[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आभा

[Please view other pages to see the rest of the postings. Total posts: 105]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 121183 TIMES]
SAVE! for ease of future access.
Posted on 02-16-12 5:25 AM     [Snapshot: 1628]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दीप प्रभो ...
 
खै त आभा ... हामी पनि दर्शन पाइन्छ कि भनेर कुरेको कहिले हो ? 

 
Posted on 02-16-12 11:18 AM     [Snapshot: 1731]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन प्रभो, धेरै भो त आभा कौसी बाट अन्तर्ध्यान भाको पनि| येसो बांगे लाई भनेर आभालाई कौसीमा फिर्ता बोलाउन परो|| तेती भे त प्रभुको कथा नि अघी बढ्थ्यो, हामी पनि त्यो बांगेको घर बाहिर आभा को दर्सन पाउनलाई धेरै दिन कुर्न पर्दैन थ्यो होला|  

 
Posted on 02-17-12 11:01 AM     [Snapshot: 1915]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन पाउने  गार्हो पर्यो Aabhako
 
Posted on 02-17-12 11:18 AM     [Snapshot: 1922]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ABHA ....Purne ma jhulkela bhaneko ta... bholi parsi AUUNSHI
 
Posted on 02-18-12 11:59 AM     [Snapshot: 2118]     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

म झोक्राउँदा झोक्राउँदै बाङ्गे कौसीमा पुग्यो--उ पुग्नु के थ्यो, देवी अन्तर्ध्यान। म नी बाटो लागें।.....

घराँ छिर्न पा छैन स्कुल जान मन छैन कि क्या हो? बरालिन पाए सी अरु केई कुरा को ध्यान हुन्छ कि हुँदैन? अघि ब्यान त्यो घर बनाउने नाईकेलाई बोलार ल्या भन्या के गरीस? तेरो लुगामा कस्ले ईस्त्री लाईदीन्छ भनेर भर पर्या? जुत्ता टल्क्याउने, ईस्त्री लाउने आफै गर्न सकिदैन? जस्ता प्रश्नहरु चारतिर बाट बर्षिए। बर्षिए बर्षिदै गरुन भनियो। सधै जसो उफ्रीने प्रश्नहरुलाई ध्यान दिएर साध्ये हुन्छ के ? झुसिलकिरो उफ्रे पो नौलो हुन्छ--हेर्न नी स्वाद, अब फट्याङ्ग्रो उफ्रेको के वास्ता गर्नु?

त्यो नाईकेलाई चै बोलाईदिनु पर्ने थ्यो। बिर्सेछ। अब बिर्स्या कुरो के गर्ने? साथीहरु तलबाट बोलाउन थालीसक्या अघि नै। आएँ भनेर बसियो--दरो सँग भात दन्काईयो। हतार भा बेला यस्तरी खान नहुने--अब फटाफट हिन्नु पर्छ सके दौडीनै पर्ला--दुई तिर बाट कोखामा हान्ने भो अब भातले भन्दै हतार हतार लुगा लगाईयो। झोला बोकेर हिन्न आँट्या हजुरआमा केरा दिएर बाबु यो प्रसाद खा--तेरो ग्रह दशाको नी जाप गर्देको आज--तैले खानु पर्छ भन्न थालीन। अब भो की--तेस्तो चर्केको पेटमा केरा खाएर लम्के पछी केराले त्रीशुल सट दिन थालीहाल्छ। पछी खाम्ला भन्या पछी हैन अहिले नै खाँदै जा भनेर जिम्मा लाईन।

के गलफती गरीरहनु भनेर केरा नी झ्वाम नारान गरीयो। अनि पाईलै पछी केराले एक छिन सम्म शुल प्रहार गर्या गरेई। अब ग्रह दशा शान्त नगर्या साधारण केरा भए खान्नै भनेर हिनीन्थ्यो। आफुलाई फेरी दशा, शिबदाईलाई जाँड लाग्या जस्तो थ्यो। धेरै जस्तो लागिराकै हुने। त्यै भएर हटे हटी हाल्छ नभए नी बिषै होईन नी भनेर खाइयो।

 ल अरु कुरा त्यस्तै उस्तै हो--चाईने कुरा तिर चै लागुम न अब--

बाङ्गेलाई भेट्ने बित्तिकै "को रे छ त यार ब्यान?" भनेर सोधियो। सोध्न नपाएर उकुसमुकुसै भै सकेको थ्यो आफुलाई।

 

"के ब्यान? बस स्टपको कुरा गर्या?" भन्छ बा! बाङ्गे त।

 

"के को बस स्टपको नी--तेरो घरको कौसीमै घाम झुल्क्या हैन ब्यान? उस्कै कुरो गर्या नी--को रे छ?" अलि चर्को स्वरमै सोधियो।

 

"खै को को यार केई था भएन--अब भात खाएर स्कुल बत्तिनै ढीलो भैहाल्थ्यो--बुझ बुझारथ गर्न भ्याईएन। अब बस स्ट्पमा एक हुल छन--घराँ छ्यास्स आकी एउटीको के हिसाब र? जो सुकै होस--चानस त बस स्ट्पमै धेरै छ नी--होईन भन्त?" उस्ले नी सोध्यो।

"हेर बाङ्गे मैले नी तेरो संगत गर्या भो अलि ट्याम--अब मलाई यो एकादशी पुराण सुनार आफु मासुभात खाने सुर नगर त।" भन्नै पर्यो।

"हैन तैले सुन्न खोज्या के? ब्यान मेरो घराँ देख्या केटीको कुरा गर्या भे--त्यो कुरा छोडेर अरु कुरा गर" बाङ्गेले स्वरलाई अलि कठोर पारेर भन्यो।

"अब भागबत सुन्न बस्या मान्छेहरुलाई पन्नीतले तिमीहरुले सुन्न खोज्या के? किस्नलाई छोडेर अरु कस्को कथा सुन्छौ ल भन भनेर सोध्या जस्तो नगर न" मैले चै स्वर नरम पारेर भनें। हालसालै घरका मान्छेले घिच्च्याएर एउटा नातेदार काँ भागबत पुराणमा लगेर थचारेका थिए। त्यति बेला त झर्को लाग्या थ्यो अहिले काम लाग्यो सन्दर्भमा।

"हेर बाबु, त्यो केटीको कुरा नगर--त्यो नातेदार हो यार --मेरो बैनी" बाङ्गेले गर्व गरे झै गरी भन्यो।

जाडोको मैना--चप्पल पिटीक पिटीक पार्दै हिन्या बेला झुल्क्या घाम देखेर ज्यान तात्छ कि अब भन्ने लाग्दा लाग्दै बुढी औलामा दरो ठेस लागेर रन्थनेको जस्तो पो भो आफुलाई त। तै पनि बाङ्गेले जे पनि भन्न सक्थ्यो--उस्ले बैनी भन्दैमा हो भनेर पत्याईहाल्न पर्ने पनि थिएन। त्यसैले सोधें "को बैनी? पैला त कैलेई देख्या छैन" बाङ्गेको घरमा म दिन दिनै जान थालेको बर्षौ भै सक्या थ्यो। उस्को नातेदार बैनी भा भे त मैले देख्नु पर्ने नी।

"यहा भा भे पो देख्थीस त -- नेपालगन्जका हुन के यीनरु। मेरो बाउको काकाकी नातीनी त्यो। अब बुझिस? उस्ले बीट मार्दै झै भन्यो।

"को काका?" मलाई यत्तिकै पन्छाउने सुर् गर्या हो कि भन्ने लाग्दैछ मनमा आफ्नो।

"तँलाई अब हाम्रो बंशाबली ल्याएर देखाउनु पर्यो? मेरो बाउका काका छैनन त्याँ बत्तिसपुतलीमा? उन्कै नातीनी उ--अब बुझिस?" उस्ले सुनायो।

मलाई अझै चित्त बुझेको छैन। त्यस्को त्यो बाउको काकको घरमा म पनि गा छु। हजुरबा भनेर नमस्ते ठोक्या छ निकै चोटी। त्यो केटीलाई कैलेई देखिएन।

"त्यो तेरो बाउको काकाको घराँ त म नी गा छु त--"

मैले भन्न खोज्या उस्ले बुझ्यो--"ती हजुरबाका दुई जना छोरा छन, यहाँ बत्तिसपुतलीमा हजुरबा कान्छा काका सँग बस्या हुन--जेठा काका उतै नेपालगन्ज तिर छन। अब यतै घर बनाउँछन रे।" ल मैले बुझ्या यत्ति हो अब यस्को बारेमा केई नी नसोध। च्यापटर क्लोज।" बाङ्गेले घोषणा गर्यो।

"तेरो बैनी है उसो भए?" मेरो स्वर नी यसै मधुरो भो।

"म जेठाको नाती उ, माईलाकी नातीनी। अब चुप लाग" उस्को स्वर त झन चर्को भो।

घराँ त्यो रात मलाई कसैको पनि कुरा मन परेन। जस्ले जे भने पनि मलाई झर्को लाग्यो। आफ्नो ध्यान एकातिर उनीहरुको कुरा अर्को तिर। तालमेल नभए सी झर्को लाग्ने नै भो। आफ्नो मन बिच्केको चितुवा जस्तो भो। ओछ्यान भरी बालुवा छ की झै गरी रात बिताईयो।

ब्यानै बाङ्गेकाँ पुगें। "फिक्का चिया खान्छस?" उस्ले अलि हाँसेर सोध्यो। चिया सँग चुरोट तान्न नपाएको लाई उस्ले फिक्का चिया भन्थ्यो। म घरमै चिया सकाएर हिनेको, खान्न भन्दें। आफुलाई चिया चुरोटको मन थिएन आज। "जाने होईन? बस आउने बेला भो" मैले सम्झाए।


"उस्ले यसो घडी हेर्यो--काँ अहिले--निक्कै छिटो छ त--तँ चै किन नी ब्यान ब्यानै?" उस्ले सोध्यो।

ह्या उठीईहालियो। चिया सकाईयो अब उपदेश सुन्न के बसीरहनु भनेर हिनेको--ल हिन जाम तेरो नी चियामा चिनी थप्नु पर्ने होला। उस्लाई चुरोट तान्न सम्झाएँ मैले। चुरोट तान्न भने पछी हिन्छ भन्ने थ्यो मलाई।

"जाने त?" नभन्दै उस्ले सुर कस्यो।

जाम जाम--आज त ढिलो गर्नु हुन्न--हिंजो घरमा मान्छे धेरै कराए" मैले भनें।

बाङ्गेकी आमा कता ब्यान ब्यानै? यसो पढ्नु नी भन्दै थिएन--भाटभटेनी दर्शन गरेर आउने--एकै छिन हो भन्दै लागीम बाटो।

गहनाखोज्ने पोखरीबाट टङगाल स्कुल पुगेर दाईने मोडीनु अघि अलि अघि पुगे पछी दाईने पट्टी खाल्डोमा जस्तो एउटा पसल थ्यो। त्याँ चिया चुरोटको बन्दोबस्त गरीयो। "आज टङ्गालको स्टपमा जाने बुझिस--सधै एकै ठाउमा पर्खिनु नी हुन्न--हाम्लाई उता नदेख्दा खोज्नेहरु यता भेट्टाउँदा कत्तिको खुशी हुँदा रे छन त्यो हेर्नु पर्छ" उस्ले सुनायो।

मलाई एक त कोई हाम्लाई खोज्दै होलान त्यो बसाँ बस्नेहरुले भन्नेमा त्यति भरोसा थिएन, दोश्रो मलाई अर्कै बिचारले मन उज्यालो हुँदै थ्यो त्यस्को कुरा गर्नु थ्यो।

यार बाङ्गे त्यो तेरो अर्को हजुरबाकी  नातीनीको कुरा है नगर्ने त भनीयो--नगरुम्ला पनि--तर त्यो बैनी के अहिले घुम्न आ यहाँ? मैले कुरा झिकें।



"बाङ्गेले एक चोटी मलाई हेर्यो घुरेर अनि हाँस्यो। मेरै संगत त हो तेरो पनि। एक चोटी भन्दैमा किन हुन्थ्यो--त्यै बत्तिसपुतलीमा दाजु-भाइको जग्गा छ त संगसंगै। अब दाजु चाईनेले नी घर बनाउँछन रे। यतै सर्छन रे क्या। हिंजै भन्या हैन मैले तँलाई। उ पनि यतै भर्ना हुन्छे रे स्कुल।" अब भो कि अरु नी केई छ?" सोध्यो।

जाम उता बालमन्दीर तिर--त्यता बाट घुमेर टंगाल आईपुग्दा बसको टाईम हुन्छ, मैले चुरोटको सर्को तान्नु अघि यसो बाटोको दायाँ बायाँ चिनजानका कोई छन कि हेर्दै भनें।

उ र म बालमन्दीरको पस्चिम उत्तर ढोका तिर लागिम तर त्यो ढोका आउनु अघि नै दाईने तिरको सानो गल्ली छिरेर अघि बढीयो। त्यता मान्छेको त्यति आवत जावत हुँदैन थ्यो, चुरोट निर्धक्क तान्न पाईने अनि कुरा पनि जे गरे नी हुने।

"त्यो बसाँ दुई तीनटीले त तँलाई सार्है हेर्छन--हिँजो त मुस्कान पनि दिंदै थिए--मोज गर बाँग्गे।" मुस्कान सुस्कान देको त त्यस्तै उस्तै हो तर आफ्नो सुरको कुरा गर्न त्यति त भन्नै पर्यो। 

"अब लागीहालीयो--एक हुल छन--" बाङ्गेको अनुहार त्यो कुराले यसै पनि उज्यालो भाको थ्यो झन चुरोट  तान्दाको आगोले रापिलो पनि देखियो।

"तेरो त्यो बैनी--हुन त झलक्क देखेको--तर सार्है राम्री है--के रे नाम यार?" अलि बिस्तारो सोधें।

"फेरी---" बाङ्गे झर्कियो। 

झर्के पनि आफ्नो सुर त छोडने कुरा भएन। त्यो बसाँ भाकाहरुको केई भर थिएन। कसैले मन पराईहाले भने पनि बाङ्गेले एउटी अर्की नभेटे मैलाई मन पराउनेलाई भडकाई छाडथ्यो। चिनेकै हो। यै उस्की बैनी पर्ने चै पार्न पाए मेरै मात्रै पर्ने थिई। त्यो पार्ने काम म एक्लै ले गर्ने सक्ने कुरै भएन। बाङ्गेको आशिर्बाद चाहिन्थ्यो।

"हेर बाङ्गे, उस्ले मलाई नभए कसै न कसैलाई त मन पराउँछे--बिहे पनि त गर्नु पर्छ--त्यो को हो को हो भन्दा त मै ठीक छु नी--हो कि हैन ल भन त--"

उस्ले मलाई घुर्यो मात्रै। लात हान्ने हो कि भनेर म अघि नै साबधान भएर दुरी तय गरेरै हिन्दै थिएँ।

"मलाई भए तैले चिनेको पनि छस, मैले दायाँ बायाँ गर्ने पनि कुरै छैन--एक हिसाबले सबैलाई ढुक्क हुन्छ--होईन भने होईन भन--म तैले भनेको मानीहाल्छु। त्यस्तै उस्तैको फेला परी भने कस्तो टेन्सन हुन्छ सबैलाई भन त--" थपें।

हामी बालमन्दिरको मुख्य ढोका नेर आईपुगेका थेम।

उ चुरोट तान्दै थ्यो। म तिर हेरेको पनि थिएन।

"आफुले आफुलाई भलादमी भन्ठान्छस् है?" उस्ले म तिर नहेरी भन्यो।

"हेर बाङ्गे म बिग्रेको भन्या तेरै संगतले हो, तर तँ मेरो संगतले कती सुधीसकीस भन्त--आफै बिचार गर न"

उस्ले घुमेर एक लात हान्यो। म पनि हाँसे उ पनि।

"तँलाई उस्को नाम चाहिया?" बाङ्गेले सोध्यो।

"थर त थाहै छ, नाम मात्रैले हुन्छ" मैले हाँसेर भनें।

"थर त किन थाह नहुनु नी--मेरो जे थर त्यस्को नी त्यै त हो--कत्तिन के के थाह पा जस्तो"  उस्ले भन्यो। उस्को स्वरमा रीस थिएन। मेरो हौसला बढने नै भो।

"त्यो तँलाई, अरुहरुलाई, उसैलाई--उस्कै बा आमालाई पनि थाह भाको थर हिंजो र आजको हो के--मलाई थाह भाको थर भोलीको हो--खै कुरा बुझ्या? अलि स्लो छस के यार यस्तो कुरामा तँ--तेरो थर र उस्को थर एउटै-- छोडदे न पुरानो कुरा--मेरो थर मलाई थाह नहुने कुरै भएन--अनि उस्को र मेरो एउटै हुने भएसी--नाम मात्रै भन न तँ--"

"तैले त अहिले नै निम्ता कार्ड छाप्न नाम चाहिया जस्तो पो गरीस त" उस्ले हाँस्दै भन्यो।

यस्तै उस्तै कुरा गर्दै शशश्त्र प्रहरी गणको ढोका अघि आईपुगीयो।

एउटै कुरा धेरै गर्न नी भएन--मैले पनि हाँसेर कुरा फेर्दै भने--ल ल भो एउटै कुरा कति गर्नु--तेरो बस आउन लायो--

हामी छाते गणेशको छातामा ड्याङ्ग हानेर हाजीरी बजाउँदै बस चढ्नेहरुको दर्शनाभिलासीमा उपस्थित भएम।

त्यो बस अनि त्यो बसाँ चढ्नेहरुको वास्ता नलाग्या मलाई त्यो दिन पहिलो पटक होला। मन त यसै यसै उडीराथ्यो आफ्नो। गणेशलाई फेरी ढोगुम ढोगुम जस्तो लाग्दैथ्यो। सुभकामको थालनीमा गणेशलाई फस पार्नु भन्थे। शुभकाम थालिएला जस्तो थ्यो।

बस आयो गयो। के कसो भो केई थाह भएन। हिंजो बाङ्गेको कौसीमा झुल्क्या घाम आज आफ्नो मनमा अलि माथि सम्म पुगेर चम्कीदाको रापमा म मग्न थिएँ।

हामी भाटभटेनी तिर लागेम।

"मैले बाङ्गेलाई तेरो त मेरो भन्दा पैला बन्दोबस्त हुन्छ जस्तो छ--" भन्दें यत्तिकै। उस्को नी हौसला त हुर्काउनै पर्यो नत्र मेरो लागि मात्रै उ किन ताथ्य्यो र।

"अँ त्यो ओठ माथि कोठी भाकी चै चिप्लीन्छे की जस्तो छ--छेड्छे की वारपार कि झै गरी हेर्न थाल्या छे तर उस्ले हेर्या मैले नदेखोस झै पनि गर्छे--" मक्ख परेर भन्यो।

"उनीहरु लागेकै चिप्लो बाटोमा छन, नचिप्लेलान भन्ने त कुरै छैन कैले भन्ने सम्मको न कुरा हो" मैले नी थपें।

अनि भाटभटेनी घुमेर बिशालनगर तिर लाग्ने बाटोमा पुगे पछी मैले कोट्ट्याएर उस्लाई भनें "मैले त एउटा गीत सम्झें यार बाङ्गे"

"के?" उस्ले सोध्यो।

"मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले---दामी छैन त?"

बाङ्गे टक्क रोकियो।

"अहीले भेटलास नी फेरी" उस्ले रीसाए झै गरी भन्यो। तर उ रीसाएको थिएन। मलाई थाह थ्यो।

"लौ न कैले हो--सके सम्म छीटै गर्देन त्यो भेटाउने काम चैं" मैले नी मौकामा भन्दें।

उस्ले केई भनेन, कुममा एक पन्च हान्यो। दु:ख्न त दुख्यो तर सुन्दरीको नाममा भेटेको। दुखाई मीठो थ्यो।

मैले स्वरलाई फेरी निक्कै नरम पारेर भनें "साँच्ची के रे नाम?"

...


 
Posted on 02-18-12 1:20 PM     [Snapshot: 2171]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 आफुलाई अहिले नै अर्को भाग नि आवोश जस्तो लागेको छ ... लागेर के हुन्थ्यो र .... यो भाग त एत्तिका दिन पछी आयो ...

अल्छि लाई के भन्नु र ..... 
 
"झुसिलकिरो उफ्रे पो नौलो हुन्छ--हेर्न नी स्वाद, अब फट्याङ्ग्रो उफ्रेको त के वास्ता गर्नु?"

 
Posted on 02-18-12 10:11 PM     [Snapshot: 2264]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले'......मेरो त हास्दा हास्दा पेट नै दुख्यो पर्भु ....अर्को part फेरी कहिले आउने हो .....अहिलेलाई चाई आभा नै सम्झनु पर्यो बांगे को बैनीको  नाम 
 
Posted on 02-20-12 12:03 PM     [Snapshot: 2407]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल खोकियो है एक राउण्ड।

 
Posted on 02-20-12 12:30 PM     [Snapshot: 2432]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्रभोले अर्को राउण्ड कहिले खोक्ने हुन् भनेर कुरेर बसेका भक्त निरास भए एक लाइन देखेर !!

आज शिवरात्रिको दिन "आभा"लाइ चिनाउने होला , कस्तो दिन जुराको होला भन्दै छिरेको कमेन्ट देखेर हिस्स भैयो 

औसधि नखाइ खोक्या-खोकै गरम् त प्रभू (लहेरे खोकी खोके नि हुन्छ ...समय मिले देखि 





 
Posted on 02-20-12 12:53 PM     [Snapshot: 2451]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु दिन रमाइलो भो पुरण पढेर
 
Posted on 02-20-12 1:08 PM     [Snapshot: 2475]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो भाग पनि झक्कास को गयो

भनेपछि बांग्गे लाइ जेठान बनाउने काम को थालनी भएछ है - कुरा नि कत्ति आको हो - एता उता गरेर बंग्गे कै बहिनि ताक्दिरा - अब हुन पनि ठिकै गर्या हो -

अरु ताक्ने भन्यो बंग्गे ले छेड्की लगाइदी हाल्छ - उसै बहिनि ताक्द्यो - आनन्द -

ल अर्को भाग नि छिट्टो हाल्नु पर्यो -

 
Posted on 02-20-12 1:16 PM     [Snapshot: 2480]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दुइ लाइन भन्दा अगाडी पढ्न सके त के र पर्भो 
आज शिवरात्री को दिना ल्यार टासेछी,
तेही पहिलो प्यारा पढ्या पढ्य छु हास्या हासी भो पर्भो बाकि भोलि पढेर कोराम्ला 
जय शम्भो 

 
Posted on 02-21-12 12:24 AM     [Snapshot: 2671]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आआआबूईईईईईई.................................. क्या गफ आउनि मान्छेलाइ म टाउको समाएर बसिरा छु ..
 
सब एक से एक गफाडी कमेन्ट नि क्या क्या.. दीप तिमी चै झन् दस हात को गफाडी.
 
धत्
 
Posted on 02-21-12 12:51 PM     [Snapshot: 2776]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो को सिर्जना अपरम्पार
एकछिन त टाइम मिसिना चडेर आफै उ जमाना पुग्या जस्तो लायो 
भात खाना साथ् दौड़ेछी कोखा दुखाइको अनुभव अहिले कथा पढ्दा पड्दै ताजा भयो
अस्सीको दसकका उरन्ठेउला केटाहरु को सोचाइ,बोलाइ,लवाइ खवाई हिडाई सदा झैँ दुरुस्तै उतार्नु भा छ पर्भो 

अस्ति त कौसीमा भे नि झुलुक्क देखिया थ्यो
आज त तेती नि देख्न पाईएन, बत्तीसपुतली झट्टै लगम न हो पर्भो टेम्पो भाडा मा बेहोरुला

 
Posted on 02-21-12 3:29 PM     [Snapshot: 2846]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया भाग नि पढियो के रे| भनेसी बांगेलाई जेठान बनाउने दाउ गरेछन नि गुरु ले त| हुन त जुक्ति त दरो हो, अब त्यो प्रभो र हरेक सुन्दरीको बाटोमा तगारो हाल्ने बांगेलाई नै जेठान बने दिएसी त टेन्सन नै साफ|  पढुन्जेल त रमाइलो लाथ्यो, तर त्यो पुरै काठमान्डू घुमेर नि कौसी कि लाई कौसीबाट झारेर आगन सम्म चाई किन न ल्याइदिएको होला नि? लु अब अर्को भाग नि चाडो चाडो टासुम|

 
Posted on 02-28-12 5:23 AM     [Snapshot: 3162]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्रभो ... राखेर क्रमश भन्न खोजेको हो  कि समाप्त ? आभा लाई कुर्दा कुर्दा कति दिन बित्यो खै त अत्तो पत्तो छैन 
 
Posted on 02-28-12 11:09 AM     [Snapshot: 3270]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यु,

हाम्लाई चैं कौसी तिर देखाएर आँफु चैं आभालाई लेर घुम्न गको हो कि के हो?

 
Posted on 02-28-12 1:30 PM     [Snapshot: 3345]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा त पुरानो बहार फर्केर आएछ, कुराकानीको आभा नै अर्कै लाग्यो आज, पढौँ पढौँ लाग्ने नामहरुले पोस्टेका अक्षरहरु!
ल प्रभो, नेपाल खाल्डोयो यात्रापश्चातको 'आभा' अवश्यपनी सुनगाभा जस्तै सुन्दर होला, म पढ्नतिर लागेँ!

 
Posted on 03-03-12 2:51 PM     [Snapshot: 3638]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 


मैले स्वरलाई फेरी निक्कै नरम पारेर भनें "साँच्ची के रे नाम?"

 

जे नाम भए नी तँलाई के फरक पर्छ? फेरी अहिले नै मैले तँलाई जे नाम भने नी तैले गर्ने के नै हो र? उस्ले हाँसेर भन्यो।

 

म उल्झिन लागेको बल्छी उसैको मातहत भएकोले उ आफै उल्झिन नमिल्ने तेसैले पनि होला यो ब्योहोरामा उस्ले कमाउने रमाईलो भनेको मैले मेरा छटपटाहटहरुले चुक्ता गर्नु पर्ने तमासामै सिमीत थ्यो। उ त्यै असुली गर्दै थ्यो।

 

उस्ले नाम भनेन। कुराहरुलाई जडयाँको हिंडाई जस्तो कैले यता हुत्याउँथ्यो कैले उता। ठेगानमा हिन्न दिएन। जंड्याको भरमा हिन्नेको ताल पनि उस्तै हुन्छ। कि त उस्लाई छोडनु पर्यो हैन भने ताल मिलाउनै पर्यो।

 

"ल अब स्कुल जानु पर्छ। दिन भरी नाम सोचेर बसीराख। भरे मलाई भन्नु। मिलाईस भने भोली नै बत्तीसपुतली जाम्ला। यस्ले तिम्रो नाम ठ्याक्कै मिलायो भन्दिम्ला। शनिबार पनि हो, पशपतीबाट उतै लस्किन मिल्छ। हैन भने अब यस्तै हो बाबु--ट्याम लाग्छ।" बाङ्गे एक पेचीलो मुस्कान म तिर हुर्याएर उस्को घर छिर्यो। ठीटी छैन कौसीमा भन्ने थाह थ्यो तै पनि हेरीयो।

 

दिनभरी स्कुलमा अनेक नाम सम्झिएँ। ती कुनै नाम उस्को होलान जस्तो लागेन। के हो के। नाम मिलाउन पाए त जान पाईन्थ्यो बत्तीसपुतली भोली के गर्नु। त्यो बत्तीसपुतली जान त धेरै चोटी गएकै हो तर कुरा अहिले तेत्तीसौंपुतलीको थ्यो। हुन त गिन्तीकै लागि बत्तीस लाई पैतालीस छ्यालिस सम्म पनि पुर्याएकै हो बिगतमा।

 

तर ती गिन्ती उधारोका थिए। अहिलेको पनि चुक्ता त हैन तर धरौटीमा आफै बसेर उकास्नु पर्ने थ्यो। आँट गर्नै पर्यो।

 

साथीहरुको झुण्ड स्कुल जाँदा आउँदा बाक्लै हुन्थ्यो। अरु ठीटीहरुका कुरा गरीयो। आफ्नोको कुरा गर्ने कुरै भएन। ब्याधाहरुलाई आफु जाने गुँड देखाउन हुन्थ्यो के त!

 

बेलुका स्कुलबाट आउने बित्तिकै बाङ्गे काँ बत्तिएँ। उस्को घरमा पुग्छु त उ छैन। तेती मात्रै कहाँ हो र, उस्की आमा त बाङ्गे बत्तीसपुतली गयो भन्छीन बा! अब भो की। झन भोली जाने भनेको। मलाई भरे भेट्छु भनेर एक्लै मरेछ भन्ने सोची सोची तातेँ। तर म तातेर केई न केई। एक सुर त जाम क्यारे म नी बत्तीसपुतली भन्ने लाग्यो। घर देखेकै छ।

 

तर त्यो घराँ गएर ती हजुरबालाई मात्रै नमस्ते बिसाएर आउनु पर्यो भनें त ज्यानको भारी झन गरुम् हुन्छ। आजै गएसी बाङ्गेले भोली फेरी लाँदैन। उस्ले लग्दाको असर बेग्लै। मन मारेर फर्किएँ। साँझ तिर फेरी गएँ बाँग्गेकाँ। उ छैन। फर्किनु भा छैन भन्यो कुबेरले। त्यै कुबेरलाई दीप रन्केर हिनीराछ, भेट्यो भने डाम्छ रे भन्दे भनेर फुर्ती गरेर हिनें। हिन्न त हिनें फेरी राम्रो बोली बोलीएन भन्ने लाग्यो। आज न मेरै भुमीका बाँध्न गा हो उ। आज कुरा मिलार भोली मलाई लाने सुर रे छ उस्को भने त मैले यसरी डाम्ने र साम्ने कुरा गरे पछी खत्तम हुने नै भो चानस। फर्केर कुबेरलाई अघि मैले भन्या कुरो पर्दैन सुनाउन भन्छु भनेर गाको बाङ्गेका बा अजिंगर जसरी ढोकामा तेर्सीरा रछन। "के भो साईकलको एउटा पांग्रा हरायो? त्यै खोज्या त होला नी" भनेर पेच हाने। "हैन" भनेर त्यत्तिकै फर्कें।

 

भात खाएँ। पढ्न लेख्न त यसै नी मन नलाग्ने झन बाङ्गेको दनक मेघ-गर्जन झै अनि ठीटीको छनक बिजुलीको चम्काई झै गरेर मनलाई ठेगानमा आउनै दी रा थिएनन्।

 

"के भो?" हेराई त चेट भा चंग्गाको जस्तो छ नी।" काकाले बतास पनि ल्याए फेरी।

 

मैले पनि शब्दका असिना बर्साएँ। काकाले बज्र प्रहार गर्नै ला थे क्यारे हजुर-आमाले हस्तछेप गरीन। "बिचरालाई सन्चो छैन जस्तो छ--तिमीहरु पनि यत्तिकै झम्टीन्छौ भन्दै"।

 

"तँलाई सन्चो त छ बाबु?" हजुर-आमाले सोधीन।

 

"ज्वरो आउला जस्तो छ" भन्दै हिनें म। भात खाईसकेकै थ्यो। हिंजो अस्तीको भन्दा रुची अलि कमै थ्यो आज मन बिच्केर। भात खाईसके पछी सुतेर बिग्रीने केई थिएन। लागेँ कोठा तिर। एक छिन पछी आमा निधार छाम्न आथीन, एहिले अलि ठिक छ भनें। त्यो त उनैले नी देखिन होला। केई नभनी मुसुक्क हाँसेर गैइन्।

 

निदाउँन कम्ती गारो भएन।

 

यसो ब्युँझेको थिएँ बिहानी पख हुँदो हो फेरी निन्द्रा लागेन। घडी हेरेको ४:४६ भा रे छ। उठेर तयार भएँ। अनि पुगेँ बाङ्गे काँ। तेतीबेला उ तलको तलामा सुत्थ्यो। बाहीरको ग्रील ढोका खोल्ने तरीका मलाई थाह थ्यो। खोलें। भान्छामा बत्ती बलीसकेको थ्यो। बाङ्गेको झ्यालको ग्रील भित्र हात लागेर ऐनामा टक टक गरें। उस्को सिरानी त्यै पूर्ब तिरको झ्याल छेउ थ्यो। दुई चार चोटी गरे पछी "को" भन्यो? निन्द्राकै सुरमा।

 

"ज्वाईं" भन्दें मैले नी।

 

राम्रो उज्यालो भाकै थिएन। उस्ले झ्याल खोलेर आधा राताँ कता नी? भन्यो।

 

"पशपती जाने हैन? ल हिन" भनें।

 

"दशैं हो र यो आधाराताँ पशपती जान लाई?" उ झर्कियो।

 

"मन उज्यालो हुनु पर्छ बाबु, तँ जस्तो अध्याँरो मन भाको लाई घाम लागे नी नलागे नी के" मैले नी सुनाएँ।

 

उस्ले छक्क पर्या झै गरी मलाई हेर्यो।

 

"हिंजो एक्लै एक्लै बत्तीसपुतली?" मैले थपें।

 

उ फिस्स हांस्यो अनि उठेर ढोका तिर लाग्यो।

 

उस्ले ढोका खोल्न ला बुझेर म नी अगाडी ढोका तिर आएँ। उस्को कोठामा पुगे पछी उस्ले बस्तै गर म चियाको ब्यबस्था गरेर आउँछु भनेर उ भान्छा तिर लाग्यो। म यत्तिकै उभिई रहें। अरु बेला भए त ओछ्यान्मै सिरक ओढ्न जान्थें। आज मलाई एक त हतार जस्तो थ्यो, बेला नभएको हतार, अर्को टिलिक्क टल्केको जुत्ता जखेर आ थिएँ, फुकाल्न मन थिएन। बाङ्गेको कोठामा गतीलो गलैचा थ्यो।

 

उ आयो, कोठाको ढोका ढ्प्काउँदै सोध्यो, "किन ठ्डीरा ढोकाँ? अन्मरीन भित्र तिर। मान्छेको निन्द्रा बिगारेर।"

 

जुत्ता फुकाल्न मन छैन अहिले। खै त्यो कुर्सी यता सार त। मैले कुर्सी तिर हेर्दै भनें।

 

उस्ले नियालेर मलाई हेर्यो। ल हेर यो त साँच्चीकै डटेर पो आ रे छ-- के छ सुर?" सोध्यो।

 

"हैन फस ट्याम ससुराली जानु पर्ने--अलि अलि त --" मन्द मुस्कान सँगै भनें मैले।

 

"यो धेरै ससुराली ससुराली भन्ने हैन है ---खुरुक्क जुत्ता फुकाल " बाङ्गेले अलि रुखै भएर भन्यो।

 

"पर्दैन जुत्ता फुकाल्न, चिया तानेर हिनी हाल्ने त हो -- तँ पनि रेडी हो बरु" भनें।

 

"किन? तेरो मोजा गनाउँछ कि प्वाल पर्या छ जुत्ता नफुकाल्न लाई" उस्ले सोध्यो।

 

"हेर बाङ्गे अहिले जस्तो भए नी--त्यो तैले गोडा धुने दिन चैं म खुट्टामा अत्तर छर्केर आम्ला क्या" मैले फेरी जिस्काएँ बाङ्गेलाई।

 

यत्तिकैमा कुबेरले चिया ल्यायो। मैले उठी उठी चिया सकाएँ। बाङ्गे ओछ्यानमै थ्यो।

 

"तँ हिजो किन सुटुक्क गा बत्तीसपुतली?" मैले रीस राग नगरी सोधें। बाङ्गे तात्न हुँदैन थ्यो अहिले।

 

उस्ले चियाको कप टेबलमा राख्दै भन्यो म हिंजो ट्वाक सँग गैरीधारा गा थिएँ। आमालाई बत्तीसपुतली गा त तेरो पटकामा आगो लागोस भनेर भन्या हो मैले। अहिले भनें उ हाँस्यो।

 

मलाई नी राम्रै लाग्यो। ल ल ठीक पर। मैले भनें। उ कोठाबाट निस्कियो।

 

एकैछिनमा हामी चुरोट तान्दै मालीगाँउ तिर लागिम। मालीगाउँबाट माथि सानोगौचर-ग्यानेस्वर तिर बाट आउने बाटोमा मिसिएर देब्रे लागीम अनि कालो पुल तिर बढीम। कुरा यसो उसो गर्यो, त्यै ठीटी तिर जाँदै थ्यो। सुरु सुरुमा साईकल सिक्दा जता साईकल नजाओस भन्यो तेतै जान्थ्यो। अहिले कुरा तेस्तै हुँदै थ्यो। त्यो केटीको कुरा नगरुम भन्यो, कुरो तेतै पुग्ने।

 

बत्तीसपुतली जान नाम भन त मलाई, बाङ्गेले भण्डारखाल पुगे पछी सोध्यो मलाई। नाम अब के के। नाम छ, मलाई थाह् छ भने तर के चै भनीन। आफैलाई थाह् छैन। जिस्किदा जिस्कीदै, गौशाला नेर पुगीयो। पूर्बी आकासमा उज्यालो बढ्दो थ्यो, सूर्यले भर्खरै आकासमा अबिर छरे झै देखिन्थ्यो। मन्द बतासमा सुखद उर्जा थियो। मन स्फुर्त। त्यै पूर्बी आकासलाई हेर्दै मैले भनेँ, "उस्को नाम के भन्या हैन तैले?"

 

"के उस्ले सोध्यो"

 

"आभा" मैले भनें।

 

"उस्को नाम आभा होईन" बाङ्गेले हाँसेर भन्यो।

 

"होईन होला अरुको लागि। मेरो लागि उ आभा हो, उ त्यै आकासमा अनि त्यै आकासबाट यहाँ छरीएको उज्यालो झैं" आफु रोकिएर मैले पूर्बी आकासमा हेर्दै भनें। बाङ्गे पनि उभियो। उस्ले पनि आकास हेर्यो।

 

उस्को गुण नै उज्यालो हो, बिहान दिन होला, दिन साँझ, अनि साँझ रात। तर उज्यालो बिहान, दिन, साँझ अनि रातको अधिन छैन अरु बिहान, दिन, साँझ, अनि रात उज्यालोको अधिन छन। उज्यालैबाट परीभाषित छन।

 

म उस्कै अधिन छु। म यही बिहान झै, दिन झै, साँझ झैं, अनि रात झै छु। उ भने आभा हो। उ साथ भए यही बिहान झै म फक्रीन्छु दिन झै चम्किन्छु, उ अलि पर भए साँझ झै सुस्ताउँछु, उ नभए रात हुन्छु। मलाई बिहान उसैले पार्छे, मेरो दिन उस्कै भरमा छ---" म बोल्दै गएँ।

 

मलाई एकटक हेरीरहेको बाङ्गेले मुस्कुराउँदै भन्यो "ल पैला पशपती जाम, अनि बत्तिसपुतली जाम्ला--"

 



 
Posted on 03-03-12 3:52 PM     [Snapshot: 3678]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...पूर्बी आकासमा उज्यालो बढ्दो थ्यो, सूर्यले भर्खरै आकासमा अबिर छरे झै देखिन्थ्यो।

Wa wa wah.... jati tarif gare ni napugne Deep guru ko lekhai... Yo dhago ma arko phool gasnu bhayeko ma dherai dhanyabaad. Maala ajhai pura gasinasakeko hunu parcha ...bhanne aash ka saath arko bhag ko pratikshya ma...

 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters