[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 296549 TIMES]
SAVE! for ease of future access.
Posted on 01-01-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ बर्ष-२००७को धेरै धेरै शुभकामना चौतारीका मीत्रहरुलाई !
यो नयाँ बर्ष सँगै म त अब कसै सँग झगडा नगर्ने, थोरै बोल्ने धेरै सुन्ने, ज्ञानी बन्ने। :-)

बिगतका दिनहरुमा ठट्टै ठट्टामा कसैको भावनामा चोट पुर्याएको भए माफी पाउँ के रे मित्रहरु। जे लेखियो त्यो केवल हँसी-ठट्टामा रमाइलोको लागि लेखियो। मीत्रहरु प्रति मेरो मनमा केही छ भने त्यो मात्र मायाँ र सम्मान छ।

नयाँ बर्षमा चौतारीमा धेरै धेरै मीत्रहरु बढुन। चौतारि अझै रमाइलो होस्। कथा, कविता र ठट्टाहरुको बाढि नै आओस। चौतारीलाई यहीनै मेरो नयाँबर्षको शुभकामना !

:-)
-भउते
 
Posted on 01-01-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख्वाक्क, ख्वाक्क (कस्तो खोकी लाग्या' भन्या)

मेरो पनि नयाँ वर्षको, ख्वाक्क ख्वाक्क, शुभकामाना छ।

ख्वाक्क, ख्वाक्क, ख्वाक्क!! (यो खोकीले मरिने भो केरे। घाँटी पनि कस्तो ख्वाप्प भो)
 
Posted on 01-01-07 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ साल को नयाँ तारेमाम्!
 
Posted on 01-01-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इस्वी सम्बत् नयाँ बर्ष २००७ को सबैलाइ शुभकामना !!

ख्वाक्क, ख्वाक्क, ख्वाक्क!! (यो खोकीले मरिने भो केरे। घाँटी पनि कस्तो ख्वाप्प भो)
 
Posted on 01-01-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा लाइ धेरै धेरै धन्यबात नयाँ सालको चौतारीको लागि
झुक्किए चौतारी हो कि चौपारी ?
भित्र चौतारी २००७ छ बाहिर चै चौपारी २००७ पो देखिन्छ त ?
 
Posted on 01-01-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याप्पी न्यू यि-य-र
पुन्टेको सलाम् छ, ओ माई डि-य-र!

:D
 
Posted on 01-01-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि भेरी भेरी ह्याप्पी न्यू येर २००७ है जम्मै गाम्लेलाई। दादालाई चैं नयाँ बर्ष चौपारी उर्फ चौतारी बनाकोमा।
 
Posted on 01-01-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Posted on 01-01-07 1:45 PM Reply | Notify Admin
सक्इयो पुरानो बखत , आए नयाँ दिनहरु
फाल्नु भो त आफ्ना वीरक्त मनका घीनहरु,
सब का राशी राम्रा हुन मकर र मीन हरु
नरिसाउन यो बर्ष भार त र चीन हरु !

सक्इयो पुरानो बखत , आए नयाँ दीनहरु !!!
 
Posted on 01-01-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन, हिजाऽज त के बिधी बिकास अरेचन गाँठे गामको। चौपारी नि कति ओटा बनाका नि? बातै मात्रै मार्चन कि क्या हो यी बाख्रीका पोईहुरले?

यो नया सालमा सप्पै गाम्लेको प्रगति होओस, फलिफाप होओस, दाम्लो-किलो बाँधियोस भनम भनेर के ।

शुभकामना २००७ को ।


Keep Rolling...
 
Posted on 01-01-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सिरेऽऽऽऽऽऽ!!! :D
के छ हालखबर? लङ ट्याम नो सि! लाऽऽऽमो समयपछि दर्शन पाइयो नि, कता हराइया थियो? जे होस् राम्रै भो, पुरानो गाम्लेको पुनरागमनबाट। खुशी लाग्यो।

ल, अहिले म गएँ सुत्न, शुभरात्री!

सबै गाम्लेहरूलाइ २००७ को शुभकामना!
 
Posted on 01-01-07 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहा सिरे जवैँ :-)
पछाडि बाट स्वागतम्। (वेलकम ब्याक भनेको के :D)
 
Posted on 01-01-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चित्रे पनि भेटियो, कस्तो दुब्लाएछ मोरो त । घराँ खान दिन्नन कि अरु अर्थोकै कुराको चिन्ता परो कुन्नि तिमीलाई, सुकेबाँसको लौरो जस्तै ख्याउटे जो भएछौ केरे ।

बरै, म त कहाँ जानु , कहा नजानु नि।

चईनी एक दिन साँझ जमुनि र म तेसै जो बसि राका थिएम केरे । जमुनिले मकै भुट्दै थिई, मैले आलु पोल्दै आगो फुक्दै अरि राको थे केरे ।

यसरी त भएन, हेर अलि धेरै जो पैसो ‍कमाम्न परो भनि केरे जमुनिले । त्याँसी अब तिमी एक-दुई साललाई चईनी अराप (अरब, Gulf) जाउ, एकै सालमा जो चईनी जिम्माल बुढाको खेत सप्पै किन्न सकिनी पैसो कमिन्च अरे भनेर भनि ।
मैले कस्ले भनो तँलाई यस्तो कुरा, अरबाँ चईनी बुटाँ फल्नी हो र पैसाका नोठ, लच्छिमीले दिए यही नि पाईन्छ नत्र कही नि पाईन्न भनेर सम्झाउदै थिएँ, ठ्याक्क काका र लाले आईपुगे केरे । जमुनिले पुनि मकैको घान उतारी, अनि मकै र मोही खाँदै काका, म र लाले भएर बात मार्न थालियो केरे ।

काका अरु भन्दा अलि चल्तापुर्जा मुन्छे केरे, उनैलाई सोध्न परो भनेर सोधेँ ।
"हैन काका, जमुनिले त अरब जाउ, पैसाको त बिटा का बिटा पाईन्च अरे भन्छी, के हो, तपैलाई केही थाहा छ ?" भनेर सोधेँ ।
लाले ले पुनि कान ठाडो पार्यो ।
अब मकै चपाम्दा (चपाउँदा) त आफुले मकै टोकेको आबाज आएर अरु बोलेको नसुनि केरे, लाले ले नि के निहु पारम के निहु पारम भन्ठानेछ र मेरा दाँतले तेती सारो टोक्न मिल्दैन मकै, बरु म मोही मात्रै खान्चु, तिमेरुको कुरो नि सुन्न हुनी भनेर ङिच्च हाँसो केरे ।

जमुनि अधबेस्रीले फेरि कुरो बुझिन र लाले दाईलाई अलि डढाएर झुरा पारिदिम त भन्दै थिई, अनि लालेले मुखै फोरेर भनो केरे, "हैन, मैले नि यिनेरुको कुरो सुन्चु भनेर हो के, मकै चपाम्दा सप्पै सुनिदैन के" ।

काका मुन्छे त बेसरी देस देखेकै जो हुन केरे, उनलाई किन थाहा हुन्थेन तेस्तो अराप को कुरो, सप्पै थाहा रईच । त्याँसी काकाले बेलि बिस्तार लाए केरे यसरी ।

काका - अब हेर सिरे, हाम्रा देसाँ भन्दा तेहाँ कति हो कति धेरै पैसा कमिन्छ । महिनाको २० हजार रुप्याँ त खाएर बसेर फिलिम हेरेर नि बँच्छ । तर तेहाँ जान जो प्रलय छ। अब काठमान्डुमा अरब पठाउनी भनेर आपिस खोलेर बसेका "दलाल" भन्नी मुन्छे हुन्चन् । हो ति दलाल हुरलाई चईनी पुग-नपुग लाख रुप्याँ दिन पर्च । तेसमा हवईजहाज चढेर जाने भाडा पनि समेटेर हो है ।

हवईजहाज चढ्नी भनेसि त लाले ले "म पुनि जान पर्च कि क्या हो, सिरेलाई सँगी (साथी, mate) म हुनी, मलाई सँगी सिरे हुनी" भनि हालो ।
 
Posted on 01-01-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका ले फेरि भने, "तो त हो तर तिमेरुले चईनी जनही लाख लाख रुप्याँ कहाँऽट जुटाम्चौ त नि? "

लाले ले थपि हालो केरे, "अब गाम मा चलेको चलन केरे, सर सापटले काम चलाम्नी त हो नि । रिकुटे लाहुर बाट आको छ, भउते सित नि टन्नै पैसा छ, सापटी मागेर जानी त हो नि "

अनि काकालाई सोधे केरे, "पैसा जुटाम्न सकेम भने तेसो भा तपैले चईनी काठमान्डु लगेर ति दलाल भन्नी मुन्छे सित हाम्रो चाँजो पाँजो मिलाईदिन सक्नु हुन्च त?"

काकाले, " किन नसकुम्ला र? मेरो चईनी मावली पट्टीको भदाहा कुम्ले तेतै काठमान्डुमा बसेर आईए बिए पढ्च। अब काठमान्डु जाँदा चईनी तेसैका डेराँ बसम्ला १-२ दिन, दलाल सित कुरो अर्दा नि कुम्ले चईनी आईए बिए पढेको मुन्छे, फेरि तेसैको सँगी नि छ आर्को दीपे भन्नी गँजडी, तिनेरुलाई लिएर गएसी दलाल ले ठग्न नि सक्दैन केरे हाम्लाई । दीपेले त अझ काठमान्डुका पुलिस-पुलिस्नी चईनी सिपाई-हल्दार सप्पै चिनेको छ, दुई-चार मुठी चईनी येतै गाम तिरको गाँजा पुनि लग्दिन पर्च, पसुपतिनाथ नि घुमाईदिन्च । " भने ।

ठग्नी कुरो सुनेसि म भनी झसक्कि भएँ केरे । "हैन ती दलाल भन्नी मुन्छेले ठग्चन पनि र काका ?" भनेर सोधे । "चईनी तिनेरुले ठग्नी जो भा त एक बाजी नेपे दाजीलाई पुनि भन्न परो र उनको सल्लाहा लेर र उनलाई नि सँगै नराखिकन त हुन्न कि क्या हो" भनेर भने । जे भा नि नेपे दाजी भएसि मलाई आड लाउनी के ।
काकाले, " हैन, कोई कोई नक्कली दलाल हुन्चन के, सक्कली दलाल ले त ठग्दैनन। तेई पुनि कुम्ले र दीपे भएसि डराम्न पर्दैन, मेरो बचन मान " भने ।
"अब जानी जो नभए सम्म र चईनी पासफोटाँ भिस्सा र जहाजको टिकेस जो नकाटेसम्म कसैलाई नि नभने हुन्च, काम भए सर्द जो भओ केरे , नभए फेरि सबैको नजराँ किन हुति हारा हुनी हो ?" भने काकाले।

काकाको कुरो ठिकै हो, गएसि सप्पैले थाहा पाम्चन, नगए क्यार्न भन्न परो भन्ठाने केरे ।

तेति खेरै लालेले "हैन यो पासफोटाँ भिस्सा" भनेको के हो र भनेर सोधो । काकाले अर्थ्याए ।

चईनी जिल्लाबाट हाकिम हुरले हाम्रो फोटाँ सहीछाप लाएर यो मुन्छे नेपाली हो भनेर एउटा किताब जस्तै दिन्चन अरे, तेसलाई पासफोटो (passport) भन्चन अरे, त्याँसी तो अराब भन्नी देसका हाकिम हुरले फेरि आर्को छाप लाम्चन अरे, तेसलाई भिस्सा (visa) भन्चन अरे । अब तो अरबाँ त कुन कुन देसका मुन्छे जानी कुन कुन देसका केरे, कुन देसका हैँचन भनेर चिन्न लाई चईनी तो पासफोटो र भिस्सा लेर मत्रै जान दिन्च अरे के ।

तो दिनको सल्लाहा तेति जो भओ केरे । अनि मर्का पारो पैसा ले जो - दुई लाखले ।

अनि जे भए नि मनपेट मिल्नी त पुन्टे दाजी हो हुन भनेर पुन्टे दाजीकहाँ गएम सप्पै । दुई लाख पैसो कसरी जुटाम्न सकिएला पुन्टे दाजी भनेर सोधेको त उनले लाईदिए केरे नयाँ बुद्दि ।

पुन्टे, " चईनी उता'ट आएसि यो गामै किन्नी पैसो कमाउन सक्नी भा लौ यसो अरओ । गएर जिम्माल लाई उजिन्डेमा खेत राखेर पैसो सापटी लेओ, त्याँसी फर्केर आएसी जिम्माल का जो घर खेत किनेर जिम्मालको उठीबास लाईदेओ" ।

एकै छिन पछि फेरि पुन्टे दाजी त खुसीले मुख उज्यालो पारेर भने, " साँच्ची हेर सिरे र लाले"
अनि फेरि गदगद हाँसे पुन्टे दाजी ।
अनि फेरि आँखा चिम्लेर भगवान सम्झँदै भने, " सत्त परमेस्वर, यो सिरे र लाले ले आँटेको पुगोस प्रभु, यो जिम्मालको भन्दा धेरै पैसा र धेरै सम्पति लेराएर यो जिम्मालको चईनी घरबारी किनेर राखुन यिनेरुले, म त कति खुसी हुन्थे नि प्रभू। हे देबी माई, ल मैले सिरे र लाले फर्केर आको दिन चईनी पन्चबली चईनी मुसाको बली सबै चढाम्ला " भन्दै एक रुपैयाको ढ्याक मकैको खोस्टामा धागोले बाँधेर तेसलाई अलिकति पानीले धोएर मेरो र लालेको टाउका वरिपरि घुमाम्दै "सत्त परमेस्वर" भन्दै फलाक्न थाले ।

त्याँसी पुन्टे दाजीले, " ल केटा हो, तिमेरु जानी पैसो चईनी चोरेर भा नि निकालम्ला, तिमेरुले आँटेको पुग्च, चईनी पुग्नै पर्च, तो जिम्मालका " भन्दै पन्च बलीको भाकल गरे ।

--------------------------------------------------------------------------------

बाँकी पछि फेरि बेलि बिस्तार लगाम्ला फुर्सदाँ । अब हामी जो फर्केर आईसकेम केरे अराब गाका मुन्छे । अब त क्यार्न लुकाम्न परो र हाम्रो कुरा कथा । कसैलाई यो हाम्रो कुरा थाहा छ भने चौपारीमा भन्दै अरे हुन्च, म आएर फेरि थपम्ला, साँचो कुरो भनम्ला । हिजाऽज तेत्ति फुर्सद छैन के अझै ।

Keep Rolling...
 
Posted on 01-01-07 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जेठानले नि पछिल्तिर बाटै म आको देखेछन, क्यारी चिनेका होलान गाँठे ।

जे भा नि, जेठान नि हुन, सँगी पुनि हुन, म आज भउतेका घर तिरै लागे ल । उतै गएर बात मार्न पर्ला ।

Keep Rolling...
 
Posted on 01-01-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाउँले हो
मजाओ कथा बुनेचन् shree 5 (नेपाली मा श्री ५ चाँइ लेख्नै मुन नलाउनि क्या) ले ता.........
राम्रो लाओ

Keep Rolling.....
 
Posted on 01-01-07 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-01-07 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-01-07 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है,Shree5 को कहाँनी बडो अच्छ लाग्यो ।
 
Posted on 01-01-07 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guys i m back here again :P
 
Posted on 01-01-07 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, तारेमाम है, म:म्: खाने भए, रहुल बुढा कहाँ आउनु क्या रे ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters