको अवगत गराएका छन्।

रिठाराम रायमाझिले दोसल्ला ओढाऊने होहल्ला भुइँतल्लामा बसेर मच्चाउँदा पल्लाघरका झल्ला काका कुनै सल्लाह बिना नै वल्लाघरको गल्लावाललाई आफ्नो चल्ला जत्रो छाति नपाउँदै दोसल्ला आफ्नै पल्लामा पार्ने हल्ला फिँजाउँदै हिँडेको समाचार प्राप्त भएको छ।

बाँकि समाचार केहिबेरको बिश्राम पछि---


 
Posted on 09-08-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा लोल जिम्माल लोल ! 


भ्रान्तिपुर समाचार अरु नि जावोस !


 
Posted on 09-08-09 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-08-09 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ भन्निने हुल्याहाले अब मुल्याहा कुरा पनि गर्न थालेको छ।


फूल को आँखा मा फूलै संसार
काँडा को आँखा मा काँडै संसार


भन्ने गीत ठुल्दाइ लाई ठ्याक्कै मिल्न जाने कुरा पनि अवगत गराइछ।।


आनालाइज आँफै गर्नु होला


 
Posted on 09-08-09 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आनालाइज भनेको के हो ता ???



बिष्लेशण भनेको भयो माथि को कुरा आँफै स्पष्ट छ, क्रेडिट कार्ड को पैसा समेत ढुकुटी को पैसा ले तिरेको भनेर कसैले भनेको हैन क्या रे । मैले पनि भनेको होइन।



आँफै पोले पछी, आफ्नै पोल खोले पछी , भगवानले पनि राम राम -लहरे लहरे बाहेक भन्न सक्दैन ।


 
Posted on 09-08-09 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छाप्दा छाप्दै......



मधुमासको आश गर्दा गर्दै सास मात्र बाँकि भएर कन्या क्याम्पसको बास बनाएका
लहरेकान्त लाकौलको त्रास बारेको खास कुरा प्रवासमा बसेका हामिलाई  खुल्न
आएको छ। आसपासका सबै तरुनिहरुको पास चान्स मार्ने प्रयास गर्न जाँदा 
थप्पडको रासले घाँसमा ढल्न पुगि नास भएका निज लाकौलले, गाँस बाँस  कपास र
तरुनिसंगको आसले निजलाई सत्यानाश बनाएको कुरा बताएका छन्।




 
Posted on 09-08-09 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-08-09 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  लोल जिम्बाल लोल
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters