[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी भाग २

[Please view other pages to see the rest of the postings. Total posts: 150]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-ohmy.gif
[VIEWED 115638 TIMES]
SAVE! for ease of future access.
Posted on 08-25-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<- " छोडि दिउला , बिहे पछी " मैले नि भनी दिए त लौजा ।>>>

यस्मा केइ कुरो लुक्या छ कि जस्तो लाग्यो मलाई त। तर कथा पढ्दा फिलिम हेरे सरि मज्जा आउने क्या बैरे पाटको खुबिलियत। अब रिया सँग झ्याइ पार्न मात्र बाँकी भो। एस्सो हेर्दा चाँही भोली देखिन् बैरे पाट, घर मै भाडा माझेर बस्ला जस्तो छ, सेविङ गर्न पर्‍यो नि। ल के के पकाइन्छ अर्को भागमा त आइहाल्ला केरे। ल नाइस गोइङ

 
Posted on 08-25-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभोको जीन्दगी पनि सफल हुँदै गएर दोश्रो भागमा पुगिसकेछ! ल प्रभो पछ्याउँदै जान्छु बाटोबाटै!
 
Posted on 08-26-09 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे!


कथा सरररर  बगी रहेको छ । "तिम्रो र मेरो" भन्ने भावना मन पर्‍यो मलाई। अर्को भाग छिटो राख्नुहोला।


~सुफल


 
Posted on 08-26-09 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्षिम प्रभो बर्षिम, म जस्ता पाठकलाई त यस्तै बर्षाको भेलमा हेलिन मन लाग्छ।
 
Posted on 08-26-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कुरा त्यस्तै हो कथा रमाइलो गैराछ बैरे मित्र !


फुर्सद मिल्ना साथ अरु थपुम बरु !


 
Posted on 08-27-09 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

boulevard dreams
<<La Baire je, just completed third episode of the second part, tara khoi kina ho kunni yo episode ma testo special chai bhetiyena tara tapai manche bhaneko yaha khaire ko pani noon khayeko manche time bhyaunu bhayena tesaile lekhna saknu bhayena hola..


But eventually i know you will make this story great.. eagerly waiting for next episode Baire... good work bro>>


प्रभु ठीक भन्नु भयो , फेरी गोर्खे को बानी नुन को सोझो हुनै पर्‍यो , यसो समय  समयमा साझा तिर घुसे नि सोझो त सोझो नै हो , आउने भाग हरु को मेरु डण्ड कोर्दै थिए यो भाग मा शायद केही होला आउने भाग भन्ने आशा छ ।


serial
<<ल यो भाग नि घच्ची गएछ
भनेपछी बिहा को कुरा निक्लियो होइन त -
अनी कहिले त बिहा - खबर गरौ के रे >>


बिहा रे के भन्छ बौचा , मैले उस्लाई रानी मुखर्जी , ऐश्वर्य राय भन्दा उु साच्चै कै ऐश्वर्य राय र रानी मुखर्जी भाको हो त , कहिले कहिले तरुनी को शब्द बाण हरु बाट बच्न यसो नि गर्नु पर्छ , आफु ले लहरी को हो मा हो मिलाको बिर्स्यो जस्तो छ नि ??


perfectionist
<<यस्मा केइ कुरो लुक्या छ कि जस्तो लाग्यो मलाई त। तर कथा पढ्दा फिलिम हेरे सरि मज्जा आउने क्या बैरे पाटको खुबिलियत। अब रिया सँग झ्याइ पार्न मात्र बाँकी भो। एस्सो हेर्दा चाँही भोली देखिन् बैरे पाट, घर मै भाडा माझेर बस्ला जस्तो छ, सेविङ गर्न पर्‍यो नि। ल के के पकाइन्छ अर्को भागमा त आइहाल्ला केरे। ल नाइस गोइङ >>


पुरे पाट आफ्नो जिन्दगी खुला किताब जस्तो छ के कुरा लुक्या होला, भाग्य मा लेख्या रहेछ भने झ्याइ नि गर्नु पर्छ कसो ? उहा लहरी ले लहरे को आमा लाई "मम्मी" भनी सक्यो आफ्नो त घरा नि थाहा छैन ।


Birkhe_Maila
<<प्रभोको जीन्दगी पनि सफल हुँदै गएर दोश्रो भागमा पुगिसकेछ! ल प्रभो पछ्याउँदै जान्छु बाटोबाटै! >>


प्रभो तपाईले म जस्तो लाई पछ्याउने भए म जस्तो ले  चाँही कस्लाई  पछ्याउने हो ?


Sufal
<<बैरे!
कथा सरररर  बगी रहेको छ । "तिम्रो र मेरो" भन्ने भावना मन पर्‍यो मलाई। अर्को भाग छिटो राख्नुहोला। >>


प्रभु हुन नि हो नि आफ्नो भन्ने भावना लाई कायम गर्नु पर्‍यो नि कसो , यसो आफु लाई नि खाचो पर्दा उु सँग मद्घत माग्न नि सजिलो , कुरै कुरा त हो नि !!


Deep
<<बर्षिम प्रभो बर्षिम, म जस्ता पाठकलाई त यस्तै बर्षाको भेलमा हेलिन मन लाग्छ। >>


प्रभु पुर्णे को जून जस्तै देखा पर्नु भयो तर म पनि मेरो कथा मा आफ्नो बहुमुल्य शब्द हरु छरिदिनु भयो , यो त ढुङ्गा खोज्दा देउता मिले झै भयो , प्रभु बाङ्गे ले सरsssssssssssर ताने सि नि कथा अगी बढ्ला भन्या अस्तु नै गर्नु भयो कि क्या हो ?


ritthe
<<अरु कुरा त्यस्तै हो कथा रमाइलो गैराछ बैरे मित्र !


फुर्सद मिल्ना साथ अरु थपुम बरु !>>


रिट्ठे सान के भन्नु जिन्दगी कुकुरको जस्तो भयो भन्या काम नि छैन फुर्सद नि छैन , अर्को भाग चाडो पस्किउला


 
Posted on 08-28-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे!


 खै सफल जिन्दगी भाग २ - को अर्को भाग? छिटो पोस्ट गर्नुपर्‍यो ।
 ~Sufal


 
Posted on 09-01-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- " छोडि दिउला , बिहे पछी " मैले नि भनी दिए त लौजा ।


उु - "बहाना त कत्ती आउछ हगी तिमीलाई "


म केही बोलिन । हामी हिड्दै गाडी भएको ठाउँ तिर गयौ । कोठा पुगेर एक छिन टि.भी हेरी बस्यौ ।


- " ल अब सुत्ने तर्खर गर्ने होइन ? भोली बिहान एस्पेन तिर जाउला "


- " हुन्छ " भनी उु पनि उठी र हामी सुत्ने तर्खर गर्न लाग्यौ ....................


बिहान आँखा ७ बजे नै खुल्यो , आफ्नो नित्य कर्म सकाएर किचन मा गई, ब्रेक फास्ट तयार पारी उस्लाई उठाए , मेरो यो नयाँ रूप देखेर उु दङ्ग थियो , तर उस्लाई के थाहा उु मेरो जालो भित्र फस्दै गएको थियो भनेर ।


डेन्भर बाट एस्पेन करीब ४ घण्टा को बाटो थियो । हामी निस्किदा ९ बज्न आटेको थियो ।  गाडी हाई वे मा छिर्ने बित्तिकै उु नुन खाको कुखुरा झै झोक्राउन थाली , मैले दुबै झ्याल खोली दिए , हावा को बेग र आवाज उस्लाई उठ्ने कर लाग्यो ।


उु - "एक छिन सुत्न देउ न १ घण्टा मात्रै अनी म फ्रेश हुन्छु के "


- " कहाँ सुत्ने , यस्तो रमणिय मौसम छ, साथ मा तिमी अली Romantic हुन सिकन "


आफ्नो बज्रले आँफै लाई प्रहार हान्दा कस्तो हुन्छ उसलाई महसुश भयो । उु मुस्कुरायो , मेरो हात लाई आफ्नो हात ले समाइ र मलाई फकाको झै फेरी मेरो काध लाई सिरानी बनाउन पुगी ।


- " please यस्तो bore नगर न , एक्लै चलाऊन एकदम गाह्रो हुन्छ क्या , जाबो ४ घण्टा को बाटो मा साथ दिन सक्दैनौ , जिन्दगी मा के साथ दिन्छौ ?"


अब मैले उसको माया लाई लल्कारेको थिए , यो चुनौती मलाई भारी पर्ला जस्तो थियो , तर सोचे ४ घण्टा त मैले चलाऊनु पर्ने हो कसरी गाह्रो पर्ने मलाई ? तर पनि डर भने लागि रहेको थियो , कती बेला यही डाइलग आफु लाई पेल्न आउँला भनेर ।


उु - " ल ल अब त उठ्नै पर्‍यो , यस्तो डाइलग हाने पछी, ल भन के कुरा गर्नु मन छ, Besides Move to Denver "


म - " दु:ख सुखका कुरा गर , हामी दुई को कुरा गर । भाग्य ले तिमी लाई फेरी म सँग अगाडि को सिट मा राखी दियो, पहिले यही सिट मा बस्दा आसुँ झर्थ्यो अब यही बेसी भयो " पेले मैले पेल्न पाको बेला ।


उु - " Please , म केही रोको थिईन के , त्यती खेर म बच्चै थिए , ईमोसनले टेक ओभर गरेर मात्रै हो , नभए रुन्थे तिमी जस्तो निर्दही को लागि , तिमी ले नि कम पापड बेला थियौ । म सोझी भएको ले फसे नभए त ......"


- " नभए के , मैले त केही गर्या थीईन , तिमी आँफै फस्या त हो नि । म त च्याङ्ग्रा को बिहे को लागि मात्रै गाको थिए । "


उु - "म नि त्यसकै बिहे को लागि गाको थिए , तिमी ले नै के के गर्यौ .......... तर कस्तो अच्चम्म हगी I Never thought I Would be with you again "


- " It was meant to be "


उु - "तिमिले च्याङ्ग्रा र केरेन लाई नि बोलाको भए हुने नि, तिनी हरु लाई नभेट्या नि बर्ष दिन भयो "


- "कवाफ मा हड्डी किन बेकारमा "


उु - "त्यो पनि हो " हाँस्दै


समय बित्दै गयो , बाटो सकिदै र साथ मा गर्ने कुरा हरु पनि , घडी हेर्दा ११ बजी सक्या रहेछ , भोक नि लाग्यो , खानेको बन्दो बस्त गर्नु पर्‍यो ।


- " केही खान को लागि रोक्नु पर्ला जस्तो छ "


उु - " के खाने , Mc Donalds हरु त नखाउ , बरु लन्च कै ब्यब्स्था गर्ने हो कि ? "


- " होइन लन्च त एस्पेन मै गर्नु पर्ला अहिले केही लाईट खाउ , हुन्न ?"


उु -" हुन्छ " 


एक्सित लिएर गाडी Mc Donalds मै रोक्यौ ,


उु - " ल म अली फ्रेश हुनु पर्ला "


उु रेस्टरूम तिर लागि , मैले फोन हेरे ११:२० सोचे अझै टाईम भाको छैन , अब एक घण्टा बाँकी छ ।


गोर्खे लाई चिकेन बाहेक अरु के नै पाईन्छ र Mc Donalds मा । चिकेन सन्द्विच मगाइयो , र फेरी बाटो नापियो । गाडी मा गफ गाफ त्यती खासै केही भएन , सि.डि सुनियो, हिन्दी फिल्म मा राजेश खन्ना ले झै अली अली आफु ले नि गाइयो ।

 

सि.डि  आधुनिक र पुराना हरु गीत हरु संकलन थियो , "पिया बसन्ती रे " घन्क्यो , आफु उस्ताद नभएनी सुल्तान खान को लय मा लय मिलाएर गाउँन थाले , उु पनि के कम ? चित्रा नै हुँ झै गरे , म हाँस्दै गाउँन लागे । गीत को घन्काइ मधुरो भयो ,

 

उु - " किन हास्या मेरो स्वोर सुनेर ?"

 

- "होइन (साचो बोल्न डर लाग्यो ), तिमीले मेरो साथ दिएकोले हास्या नि "

 

उु - " अनी मेरो स्वोर कस्तो छ त "

 

हरे भगवान आफ्नो स्वोर कहिले सुन्या थिन कि के हो , मलाई बिच मा किन पार्ने , हरेक चोटि झूठो बोल्दा , यामुण्ड ले चित्र गुप्ता लाई हेरेर - "यस्को नाम मा २ किलो इट्टा अझै थप " भनेको सुन्छु । त्यो मह जोडी को टेलिफिल्म झै "प्रभु मुख सानो छ छिर्दैन" भन्दा नि "ए त्यसो भए दात फोड्दे अनी पस्छ" भन्ला कि भन्ने डर, आफ्नो नाम २-३ ट्रक इट्टा त जम्मा भई सक्या थियो ।

 

अब अर्को जुग होला कि नहोला, यो जुगाँ त त्यस्को फल नभुग्त्ने बिचार ले - " ठ्याक्क चित्रा " भनेर जवाफ दिए ।

 

तरुनी नि दङ्ग आफु ले अरु थप केही भन्नु नपर्ने , के को टिकी ट्यास ट्यास ।

 

एस्पेन आउन केवल १ घण्टा बाँकी थियो , खल्टी मा फोन भाईब्रेट भएको महसुश भयो । मेरो कुराही सकिएको थियो ।

फोन निकालेर कतै फोन गर्न लागेको झै गरे , टेक्स्ट मेसेज थियो - " २:०० " 


उु -" का फोन गर्न आट्या "


- " एस्पेन मा रूम बुक गर्या थिए , त्यही कोन्फिर्म गरु कि भनेर " मैले कुरा घुमाए


उु - "नेट बाट बुक गर्या रूम लाई नि किन कोन्फिर्म गर्नु पर्‍यो ? कस्तो पाखे तिमी "


मैले उस्को पाखे भन्ने भनाइ लाई घुरेर हेरे ...


उु " त्यस्तो भन्न खोज्या होइन, जिस्क्या मात्रै "


- " यही पाखे नभै भाको थिएन पहिले , अहिले मै बेसी भए "


उु - " तिमी त कस्तो un-interesting character , अली sense of humor किनेर राख "


- " अब त त्यही त हो नि "


उु - " ल ल भयो , सक्दिन तिमी सँग झगडा गर्न , म चाँही उु भनेर यहाँ सम्म आए , उु भने चाँही खाली ठुस्स को ठुस्स , बरु आज को के प्लान छ भन न, एस्पेन मा अझै हीउँ हुन्छ , मलाई स्कीङ  गर्न कस्तो मन छ "


- "हुन्छ , पहिले मोटेल मा चेक इन गरु अनी स्कीङ जाउला "


उु - " तिमी लाई स्की आउछ "


- "हल्का फुल्का "


उु - " I'm so excited "


हाम्रो अगी एस्पेन का द्रिश्य हरु सुरु भई सकेको थियो , हावा मा पनि बद्लावत भई सकेको थियो , चिसो हावाले मन मस्तिस्क नै बिउझाएको थियो । गाडी को सिशा खोलेर त्यो हावा को महसुश लिदै थियौ । एस्पेन शहर भित्र प्रबेश गरियो , घडी हेर्दा १:५२ भएको थियो , गाडी आफ्नो लक्ष बाट अली घुमाए ।


उु - "किन यहाँ घुमाको "


म - " यहाँ को इन्फर्मेसन सेन्टर मा हामी स्की गर्न जाने ठाउँ को पास छ रे , त्यही लिन " गाडी पार्क गर्दा २:०० बज्न आटी सकेको थियो ।


म - "तिमी पनि जान्छौ कि यही बस्छौ ? "


उु - "कती टाईम लाग्छ "


- "१० मिनट जती "


उु - " ल ल चाडो आउ , म यही बस्छु "


केही बेर पछी म आए , उु शायद गीत सुनेर मग्न भई रहेको हुनु पर्छ , मैले उु झसँङ भएको देखे , शायद उस्ले मेरो आपेक्षा गरेको थियो तर उसको नजर मा म होइन अरु कोही थियो । उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो ।


 


क्रमश :


 
Posted on 09-01-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब रमाइलो भयो बैरे यो भाग -


डाइलग त झक्कास् को छ - हाँसी हाँसी पढियो


ल अरु नि थप्दै जाउँ


 
Posted on 09-01-09 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<फोन निकालेर कतै फोन गर्न लागेको झै गरे , टेक्स्ट मेसेज थियो - " २:०० "  >>>

<<< उु शायद गीत सुनेर मग्न भई रहेको हुनु पर्छ , मैले उु झसँङ भएको देखे , शायद उस्ले मेरो आपेक्षा गरेको थियो तर उसको नजर मा म होइन अरु कोही थियो । उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो ।>>>

हैन प्रभो के हुन थालयो यो? २:०० बजे भनेर कल्लाई लेख्या? अनी को गीत सुनेर बसिरा? कोल्ले कल्लाई के देख्यो? हैन म त रनभुल्ल्लमा पो परें भन्या। ल बैरे पाट, अर्को भागको लागि पिलिज अर्को वीक सम्म नपुराउ है, नत्र त्याइं आएर खौँ हान्छु
 
Posted on 09-01-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथामा twist आए जस्तो छ।


लौन बैरे! एस्तो मोडमा आएर क्रमश गर्ने। अन्याय भयो।


<< उु शायद गीत सुनेर मग्न भई रहेको हुनु पर्छ , मैले उु झसँङ भएको देखे , शायद उस्ले मेरो आपेक्षा गरेको थियो तर उसको नजर मा म होइन अरु कोही थियो । उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो ।>>>


तर मैले धोकेबाज प्रेमिको गन्ध पाएकी छु है यस्मा। त्यस्तो चाँही नहोस्।


~सुफल


 
Posted on 09-01-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो>>>

मैले पचास चोटि जती पढें होला यो लाइन, म पनि सुफल जि ले भने जस्तै सोच्दै थिएं तर बैरे पाटको लेभेलको कथाकारले यस्तो भाषिक गल्ती त नगरला भन्ने सोचेर चित्त बुझाको छु, रियालाई फेरी धोका त नदेला भन्ने मानेको छु, तर twist चाँही पक्कै छ जस्तो लाग्दै छ



 
Posted on 09-01-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे जि,


कथा सारो मिठो लाग्यो, सफल जिन्दगी भाग-२ पनि आईसकेको रहेछ। सबै भाग एकै चोटीमा पढेर सिध्ध्याए, रमाइलो लाग्यो।


कालेदाइ 


 
Posted on 09-01-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Perfectionist जि,



मेरो बुझाईमा भाषीक असुद्ध जस्तो लाग्छ। बैरे आँफैले  लिएर आयो कि कोही? के थाहा। उसलाई message आएको थियो २ बज्ये भनेर। बैरेले कस्लाई लिएर आयो  त्यही भएर उ तर्सेकी होली।

<<<मेरो यो नयाँ रूप देखेर उु दङ्ग थियो , तर उस्लाई के थाहा उु मेरो जालो भित्र फस्दै गएको थियो भनेर । >>>


यो line यस्तो हुनु पर्ने होइन र?
मेरो यो नयाँ रूप देखेर उु दङ्ग थिई, तर उस्लाई के थाहा उु मेरो जालो भित्र फस्दै गएकी छ भनेर । 


यो पनि


<<<उु मुस्कुरायो , मेरो हात लाई आफ्नो हात ले समाइ र मलाई फकाको झै फेरी मेरो काध लाई सिरानी बनाउन पुगी । >>>


 उु मुस्कुराइ, मेरो हात लाई आफ्नो हात ले समाइ र मलाई फकाको झै फेरी मेरो काध लाई सिरानी बनाउन पुगी ।


********म गलत पनि हुन सक्छु है फेरी। मेरो Evaluation मात्र हो यो।**********


~सुफल


 
Posted on 09-01-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुफल जि, तपाईंले भनेको जस्तो हो भने त बैरे लाई खौँ हान्नु पर्छ, द्वाङ-कि-द्वाङ गरेर 
 
Posted on 09-01-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बैरे यो चै एेक्दम राम्रो लाग्यो है । तर आन्तिम म आएर चै अलिअक्ती बोर लाग्यो , अरु साथी हरुले भनेको जस्तो काहानी मा twist औंला जस्तो छ , तर ठिकै छ कथा म उथल्पुथल भनेको भएन भने कथा को महत्व नै भएन नि । ल ल बैरे जे रमाइलो हुँदै छ । तर साथी म नेपाल जआदै छु छिट्टै नै । प्रभु को कथा चै एेक्दमै मिस्स होल जस्तो छ , हेरौ सके सम्मा उप्डेट हुन ट्राइ गर्छु ।
 
Posted on 09-01-09 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे कथा पढेर त मज्जा आयो तर यो केटा भन्ने मान्छे किन यस्तो हुन्छन भन्ने पो लाग्यो त, कस्तो होला त, केटेीलाए जसरि नि फकऔन नै पर्ने, तो नि झूठो बोलेी बोलेी,यो केटा को त जातै नहुने कया...मनमा कत्त्ति कपट राखन सक्ने जात होला त भने नेी के भन्नु र खै...
 
Posted on 09-02-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ को आयो फेरी रियानै झसँग हुने गरी। मलाई लाग्छ त्यो सफल जिन्दगी part one मा रियासँग च्यङ्राको wedding मा आउनु पर्ने मान्छे जस्तो लाग्यो। Waiting to see what happens next........
 
Posted on 09-02-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 मेरो भनाइ पनि तेही हो Saanu_fren. बैरे ले पेट्भरि जवाफ दियो तेसैले चुप लगिरहेको छु।


 
Posted on 09-02-09 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकै शासमा पढे, फुर्सद लिएर| साह्रै राम्रो| "अब चाँही अलिक काम ढाट्ने गर्नु पर्‍यो प्रभु" फेरी चित्रगुप्तले हाम्रा भागका  इट्टा चलाऊलान पनि | हुन त "यभ्री थिंग ईज राइट इन वार एंड लभ" भन्छन| पेलौ पेलौ|
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters