|
[VIEWED 121170
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
namit_thapa
Please log in to subscribe to namit_thapa's postings.
Posted on 02-09-12 9:31
AM [Snapshot: 506]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाम्रो बाङ्गे त फेरी आएछ. गजब जादै छु प्रभु......
|
| |
|
|
Bhaktey
Please log in to subscribe to Bhaktey's postings.
Posted on 02-09-12 9:53
AM [Snapshot: 530]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दिप प्रभु दोस्रो भागको प्रतिक्षामा हामि पनि छम् ....लेखाइ र प्रस्तुतिको त बखान कति गर्नु जति गरेपनि कम होला
पलाम् है चाडै !!
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-09-12 1:35
PM [Snapshot: 599]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
*~SPRING~*
यो winter मा किन न्यानो हुन खोज्छ भन्या त spring आएर पो रे छ--त्यो पनि अघि पछी लहर ~ लगाएर अनि नी फुलका थुँगाले घेरेर * । यस्तो फुलबारीमा go away भन्या भे त आउँथे म, झन welcome back भनेसी त --
बिस्टे
"आभा लाई झट्टै ल्यामन प्रभो"
हैन यसरी घरजम गरेर सपरीवार बसेको मान्छे---सुन्दरीको नाम त सुन्नै नहुने बा! ल्याम ल्याम झट्टै ल्याम भनीहाल्ने--एक दुई दिन घरका मान्छे माईत गए रे भन्दैमा यसरी बिचलित हुन त भएन नी प्रभो--
बरु प्रभो र म यसो महांकाल, चुच्चेपाटी, शान्तीगोरेटो, मैजुबाल, कुमारीगालै सम्म पनि बरु साँझ तिर मिल्छ भने बिचरण गर्न जाम न--काम त केई छैन तर पर्न पनि सक्छ--
SERIAL
"सकेको त छैन होला नि है भन्ने मान्याछु"
अब के सकेको छैन भन्ने मान्या हो? सकिने काम त सकियो पनि तर बाँकी भाका त हुने नै भए, कसो प्रभो?
"त्यो कौसी मा देखिने आभा त होला नि"
प्रभो त्यो कौसीमा देख्याले मनै उज्यालो भा भे आभै हो, पोल्या भे आगै हो, डाम्या भे तावै हो, छोको भे हावै हो, अल्झेको भए भावै हो-----केई नभए बालै भो--
RAMRONEPAL
" त्यही त सकेको त छैन होला नि ....... "
आफु नी सक्नु छैन, अर्काले सक्ला भनेर नी डरै छ -- गरेर त खानै नदिने गाँठे!
DIPIKA02
"दिप, कौशिमा आभा भएनी बिभा भएनी केही छैन--"
म त सहमत छु नी--तर ट्वाकले पो के भन्छ--बिभा सँग पाए बिहे गर्छु नभए को सँग गर्दीरछे हेरम्ला भन्थ्यो--बिहे मात्रै हेरम्ला भन्या भए त केही थिएन तर नियत अलि उग्रै किसीमको बुझ्या भएर नी, मलाई त आभा बिभा जो भए नी हुन्थ्यो--ट्वाकलाई अलिकति मत्थर पार्न पाए त --
CHIPLEDHUNGA
प्रभो दोलालघाट बाट कैले? अस्ति पनि पाँचखालमा दुई चार जना झुम्या मान्छेले घेरीएर सलाई कोरे झिलिक्कै बल्छ यो भन्दै सिसाको गीलासमा मात्रा घुमाईरा देख्या थें--दुई तिनटा अरु छेउमा नी लडीरा थे -- गीलास भन्या --
"लु लोकल बस जस्तो घ्याच घ्याच नरोकी अघि बढम"
हन प्रभो चल्तीमा त लोकल बस जस्तो घ्याच घ्याच नै चलेको छ रेन्त--एस्प्रेसले त जिन्दगी डुबाउँछ भन्दा रे छन--हुन त ईन्द्रको अगाडी स्वर्गको के बयान गर्नु--हैन्त प्रभो?
POONTE
"तो जाडो मौसमाँ ...ज्यान जिरिङ्ग, आंग सिरिङ्ग भो भन्या! ---"
जाडाँ यस्तै हो प्रभो--अरु केई भाको हैन छाला खस्रेको भन्दा रेछन त्यसरी ज्यान जिरींग, आँग सिरींग हुनेलाई--कि त चिसो पानीले न्वाउनु पर्यो, नभए लोसन लेपन गर्नु पर्यो--ठिक हुन्छ रे--
प्रभो--त्यो पवित्र वर्क सप देखी प्यारा सम्म-- लोला आकारको रोटी धेरै पकाईयो प्रभो--जन्ती चै अरुहरुले नै ल्याए क्यारे--आफुले त निम्ता सम्म नी पाईएन--एउटा हाताँ सिसी बोकेर अर्को हातले जग्गे तिर देखाउँदै पूर्णीमाको रात पनि औसीको झै लाग्न थाल्यो--मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रंगाईहाल्यो--गाउने पनि रहरै भो--
हस प्रभो ठाम, र ट्याम मिलार प्रभोको सप्ताह लाम्ला -- अब सात दिन जति त लाग्ला प्रभोको पुराण सक्न--थुप्रै बर्ष लाएर लेख्या होला--
NAMIT_THAPA
"हाम्रो बाङ्गे त फेरी आएछ.."
हाम्रै भएरै त होला नी हामी कै आको--नत्र अन्तै जान्थ्यो होला--कसो प्रभो?
BHAKTE DAI
"पलाम् है चाडै !!"
पलाउन त परीहाल्यो नी प्रभो--अहिलेई सुकियो भने त खत्तम भै गो नी--आफुलाई नी पलाउनु पर्या छ--अरुलाई फलाउन नी पर्या छ--काम बाँकी छ धेरै--
------
आफ्नो डक्क समय मेरा चानचुने प्रयासमा खर्चेर गुन लाउने सबै साथीहरुलाई प्रति हार्दिक आभार।
आजै खोकुम्ला अर्को अध्याय भन्या--कामले एउटा पछी अर्को हल्स दिएर खोक्नै पाईएन।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-09-12 2:56
PM [Snapshot: 686]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
>>>जाने सम्मको सज्जन रुप धारण गर्नु पर्ने सीमा भित्र छिरीसकेको हुनाले तामसी गफलाई स्थगन गरेर अरुले नी सुनुन भन्दै सात्वीक गफ सुरु गरीयो।<<<
बाब्बा हो गफ पनि तामसी र सात्विक? नसकिने भो यि दुई धरम वीर को जोडीलाई ! 
सिर्शक नै हिरोइन को नाम बाट राख्या रेछ ! अब अर्को भाग मा त डेब्यु गर्नी होला नि आभाको ल ला हान्दिम है ब्रो !
|
| |
|
|
daum
Please log in to subscribe to daum's postings.
Posted on 02-13-12 1:21
PM [Snapshot: 963]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Khai Prabhu, Abha kaile jhulkine ho. Ma ta din dinai bato herdai thakisake. Bihani ko usha sangai aaula bhanyo... kewal nirasa ka kiran haru bokera dharti ma landing garcha.... Joon pani herda herdai hamburger bata Corona ko Lime bhaisakyo... tapani Abha aaiupugena.... :(
|
| |
|
|
sawcheen
Please log in to subscribe to sawcheen's postings.
Posted on 02-13-12 2:18
PM [Snapshot: 990]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओहो दीप प्रभो धेरै बिस्राम पछि बांगे पुराण पद्द्न पाईयो मुरी मुरी धन्यवाद , लौ अजै अघि बडाम यो पुराण लाई...साझा ले के थरि "नेपलिज गट ट्यालेन्ट " भन्ने आयोजना गरेको छ नि तेस्मा दीप प्रभो लाई नि उठाउने हो कि कसो प्रभो ? तेसो गरे कसो होला ?
|
| |
|
|
adventurer
Please log in to subscribe to adventurer's postings.
Posted on 02-13-12 11:39
PM [Snapshot: 1159]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
???? ?
Please log in to subscribe to ???? ?'s postings.
Posted on 02-14-12 5:50
AM [Snapshot: 1218]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Deep bro.. you are the best...
|
| |
|
|
Juggy
Please log in to subscribe to Juggy's postings.
Posted on 02-14-12 2:01
PM [Snapshot: 1353]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ दीप प्रभु ! देर आए दुरुस्त आए भने जस्तै भो! हल्स सल्स खल्ती तिर राखेर अरु खोक्न परो प्रभु, हामी भक्तहरु पलेटी कसेर बस्या छम प्रभुको खोकाइ सुन्नलाइ!
|
| |
|
|
Kancho
Please log in to subscribe to Kancho's postings.
Posted on 02-14-12 6:09
PM [Snapshot: 1430]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो साईलेन्सर छेउ बसेर कसले कुरा गर्छ?
Man paryo!
|
| |
|
|
Aakinchan
Please log in to subscribe to Aakinchan's postings.
Posted on 02-16-12 5:25
AM [Snapshot: 1628]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दीप प्रभो ...
खै त आभा ... हामी पनि दर्शन पाइन्छ कि भनेर कुरेको कहिले हो ?
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 02-16-12 11:18
AM [Snapshot: 1731]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हन प्रभो, धेरै भो त आभा कौसी बाट अन्तर्ध्यान भाको पनि| येसो बांगे लाई भनेर आभालाई कौसीमा फिर्ता बोलाउन परो|| तेती भे त प्रभुको कथा नि अघी बढ्थ्यो, हामी पनि त्यो बांगेको घर बाहिर आभा को दर्सन पाउनलाई धेरै दिन कुर्न पर्दैन थ्यो होला|
|
| |
|
|
aman
Please log in to subscribe to aman's postings.
Posted on 02-17-12 11:01
AM [Snapshot: 1915]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दर्शन पाउने गार्हो पर्यो Aabhako
|
| |
|
|
daum
Please log in to subscribe to daum's postings.
Posted on 02-17-12 11:18
AM [Snapshot: 1922]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ABHA ....Purne ma jhulkela bhaneko ta... bholi parsi AUUNSHI
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-18-12 11:59
AM [Snapshot: 2118]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
5
?
Liked by
|
| |
म झोक्राउँदा झोक्राउँदै बाङ्गे कौसीमा पुग्यो--उ पुग्नु के थ्यो, देवी अन्तर्ध्यान। म नी बाटो लागें।.....
घराँ छिर्न पा छैन स्कुल जान मन छैन कि क्या हो? बरालिन पाए सी अरु केई कुरा को ध्यान हुन्छ कि हुँदैन? अघि ब्यान त्यो घर बनाउने नाईकेलाई बोलार ल्या भन्या के गरीस? तेरो लुगामा कस्ले ईस्त्री लाईदीन्छ भनेर भर पर्या? जुत्ता टल्क्याउने, ईस्त्री लाउने आफै गर्न सकिदैन? जस्ता प्रश्नहरु चारतिर बाट बर्षिए। बर्षिए बर्षिदै गरुन भनियो। सधै जसो उफ्रीने प्रश्नहरुलाई ध्यान दिएर साध्ये हुन्छ के त? झुसिलकिरो उफ्रे पो नौलो हुन्छ--हेर्न नी स्वाद, अब फट्याङ्ग्रो उफ्रेको त के वास्ता गर्नु?
त्यो नाईकेलाई चै बोलाईदिनु पर्ने थ्यो। बिर्सेछ। अब बिर्स्या कुरो के गर्ने? साथीहरु तलबाट बोलाउन थालीसक्या अघि नै। ल ल आएँ भनेर बसियो--दरो सँग भात दन्काईयो। हतार भा बेला यस्तरी खान नहुने--अब फटाफट हिन्नु पर्छ सके दौडीनै पर्ला--दुई तिर बाट कोखामा हान्ने भो अब भातले भन्दै हतार हतार लुगा लगाईयो। झोला बोकेर हिन्न आँट्या हजुरआमा केरा दिएर ल बाबु यो प्रसाद खा--तेरो ग्रह दशाको नी जाप गर्देको आज--तैले खानु पर्छ भन्न थालीन। अब भो की--तेस्तो चर्केको पेटमा केरा खाएर लम्के पछी केराले त्रीशुल सट दिन थालीहाल्छ। पछी खाम्ला भन्या पछी हैन अहिले नै खाँदै जा न भनेर जिम्मा लाईन।
के गलफती गरीरहनु भनेर केरा नी झ्वाम नारान गरीयो। ए अनि त पाईलै पछी केराले एक छिन सम्म शुल प्रहार गर्या गरेई। अब ग्रह दशा शान्त नगर्या साधारण केरा भए त खान्नै भनेर हिनीन्थ्यो। आफुलाई फेरी दशा, शिबदाईलाई जाँड लाग्या जस्तो थ्यो। धेरै जस्तो लागिराकै हुने। त्यै भएर हटे हटी हाल्छ नभए नी बिषै त होईन नी भनेर खाइयो।
ल अरु कुरा त्यस्तै उस्तै हो--चाईने कुरा तिर चै लागुम न अब--
बाङ्गेलाई भेट्ने बित्तिकै "को रे छ त यार ब्यान?" भनेर सोधियो। सोध्न नपाएर उकुसमुकुसै भै सकेको थ्यो आफुलाई।
"के ब्यान? बस स्टपको कुरा गर्या?" भन्छ बा! बाङ्गे त।
"के को बस स्टपको नी--तेरो घरको कौसीमै घाम झुल्क्या हैन ब्यान? उस्कै कुरो गर्या नी--को रे छ?" अलि चर्को स्वरमै सोधियो।
"खै को को यार केई था भएन--अब भात खाएर स्कुल बत्तिनै ढीलो भैहाल्थ्यो--बुझ बुझारथ गर्न भ्याईएन। अब बस स्ट्पमा एक हुल छन--घराँ छ्यास्स आकी एउटीको के हिसाब र? जो सुकै होस--चानस त बस स्ट्पमै धेरै छ नी--होईन भन्त?" उस्ले नी सोध्यो।
"हेर बाङ्गे मैले नी तेरो संगत गर्या भो अलि ट्याम--अब मलाई यो एकादशी पुराण सुनार आफु मासुभात खाने सुर नगर त।" भन्नै पर्यो।
"हैन तैले सुन्न खोज्या के? ब्यान मेरो घराँ देख्या केटीको कुरा गर्या भे--त्यो कुरा छोडेर अरु कुरा गर" बाङ्गेले स्वरलाई अलि कठोर पारेर भन्यो।
"अब भागबत सुन्न बस्या मान्छेहरुलाई पन्नीतले तिमीहरुले सुन्न खोज्या के? किस्नलाई छोडेर अरु कस्को कथा सुन्छौ ल भन भनेर सोध्या जस्तो नगर न" मैले चै स्वर नरम पारेर भनें। हालसालै घरका मान्छेले घिच्च्याएर एउटा नातेदार काँ भागबत पुराणमा लगेर थचारेका थिए। त्यति बेला त झर्को लाग्या थ्यो अहिले काम लाग्यो सन्दर्भमा।
"हेर बाबु, त्यो केटीको कुरा नगर--त्यो नातेदार हो यार --मेरो बैनी" बाङ्गेले गर्व गरे झै गरी भन्यो।
जाडोको मैना--चप्पल पिटीक पिटीक पार्दै हिन्या बेला झुल्क्या घाम देखेर ज्यान तात्छ कि अब भन्ने लाग्दा लाग्दै बुढी औलामा दरो ठेस लागेर रन्थनेको जस्तो पो भो आफुलाई त। तै पनि बाङ्गेले जे पनि भन्न सक्थ्यो--उस्ले बैनी भन्दैमा हो भनेर पत्याईहाल्न पर्ने पनि थिएन। त्यसैले सोधें "को बैनी? पैला त कैलेई देख्या छैन" बाङ्गेको घरमा म दिन दिनै जान थालेको बर्षौ भै सक्या थ्यो। उस्को नातेदार बैनी भा भे त मैले देख्नु पर्ने नी।
"यहा भा भे पो देख्थीस त -- नेपालगन्जका हुन के यीनरु। मेरो बाउको काकाकी नातीनी त्यो। अब बुझिस? उस्ले बीट मार्दै झै भन्यो।
"को काका?" मलाई यत्तिकै पन्छाउने सुर् गर्या हो कि भन्ने लाग्दैछ मनमा आफ्नो।
"तँलाई अब हाम्रो बंशाबली ल्याएर देखाउनु पर्यो? मेरो बाउका काका छैनन त्याँ बत्तिसपुतलीमा? उन्कै नातीनी उ--अब बुझिस?" उस्ले सुनायो।
मलाई अझै चित्त बुझेको छैन। त्यस्को त्यो बाउको काकको घरमा म पनि गा छु। हजुरबा भनेर नमस्ते ठोक्या छ निकै चोटी। त्यो केटीलाई कैलेई देखिएन।
"त्यो तेरो बाउको काकाको घराँ त म नी गा छु त--"
मैले भन्न खोज्या उस्ले बुझ्यो--"ती हजुरबाका दुई जना छोरा छन, यहाँ बत्तिसपुतलीमा हजुरबा कान्छा काका सँग बस्या हुन--जेठा काका उतै नेपालगन्ज तिर छन। अब यतै घर बनाउँछन रे।" ल मैले बुझ्या यत्ति हो अब यस्को बारेमा केई नी नसोध। च्यापटर क्लोज।" बाङ्गेले घोषणा गर्यो।
"तेरो बैनी है उसो भए?" मेरो स्वर नी यसै मधुरो भो।
"म जेठाको नाती उ, माईलाकी नातीनी। अब चुप लाग" उस्को स्वर त झन चर्को भो।
घराँ त्यो रात मलाई कसैको पनि कुरा मन परेन। जस्ले जे भने पनि मलाई झर्को लाग्यो। आफ्नो ध्यान एकातिर उनीहरुको कुरा अर्को तिर। तालमेल नभए सी झर्को लाग्ने नै भो। आफ्नो मन बिच्केको चितुवा जस्तो भो। ओछ्यान भरी बालुवा छ की झै गरी रात बिताईयो।
ब्यानै बाङ्गेकाँ पुगें। "फिक्का चिया खान्छस?" उस्ले अलि हाँसेर सोध्यो। चिया सँग चुरोट तान्न नपाएको लाई उस्ले फिक्का चिया भन्थ्यो। म घरमै चिया सकाएर हिनेको, खान्न भन्दें। आफुलाई चिया चुरोटको मन थिएन आज। "जाने होईन? बस आउने बेला भो" मैले सम्झाए।
"उस्ले यसो घडी हेर्यो--काँ अहिले--निक्कै छिटो छ त--तँ चै किन नी ब्यान ब्यानै?" उस्ले सोध्यो।
ह्या उठीईहालियो। चिया सकाईयो अब उपदेश सुन्न के बसीरहनु भनेर हिनेको--ल हिन जाम तेरो नी चियामा चिनी थप्नु पर्ने होला। उस्लाई चुरोट तान्न सम्झाएँ मैले। चुरोट तान्न भने पछी हिन्छ भन्ने थ्यो मलाई।
"जाने त?" नभन्दै उस्ले सुर कस्यो।
जाम जाम--आज त ढिलो गर्नु हुन्न--हिंजो घरमा मान्छे धेरै कराए" मैले भनें।
बाङ्गेकी आमा कता ब्यान ब्यानै? यसो पढ्नु नी भन्दै थिएन--भाटभटेनी दर्शन गरेर आउने--एकै छिन हो भन्दै लागीम बाटो।
गहनाखोज्ने पोखरीबाट टङगाल स्कुल पुगेर दाईने मोडीनु अघि अलि अघि पुगे पछी दाईने पट्टी खाल्डोमा जस्तो एउटा पसल थ्यो। त्याँ चिया चुरोटको बन्दोबस्त गरीयो। "आज टङ्गालको स्टपमा जाने बुझिस--सधै एकै ठाउमा पर्खिनु नी हुन्न--हाम्लाई उता नदेख्दा खोज्नेहरु यता भेट्टाउँदा कत्तिको खुशी हुँदा रे छन त्यो हेर्नु पर्छ" उस्ले सुनायो।
मलाई एक त कोई हाम्लाई खोज्दै होलान त्यो बसाँ बस्नेहरुले भन्नेमा त्यति भरोसा थिएन, दोश्रो मलाई अर्कै बिचारले मन उज्यालो हुँदै थ्यो त्यस्को कुरा गर्नु थ्यो।
यार बाङ्गे त्यो तेरो अर्को हजुरबाकी नातीनीको कुरा है नगर्ने त भनीयो--नगरुम्ला पनि--तर त्यो बैनी के अहिले घुम्न आ यहाँ? मैले कुरा झिकें।
"बाङ्गेले एक चोटी मलाई हेर्यो घुरेर अनि हाँस्यो। मेरै संगत त हो तेरो पनि। एक चोटी भन्दैमा किन हुन्थ्यो--त्यै बत्तिसपुतलीमा दाजु-भाइको जग्गा छ त संगसंगै। अब दाजु चाईनेले नी घर बनाउँछन रे। यतै सर्छन रे क्या। हिंजै भन्या हैन मैले तँलाई। उ पनि यतै भर्ना हुन्छे रे स्कुल।" अब भो कि अरु नी केई छ?" सोध्यो।
जाम उता बालमन्दीर तिर--त्यता बाट घुमेर टंगाल आईपुग्दा बसको टाईम हुन्छ, मैले चुरोटको सर्को तान्नु अघि यसो बाटोको दायाँ बायाँ चिनजानका कोई छन कि हेर्दै भनें।
उ र म बालमन्दीरको पस्चिम उत्तर ढोका तिर लागिम तर त्यो ढोका आउनु अघि नै दाईने तिरको सानो गल्ली छिरेर अघि बढीयो। त्यता मान्छेको त्यति आवत जावत हुँदैन थ्यो, चुरोट निर्धक्क तान्न पाईने अनि कुरा पनि जे गरे नी हुने।
"त्यो बसाँ दुई तीनटीले त तँलाई सार्है हेर्छन--हिँजो त मुस्कान पनि दिंदै थिए--मोज गर बाँग्गे।" मुस्कान सुस्कान देको त त्यस्तै उस्तै हो तर आफ्नो सुरको कुरा गर्न त्यति त भन्नै पर्यो।
"अब लागीहालीयो--एक हुल छन--" बाङ्गेको अनुहार त्यो कुराले यसै पनि उज्यालो भाको थ्यो झन चुरोट तान्दाको आगोले रापिलो पनि देखियो।
"तेरो त्यो बैनी--हुन त झलक्क देखेको--तर सार्है राम्री है--के रे नाम यार?" अलि बिस्तारो सोधें।
"फेरी---" बाङ्गे झर्कियो।
झर्के पनि आफ्नो सुर त छोडने कुरा भएन। त्यो बसाँ भाकाहरुको केई भर थिएन। कसैले मन पराईहाले भने पनि बाङ्गेले एउटी अर्की नभेटे मैलाई मन पराउनेलाई भडकाई छाडथ्यो। चिनेकै हो। यै उस्की बैनी पर्ने चै पार्न पाए मेरै मात्रै पर्ने थिई। त्यो पार्ने काम म एक्लै ले गर्ने सक्ने कुरै भएन। बाङ्गेको आशिर्बाद चाहिन्थ्यो।
"हेर बाङ्गे, उस्ले मलाई नभए कसै न कसैलाई त मन पराउँछे--बिहे पनि त गर्नु पर्छ--त्यो को हो को हो भन्दा त मै ठीक छु नी--हो कि हैन ल भन त--"
उस्ले मलाई घुर्यो मात्रै। लात हान्ने हो कि भनेर म अघि नै साबधान भएर दुरी तय गरेरै हिन्दै थिएँ।
"मलाई भए तैले चिनेको पनि छस, मैले दायाँ बायाँ गर्ने पनि कुरै छैन--एक हिसाबले सबैलाई ढुक्क हुन्छ--होईन भने होईन भन--म तैले भनेको मानीहाल्छु। त्यस्तै उस्तैको फेला परी भने कस्तो टेन्सन हुन्छ सबैलाई भन त--" थपें।
हामी बालमन्दिरको मुख्य ढोका नेर आईपुगेका थेम।
उ चुरोट तान्दै थ्यो। म तिर हेरेको पनि थिएन।
"आफुले आफुलाई भलादमी भन्ठान्छस् है?" उस्ले म तिर नहेरी भन्यो।
"हेर बाङ्गे म बिग्रेको भन्या तेरै संगतले हो, तर तँ मेरो संगतले कती सुधीसकीस भन्त--आफै बिचार गर न"
उस्ले घुमेर एक लात हान्यो। म पनि हाँसे उ पनि।
"तँलाई उस्को नाम चाहिया?" बाङ्गेले सोध्यो।
"थर त थाहै छ, नाम मात्रैले हुन्छ" मैले हाँसेर भनें।
"थर त किन थाह नहुनु नी--मेरो जे थर त्यस्को नी त्यै त हो--कत्तिन के के थाह पा जस्तो" उस्ले भन्यो। उस्को स्वरमा रीस थिएन। मेरो हौसला बढने नै भो।
"त्यो तँलाई, अरुहरुलाई, उसैलाई--उस्कै बा आमालाई पनि थाह भाको थर हिंजो र आजको हो के--मलाई थाह भाको थर भोलीको हो--खै कुरा बुझ्या? अलि स्लो छस के यार यस्तो कुरामा तँ--तेरो थर र उस्को थर एउटै-- छोडदे न पुरानो कुरा--मेरो थर मलाई थाह नहुने कुरै भएन--अनि उस्को र मेरो एउटै हुने भएसी--नाम मात्रै भन न तँ--"
"तैले त अहिले नै निम्ता कार्ड छाप्न नाम चाहिया जस्तो पो गरीस त" उस्ले हाँस्दै भन्यो।
यस्तै उस्तै कुरा गर्दै शशश्त्र प्रहरी गणको ढोका अघि आईपुगीयो।
एउटै कुरा धेरै गर्न नी भएन--मैले पनि हाँसेर कुरा फेर्दै भने--ल ल भो एउटै कुरा कति गर्नु--तेरो बस आउन लायो--
हामी छाते गणेशको छातामा ड्याङ्ग हानेर हाजीरी बजाउँदै बस चढ्नेहरुको दर्शनाभिलासीमा उपस्थित भएम।
त्यो बस अनि त्यो बसाँ चढ्नेहरुको वास्ता नलाग्या मलाई त्यो दिन पहिलो पटक होला। मन त यसै यसै उडीराथ्यो आफ्नो। गणेशलाई फेरी ढोगुम ढोगुम जस्तो लाग्दैथ्यो। सुभकामको थालनीमा गणेशलाई फस पार्नु भन्थे। शुभकाम थालिएला जस्तो थ्यो।
बस आयो गयो। के कसो भो केई थाह भएन। हिंजो बाङ्गेको कौसीमा झुल्क्या घाम आज आफ्नो मनमा अलि माथि सम्म पुगेर चम्कीदाको रापमा म मग्न थिएँ।
हामी भाटभटेनी तिर लागेम।
"मैले बाङ्गेलाई तेरो त मेरो भन्दा पैला बन्दोबस्त हुन्छ जस्तो छ--" भन्दें यत्तिकै। उस्को नी हौसला त हुर्काउनै पर्यो नत्र मेरो लागि मात्रै उ किन ताथ्य्यो र।
"अँ त्यो ओठ माथि कोठी भाकी चै चिप्लीन्छे की जस्तो छ--छेड्छे की वारपार कि झै गरी हेर्न थाल्या छे तर उस्ले हेर्या मैले नदेखोस झै पनि गर्छे--" मक्ख परेर भन्यो।
"उनीहरु लागेकै चिप्लो बाटोमा छन, नचिप्लेलान भन्ने त कुरै छैन कैले भन्ने सम्मको न कुरा हो" मैले नी थपें।
अनि भाटभटेनी घुमेर बिशालनगर तिर लाग्ने बाटोमा पुगे पछी मैले कोट्ट्याएर उस्लाई भनें "मैले त एउटा गीत सम्झें यार बाङ्गे"
"के?" उस्ले सोध्यो।
"मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले---दामी छैन त?"
बाङ्गे टक्क रोकियो।
"अहीले भेटलास नी फेरी" उस्ले रीसाए झै गरी भन्यो। तर उ रीसाएको थिएन। मलाई थाह थ्यो।
"लौ न कैले हो--सके सम्म छीटै गर्देन त्यो भेटाउने काम चैं" मैले नी मौकामा भन्दें।
उस्ले केई भनेन, कुममा एक पन्च हान्यो। दु:ख्न त दुख्यो तर सुन्दरीको नाममा भेटेको। दुखाई मीठो थ्यो।
मैले स्वरलाई फेरी निक्कै नरम पारेर भनें "साँच्ची के रे नाम?"
...
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-12 1:20
PM [Snapshot: 2171]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आफुलाई अहिले नै अर्को भाग नि आवोश जस्तो लागेको छ ... लागेर के हुन्थ्यो र .... यो भाग त एत्तिका दिन पछी आयो ...
अल्छि लाई के भन्नु र .....
"झुसिलकिरो उफ्रे पो नौलो हुन्छ--हेर्न नी स्वाद, अब फट्याङ्ग्रो उफ्रेको त के वास्ता गर्नु?" 
|
| |
|
|
mythought
Please log in to subscribe to mythought's postings.
Posted on 02-18-12 10:11
PM [Snapshot: 2264]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले'......मेरो त हास्दा हास्दा पेट नै दुख्यो पर्भु ....अर्को part फेरी कहिले आउने हो .....अहिलेलाई चाई आभा नै सम्झनु पर्यो बांगे को बैनीको नाम
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-20-12 12:03
PM [Snapshot: 2407]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Bhaktey
Please log in to subscribe to Bhaktey's postings.
Posted on 02-20-12 12:30
PM [Snapshot: 2432]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
प्रभोले अर्को राउण्ड कहिले खोक्ने हुन् भनेर कुरेर बसेका भक्त निरास भए एक लाइन देखेर !!
आज शिवरात्रिको दिन "आभा"लाइ चिनाउने होला , कस्तो दिन जुराको होला भन्दै छिरेको कमेन्ट देखेर हिस्स भैयो
औसधि नखाइ खोक्या-खोकै गरम् त प्रभू (लहेरे खोकी खोके नि हुन्छ ...समय मिले देखि  )
|
| |
|
|
aman
Please log in to subscribe to aman's postings.
Posted on 02-20-12 12:53
PM [Snapshot: 2451]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लु दिन रमाइलो भो पुरण पढेर
|
| |