[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी ~१७०~

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 256994 TIMES]
SAVE! for ease of future access.
Posted on 12-23-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो सत्तेनाश हुने हैँचाले लान नसक्या मुरदार पुन्टे बुडा  कालले कुत्कुत्यार तेसै तेसै तेसै किरा पर्या मुख बजाम्दै बस्या छौ? तिम्रा काल तिम्रो सुरुवाल चइन्जो हिजा रात जाँडको सुरमा कुन चईनि नखरमाऊलिले फुकाल्दि होलि अइले आ'र म बुडोलाई दोस दिन्छौ ए पापि। तो तिम्रो थुतुनो ऐनाँ हेर एक पटक, लास लड्या जसरि रउसिले मातेर लड्या बेलाँ कुन चईनिले 'लबस्तरो पातकि बुडा' भनेर तिउँरो हेरि निधाराँ लेख्या देख्लाऊ। तिउँरा गालाँ त भन्नै नहुने चित्र नि बना'छन कल्ले हो। एस पालि तिम्लाई हरिया बाँसाँ बाँधेर टुँsssssss गर्या देख्न पा नि हाईसन्चो हुन्तो!


 
Posted on 12-23-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे कहाँ गयो हँ आज


केटो त गायब छ


अब केटो को भ्याइ नभ्याइ छ - तीन तीन ठाउँ मा भ्याउनु पर्छ अनी कसरी भ्यावोस त


ल तिम्रै त दिन पुरे प्रशाद


 
Posted on 12-23-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई मेरो मध्यान्नाको जधौ ... एउटा कुरो क्या .. होइन बिर्खे बुढाले पुन्टे बुढाको गाला के गरी देखे हस्तिनापुर बाट ? मलाई त सन्का लागेर आउधी छ है, पुन्टे बुढाले भनेको जस्तो भेट चाँही भएको हुनु पर्छ है ......... सुरुवाल खोली वोरी पैसा चोर्ने ...... कस्तो त गान्ठे .... पछी साझाका आउतारिहरु आउन्दा $३ पर्ने ठाउमा लान लाई होला ......

होइन यो च्याङ्बा भनेको को हो कहाँ बाट आएको हो .. एसो परिचये गरौन .......... म उही राम्रो नेपाल है  


अनी चहिने ठाउमा प्यालो टाउको राखेर पढ्नु होला ......
 
Posted on 12-23-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम पूण्टे बुढा अच्या पून्टे दाई ।


तारेमाम रामपुरे ।


अब दुइटा बुढाको दुई थरी बयान कस्को विश्वाश गर्ने? दुइटै उस्तै धुर्त, एउटै मुहुर्त मा जन्मेका


 दुबइले सत्य चाँही बोलेका छैनन पक्का हो।


सुरुवाल हराएको चाँही सत्य होला नै । रौसिको सूरमा सुरुवाल मै सू गरे सि धोबिनी ले भिज्या सुरुवाल जतनका साथ घाम मा सुकाइ दियो कि ?? खै के हो के । छु धाउ छु धाउ ।


 
Posted on 12-23-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

५ दिने हड्ताल पूर्वको अपरान्हको जदौ।
बिर्खे बुढा क्या हो अर्का सुरुवाल र पैसा चोरेर हिंड्ने। पोहोर साल त कुम्लेले पुन्ट्या भाले चोर्यो, अनि कसले हो नेपे दाजी मैदान बस्दा सुरुवाल चोर्यो भनी कथा लेख्ने मान्छे अहिले आँफै त्यसो गर्ने?


हरिया बाँसाँ बाँधेर टुँsssssss गर्या देख्न पा नि हाईसन्चो हुन्तो!


ओहो एउटा धनकुटे दाहालले सराप्थ्यो हामी इस्कूल पढ्दा, "तँलाई हरियो बाँसमा सेतो कपडाले बेरेर भोलि ब्यानै टूँ पार्दै लगोस्" भनेर। कहिल्या कुरो सम्झायो यो बुढोले।


अनि सबैको हसुराइ भो भन्ने मानिछु। 


 
Posted on 12-23-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो सुरुवाल पक्कै धोबिनीले फुकालिदिएकि रहिछे। कुरो यस्तो परेछ


हिजो बेलुकिखेर पुन्टे बुडा पुन्टेनी बुडिसित ठाकठुक परेपछि, धोबिनिको भट्टितिर लाएछन। बुडा भट्टितिर छिर्दै गरेको भट्टिबाट निसकँदै गरेको भउतेले देख्या रेछ। अनि बुढा बेलुका ६ बजे देखि रउसि खान थालेछन। १० बज्दा नबज्दै बुडाले त एक जर्किन खोयाबिर्के र एउटा ५ किलोको भाले चिरिप्पै पारेर सकेछन्। १० बजेसि, लु घर जानु परो भनेर बुडा जुरुक्क उठ्या मात्रै के थे, भुक्लुक्क ढलेछन्। धोबिनीको सात्तो गएछ। "बुडो मरो कि के हो लौ बित्याँस पर्ने भो" भन्दै धोबिनिले यसो हेरेकि त सास चल्दै रेछ, त्याँसि छामछाम छुमछुम पार्दा त, बुडाको सुरुवाल छपक्कै भ'र भिज्या रेछ, बुडाको ज्यान चर्पि जस्तै गनाइराको रे। ढल्नि बेलाँ मात्र हैन बुढाले कतिबेला देखि पटक पटक सुसु गर्न भ्याईसक्या रेछन्। त्याँसि बेहोश बुढाको सुरुवाल खोलेर अँगेना माथि सुकाइद्या रेछे धोबिनीले। अब हेरि यस्ता कुरा त्यसै त के थाहा हुन्थ्यो र, हाम्रो पर्वते राति लुकेर लुसुक्क जुरेलीलाई भेट्न गा बेलाँ गाईँ गुईँ सुनेर भित्र हेर्दा यस्तो स्थिती देख्या कुरो पर्वते आफैँले भनेको।


 
Posted on 12-23-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो अन्दाजिफिकेशन फेरी मिल्यो जस्तो छ जिम्माल बा। त्यसै सिलोट राखेर हात हर्ने बिजिनेस चल्या हैन गाँठे।

 
Posted on 12-23-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाईको अन्दाजिफिकेसन मिल्यो नि किन नमिल्नु। यसमा पुन्टे बुडाको किचकिचाईजेसन मा बुडाले धेरै कुरा लुका' रेछन नि। मैले बल्ल बल्ल पर्वतेलाई एक बट्टा याक चुरोट घुस ख्वार' फुत्काको कुरा म भन्छु ल सुन गाम्लेहो-


बुडाको सुरुवाल सुकाएर धोबिनिले बुडालाई हेरिछे। बुडा त तै पनि रात काट्न पाम्दैनन कि भन्या जस्तो अवश्थामा रेछन् धोबिनीलाई डर लागेछ। भोलि ब्यान बुडा चिलिम भए भन्देखुन त गाम्लेहरुले धोबिनिलाई केई भन्ने भए, भनेर धोबिनीले सकि नसकि, पसलभन्दा अलि पर एउटा माउबादिले उइलेई जला'र खालि भा' इस्कुलको कोठामा बुडालाई घिसार्दै लगिछे र कोठाको भित्तामा अडेर ला'र राख्दिछे। लु हाईसन्चो हुनि भो भन्दै फर्कन लाग्दा पो धोबिनि झसंग भईछे, पुन्टे बुडा त दिगम्बर नाङ्गो थे, अब रातभरिमा जिम्दै भए नि यो पुषको जाडोमा बुडा रातभरिमा निमोन्याले चिरलिप्प होलान भन्ठानेर एता उता खोजिछे केई भेटिनछे। बाहिर मिशनरी हरुले क्रिसमस आउनलागो क्यार, के जाति स्यान्टा बनार राख्या रेछन् धोबिनीको पालो तेई स्यान्टाको कपाल लगाईदिछे बुडालाई, हेरि अब स्यान्टाको टोपि चइनि क्यार्नि क्यार्नि भ' छ, एसो बिचार गरिछिन् मान्छे त बाठि छे नि त, बिचार गर्दा, बुडाको सुसु कतिबेला आम्च था छैन भनेर तो टोपिको थैलि बना'र कट्टु लाईदिछे। फेरि भोलि ब्यान बुडा त्यसै कसरि लडे भनेर कसले भन्लान भन्ने डरले हेरि एउडो बिदेशि रउसिको बोतल बुडाको हातमा अड्कार घर गएर सुतिछे। ब्यान बुडा बिम्झिँदा त सुरुवाल हरा' कुरो मात्तै गरे हामिसित त, तर तो सान्ताको थैलि भरिएको टोपिको कुरो चइनि बुडाले चपाए। बुडाको फोटु नि खिच्न भ्या रेछ पर्वतेले हेरि याँ छ यि फोटु-

Last edited: 23-Dec-09 01:45 PM


 
Posted on 12-23-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिर्खे बा लोल



असली फोटो रैचन्त ।


 
Posted on 12-23-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिर्खे बुढा लोल

 
Posted on 12-23-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बुढा लोल, अनि त्यो से सेका दुइटा नोट चाइने के भा रछन् नि? 
 
Posted on 12-23-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेरिम्म्या बेइमान हो! बडेमानको चैनी खडयन्त्रै रचेछोउ केटाहुर्ले! हाँरी चैनी सिता जस्ती धोबिनीलाई फसाउनी?

चोर्न त चोरिस् मुर्दार कालले नि चैनी छुन घिन्याका लुतो ला बकम्फुसे बिर्खे! तो दो-चार से रुप्पे तेरै भो ल! दान भो तँलाई, दान! बुझ्या हो? गरी खाओ!

तर सुरुवाल चोरेसी चैनी अझ केटाहुर बटुलेर पोज दिँदै फूटु खिचाम्दै हिँड्नी? तिमी जस्ता चैनी सिन्के त चाट्टा अट्दो हो गाँथे हामी पहेलमान्को सुर्वालाँ। आँटिछस् पोज दिन अझै लाज शरम पचेका नखर्माउलो!

तेइ माइली बजैको उराठीलो मुख आँखै अगाडि झल झली आम्छ र् चैनी मुत्त्रै हो नत्त्र तिम्लाई बोराँ पोको पारेर चैनी कालिआँ फ्याँकेन छु भुने हाँरो चैनी बाराजु नि भुन्टे परेनन! ज्यान कालिले बगार चैनी गंगा हुंदी काशिआँ, प्राण चैँ पर्लोकाँ होला। होस् गर्नु! वाइस्याल लाइदिम?

 
Posted on 12-23-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल पूण्टे दा लोल ।



साच्ची हो र ?? कस्को कुरा पत्याउने ??


दुबइले साँचो जस्तो कुरा गर्छ, नौटंकीहरुलाई नसकिने भो। कादरखान् छ्याके भन्दा नि खतरा रैछन् ।


 
Posted on 12-23-09 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ कुन बुढोको कुरो पत्याउनु। लौ, मैले चाँही औपचारिक रुपमा हड्ताल प्रारम्भ गरें। हड्ताल शान्तिपूर्ण रहने कुरामा बिश्वस्त रहनुहोला। सौंबार भेटम्ला। तारेमाम।    
 
Posted on 12-23-09 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबार मात्र समापिने हडताल को रहस्य के होला?


चिप्ले सर को यात्रा कता तिर हो ?


 यता हो भने स्वागत को तयारी गर्नु पर्‍यो।


 
Posted on 12-24-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो आज त बुढा पार्टी हरु कोही आको छैनन् ल उठ उठ जन्ता हरु ।


बैरे ले ढोका खोल्या आज सब तीन छक्क पर्ने होला


 
Posted on 12-24-09 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                         बिर्सी रहा !!!!


गूड् मर्निङ चौतारी , आउँदै गरेका लाई प्रणाम , आज हल्फ छुट्टी छ । कसैलाई भेटिन भने , Have a Merry Christmas - बैरे एन्ड फेमिली


 


रिट्ठे सान कस्तो छ त औरेजी ??


 
Posted on 12-24-09 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! बैरे!


आज मेरो चाहिँ एक क्वाटर छुट्टि छ। को होला र अरु खै!


 
Posted on 12-24-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु
बिहिबारे अर्ध छुट्टी दिवसस्य जदौ ।


आफ्नो कम्प्युटर को साँचो राख्ने बोर्ड अर्थात की-बोर्डले काम नगर्नाले अर्काको कम्पुटर मार्फत जडौ भन्न आको। बनाउने मान्छे आउँदै छ। हेरम के हुन्छ ।


 
Posted on 12-24-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोट के हो ब्यथा के हो म जस्तो घाइतेलाई सोध
मिलन के हो खुशी मसँग कहिले सोध्दै नसोध


बिहिबारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई। हड्ताल एक दिन काटिदिएँ मैले, नत्र कैलालीमा माओवादीहरुले गरेको ताल मिल्ला भनेर।
ठुल्दाइ, फोन फर्काउन नसकेकोमा क्षमा चाहन्छु। यात्रा त कतैको होइन। त्यतै आउने भए पनि स्वागतको ठुलो तयारी त के चाहिएला र? मम बनाउन चाहिने सबै थोक, चिलिम र ३ बट्टा तास त स्ट्यान्ड बाइ नै होला नि सँधै, मखुला? तीनपाने पनि होला नै।  


अनि ककस्का के के पिलान छन् त यो रुखाँ बत्ती बाल्ने चाडको? 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters