[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 हैन कि हो? ----- खै के हो के हो?

[Please view other pages to see the rest of the postings. Total posts: 162]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 180880 TIMES]
SAVE! for ease of future access.
Posted on 03-10-09 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yespali ta kehi hola ke re Deep parvu, kati jhol ma dubney, chouta ni khana paro ni kahile kahin.
 
Posted on 03-10-09 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फाउ पुर्नेको शुभ-कामना सबैलाई। कुनै बेला यही फाउ पुर्नेमा हुनु रमाईलो हुन्थ्यो, अहिले सिताराम। त्यो पोर परारै आफुलाई हुनु रमाईलो हुँदा धारे हात लाएर सराप्नेहरुको सराप लाग्या हुँदो हो। तर जे भए नी भांगको लड्डु भए नी घोट्टा भए नी कसैले यसो अलिकति दिए नी हुने। गती पर्न हुन्थ्यो फाउमा।
 
Posted on 03-10-09 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब छ सर, गजब छ ।

उनले छुटाउलिन भनेर बानि हाम्ले नि लाईयो । न उनि आईन् न बानि छुट्यो!!!

लेखौं सर अझै कुराहरु!!!

 
Posted on 03-11-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हो कि होइन हो हो होइन भने को" भन्ने त सुनेको हो तर यो कथा को बिषय चाँही गजब लाग्यो ......... अनी दीपज्यु को जम्मा कती हो तरुनी हरु बाप्रे !!! .......... यो बाङगे र दीप ब्रो लाई नसकिने ..... "अरुनी बरुनी जता हेर्यो तरूनी लौ अब कसो गरुनी " -- भन्ने लोक गीत पो याद आयो..... फेरी जवानी नफुर्दै कती धर्म गर्या हो चार - पाँच धाम सबैको तीर्थ यात्रा भ्यायी नभ्यायी भा रेछ ....
ल अब फेरी कथा अघी सारे कसो होला ?? ... आफू त धेरै दिन पछी पो साझा मा भित्रेको एसो कमेन्ट राख्न योग्य थ्रेड भेतेर
 
Posted on 03-11-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-11-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist,


"majja aayo sikistai.. "


सिकिस्तै प्रभो सिकिस्तै -- तरुनीको गफै मात्र आउँदा त मजा आउने सिकिस्तै -- झन तरुनी नै आईलाग्दा त प्रभो हुरुक्कै हुने नी --


CT. ,


"- गाँठी कुरो त आउनै बाँकि रेछ, कुर्दैछु "


हो प्रभो, गाँठी कुरा बाँकी नै छ।  धेरै बाँकि छ प्रभो, अब त चुक्ता पनि हुँदैन कि जस्तो लाग्न थालिसक्यो।


 गन्थन पनि थप्नु पर्ने त हो।


Bhakte,


"यस्ता कुरा सबै ले मनोनएन गरे मित्र राष्ट्रमा धर्म कमाउन जानै पर्दैन नि, कि कसो ? "


त्यो त हो प्रभो, तर मित्र राष्ट्र तिर पनि धामेस्वरी त करेल करेल नी -- सिनेमामा देख्या देख्न त -- तर छुन्ना के प्रभो, त्यो छुरा जस्तो माझाको धागो हुन्थ्यो नी त्यस्तै -- धेरैले रेटे नी त्यो बेला आफुलाई, के गर्नु र?


chipledhunga,


"तीर्थ यात्राको अरु भाग पनि चाँडै पढ्न पाइयोस् पर्भो।    "


हस प्रभो, धेरै गरीया छ पुन्ने। सुनाउछु नी म।


serial ,


"बरु पूजारी चाँही कहिले बन्ने हो - पूजारी बन्न पा पो मजै अर्को हुन्छ त - "


मन्दीर त भक्तको पो हुन्छ त, पुजारीको हो त? कस्तो कुरा गर्या प्रभो? पुजारी त बाँधीएको हुन्छ, भक्त मुक्त हुन्छन। भक्तलाई त के छ र एउटा मन्दीर भएन अर्को तिर लस्कियो भैगो, पुजारीले तेसो गर्न पाउँछ? अझ यसरी भनम न -- भक्त बोई फ्रेन अनि पुजारी चै लोग्ने, ---भक्तलाई पुजारी हुन गार्हो छैन,  तर पुजारीलाई भक्त हुन सजिलो छैन। खै कुरा बुझ्या, प्रभो?


harikancha ,


"साझामा दीप ब्रोको माल देख्ने बित्तिकै मुसो त त्यही पुगेर थिची हाल्छ भन्या ...... "


हरीकान्छीले भन्या भए नी लौ भन्नु ---


---यसरी तर्साईदिन त भएन नी प्रभो --- 


Nepali Thita,


"Will be waiting for the next part...."


पार्टै पार्ट भएर नी प्रभो म हराको छु एउटा पार्टमा पोर परारै -- पार्ट पनि अलि अलि हुन र भन्या? पट्टेर क्या प्रभो, पट्टेर --


shirish,


very monologue and dialogue is meaningful."


ल हेर, यै कुरा तरुनीले त्यो बेलाँ बुझ्या भए उही बेलाँ बे भै सक्ने। उस्को त भो नी, मेरो कुरा गर्या मैले।


Juggy ,


"..kati jhol ma dubney, chouta ni khana paro ni kahile kahin."


त्यै त-- कबाफ लडाउनु पर्छ क्या यसपाली प्रभो कबाफ, कोशिश गर्दै छु, हेरम के हुन्छ?


somewhereondearth,


"उनले छुटाउलिन भनेर बानि हाम्ले नि लाईयो । न उनि आईन् न बानि छुट्यो!!!"


बानी पनि एउटा हो र भन्या लाउनु लाईयो, अब छुटाउने बेलाँ कुन राख्ने कुन छुटाउने?


popeye,


"फेरी जवानी नफुर्दै कती धर्म गर्या हो चार - पाँच धाम सबैको तीर्थ यात्रा भ्यायी नभ्यायी भा रेछ ...."


पुन्नेको काम जति छिटो देखी सुरु गर्यो उती राम्रो रेन्त प्रभो --


 


**********


सदभावको लागि सबै प्रति मेरो हार्दिक आभार।


 


 
Posted on 03-11-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kHusHii ,


अघि छुटेछ, खुशीलाई चै अब सिंगल दिनु पर्यो, धन्यबाद नी। 


 
Posted on 03-11-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो छ दीप ब्रो को यो पनि ! चार धाम त तेती बिदी धा' रैछन्त यस्पाली नभये नि अर्को जुनी मा चाँही पर्साद पाईन्छ होला ! धर्म खेर जादैन ब्रो
 
Posted on 03-11-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-11-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल

"साझामा दीप ब्रोको माल देख्ने बित्तिकै मुसो त त्यही पुगेर थिची हाल्छ भन्या ...... "


हरीकान्छीले भन्या भए नी लौ भन्नु ---


---यसरी तर्साईदिन त भएन नी प्रभो ---

लोल रोटफल


मर्न लाएँ म हाँसेर, हेत्तेरीका । धन्न निजी अफिस कोठा छ, नत्र वरीपरी बस्ने अरुले मलाइ पागल भयो भन्दा हुन ।

 
Posted on 03-11-09 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चारै दिशा कभर गरेर धाम बनाईएको थ्यो।


kasto dharmatma mancheyharu hola 


 
Posted on 03-11-09 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो, गजब छ बरु त्यो गन्थनको कुरो कता ग'र अड्क्यो ? त्यता नि अलि पेलम न ।  तीर्थ यात्राको अरु भाग पनि चाँडै पढ्न पाइयोस् , नत्र फेरी अगती परिएला भन्ने पीर भो। 
 
Posted on 03-12-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप प्रभो स्वोस्ती।
सधैं झै प्रभो को सिर्जना अपरम्पार छ्।


अब त्यो बुलबुले निर को पहेलो घरको सिर्जनाको कुर गर्या हैन है पर्भो।


अर्को भाग छिट्टै जोडम पर्भो।


 
Posted on 03-12-09 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep bro, prastuti daami cha. jatti padhe pani padhi rahun jasto. aba arko bhaag post garna dheela nagarnu hola. haami parkhi raheka chaun.
 
Posted on 03-17-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


....पहिलो धाम अगाडी पुगे पछी, बाङ्गे दर्शनाभिलाषी स्वरुपमा आएर धामेस्वरीको आराधना गर्दा भएम मनमनै। ....


 


भगवतीबहाल धामकी धामेश्वरी ट्वाकको नाममा दर्ता थिई त्यसो , भन्या मुख्य भक्त थ्यो, बाँकी हामी निमित्त भक्त थिएम। अब ट्वाक हामी सँग नभएको त्यो बेला, बाङ्गे मा को कायममुकायम हुने भन्नेमा बिबाद भो। उता महाराजगन्ध धामको मुख्य भक्त थिएँ। बाङ्गे चै हुन धुम्बाराही धामको मुख्य भक्त थ्यो तर त्यो धामकी तरुनीको चालमाल अलि अस्थिर भएर होला उस्ले अब अर्को धामको ब्यबस्था नभए सम्मको लागि आफु फ्लोटर भएको घोषणा गरेको थ्यो। यता उस्ले आफु फ्लोटर भएको घोषणा गर्नु उता तरुनी भाग्नु मिलेको थ्यो।


 


बिना धामको बेबारीसे भएकोले भगबतीबहाल धाममा कायममुकायम उस्ले पाउनु पर्छ भन्यो। "कोही चै बेबारीसे कोही चै दुई दुईटा धाम ओगटने?" बालमन्दीरबाट भगवती बहाल जाँदा त्यो बाटोको दाईने पट्टी भएको थापाको घर अगाडी पुगे पछी तिर हेर्दै बाङ्गेले उफ्रिउँला जस्तो गर्यो।


 


नै भो कामु। मैले नी मरोस भनें। अलिकति तल माथि गरे ट्वाकले कुच्याउँथ्यो, कामु भए पनि के नभए पनि के? त्यसमा पनि यो जाडोमा यति बिहानै दर्शन पाउन पनि मुस्किलै थ्यो।


 


तर बाङ्गेको भाग्गे मक्किसक्या रैन्छ, मन्दीरमा भेट भो । अर्की एउटी सँग आएकी रहीछ धामेस्वरी। पैले त त्यति बिहानै हामीलाई त्यहाँ देख्दा झस्क्या जस्तो गरी (हामी साँझ तिर मात्रै जान्थेम नी त सधैं उस्को दर्शन गर्न)। हाम्रा हेराईहरुले उस्लाई छोएका मात्रै के थिए, सूर्यका पहिलो किरणहरुले उषालाई चुम्दा झै उस्का गालाहरु राता हुँदै आए। उस्ले आफ्ना हेराईहरुलाई ओराली। उस्की साथी चै मस्की, तर बिशेष केही हुन पाएन, धामेस्वरीले साथीलाई तानेर लस्की हाली। 


 


"ट्वाकलाई फेरी यही बेलाँ टाईफाईडले लडायो" बाङ्गेले ह्वात्त भन्यो तरुनीले सुन्ने गरी। म पनि छक्क परें, के भन्छ बाङ्गे भनेर। धामेस्वरी टक्क अडी। फर्केर हामीलाई हेरी, उ गम्भीर देखिन्थी। उस्की साथीले पनि बाङ्गे र मलाई सरसरती हेरी। अनि दुईटै फटाफट बाटो लागे। जाँदा जाँदै दुईटैले पटक पटक फर्केर हेरे। उनीहरू ओझेलमा परे पछी मैले सोधें बाङ्गेलाई, "के जे पायो त्यै फलाक्या?" उस्ले पनि ज्ञानेश्वर तिर लाग्दै भन्यो, "यत्तिकै निस्कीरा भन्या"।


 


"ट्वाकलाई मुख्य भक्तमा अन्तै सरुवा गरेर मलाई यो धाम जिम्मा लाईदेन यार," बाङ्गेले तरुनी ओझेलमा परेर सुन्ने बनाएको बाटो तिर फेरी हेर्दै भन्यो। त्यो सम्भव थिएन, ट्वाक आफैले राजीनाम दीए बेग्लै नभए त्यो नसोचे पनि हुन्थ्यो। "ल ल हिन, उता सुरेश अंकल कहाँ पनि दुईटै ब्युँझे होलान अहिले सम्म त" मैले उस्लाई सम्झाउँदै भनें।


 


अनि नी है बिशालनगरको कुमारीथानबाट पूर्ब लागेर धुम्बाराही तिर जाने ओरालो आधी उधी ओर्लीएर दाईने हानिए सी त्यो रमेश नाथ पाण्डे मार्सापको घर मास्तिर हुँदै पन्चेधारा पस्चिमको गणेशथान आईपुगिन्थ्यो। त्यो गणेशथान अनि सुनसान खालको भएकोले हाम्रो भेटघाटलाई उपयुक्त स्थान थ्यो। हामी निकै भेटघाट गर्न जान्थेम त्यहाँ। गणेश सँग पनि भेटघाट त हुन्थ्यो तर बोलचाल भने थिएन। अलि धेरै लाग्या छ भने हामी बरु उनी सँग निकै कुरा गर्न खोज्थिम तर उनी चै बोल्दैन थिए। हामीलाई अचाक्ली लाग्या बेला चैं उनीसँग दोहोरो कुरा हुन्थ्यो, तर भन्नलाई सबैले त्यो भ्रम हो भन्थे। नलाग्या बेला हामीलाई नी त्यस्तै लाग्थ्यो।


 


त्यो साँझ तिर त्यही गणेशथानमा बाङ्गे र म पुग्दा सुपारी गीत गुनाउँदै थ्यो लयमा मात्रै, शब्द होईन। बाङ्गेले सुपारी तिर हेर्दै भन्यो, "हैन ए सुपारी, ज्वरो आयो की के हो तँलाई, हँ हँ हँ हँ गरीराछस नी त"


 


"गीत गाईराछ मान्छे--" सुपारीले भन्यो।


 


"खै त के गीत गाईस? शब्द केही बुझ्या भए मार्दीनु" सुपारी छेउमा बस्दै मैले भनें।


 


"गीत को अब एक लाईन आउँछ जम्मा, त्यो अघि नै गाई सकें -- अनि लय मिलाईरा नी" सुपारीले भन्यो।


 


उस्को आवाज सुनेर हाँस उठ्यो मलाई। मैले फेरी सोधें? खोई त ट्वाक?


 


उस्ले मैले सोधेको जबाफ नदीई भन्यो, "मलाई यार अब चार वटा जति तरुनी चाहियो"


तरुनीको कुरामा हम्मेसी नबोल्ने सुपारीले एकै चोटी चारवटी चाहियो भने पछि कुरा रमाईलै थ्यो।


 


"चार चार वटा एकै चोटी किन नी? बाङ्गेले मुसुक्क हाँसेर "जस्को त एउटै छैन उसैलाई चार चारवटी चाहिया छ एकै चोटी फेरी" भन्दै सोध्यो।


 


"एउटा एउटा गरेर त कैले हुन्थ्यो? देखिनस धुम्बाराहीकी तेरी स्वास्नी कसरी भागी? अब चारवटी भै देको भए तिनटी हुन्थे नी बाँकी।" सुपारीले बाङ्गे तिर हेर्दै भन्यो।


 


बाङ्गेले अरु हाँसेर सोध्यो, "तँलाई नी आश थ्यो कि क्या हो त्यो धुम्बाराहीकी तरुनीको?"


 


"कस्सेकी तरुनीको कस्लाइ लाग्दैन आश? त्यसमाथि मौसम पनि जाडोको छ, घरमा दाईले नै बे गर्या छैनन, मेरो त झन कैले हो कैले? स्कुल गयो मास्टरको किच किच, एउटी उमा मिस छन र जान मन लाग्छ नभए त्यो चिहान देखेर नी अघाई सकें, घराँ बस्यो बाउ आमा दाई सबै जान्ने म एक जना मूर्ख, बाटाँ एउटी तरुनी छ्डके नजर्ले मात्रै हेरे पनि तिमेरु सबै "ल हेर सुपारी बिग्रेछ" भन्ने, खर्च गर्न पैसा छैन, कमाउन जागीर पनि छैन, जाँगर पनि छैन -- यस्तो कुहीया जिन्दगी के जिन्दगी? बरु चारवटी जति तरुनी सँग भाग्न पाए नी भाग्थें" सुपारीको स्वर सुरुमा चर्को थ्यो तर बिचमा निकै ओईलाको, तर कुरा सक्ने बेलाँ स्वर फेरी चर्को पारेर सक्यो।


 


ट्वाक गणेशथान पछाडी सिँचाई गर्न गा रे छ आयो मुसुमुसु हाँस्दै।


 


"तलाई चारवटीले नै पुग्छ त सुपारी, पाचौ पनि फेला परी भने, त्यो पनि कस्सेकी, के गर्छस?" मैले सुपारीलाई हेर्दै सोधें। त्यो गणेशथानमा मूर्तीहरु अलि गहीरोमा थिए, सुपारी पनि त्यही गहीरोमा थ्यो।


 


"उस्ले गर्जे झै गरी भन्यो त्यै गहीरो बाट "कस्सेका तरुनी जति आए नी बात छैन --" अनि के सुर चल्यो अंग्रेजीमा थप्यो, "बाई द बे, माई नेम ईज सरौतो आज देखिन, सुपारी सुपारी भन्यो कसैले भने दुई टुक्रा पार्दीन्छु।"


 


"कहाँको सिलाबरे कचौरा रित्याएर आईस ए सुपारी तैले आज? " बाङ्गेले सोध्यो।


 


सुपारी गणेशको खुट्टा समातेर फलाक्न थाल्यो के के हो के के -- बाङ्गेले चुरोट झिक्यो, मलाई एउटा दीयो अनि ट्वाकलाई पनि, सुपारी तिर चै हेर्यो मात्रै। ट्वाकले सुपारी कोरेर पैले बाङ्गेको चुरोट सल्काइदीयो अनि उस्को आफ्नो। मेरो सल्काउने बेला सम्ममा काँटी सबै जस्तो बलिसक्याथ्यो, मेरो नसल्किँदै ट्वाकको औंला डाम्ला भनेर होला काँटी खसालेर सलाईको बट्टै मलाई दियो।


 


"सुरेश अंकल कहाँ के भो रे?" ट्वाकले लामो सर्को तानेर सोध्यो।


 


"तरुनीहरु मामाघर गा रे छन, जाडोको छुट्टी रे भनेर" मैले चुरोट सल्काउँदै उदास भएर भनें।


 


बाङ्गेले नाकका पोराबाट धुवाँको मुस्लो छोड्यो।


 


 


 
Posted on 03-17-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ah ha... this the is best, lastai hasaye Deep bro le.
 
Posted on 03-17-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यो दीप भन्ने मान्छे त उ बेला मा अली चंडाल थियो की के हो?
धेरै तरुनी को पछी त अली कम मान्छे नै लाग्छान होइना र?


रिसानी माफ होस है प्रभो , पढना छुटेको छैना  लेखन मात्र हो


जदौ


 
Posted on 03-17-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिप प्रभो रमाइलो भो पढेर,हाम्रा पांला नि तेसै गर्थिम,भाग लाम्थिम,को कस्को को कस्को भनेर ,हात्मा लाग्नी चै सधैं सुन्यै हुन्थ्यो।
अनी प्रभो र बाङे बिहानै सुरेश अन्कल का हिन्या हैन र भन्या,जादा जादै भग्वतिबहाल मा ट्वाकको नाममा दर्ता भाकी धामेस्वोरी सँग जम्का भेट भर गणेशथान जादै गरेको एकै चोटि साँझ भा जस्तो लाओ प्रभो,खै मैले नमिलार पढ्या हो कि के भा हो।
 
Posted on 03-17-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भक्तहरु पनि मुख्य अनि कामु हुने, अनि सरुवाको माग पनि। धन्य छ पर्भोको तरुनी महात्म्य। जाओस् जाओस् अरु पनि।

 
Posted on 03-17-09 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा लोल लोल सार्है घच्ची लेख्नु भो प्रभो, थकाई लागेर बिरक्क्त्त भा थिएं फेरी फिरेस भएं, घण्टा हान्न रेडी भएं म त फेरी ल जा।

अत्ती आनन्द आयो पढेर, मुसु मुसु हाँस्दै थिए खित्का छोडेरै धेरै बेर हाँसियो। लौ प्रभो अर्को भाग राख्न ढिलो नगरनु होला है। प्रतिक्ष्यामा... 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters