|
[VIEWED 125684
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepkanchhi
Please log in to subscribe to nepkanchhi's postings.
Posted on 10-12-07 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"ठीटीले कुरा त घच्ची गरी। सोचें उस्ले लक भनेर केलाई भनी? चुकुल-ताल्चा कि भाग्गे? जेलाई भन्या भे नी मिलाई तर।"
बिचरा.....
अनी अरु ......? फेरी पोस्ट गर्नु....... छिटो
.........waiting
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-12-07 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Deep jyo ufffffffff kasto keti bhanechi bhutukai.
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 10-12-07 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ पर्खिरा
तर अब कुनबेला पो आम्ने हो? दिपदा चै सप्पै जो एउटैमा राख्न खोज्नुभारैछ।त्यो edit गर्दै माथि राख्ने गरेको रे'छ म चै कहा नया पोस्टिङ खोजिराकिम --- ' भाउजु भन्न मनलाग्छ के निशालै ' भनुम भनेको नमिल्ला जस्तो लाग्यो । जुनबेला नि कुरो गर्यो दिपदा बाङगेलाइ नै अघि सारिराचन ,
Last edited: 13-Oct-07 08:15 AM
|
| |
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 10-12-07 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
वाफ रे, कस्तो रमैलो कहानि हौ, दीपले यस्तो मजाले स-सानो कुरोसमेत छर्लङ्ग हुने गरी लेख्छ कि, त्यो लेख्ने कला चोरेरै लिउँ जस्तो लाग्यो ।
अनि केटीहरुको कहानीमात्रै लेख्नु पर्छ, हेर केटीहरुलाइ असह्य भ'को , कत्तिखेर आर्को भाग थप्ला भनेर कुर्या कुर्यै छन । कत्ति न निशा आफै हो जस्तो के । (जिस्काइदिया है)
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-12-07 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाहाहाहा लक भनेर चुकुल ताल्चालाई हेर्या- ९०%, भाग्यलाई हेर्या - १०%
लौ लौ पेलुम पेलुम प्रभु!
|
| |
|
|
kali.keti
Please log in to subscribe to kali.keti's postings.
Posted on 10-12-07 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ लौ पेलुम पेलुम Deep Dai. 
Hillarious. Superb! :)
chana da! you are so funny!
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-12-07 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यस्तो सीन (scenario) तो हाम्रो जिन्दगीमा कहिलेइ आएन पर्भू। अर्को जुनीमा दीप भएर जन्मिनु पर्ने भयो। प्रसंशा गर्न शब्दहरु खन्दै छु, भेटिन्छ कि कतै।
|
| |
|
|
nepkanchhi
Please log in to subscribe to nepkanchhi's postings.
Posted on 10-12-07 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"अनि केटीहरुको कहानीमात्रै लेख्नु पर्छ, हेर केटीहरुलाइ असह्य भ'को , कत्तिखेर आर्को भाग थप्ला भनेर कुर्या कुर्यै छन । कत्ति न निशा आफै हो जस्तो के । (जिस्काइदिया है)"
लौ चनाज्यु हजुर ले त कुरै नबुझ्या भन्या।।कां आफुलाई निशा सम्झनु नि।ाअब दीप ज्यु को कथा जैले नि ट्रजेडी हुन्छ अहिले नि तेस्ताइ भये "मेरा नम्बर कब आएगा" भन्दै बस्नेहारु लाई नम्बर चाडै औंला भन्ने आश ले छिटो लेखौ भन्या होला नि हेहेहे ( मैले नि जिस्काइदे) 
|
| |
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-12-07 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दिप जि,
कस्तो स्लो मोसन यार। अलि स्पिड लिनु पर्यो नि, हेर्ने र हास्ने त छदै छ नि माया गाँस्ने पो कहिले हो भनेको?
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-12-07 12:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ati ramailo parale kehne ho ke Deeple, ekdam hasaune pani. tara achamma kati janalai man parauna bhyaera pani ahile samma eklai huda raichhan ketaharu? ;)
|
| |
|
|
kali.keti
Please log in to subscribe to kali.keti's postings.
Posted on 10-12-07 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Rofl Pretty. ke thaha deep da' eklai chha ki chhaina? sabailai eklai chu jasto dekhayera fakauna lagya ho ki na. :)
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-12-07 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हा हा! दीप ज्यो, गज्जब छ! लेख्ने शैली बेजोड छ। >>> एउटा धुलो लाग्या फिजिक्सको
किताब थ्यो काकाले कुन चैं लाईबेरीबाट के गर्नलाई चोरेर ल्या हुन कुन्नी
तेई किताब पल्टाएँ। उ आउली र क्या घगडान किताब पढ्दो रे छ भन्ली भन्या
आउँदै आईन। चाल बुझ्या टिभि तिर पो लागी छ। म पनि लाग्नै पर्यो, के गर्ने?<<< हा हा हा!
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-12-07 12:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हेहे काली होला होला त्यो ट्याक्टिक् पनि हुन सक्छ, के था है?
|
| |
|
|
SITARA
Please log in to subscribe to SITARA's postings.
Posted on 10-12-07 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Neither a graf of praise can I offer, nor a word. All I have left is a sentiment! Wa wa!!! ;)
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-12-07 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हुन्छ के के चाईँ त -- भन्ने लाग्यो। ---
अब फेरी बाङ्गे मन्छाउनु थ्यो। भात खाई सकेर निशा काकी सँग कुरा गर्दौ थिइ। म बाङ्गे काँ लागेँ।
बाङ्गे र म बरालिदै धुम्बाराही पुगीम --मन चैं आफ्नो घरमै। निशा के गर्दै होली भन्ने मात्रै लागेर घर फर्किम फर्किम जस्तो भन्या।
चाबेलाँ खाजा खाईयो -- सुद्ध। बाङ्गे बौध जाम भन्थ्यो मैले काँ बौध जानी हिन बरु तेरो ससुराली तिर जाम भनें।
दिउँसै जाने? उस्ले सोध्यो।
दिउँसो गए नी राती गएनी त्यै च्या पसलाँ बस्नी हो के फरक पर्छ? --भुस्या कुकुर जस्तो घर भित्र छिरे हो हल्ला गरेर बजाउलान भन्ने डर।--- झन बेलैमा गएकै राम्रो नी। सुनाएँ मैले। केई गरी यता बाङ्गे बल्झे हुनेँ भनेको खै के हुने हो।
हामी त्याँ पुगेर च्या एक कप सक्या छैन -- ठीटीको घर अगाडी एउटा ट्याक्सी रोकियो। एकै छिनमा ठीटी लगायतका अरु ट्याक्सी चढेर हुरुरु गए। सिनेमा टेलरमै छुट्यो हाम्रो। बरबाद भैगो नी।
"अब भोली आउँला बुझिस" मैले दिक्क भाको बाङ्गेलाई सम्झाएँ। मलाई त घर गै हाल्न पाए हुन्थ्यो।
फेरी सोचेँ -- यो बाङ्गे सँग दिन दिनै माहाँकाल आएर मैले मेरो काम चैं कैले गर्ने? एक दुई दिनको छुट्टी त चाहियो मलाई। यही सोचेर भनेँ "ए, तँलाइ त भन्नै बिर्सेको -- भोली मेरो आउन मिल्दैन -- काका सँग गजुरी जानु छ -- पर्सी बेलुका तिर आउने हो -- म नभए पनि तँ यहाँ आउन चै नछोड नी फेरी -- अघि ट्याक्सीबाट पनि हेरी नी -- हो कि हैन ल भन त?"
सम्झाएँ मैले उस्लाई र मेरो बाटो खुला राखें। काका बाहीर गा थे -- उनै सँग जान्छु भने पछी ढुक्कै। म छैन भने पछि बाङे म कहाँ आउने कुरै थे न।
बाङ्गेले केही भनेन। उस्लाई ठीटी हिडेकोले नै धेरै असर गर्या रे छ क्यारे मेरो कुरालाई उस्ले सारो मतलब गरेन।
"कि तँ एक्लै आउन सक्दैनस?" मैले जोस्साएँ।
"किन नसक्नु सक्न त --तर म ट्वाकलाई लिएर आउँछु"। उस्ले भन्यो।
मलाई ढुक्क भो -- थपेँ "हो हो ट्वाक संग आइज "-- केही पर्यो भने ठोक्छ उस्ले पनि। ट्वाक ब्राउन बेल्ट थ्यो क्यारे तेती बेला।
मैले भोली र पर्सी निशामा समर्पण गर्ने बिचार गरें।
फर्किदा किस्न मन्दीर नेर मेरा बा उभिइ रा रे छन -- धन्न चुरोट धोबीखोला पुलमै सक्या थ्यो -- पिरो ल्वाङलाई अरु किचेँ दातले। बा देख्ना साथ बाङ्गे भिमसेनथान तिर लाग्यो म घर तिर।
घरमा निशा सिनेमा हेर्दै रे छे काकी, आमा सँग बसेर।
"के हेर्या?" मैले सोधें।
"-- अङ्गुर" काकीले भनीन। मैले त हेरी सक्या थें तै पनि बसेँ।
"किन छिटो नी आज?" काकीले फेरी सोधीन।
काकीले खत्तम गर्न लाइन -- सधै आधाराताँ आउने जस्तो गरेर -- भन्ने लाग्यो।
"बाहीर क्या चिसो रे छ अनि के गर्नी त --" भन्दै सोफामा बसें।
म चै सिनेमा भन्दा बढ्ता निशा तिर लाग्या थें।
बा आए पछि आमा चिया बनाउन उठिन -- सिनेमा कमेडी थ्यो -- काकी र निशा निर्धक्क हाँस्थे -- म चैं निशाको हाँसोमा आनन्दीत हुन्थें -- कैले उ पुलुक्क म तिर हेर्थी म पुलकित हुन्थें।
एक छिन पछी काकी पनि उठीन। "काँ जान ला?" निशाले सोधी।
जाँदा जाँदै " आउँछु" भनेर काकी निस्कीन।
समय रोकिए जस्तो भयो। रन वे मा प्लेन झै मन दौडियो मेरो।
मैले सोधें "कमेडी सिनेमा मन पर्छ?"
उस्ले म तिर हेर्दै नहेरी भनी "लभ स्टोरी झन मन पर्छ" ---
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-12-07 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मैले सोधें "कमेडी सिनेमा मन पर्छ?" उस्ले म तिर हेर्दै नहेरी भनी "लभ स्टोरी झन मन पर्छ" --- :D malai ni love story flim manparcha khit khit khit
| | |
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-12-07 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मैले सोधें "कमेडी सिनेमा मन पर्छ?" उस्ले म तिर हेर्दै नहेरी भनी "लभ स्टोरी झन मन पर्छ" --- :D malai ni love story flim manparcha khit khit khit
| | |
|
| |
|
|
Brain Malfunction
Please log in to subscribe to Brain Malfunction's postings.
Posted on 10-13-07 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"किन छिटो नी आज?" काकीले फेरी सोधीन।
काकीले खत्तम गर्न लाइन -- सधै आधाराताँ आउने जस्तो गरेर -- भन्ने लाग्यो।
You are just mind-blowing... We want more..More please...
|
| |
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 10-13-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दीपजि, तपाइ त उस्तादै हुनु हुदो रहेछ। साझा साचिक्कै मनोरन्जन् को साइट भाको छ।राम्रो कथाको लगि धन्यबाद। तिमि मेरो साथि
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-15-07 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उस्ले म तिर हेर्दै नहेरी भनी "लभ स्टोरी झन मन पर्छ" ---
राम् राम राम -- म त रन्न भएँ। मनको हवाईजहाज त मेरो उडाई दि उस्ले त।
उस्ले भनेको त सुनें तर भन्न खोज्या के पक्का भएन। छनक मात्रै पनि तर ब्यापक थ्यो। कुरा बढाम भन्या काकी फिर्ता आइन। हवाईजहाज ओर्लियो।
फेरी आमा नी आईन -- मौका अर्को आईहाल्छ कि शब्द साटने उ सँग भन्दा भन्दै सिनेमा सक्कियो। भात खाने सुरसार हुन लायो। आमा भान्छा तिर लागिन -- "कस्तो लाग्यो त मुभी?" निशाले उस्की दिदिलाई सोध्या थिई। "झुर" आफुलाई मौका नआको झोंकाँ मैले पो बोल्देछु। दुइटैले आँखिभै गाँठो पारेर हेरे बा मलाई। हेरे भने हेरे त अब।
"हेरम न त हामी पनि राम्रो सिनेमा कस्तो हुँदो रे छ" म तिर हेरेर पेच हानी उस्ले -- काकी र उ दुइटै मलाई अलपत्र छोडेर हाँस्तै निस्के। "राम्रो सिनेमा त अब म हिरो तिमी हीरोनी -- बन्दै छ भरखर क्यारे" भनेँ -- मनमनै नी फेरी।
कत्ति चोटी बोल्न खोजेँ उ सँग काकी सँग सँगै हुने के गर्नु?
भात खाएर कोठामा पुगे पछी सोच्न थालेँ यस्तो ताल ले लभ सभ पर्दैन -- ट्र्याजिडी मात्रै पर्छ -- लभ गर्ने हैन आफै हुन्छ भन्थे --खै त? गर्न खोज्दा त यस्तो गार्हो छ झन आफै हुन्छ भनेर पसपतिको साँढे जसरी बस्यो भने त गएन जिन्दगी?
ओछ्यानमा लम्पसार परेर सोचिराथें उस्लाई ढोका अगाडी देखें। उ टक्क अडी। म उठ्तै थें "दिनभरी काँ गा?" उस्ले सोधी हाली।
बाले सोध्या भए चुप लाग्ने -- अरुलाई भए कि चुपै लाग्नी नभए "जाँ गए नी किन चाहियो?" यही दुईटा थे जबाफ आफु सँग अब तेस्रो जबाफ चाहियो --
"काईं न काईं" भन्देँ।
"रमाईलो छ काई न काई? कति टाढा छ?" भन्छे बा।
खुंखार छे की क्या हो ठीटी त भन्ने लाग्यो मनमा।
"किन ढोकामा उभि रा? भित्रै आए भएहाल्छ नी--" कुरो अन्तै लगें।
"किन?" भन्छे उ।
"के किन?" सोधेँ मैले।
"किन भित्र आउने?" प्रस्ट पारी उस्ले।
"यसै" भनें मैले।
"यसै त नाईँ" भनेर गै मास्तिर।
उ मास्तिर लस्के पछी मैले गहीरो सोचें र आफैंलाई सोधें पनि "म सिकारी की सिकार हो?"
डर डर जस्तो पो भो।
सुत्न अहिले आउली छैन भरे आउली छैन -- हुन त जतिसुकै बेला उ सुत्न आएनी नआएनी सिरक मुनी आफु त एक्लै हो तैपनि --यसो चाल बुझ्या टिभि हेर्दै रे छे अझै -- काकी र उ। अब त्याँ काकी भए पछी म गएर केई न केई।
बल्ल बल्ल आई तल -- मेरो कोठाको ढोका त खुल्लै थ्यो। मेरो कोठा तिर हेर्दै नहेरी उस्को कोठामा गै। ढोका लाई। तेसरी सुरुसुरु आफुलाई बेबास्ता गरेर हिन्या देखेर ल्याउँ क्यारे भैरबको मुखुण्डो र तर्साइदिम् जस्तो लाग्यो। मैले एकचोटी एउटा भिनाजु पर्नेलाई तर्साईदेको छु त्यो मुखुण्डोले। ठुला ठुला कुरा गर्थे -- झण्डै सिध्देका थे आधा राताँ।
ठीटी सुत्न गै हाली -- आफ्नो आजा दिन खत्तम। --
|
| |