[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-२ **

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 371707 TIMES]
SAVE! for ease of future access.
Posted on 10-11-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो बेजान जमराको किन लिन्छौ ज्यान?

तेस्लाई त बाँच्न देउ प्लिज

खोइ मैले त लामखुट्टे पनि मार्न सक्या छैन, रिट्ठे। किन येत्रो ठुलो डाइलग हानेको मलाइ।

आज कति कुरा आको जिमाल बा लाइ।

प्रेम एन्टिबाओटिक जस्तै हो जसको साइड इफेक्ट् हरु धेरै हुन्छन्। केहि परे जिमाल बा सङ कन्सल्ट गरे हुन्छ रिट्ठेले पनि।

 


 
Posted on 10-11-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दा, तरेमाम। म्ह फुला?


 आज एउटा सबिता जाओस न।


 
Posted on 10-11-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै मान्य गन्य सँग आज यही बिदा माग्दछु म
हजुरहरु सबैको समय राम्रो बितोस
नमस्ते
उफ्री बाइ

 
Posted on 10-11-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाइ रिट्ठे,

यो सुर्य पनि मेरो गाँउ भन्दा तिम्रो गाँउमा किन छिटो उदाउने र अस्ताउने गर्छ?


 
Posted on 10-11-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै हामि त बोका खान्छौँ!

jimaala baa tesako matlaba chaahi k ni?


 
Posted on 10-11-07 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भए पनि नभए पनि चलन चल्तीमा भनी ल्याको ठीटी ऐले उफ्री मात्रै चौतारीमा? अरु सप्पै ठीटीहरु हिनिसकेछन -- के बसाई भो त यता उसो भए? उफ्री जाउ तिमी पनि भुन्टीलाई लिटो ख्वाउन--अब पुग्यो आजलाई -- अच्चकाल्ली त गर्न हुन्न त।

हिने म।

खै जिम्माल, चिलिम पाम त।


 
Posted on 10-11-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल उफ्री अब हेरि जे मतलब बुझ्छौ तेइ हो!

 

खै दीप चिलिम नि अइ ठुल्दाईले एक सर्को तानुम, भउतेलाई जरिवाना तिराउने फैसला लेख्दा थाकियो भन्या थे, पछि २ धार्नि बाट २० धार्नि बनाका बुढाले मासु चपाउने ध्याउन्नमा चिलिम लिएर कता लागे कुन्नि!

ठिटीहरु काँ अगाडि आउनु, कुरा तिर बसेर मुसुमुसु हाँस्तै हेरिराहोलान नि दीपलाई! "छ्या भाइ मलाई त त्यो बाङ्गे मनै पर्दैन, दीप क्या ह्यान्सि छ खितितिति" गर्दै!


 
Posted on 10-11-07 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम् ब्रेक लामै भयो आज। यसो उफ्रीले फर्माइस गर्‍या थिई, सबिताको ।
सबिता आउछे कि भनेर कुर्दा कुर्दा झण्डै मुर्दा भएको।

 
Posted on 10-11-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!!

राहुलदाइ, जिम्माल बा, दीप ज्यो, उफ्रीलाइ संध्याकालीन जदौ!

 
च्याँङवा
Posted on 10-11-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाशैँ आयो बान्चा मेरो च्याग्रा काल्ले किन्नि होला बानेको?

कात्ति दिन भो लाखार लाखार हिनिको चेंग्रा चारारा, किन्देउ दास बाह्रा ओडा

बानेको कासाइले मान्दाइना रातो रांङ् लाको जाती मेरो च्यांग्रा हो

साप्पै मिसियो ग्यात्सो को च्यांग्रा साङा छितो किन ता लु


 
च्याँङवा
Posted on 10-11-07 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मोइच्याङ् लेकतिरा गागो थ्यो बान्थ्यो आजाइ आ ना मो पोनि तोङ्बा खारा लोड्यो दुकुर्ना नि साक्दाइना लु चेङ्ग्रा साप्पाई भाअग्यो...आबा मोइले माइचांङ् कादा खोज्ने होला

ए मोइच्याङ्

तो का गाको तेरो च्याङ्बालाई छाडेरा। तो गाए देखि चौरीले दुध नि दिदाइना आप्पाले मोलाई काराउचा। चेङ्ग्रा हारु पानि कात्काता जान्चा कात्काता मोइले बोलाउदा आउदाइना। तो भोटे कुकुर नि रात भारि काराको काराई गार्चा सुदनाइ दिदाइना, मोइले काति काराउचा बानेरा झाटारो हानेको दाउराले आप्पाको खाप्पार मा लागेचा मोलाई घार बारा निकाल्द्यो। आबा ता जाडो लाग्यो लेकबाटा भेडाहारु नि झार्नि बेला भायो, खच्चार नि साप्पाइ जामा गार्नु पार्चाअ। आबा काम गार्ना ताला झार्ने बेला भायु हिउले बास्ना दिदाइना। तो नभाई कासाइलाइ नि मान लाग्दाइना। झन यो चौंरी, भोटे, खच्चार, चेङ्ग्रा रा भेडाले ता साद्धाइ तोलाई मात्तै खोज्चा लु त चाडो आइजा। तलाइ मो तोम्बा बानारा राख्दिन्चा, तोइले त थोराइ खान्चा बाकि मोइ खाइदिन्चा तारा तो झाट्टा आइजा।

आनि आउनै पारे मेराइ सापाना मा आइजा होइ त्यो ग्यात्सो को सपानामा नाआइजा।

तुलाइ मोइले तोम्बा भान्दा पनि धेराइ माया गार्चा।

तेरो च्याङ्बा

 

 


 
Posted on 10-11-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अरे ओ पुनटे दाजु!!!!!!!!!!!!! काहाँ काहाँ खोजेछु हमि तपाईंलाई। हमि धोबिनी मेमसाहिबको मतावने दुकानमा भि पुगेछु, हँ? पुनटे दाजु छेन। भावजु जो हुनुहुन्छ, वाहाँलाई नि सोधेछु, हँ? भावजु नि देखेछेन दाजुको। बल्ल ऐसन टेम जुरेको जो छ, त हमि दाजुलाई भगुत भेया के साथ बक्रीको माँस चपावन लाएको भेटेछु। डिस्टब जो करेछु त माफी दिईहाल्नुस, लेकिन बात बुरा छ, दाजुको को एक्सपेरियन्सवा जो छ, हमिलाई अड्वाईस चाहिएको छ, हँ?"

लुकि लुकि बाँकी र'को खसी नि सिद्ध्याई हालम्। अनि त तो तारेमाम सारेमाम नेधिसको फैसला अनुसारको २०-२० धार्नि मासु जरिवाना क्यारि तिराम्छन्, हेरम्ला, ई यई फिलाऽट मासु चोईटाम्ने आँट भए हामी नि हेरम्ला तिनेरुको तागत भनेर चईनि, आफ्नै फिला पड्काम्दै भउते र म दाजु भाई लुकि लुकि खान ला'थिम, बज्जे मदनवाले भेट्टाई हाल्यो।

"बेला न कुबेला बजि नेला," भनेर भउते जङ्गियो। तै नि देसि मदनवा भलादमी त हो के रे, के परेछ बज्जेलाई? भनेर चईनी मैले सोधें।

"अरे सला! छोकडी भेटेन त हमि ऐसन बुह्रो भईलिए जस्तो लागेको जो थियो, त अब त एवटा मत्र काहाँ र, दाजु? लईन लागेछ हम्रो पिछे छोकडी लोगन!"

"पुन्टे दाईले आधा जिन्दखि खटेर बल्ल बल्ल दुईटा छोपेछन्, हाम्लाई एउटा नि छैन, तैं बज्जेको पछि लईन ला'को हाम्ले नि सुनेथेम्। मोज गर्। बरु, यो खसीको मासु बाँडेर तँलाई नि ख्वाम्ला के रे, एक-दुईटा तरुणी हाम्लाई नि बाँड!" भन्दै भउतेले आफ्नो भागऽट दुई चोईटा मदनवा तिर सारि दिए।

"टेन्सनवा जो छ, भगुत भैया, लईन देखेछु त हमि डराएछु..." च्वाम् च्वाम् मासु चपाउँदै मदनवाले बिस्तार लायो। "एकटा छोकडी लईनमा जो छ, त वो बहुती काली छ, हँ? हमि भि कालो परेछु। त, न उल्ले हमिलाई देखेछ, न हमिले उल्लाई, हँ? बढिया देन्सनवा बात! दिनको लाल्टिन बालेर जो पिरेम करनेको हमि सोंच्छ, त खटिया खडे हुन्छ, दाजु! महँगीको बात जो छ, मट्टितेल सट्टीतेल लिन जो हमि बोडर पार करन पर्छ, त दिनको, और रातको चोबिस-चोबिस घण्टे कहाँ से लालटिन बाल्छ? हमिलाई चाहिएको छोएन हुजुर फुजुर खर्च् बढावने वाली।"

"दुसरी क्रै जी जो छ त उसको नाम सुनेछु, और हमि भि पागल बन्ने वालेको छु।सुरुमा जो छ, पट्टावनेको लगि हमि लउव लैटर सैटर लिख्छु, हँ? ठीक छ। लेकिन हर दिनको एवटा लउव लैटर जो लिखाम्नेको बात करेछ उ, त फिर फ्लैट भएछु हमि! हमिलाई वो दिनको एवटा लउव लैटर लिख्ने जाँगर जो हुन्छ, त हमि सालको तीन सो पेंसठ लरकीको लउव कर्छ, हँ? किसन जी को मात कर्छ, और सारे के सारे लरकीको दिवानाहरुको लात खान्छ। हिसाब करि लिनुस्, पुनटे दाजु, सालको तीन सो पेंसठ लरकीको सिरफ एक-एवटा  दिवाना मत्र मानेछु त, हमि सालको सात सो तीस लात खानेको तयार? नाहिं! वो भि बात बिगरि गियो। और भि हिसाब करिलिनुस्...अगर पाँच लात हम्रो धोतीको खालस केरछ त, सालको एक सो छेलिस धोती खरिदनेको हमि काहाँ सकेछु?"

"हिसाब त गर्न आउँदो रै'छ त बज्जेलाई, बरु हिसाबको मास्टरी गर्न जाओ, तरुणी जति हाम्लाई छोडि दे!" भउते मुर्मुरिन थालेको जस्तो लाओ।

"हिसाबको बात छोडिदिनुस्, दाजु, टेन्सनवाले गर्दा हमिलाई दिनको उन्तिस बार पिसाब आए रहेछ रोज।"

म नि जिल्लै परें मदनवाको कुरोले। बज्जेको बल्ल बल्ल खुलेको भग्गेआँ नि कस्तो खत् परेछ। अनि सोधें उसलाई, तो कान्छी वाली त बाँकी छ नि, तेईलाई पिरेम गर, घरबार बसाऊ, भनेको...

"दाजु बडा चालाक हुनुहुन्च, हँ? आफू दो-दोटा राखीलिनुहुन्छ, एवटा बाटुली भावजु, आर्को धोबिनी मेमसाहिब, और हमिलाई एवटा मै अड्कावने को बात कर्नु हुन्छ? कान्छी जो ल्याउँछ, त हमि लास्टमा ल्याउँछ, दाजु! सुरु मै जो कान्छीको ल्यायो त फिरि दुसरीको कसरी ल्याउँछ? कि हमि नेपाली अच्छा बुझे छुईन? कान्छीको मुनि भि और कोई दर्जा हुन्छ?"

दशैं भनेओ त यो मदनवालाई पो लागेको मानिचु हामीले!





 
च्याँङवा
Posted on 10-11-07 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-11-07 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ह्या त अर्को भाग पनि सुरु भइ सकेछ। म त पुछ्छा । लौ मेरो नि सप्पैलाइ शुभकामना। कता साझाबाटनै भाग्नु पर्छ कि भन्ने भो गाठे। उता सान दाइले तैले ब्लगको बिग्यापन गरिस भनेर गालि गरे । धागो - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=51865 चै मेटाका रैनछन । यसो त्यो ब्लगको त धागो हेरेको त लक्षमण बस्नेत जस्तै मै मात्र पो कराइराखेको रहेछु। अनि सान दाइले तेसो नभने के भन्ने त ? ल है यसो त्यो धागोलाइ पनि तानतुन पारम। खास त त्यो चौतरीकै लेखन फाट जस्तो गरेर लान खोजेको हो, तर अप्ठ्यारो पर्ला जस्तो पो छ ।

राहुल दाइलाइ सामाग्री थपेकको मा धन्यबाद छ है । म त त्यसैमा रंग रोगन पोत्दा पोत्दै केही गर्न पनि भ्याको छैन।

 


 
Posted on 10-11-07 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau arko shuru bhaisakya raicha. Namaskar chha feri sabai jana lai kanchhi ko tarfa bata.
 
Posted on 10-11-07 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi changba, Punte dai,name dai, kanchi .

 

पुन्टे दाइ दुर्गाको मन्दिरमा गएर बाजेलाइ नमस्ते गर्नु भएछ र भन्नु भएछ।
" बाजे, येसो टिका लाइदिनु न"।
" ल भै हाल्छ नि, निधार थाप्नु त पुन्टे बाबु"।
"कति बेर लाको टिका लाउन पनि , बाजे?"।
"बाबुको निधारको बोर्डर कहासम्म हो नै थाहा भएन। मैले त निधारै भरि (तालु भरि) टिका लाइ दिए बाबु"। बाजेले भनेको सुनेर पुन्टे दाजु निधार छाम्न थाल्नु भएछ।

हे हे हे

Punte dai ,don't mind la...........


 
Posted on 10-11-07 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त माईन्ड गर्छु, बा!
 
Posted on 10-11-07 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ,

साचै हजुरको निधारको बोर्डर् छैन हो?


 
Posted on 10-11-07 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ब्याऽऽऽऽऽऽऽऽऽऽऽऽरे!

दुर्गाको मन्दिराँ पण्डितको हाते टिका त था' छैन, उफ्री, तर दिनहुँ जुत्ता पसलाँ सार्कीलाई भेट्न चईं जाने ग-या छु...तालुआँ पालिस गर्न!

लु, अब चईं नगरेको माईन्डलाई बिश्राम दिन जान परो।

गुटु मुटु नोईट!

 
Posted on 10-11-07 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

goodnite everybody...ha ha ha
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
Who are the real Sukumbaasis?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Zero Civic Sense: Indians in Nepal
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters