[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी ~१७०~

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 256938 TIMES]
SAVE! for ease of future access.
Posted on 12-23-09 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खेबा,


\तारेमाम रिट्ठे ह्याण्ड्सम ।


चौतारीमा क्रिस्मस को सिंगारपटार गर्दै थिएं , एक हुल बुढाहरु बोर फस बोर सेकेन भनेर चिच्याएको सुनेर डिस्टर्ब भे छ। यस्तै हल्ला गर्ने बहेर त एकपानेमाले सरकारले बोर फस नै हटाइ दिएको, मखुला ??



 


 
Posted on 12-23-09 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओढेर कुहोरोको सिरक सुतेका ती अल्छी पुषका बिहानीहरु
ब्युँझिनु अघि नै ब्युँझिन्थे कौसी, चोक, सडक र मन्दिरहरु
सम्झिन्छु ती साथी, तिनै पाटी, खर्पन, भजन अनि धुपहरु
उही हो महिना, उस्तै छ कुहीरो, तर चिन्दीन म यी नौला बिहानीहरु


 


स्वस्ती गरें।


 
Posted on 12-23-09 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठूल्दाई, रिट्ठे र दीप।


दीपले फेरि मिनपचासको याद दिलाईदिए। यो मिनपचास भन्ने शब्द कसरि शुरु भयो होला?


 
Posted on 12-23-09 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दीप ब्रो ।


मिन भवन स्कूले ले पहिलो पल्ट् फस ट्याम ठ्याकै ५० दिन बिदा दिएकोले मीन पचासको  बिदा रहन गएको हो रे ।



पचास् दिन जती बिदा हुन्छ जाडोमा, अनि सूर्य मीन राशीमा बस्ने भएकोले जाडो यामलाई राशिकरण गरेको हुनु पर्दछ काशिवासिहरुले । 


 
Posted on 12-23-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

taremama thuldai, birkhe and deep, Chiya siya khaio saknu bhayo hola haina ta? aaja ta jado badera yesso ek cup chiya kham bhanera chautari tira ghareko,
 
Posted on 12-23-09 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् ठूल्दाई, भनेसि राशीको कारण वा मिनभवन स्कुलको कारण जे भए पनि त्यति लामो ईतिहास रहेनछ मिनपचासको, म त राणाजीहरुकै पालादेखिको हो कि भन्नठानिरा।


जदौ हिमालय दाजु! आरामै?


 
Posted on 12-23-09 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हिमाल दाई ।



जाडो बेस्सरी बढ्यो यता पनि । दाई अहिले कता नि ??
ध्रुब्या पसल खुल्यो होला अब त। अस्ती बन्दको कारण भैंसीले नि दुध दिन बन्द गर्‍यो भन्दै चिया पसल बन्द थियो। बिस्टे उतै होला, चिया चुरोट सँगइ गफिंदै होला।



खासै मलाई नि थाहा छैन मीनपचास् को ईतिहास। अन्दाजिफिकेशन मात्र हो । उहिले उहिले हाजिर जवाफमा अन्दाजिफिकेशनले बहुत काम गर्थ्यो। त्यै भएर हुल्दिएको लौ जा भनेर । 
 


 
Posted on 12-23-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई झ्याप्प लार नमस्ते अनी तारेमाम । ठुल्दाइले रिटिक्क परेको चौतारी बनाउनु भकोमा धन्यवाद ।


सप्पैलाई मेरी क्रिश्मश अनी ह्याप्पी न्यू एर । जाडो को त के कुरा गराइ भो र -४६ डिग्री सेल्सिएस पनि खाइयो गान्ठे ।


 


 
Posted on 12-23-09 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-46 डिग्रि खाएछौ ए गाँठे। गुलियो त थेन होला पक्कै, अलि अलि अमिलो थ्यो कि? तर जस्तो सुकै भए नि जाडो खाएर भ' नि दिउँसो चौतारी आउन पाएछौ खुसि लाग्यो। अनि यो जाडोमा बङ्गुर कत्तिको लुछिँदै छ?


ल मेरो तर्फ बाट पनि 'बिदाका दिनहरुको शुभकामना'!


 
Posted on 12-23-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवन यहाँ जताततै अल्मल्लिएको धूँवा जस्तै
तिर्खाएको पानीलाई नभेटिने कुवा जस्तै
बास खोजी उडी हिंड्ने सिमलको भुवा जस्तै


बुधबारे जवानीमय जदौ सबै गाम्लेहरुलाई।
आज चिया नास्ताको ब्यवस्था गरिदिनेको दिन झक्कासको हुन्छ है, भनिदिएको छु मैले।
ठुल्दाइ, नयाँ चौतारी त बनाउनु भयो तर:


त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


मरुटोलको मान्छेले घान्द्रुकलाई आफ्नो गाउँ भनेको अनि अन्नपूर्ण दक्षिण र हिउँचुलीको द्रिष्यलाई धौलागिरी भनेकोमा घोर बिरोध। अब त साँच्ची नै ५ दिने आमहड्ताल गर्नु पर्‍यो। आज दिउँसो देखि शुरु गरी सोमबार बिहानसम्म चौतारीमा एउटै पोस्टिङ् गर्दिन, ल जा त।


हड्तालकै कुरो गर्दा नि: बाबुराम र प्रचण्डे बानेश्वरमा सम्बोधन गर्न पुग्या रहेछन्। हिंडेर त गएनन् होला ती देशमारा पशुहरु। अझ तीनका कार्यकर्ताहरु राजमार्ग अवरुद्ध गर्दै नाचगान गर्दै रमाइलो गरेको फोटोहरु देखियो। सबैलाई बिचल्लिमा पारेर रमाइलो गर्ने र गराउने जतिलाई एक चिहान पारीदिउँ जस्तो।


अनि ठुल्दाइ, मीनभवनमा कहिले थियो इस्कूल? मीनभावन क्याम्पस भनेको त सुनेको हो। मेरो अन्दाजीफिकेसनमा चाँही यो चलन दरबार स्कुलबाट शुरु भएको हो, सामुन्नेको रानीपोखरीका माछाहरु जलगत (भूमिगत भन्न भएन पानी मुनी लुक्नेलाई) हुने गरेको आधारमा। चलन त देबशमशेरकै पाला देखिको हो, जब देखि उक्त स्कुल सर्वसाधारणलाई खुल्ला गरियो।


अनि हर्के, केसँग खायौ त्यस्तो जाडो? बङूरको मासुसँगै त होला नि, मखुला?
दीप पर्भो, जाडो मौसममा तरुनीको न्यानो स्पर्श कत्तिको पाइँदैछ त? उहिले शीरक तरुनी र घाम तरुनीको कथा पढेको सम्झना आयो।
बिर्खे बुढा, नली खुट्टा कस्तो छ अचेल?
हिमालयजी, चौतारीको हाजिरी ढड्डामा धेरै रातो दाग लाग्यो है, अलि नियमित हुनुपर्‍यो।
रिट्ठे, पूरे, र बाउचा कता लाग्या हुन्। महिला समूह त झन खोइ कहाँ हुन्।
नाम छुटेका बाँकीलाई तारेमाम।                 

Last edited: 23-Dec-09 09:49 AM

 
Posted on 12-23-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, जिम्बाल, रिट्ठे, दीप ब्रो, हिम दाई, हर्के दाई


हाम्काँ नि छ ३२ र - माइनस नभएपनी छन् त छ नि


न्यु एअर रिजोलुसन -


१ जिम्बाल को नली खुट्टा थनक्कै पार्ने


२ रिट्ठे को सबैलाई ईमेल गर्या औंला भाँच्ने


३ पुरे लाई त के कुटाइ भो र जहिले नि कुटाइ खाइरा हो बिचरा मेरो हात बाट - ल फेरी माइन्ड गर्ला - ल हाम्दिम्लाई नि दुई चार झापड - खौँ


तारेमाम


 
Posted on 12-23-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढो सिमल-


हाम्रो गाउँमा मैले थाहा पाए देखि नै एउटा ठूलो सिमलको रुख थियो अजङ्गको। सिजनमा फुल फुलेर भुवा उडाउँथ्यो र अरु समयमा वर्षभरि चुपचाप ठाडिएर बस्थ्यो।गाउँका प्रत्येक केटाकेटिको लागि त्यो रुख टाढैँबाट चिनिने आफ्नो गाउँको एक आकृती थियो भने हुर्किसकेका हरुलाई पल्लो डाँडाबाट वा दोभानपारीबाट आफ्नो गाउँ चिनाऊन सजिलो बनाउँथ्यो, किनकि लगभग एक्लो रुख थियो। हाम्रा बुबा, हजुरबुबाहरु केटाकेटि भए देखि नै त्यो रुख त्यहिँ थियो त्यसैले भन्नुपर्दा गाउँका सबैजना भन्दा त्यो रुख जेठो थियो र बुढो थियो। केटाकेटि जन्मिए, हुर्किए, र आ-आफ्नो जीवनयात्रामा होमिए, त्यो सबैको साक्षी त्यहि रुख थियो। अहिले पहिलेका कोहि कता लागे कोहि कता लागे, सबै आ-आफ्नै गन्तव्यतिर लागे। नयाँ आगन्तुकहरु पनि प्रशस्त आए, कसैले धेरै समय त्यो गाउँमा बिताए कसैले थोरै। तर त्यो बुढो सिमल अहिले पनि त्यहिँ छ उस्तै। कहिलेकाहिँ मलाई चौतारिमा म बुढो सिमल हुँ कि जस्तो लाग्छ, हुन त आफैँ पनि हराइन सकिन्छ त्यो बेग्लै कुरा भयो। यहाँ पनि त्यस्तै छ, आउने जाने क्रम जारी छ। धेरै जमघट हुन्थ्यो, धेरै थरिका कुरा हुन्थे, अहिले यहाँ पनि सबै आ-आफ्नो जीवन यात्रा तिर लागे। ब्ल्ग बनाऊनेहरु ब्लगिङतिर लागे, समूह बनाऊने हरु समूहतिर छलफल गर्न गए, च्याटमा रमाऊनेहरु च्याटमा दोहोरो कुरा गर्न गए, चित्त दुखाऊने हरु पर्दा पछाडि परे, कोहि बाध्यताबश आफ्नै जीवनमा अल्झिए....यस्तै यस्तै!


 
Posted on 12-23-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ जिम्माल बूङूर त छोडियोनी खान अचेल साग पात मात्रै हो , अस्तिको हप्ता खाको हो - ४६ चै , माथि नर्थ पोल बाट कोल्ड वेभ आको थियो तेही कोल्ड हाम्रो छेऊ तिरको पहाडमा ठोक्केर एता अै पुगेको थियो , निक्कै जाडो बाफ्रे हो , नेपाल बाट लेराको ज्याकेट्ले त केही काम नगर्ने रछ ।


इ बज्जे खैरेहरुलाई बाल छैन हाम्रो मा भको भए छुट्टी हुन्थ्यो होला , इनिहरु लाईफ चै नर्मल , सप्पै कुरा नर्मल चलेको छ , गान्ठे इनिहरु मान्छे हुन कि के ?


 
Posted on 12-23-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! चिप्ले र लहरे!


छानबिन समिती गठन।


बहिश्कार काण्ड हुँदा रिट्ठेले सबैलाई सर्कुलेट गरेको इमेलको कुरा लहरेलाई कसरि थाहा हुन गयो, यो आन्तरीक चुहावटको बारेमा छानबिन गरि रिपोर्ट प्रस्तुत गर्न एक सदस्सिय छानबिन समिती गठन गरिएको छ। उक्त समितीमा रहेका छन्- श्री राहुलभाई रायमाझी।


धन्यवाद्


 
Posted on 12-23-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले, हर्के, अनी लहरे ।


हैन चिप्ले अस्ती नेपाल गए देखी हडताल चक्का जाम बाहेक कुरा गर्दैन बा।


घान्ड्रुक पुगेछु नै बाबै, घान्ड्रुक मा गुन्ड्रुक खाएको हिजै जस्तो लाग्छ ।


हर्के, -४६ मा ए सी चलाऊनु । +६४ हुन्छ । माइनस माइनस प्लस हुन्छ भनेर स्कूल मा पढेनौ कि क्या हो ।


 
च्याँङवा
Posted on 12-23-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइना यु धादुरे आजा कादा गाइचा हाँ? म्हो म्हेरो लोल खाच्चार सांङा दुइ चार माइना बेंसि जारेकु थियु....... चाउदारिमा चाइने नाचाइने कुरा कारिचा.....,. मोइच्यांङलाई लाप लेतार लेकेचा..... आझा म्होलाई चोटा आंकावाला बानेचा........... तोंलाई पाक दातुरे......... मोइले भेट्यु बाने चाउसाठि ओरा बाङ्गारा जार्दिन्जा तेह्रो...... मान्जे नाकुटेको नि धेराई भो मोइले......... तेह्रो दिन आबो धेराई बाकि चाइना जास्दु चा...... बोरु म्हेरो कुरा मान्जास बाने बान्, यो च्यांङ्ग्री तोंलाइ ठिक् पार्दिन्जा मोइले, तोंलाइ स्वाउंचा लु बान् .........


बोरु मोइच्यांङ् कादा चा होला? ग्यात्सुसांङा गाइरा मारिचा कि क्या हो? म्हेरो लोल काच्चारले मार्जा तोंलाई मोइच्यांङ मोइ काना पाएना बानेरा मोसंङा काराउदाइ चा..........


 
च्याँङवा
Posted on 12-23-09 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरु गाउले के के कार्दाइ चा हो......,मोइले काच्चार कु चुर्पि ल्याको चा कान्जा बाने बान् होइ... नाद्रा बारे तोङ्बा काना आइजा तोंआरु.....
 
Posted on 12-23-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि तेइ भन्छु !



लहरे बहिस्कारक कान्ड को गोप्य बैठकमा भएको निर्णय सबैलाई सर्कुलेट गरेको कुरा कसरी चुवाहट् भयो? त्यो बैठक मा को थिए तेस्ता चौतारी द्रोही?  २ घण्टा भित्र छानबिन गरी चित्त बुझ्दो प्रतिवेदन नआये आज बेलुकी देखी ५ दिन सम्मको आम हाडताल घोषणा गरिन्छ ! लुज्जा त !



हर्के जिम्दै रछ त ! खुशी लाओ !


हर्के, चिप्ले, दीप, लहरे, माउन्टेनदाइ, च्याङ्बा जी सबैलाई न्यानो जदौ !   


दीप ब्रो को कबिता सार्है गहिरो लाग्यो ! म त एक्छिन तेतै डुबे !


 


 


 
Posted on 12-23-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


सव गावँले लोगनको मदनवाके देहातसे परनाम।


त कथि बात बतियावनु भएछ चयाङ्बा दाजु? हमि कोनो लाँव लैटरवा लिखे छेन मेचाङको, ऊ त सुसरा पुरानो लाँवलैटरवा याद आइके हियाँ रखे थिएँ। त तपाइँको आँख जो छ ऊ सला छेन त छ पर दिख्देन त कथि भन्ने, बहुते बडा सन्तरे जैसन आँख छ भन्ने? हँ? त आँख सुसरा छेन, फिर भि हमि त छोटा छ भनेछ। हमरो चौँसठ बङ्ग्रा कैसन झार्छ तपाईँ? सुसरा कुल जमा दाँईत हि हमरो बतिस छ ऊ मा बङ्ग्रा सुसरा जमा सोलह छ,त कैसन झार्छ? ठिके छ सुसरा जाँर खाएको सुइरमा तपाईँ अफ्ने बङ्ग्रा भि झार्छ फिर भि सला सिरफ बतिस होनेको छ चौँसठ कैसन? ऊ तपाईँ चयाङग्रिको बात कियो त बतावनुस कैसन छ ऊ दिखनेमा? उ मेचाङ्ग त हमि सुनेथिएँ कि कोई पोइल करके ठावँमे गिएछ, हमको मालुम छेन पोइल कहाँ छ!


जे राम जि कि।


 
Posted on 12-23-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कर्वाही गरी पाउँ!

बहिस्कार कान्डमा मेरो कुनै हात, खुट्टा, आँखा केइ पनि नरहेको अवगत् गराउन चाहन्छु। खाली बोर फस हुने रहर बिर्खे बुडा सामु पेश गरेको थिए, अरु त्यस्पछि के कसो भए म अनभिग्य छु। त्यसैले मलाई ललिता पावर् को सङग्या दिने त्यो बाँदर लहरेलाई उचित कार्वही गरी पाउ भनी चौतारी अदालतमा नम्र निबेदन गर्दछु ।

भवदीय,
खुशी खरेल

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters