[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "ईन्द्रेणी"

[Please view other pages to see the rest of the postings. Total posts: 187]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 125705 TIMES]
SAVE! for ease of future access.
Posted on 10-15-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठै! खुल्ला ढोकातिर हेर्दै नहेरि आफ्नो कोठातिर लागिन है?? बरा!

ल यसपालि मजा आउने भयो। पेलुम प्रभु पेलुम्।

 


 
Posted on 10-15-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>लभ गर्ने हैन आफै हुन्छ भन्थे --खै त? गर्न खोज्दा त यस्तो गार्हो छ झन आफै हुन्छ भनेर पसपतिको साँढे जसरी बस्यो भने त गएन जिन्दगी?<<<
हा हा! दिप ज्यो कति रमाइलो लेखाइ! तपाइका सबै कथाहरूको संग्रह निकाल्नु पर्यो, एकदम हिट हुन्छ बजारमा!
 
Posted on 10-15-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त जतिसुकै बेला उ सुत्न आएनी नआएनी सिरक मुनी आफु त एक्लै हो

Hmmm.



 
Posted on 10-15-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राम्रो सिनेमा त अब म हिरो तिमी हीरोनी -- बन्दै छ भरखर क्यारे" deep jyu haamlai ni

herne flim tapai ani nisha ko

 
Posted on 10-15-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जी,

यस्तो बेजोड्ले लेख्नु भोकी, मैले हाँसो नै थाम्न सकिन। अरु पनि जाओस।
"तेसरी सुरुसुरु आफुलाई बेबास्ता गरेर हिन्या देखेर ल्याउँ क्यारे भैरबको मुखुण्डो र तर्साइदिम् जस्तो लाग्यो। मैले एकचोटी एउटा भिनाजु पर्नेलाई तर्साईदेको छु त्यो मुखुण्डोले। ठुला ठुला कुरा गर्थे -- झण्डै सिध्देका थे आधा राताँ।":)


 
Posted on 10-15-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उ मास्तिर लस्के पछी मैले गहीरो सोचें र आफैंलाई सोधें पनि "म सिकारी की सिकार हो?"

 डर डर जस्तो पो भो।"

 lau ali hosh purau hai

dami jadai chha.

la ali speed badhaunu paryo.

kurda kurda jug bityo  lol


 
Posted on 10-15-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन नेपकान्छीले तेस्तो कुरीरा हो भने निशालाई भैगो भन्दीम त?


 
Posted on 10-15-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा तेस्तै छ दीप, कुर्दा कुर्दा जुग नै बित्या कुरो सुनियो।

अब उता निशातिर अर्को १-२ जुग जाला कि जस्तो छ कथाको चाला माला बुझ्दा,  बरु यतै केइ हुन्थ्यो कि त? खै कता गइन कान्छि?


 
Posted on 10-15-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हैन नेपकान्छीले तेस्तो कुरीरा हो भने निशालाई भैगो भन्दीम त?"

hahaha hoina hoina pardaina ..aba adha story  ma aayera

bhaigo re k lol 

that's funny


 
Posted on 10-15-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बिर्खे बा नि ।मैले त दीप जी को स्टोरी कुर्या भन्या नि अर्कै अर्कै बुझ्ने लोल

 
Posted on 10-15-07 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीटी सुत्न गै हाली -- आफ्नो आजा दिन खत्तम। --

 

रातभरी सपनामा मडारिएर उस्ले मेरो निन्द्राको लट्टो लिई -- कति झस्किनु? -- जाम क्यारे पल्लो कोठाँ -- जे त होला जस्तो नी नलाग्या हैन -- तर ढोका ला छ -- आओस लाग्या भे त खुल्लै राख्दी हो भन्ने तर्क फेरी छदै छ। उ आए आओस भनेर आफुले त खाली ढप्क्याको जस्तो मात्रै गर्या हो ढोका -- आउन्न निस्ष्ठुरी।

 

एक चोटी झस्केर ब्युँझे पछी फेरी निदाउन मुसकिल -- अनेक थरी कुरा आउने मनमा। बल्ल बल्ल झकाको रे छु -- ढोका खोल्या जस्तो आबाज आयो। आई क्यारे भन्या त हजुरबा बाथरुमबाट निस्क्या रे छन भजन गाउँदै हिने --

 

ब्यान उस्ले ल्याउली च्या भन्दा भन्दै पेट उमठेर हैरान। कोठामा पनि थिईन उ। कुरो बुझ्या त काकी सँग सक्रान्ती रे भनेर सत्तेनारन थान गै सकिछ छ।

 

आज आफ्नो छुट्टी। पातकी बाङ्गेलाई हिंजै लट्टे दे र हिन्या। भोली बेलुका सम्मको बन्दोबस्त गर्या थ्यो। पर्सी नभै बाङ्गेको मुख हेर्नु पर्ने थिएन। ढुक्क।

 

कोठामा ल्याएर चिया तान्दै थिएँ। सक्कार सत्तेनारन थान तिर जाम भने पनि बाङ्गे सँग भेट होला भन्ने पिर। के गरम भन्दै थिएँ। उ र काकी आई पुगे। लागे माथी कौसी तिर। एक छिन बित्यो।

 

म कोठैमा थिएँ -- उ उभिई ढोका बाहीर। "पर्साद लाउने?" राता औंला हल्लाउँदै सोधी।

 

"लाईदिने भा लाईदिम्ला नी त।" भन्दें।

 

"पर्या छैन कर बलले लाउन--" उस्ले दाँया बाँया हेर्दै भनि।

 

"करले हैन रहरले नै लाउँछु लाईदिने भए।" उस्ले खन्या कुलोमा पानी लाई दिएँ मैले पनि।

 

उ फुत्त मेरो कोठामा आई निधारमा मेरो उस्को साईली अम्लाले टिका लाई दि अनि बिजुली मुस्कान सँगै फर्कि। उस्ले मेरो कोठामा मुस्किलले पाँच सेकिण्ड बिताई होला तर तेतीमै आठ रेक्टरको भुईचालो चलार हिन्दी मनमा।

 

उ हराए पछी "सपना हो कि बिपना हो?" आफैलाई सोधें। पक्का गर्न निधारमा हात पुर्याएँ। अभिरको टीका हातले स्पर्श मात्रै के गर्या थ्यो उ त ढोकाको आडमा रैछे फुत्त निस्केर सोधी "ए! मैले लाईदेको टीका किन मेटाउन लाको हँ?"

 

झसङ्गै भए। मेटाउन लाको हैन पनि भन्न पाईन उ त रीसाको झैं गरी गै। हरे! यसो मेटीएछ कि त टीका भनेर एइनामा हेर्या त अघि झस्किदा औला ले आफ्नो टिका त निधारमा पुछ्रे तारा जस्तो यत्ति लामो पारेछ--साँच्चिकै मेटाउनै ला जस्तो गरी। अब तेत्तिकै पुछ्रे टिका लार घुमुम कि के गरम भो। तेस माथि सम्झें आज त झन मुखै धोको छैन। लाम्पुछ्रे टिका बचाउन आज मुखै नधोई बस्नु पर्ने भो त?

 

फकाउनु पर्यो भन्या छेउ नै पर्दिन बा! बिच्किन्छे।

 

आँट गर्नेले ठाँट गर्छ भन्थे क्यारे भनेर  उ काकीको कोठामा एउटा पत्रिका पढ्दै रे छ सिधै गएँ त्याँ। काकी भान्छामा थिईन।

 

उस्ले पुलुक्क हेरी म तिर --पुछ्रे टिका पक्कै देखी तर केई भनिन।

 

"टिका लाईदेको सपना हो की बिपना हो भन्ने लागेर झन -----" यति अधुरै बाक्य बोलेर म फनक्क फर्कें। उस्लाई हेरीन मैले।
 
Posted on 10-15-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो बुझ्दा निशाको बा-आमा नि रक्सोल गएर किनमेल गरेर यतै आउनी भए,  तर मैले भन्द्या छु, यो बाङ्गे भूत नभगाई कुरो मिल्ला जस्तो छैन है गाँठे

 


 
Posted on 10-15-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उस्ले मेरो कोठामा मुस्किलले पाँच सेकिण्ड बिताई होला तर तेतीमै आठ रेक्टरको भुईचालो चलार हिन्दी मनमा।

यसो मेटीएछ कि त टीका भनेर एइनामा हेर्या त अघि झस्किदा औला ले आफ्नो टिका त निधारमा पुछ्रे तारा जस्तो यत्ति लामो पारेछ--साँच्चिकै मेटाउनै ला जस्तो गरी।

Gajjab cha Deep Hadigaunle. Yesto lekhna sochnu parcha ki aafai aauncha ho ?

Sano tino manobaigyanik oopanyash tira lamke justo cha.

Bhare Bange le chinne thiti holi. Malai ta "bange" tira po lagli justo lagcha.

Pratiksyama

 

 
Posted on 10-15-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la deep bro fakaunu parcha...ekchin pachi laagum na maani haalchan ni :P...ajha usailaai nai tyo tika milauna laaidim na jhan kura tyakkai mili haalyo ni, ki kaso :)...

jira dai jadau takraaye :D...aaramai ???


 
Posted on 10-15-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"टिका लाईदेको सपना हो की बिपना हो भन्ने लागेर झन -----" यति अधुरै बाक्य बोलेर म फनक्क फर्कें। उस्लाई हेरीन मैले। यहाँ बाट स्टोरीले नयाँ मोड लिने जस्तो देखेको छु मैले।
अधा कुरा गरेर केटी पत्यान खोज्या जस्तो छ।
अली चाँदै लेख्नु  पर्‍यो, 
अर्को एपिसोद म त निशा पत्यौनै पर्छ है दीप ब्रो।


 
Posted on 10-15-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुसुक्कै धाराबाहिक हेर्दी रैछे -- जम्मै चिनेकी कुन चै सासु कुन चै बुहारी --कुन असल कुन खत्तम--- आफुलाई अत्तो पत्तो छैन। कैलेई आफु नहेर्ने ति सिरियल अब तरुनी आई रे भन्दैमा उ आकै दिन देखी हेर्न नी भएन। नियतमा संका  गर्लान भन्ने डर। मुस्किल पर्यो। खुरुक्क फर्कें -- हेरीन उस्लाई पनि। सोझो पनि त हुनु पर्यो।

Good one deep ji, I couldn't stop reading till I done with it, I think it has more to come, correct? It doesn't feel complete yet. Waiting for the next part.


 
Posted on 10-15-07 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"टिका लाईदेको सपना हो की बिपना हो भन्ने लागेर झन ----------यति अधुरै बाक्य बोलेर म फनक्क फर्कें।' --- शुरुमै फन्किन( मनमनै: दिपदाले कुरो बिगार्छन कि के हो बिनसित्तै फन्किन थाले)  थाल्नु भ'छ । बरु त्यो झस्किदा बिग्रेको पुछ्रे‍-टिका देखा'र मुसुक्क हास्दै  '  तिमी  टिकाको पुच्छर मिलाइ दिने हो ? 'भनेको भए भुइंचालोको रेक्टर नि १०/१२ पुग्ने अनिखेरि छनक नि बढ्ने  

दिपदा, नरिसाम है 'बड जान्ने मान्छे हुनि' भनेर। मैले  त मौका पा' हुदि जिस्काइदेकिम मात्रै -- राम्रो लाग्यो अरु पनि पढ्न पाम है त :)

 
Last edited: 15-Oct-07 05:53 PM

 
Posted on 10-15-07 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी अरु?
राम्रो छ राम्रो छ भनेर कती  भनु । अब त अनी अरु अनी अरु भन्दै बस्नुपर्ल अ
नेक्स्ट एपिसोड सम्म
लोल
अहिले त दीप जि ले एकता कपूर को सिरिअल्स लाई नि मात दिने बनाउनु भो भन्या.  लोल ( जोक गर्या हो है )

 
Posted on 10-16-07 3:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepkanchi pani khatra serial herney recha :P...mailey ta ekta kapoor ko naam pani birsi sakeko :D

 
Posted on 10-16-07 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kaha hernu serials. Naam chahi thaha chha
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters