[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 185259 TIMES]
SAVE! for ease of future access.
Posted on 11-20-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिपलकान्त चउलागाईँको बस सम्बन्धी प्रश्नका उत्तरहरु यसप्रकार छन्-


१)  यो बस स्याङ्ग्जा जिल्लाको कुनै ठाऊँमा रोकिएको हो। बस रोकिनाको कारणहरु,लघुशंका, दीर्घशंका,बमन,ताजा श्वाशको प्राणायाम,वनजङ्गल सिंचाई,तथा नजिकै कुनै पसल भए डाइवर दाई र चिप्लेलाई बाटो कटाऊने तिनपानेको व्यवस्थाहरु हुन्।


२) यो बस पोखरा बाट सुनौली तर्फ नगईकन, सुनौलीबाट पोखरा तर्फ गएको स्पष्ट हुन्छ। कसरि भनेर पत्ता लगाऊने काम प्रश्नवाचकको।


३)यो बसको फोटो खिच्ने व्यक्ती चिपलकान्त चउलागाईँ हुन् र ऊनी बुटवलबाट पोखरा जान लागेका थिए र ऊनी कुनै लम्बर बिनाको सिटमा बसेका थिए, अर्थात उनि ड्राइवरसंग अगाडि बसेका थिए जहाँ प्राय: ड्राईवरहरुले तरुनिलाई मोड काट्दा छुन मिल्ने गरेर राख्ने गर्दछन्।


४)अगाडि र पछाडि दुवैतिरबाट पाँचौँ झ्यालको तल बसको धुवाँ जाने दुलो देखिन्छ तर प्रश्नकर्ताले भने कसैले वमन गरेको धारोलाई सोध्न खोजेका थिए तर अगाडिबाट गन्न सकेनन,शायद बमन उनैले गरेको हुन पर्छ।


५) यो सिटमा पूर्णतया: असत्य कुरा केहि पनि लेखिएको छैन तर आँशिक रुपमा असत्य भने लेखिएको छ र त्यो हो, 'भिडियो कोच' यो बसमा भिडियो छैन तर कोचाकोच भने अवश्य छ।


ल सबै प्रश्नको सहि र मात्र सहि उत्तर दिएकोमा बिषेश पुरस्कार र तक्मा पाउँ र साथसाथै,अघिको ठुल्दाईको भनाई अनुसार धेरै शब्द लेखेकोमा बोरफस घोषणागरिपाउँ, नत्र दीर्घकालिन आन्दोलनको लागि तयार भएर बसौँ।


जदौ!


जाँदा जाँदै;-  यो उत्तरको प्रश्न छ कि, लघुशंका र दीरघशंकामा के फरक छ विस्तृत वर्णन गर्नुहोस।


 
Posted on 11-20-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठेले कथाको सही शीर्षक बताएर तक्मा प्राप्त गरेको छ र नयाँ खर्कमा रिक्सा चल्ने शुरु हुने दिनमा उक्त तक्मा प्रदान गरिने कुरा सहर्ष जानकारी गराइन्छ।
बाउचाले अन्तिम प्रश्न मिलायो। भिडियो त के अडियो पनि थिएन होला, नत्र त चर्को स्वरमा हिन्दी गीत बजाएर वाक्कै पार्थे कतिले त।
फोटो खिचेको कसले र बस किन रोकिएको भन्ने पनि मिलायो।
अन्य प्रश्नहरुको भने बाउचा तथा अरुको जवाफ गलत अथवा अस्पष्ट भएको जानकारी गराउँदछु। 
यदी बस पोखराबाट सुनौली जाँदै गरेको पनि हुनसक्ने भए म कसरी पोखरा जान लागेको हुन सक्छु? प्रष्ट गर्नु पर्‍यो। वास्तवमा भन्ने हो भने न त बस पोखराबाट सुनौली जाँदै थियो न त सुनौलीबाट पोखरा नै जाँदै थियो।
बस रोकिएको स्थान, मेरो सिट नम्बर र पाँचौ झ्यालको तल के देखिएको भन्ने जवाफ अझै आएको छैन।


अक्टोबर १०, २००९ को दिन ना २ ख १७२८ नम्बरको बस रोकिएको बेला बसको बाँयापट्टी भीरबाट तलतिर हेर्दै स्थानीय बनस्पतीलाई मलजल प्रदान गरेको भनी रिट्ठे र ठुल्दाइद्वारा लगाइएको आरोप प्रति घोर भर्त्सना गर्दछु। बसको दाँया पट्टीबाट फोटो खिचिरहाँदा करीब ३० फिट टाढाको दूरीमा मलजल हाल्ने कार्य गर्नु असम्भव मात्रै नभै उपरोक्त कार्य गरेको भनी लगाइएको आरोप अत्यन्त कपोलकल्पित र हाँस्यास्पद भएको पनि अवगत गराउँदछु। अर्को शब्दमा भन्ने हो भने फोटो खिच्ने ब्यक्ती म र मल्जल प्रदान गर्ने ब्यक्ती सोही बसका यात्रु हुन जसको नाम ठेगाना खुलेको छैन।


हर्के, जनकपुरमै रिक्सा चलाऊने भएको भए त देख्थ्यौ होला नि दिनको दिन। जानु छ कता कता अहिले आएर जानकी मन्दिर यस्तो र उस्तो भन्छौ।


    


 
Posted on 11-20-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो खिच्ने चित्रकारको भनाइ अनुसार नीज चिप्लेकान्त चौलागाइंले मलजल दिने सत्कार्य गरी फर्कंदा फोटो अती नै आकर्षक देखिएकोले खिचेकोमा आपत्ति जनाइ फोटो आँफैले खिचेको भनी करिमा बेगम स्टाइलको वक्तब्य निकाली चोख्याउने प्रयास गर्नु भएको रे ।


चित्रकारका  अनुसार , निक्कै आक्रोशित भावमा क्यामेरा नै फुटाइ दिने हैन भने वाइस्याल लागाएर कुटाइ दिने धम्की दिएकोले फोटो निज चिप्ले ले नै खिचेको हो भनी झूठ बोल्न वाध्य हुनु भयो रे ।



असली कुरा चाइ त्यो जंगल मा सिचाइ गरी फर्कने चिप्लेकान्त नै हुन, यो सरकार ढले नै यो धारणा ढल्ने छैन । 


 
Posted on 11-20-09 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बुढाको जवाफ आइसकेछ। बस लघु शंकाको लागि रोकिएको कुरा सही हो। तर स्याङ्जा जिल्लामै हो भन्ने चाँही कसरी? अर्को कुरा मैले बुटवलबाट उपरोक्त बस चढेको होइन। यदि हो नै भने पनि पोखराबाट बुटवल वा सो भन्दा दक्षिण वा पश्चिम जाने बसहरु प्राय नारायणघाट हुँदै चल्छन् जुन बाटोमा स्याङ्जा जिल्ला पर्दैन। बसले सिद्धार्थ लोकमार्गकै बाटो लिएको हो भने पनि बुटवल र पोखरा बीच स्याङ्जा बाहेक अर्को जिल्ला पनि पर्ने तथा बुटवल र पोखरा दुबै स्थान स्याङ्जा बाहेकको जिल्ला पर्ने र बस स्याङ्जा बाहेक अन्य जिल्लामा पनि रोकिएको हुन सक्ने ब्यहोरा अवगत गराउँदछु।
जहाँसम्म झ्याल मुनिको कुरा छ, ८ दशक नाघेका बिर्खे बुढालाई नेत्र परीक्षण गर्न सुझाब दिंदै उपरोक्त झ्याल अघि पछि दुबइतिरबाट पाँचौ नै पर्ने र झ्याल भन्दा निकै तल पर्ने धूँवा फाल्ने नली तर्फ नभै झ्यालको ठीक मुनी के देखिएको हो भनेर प्रश्न गरेको भनी प्रश्ट गर्न चाहन्छु। साथै बस यात्राका क्रममा मैले कहिले पनि बमन नगरेको कुरा समेत जानकारी गराउँदछु।
बसको चालक तरुनी भएको भए मात्रै बिर्खेले बयान गरेको स्थानमा बसेको हुन सक्ने कुरा प्रष्ट गर्दै बसको चालक तरुनी नभएको तथ्य अवगत गराउँदछु। साथै आफ्नो सिट्बाटको द्रिष्य समेत् प्रस्तुत गर्दछु।
बस संयोगबस कोचाकोच नभएको र यात्राा अवधी भर नै केही सिट खाली रहेको पनि जानकारी गराउँदछु।


जाँदाजाँदैको प्रश्नको जवाफमा: शब्दबाटै प्रष्ट हुन्छ कि लघुशंका भनेको सामान्यतया: छोटो अर्थात १ मिनट जती भित्रै पूर्ण हुने प्रकृया हो भने दीर्घशंका पूर्ण गर्न केही बढी अर्थात् ३-४ देखी १५-३० मिनट सम्म लाग्दछ। साधारण अवस्थामा लघुशंकाबाट तरल तर दीर्घशंकाबाट अर्ध तरल र ठोस बीचको जस्तो पदार्थ उत्पादन हुन्छ। यद्यपि, बिशेष अवस्थामा अर्धतरल देखी पूर्ण तरल उत्पादन पनि हुन सक्छ र पूर्ण ठोस् जस्तै जस्तै पनि। लघु शंका फोटोमा देखिए झैं अथवा भित्ता वा पर्खालको आडमा सम्पन्न गर्न सकिन्छ, दीर्घशंका सकिन्न। लघुशंका सम्पन्न भए पछि सामान्यतया केही चाहिन्न भने दीर्घशंका सम्पन्न भए पछि कागज अथवा पानी आवश्यक पर्छ। यद्यपि दुबै प्रकृया पश्चात साबुनपानीले हात धुनु स्वस्थ्यकर मानिन्छ। यी दुई प्रकृया द्वारा उत्पादित पदार्थहरुको रङ तथा गन्ध पनि भिन्न हुने कुरा पनि हामीले भुल्न हुँदैन।       



 
Posted on 11-20-09 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahahahha oh my goodness! what the hell! chipalkat le kasto hasako cheeeeeeeeee

 
Posted on 11-20-09 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo fifth jhyal ko tala dent ho? :)

ani chiplkant ko seat # 5.

 
Posted on 11-20-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हालै श्री श्री श्री (आच्या धेरैपटक लेखेँकि के हो हँ?) बिर्ख बहादुर बोगटीले दिएको बस सम्बन्धी प्रश्नको उत्तरमा एउटा पनि श्री नभएका चिपलकान्त चउलागाईँले गरेको टिप्पणीमा म निम्न चित्र समावेश गर्दै, ठुल्दाईको अन्तीम निर्णय सुन्न चाहन्छु।


 



 
Posted on 11-20-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो बिर्खे बा हो हो।



त्यो पाचौं झ्याल मा ख्याल ख्याल को शंकटकालिन ढोका छ , ढोका नभे झ्याल छ ।


तारेमाम खुशी।


 
Posted on 11-20-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले मलजल कर्ता भनी लगाउनु भएको आरोपको पूर्ण रुपमा खण्डन गर्दछु। तस्वीरमा देखिएको स्थान भन्दा करीब ५० किलोमिटर वर भोजनको लागि बस रोकिएको, त्यति बेला लघुशंकाको लागि ब्यग्र भएको, र भोजनालय रहेको भवनकै एक बन्द कोठामा नाक बन्द गर्दै उपरोक्त कार्य सम्पन्न गरेको ब्यहोरा अवगत गराउँदछु। तस्वीरमा देखिएको स्थानमा बस रोकिंदा उपरोक्त कार्य पुन: सम्पन्न गर्नु पर्ने कुनै आवश्यक्ता महसूस नभएकोले उपरोक्त कार्य नगरी बरु फोटो खिचाइमै रोकाइको समय सदुपयोग गरेको थिएँ।


जहाँसम्म करिमा बेगमसँग मलाई दाँजेको कुरा छ, त्यस प्रति पनि गहिरो खेद प्रकट गर्दछु। बस पुरानै थियो, मेरै सिट छेउको फोटो पनि हेर्नुहोला। तथापि मैले न त थोत्रो गाडी चलाऊने सिन्डिकेटका वा बसका कर्मचारीलाई पिटें न त अर्की मन्त्रिले झैं ऐना फुटाएँ। साथै बिदेशी प्रभु भनेर खण्डन गर्ने तर तीनैको दर्शन गर्न दिल्लीदेखि सिङ्गापुरसम्म जाने नेताहरुले हाँकेको पार्टिसँग आबद्ध वाइस्याल लगाउने धम्की दिएको आरोप पनि झुठो भएको जाहेर गर्दछु। लामो दूरीमा चल्ने बस भएर पनि थोत्रो हुनु अनि नगर बस झैं छिन् छिन्मा रोकिंदा समेत् शान्त रही झ्यालबाट फोटो खिच्दै यात्रा सम्पन्न गरेको ब्यहोरा अवगत गराउँदछु।       



 
Posted on 11-20-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ खुशी, धेरै पछि देख्दा खुशी लाग्यो। मेरो सिट नम्बर ए ९ हो।
यो बिर्खे बुढाले घाम परेकोलाई बमन भन्ठान्यो अनि फोटो भरी केरकार गर्‍यो। आँफैले ५ नं भनी अंकित गरेको झ्याल मुनि गाढा रङको बमन धारा देख्न सक्नु हुनेछ।
त्यो डेन्ट होइन बान्ता हो खुशी।


म त शान्त भएर यस्तै फोटो खिच्दै थिएँ।     



 
Posted on 11-20-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि यस्तो पनि। 

 
Posted on 11-20-09 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को उदाहरण यहीं पनि छ। त्यसैले ठुल्दाइ, रिट्ठे लगायत मलाई झुठो आरोप लगाउनेहरु सबैले सार्वजनिक रुपमा माफी माग्न जोडदार माग गर्दछु। होइन भने भरे देखि मैले पनि भातसँग कुखुराको मासुको साटो चिकेन खाइदिन्छु, ल जा त।   

 
Posted on 11-20-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छि छि छि , आमा समूहको प्रबेशद्वारमा समेत् सिचाइ ? कसो झ्याइकुटी गरेन छ । '

 
Posted on 11-20-09 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो एउटा अली प्यालो खाल्को अंबा चाँही यता पाउन साहुजि
 
Posted on 11-23-09 2:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सोमबारे जदौ है सबैलाई ...... कतिखेर उठ्ने हो निन्द्रा काल हरु .... अली चांडै भएछ जस्तो छ उठ्नलाई  ....... के गर्नु मनमा अनेक कुर खेले पछी निन्द्रा पनि लाग्दो रहेनछ ......... हेर औतारी हरु सुतेको ........ सुत सुत ....... म चिया बनाउन्दै गर्छु ।

 
Posted on 11-23-09 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


सोमबारे शिवमय जदौ ।


तारेमाम रामपुरे ,


एका ब्यानै चौतारीको सरसफाइ अनी ढोका खोलाई को लागि धन्यवाद ।


अचेल काम गर्ने लाई नि चिया खुवाउने चलन हट्यो। के गर्नु रामपुरे , कलिजुग आयो भन्थ्यो , हो रैछ ।


 
Posted on 11-23-09 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिटिङ रिटिङ नबजाउ बिनायो
बिनायोले मन मेरो चिनायो सान्नानी
ऐयाया आक्काका सान्नानी


सोमबारे जदौ सबै गाम्लेहरुलाई। 


 
Posted on 11-23-09 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेन्दी कपालमा


यस्तै छ जिन्दगी


चल्छ नेपालमा


जदौ! यो बिर्खे_माईलाको!


 


 
Posted on 11-23-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढा ग्याङ आइसक्या रैछ,


तारेमाम सबैलाई


खोइ चिया कस्तो नपाकेको अहिके सम्म पनि -


रामपुरे त अघिनै गाको होइन र चिया पकाउन - अली छिटो गर है


 
Posted on 11-23-09 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


सोमबारे शिवमय जदौ ।


ठुल्दाइ, रामपुरे, बिर्खे बा , चिप्ले ब्रो बौचा तथा आउँदै गरेका सबै औतारी लाई बैरे को प्रणाम । 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Why Oli must go for the UML to survive?
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
How many ministries do we really need?
Who are the real Sukumbaasis?
Deepak Bhatta could help bring down the three stooges
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters