[Show all top banners]

newuser
Replies to this thread:

More by newuser
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 Chabi haraeko raat - Sajha Basibiyanlo

[Please view other pages to see the rest of the postings. Total posts: 74]
PAGE:   1 2 3 4 NEXT PAGE
[VIEWED 26240 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 04-26-05 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाबी हराएको रात
न्यूयुजर

अनिमेष ? मेरो मामाको छोरा । म भन्दा एक वर्ष कान्छो छ । गएको फागुनमा चौविस लाग्यो । नेपाल छँदा हामी निकै मिल्ने साथी थियौं, तर उसले मलाई दाई नै भन्छ। औधि विश्वास गर्छ , केहि लुकाउँदैन । दुई वर्ष भन्दा केहि अघि लगभग एकै बेला म अमेरिका आएँ, उ युरोपतिर गयो । लंडनमा छ, एउटा कलेजमा भर्ना भएको छ । दुई दिन कलेज जानुपर्छ, अर्को चार दिन काममा र वाँकि एक दिन हप्ताभरिको थकान मेट्ने, सरसफाई, भेटघाट, मनोरंजन इत्यादिको अवसर हो उसका लागि । '?दाई अहिलेलाई भिसा बढाउने मेसो मात्र हो तर पैसा जम्मा गरिरहेको छु , चाँडैनै युनि भर्ना हुन्छु ।' उसले मलाई टेलिफोनमा
दोहो-याइरहन्छ । वास्तवमा उसले मलाई नियमित रुपमा फोन गरिरहन्छ । 'तपाईंका लागि महिनाको पाँच पाउण्ड मात्र हो' ,मैले धेरै फोन गर्नुपर्दैन भन्दा उसले यहि जवाफ दिने गर्छ ।

पोहोर साल मौका संजोगले म लंडन गएको थिएँ । दुई दिन उसकहाँ नै बसें। उ एउटा अंग्रेजको फ्ल्याटमा विदेशीहरु संग बस्ने गर्छ । 'नेपालीहरुसंग किन नवसेको?' 'खै दाई, भने जस्तो साथीहरु पनि भेटिएन, अनि मलाई त यहिं आनन्द छ। फेरी नेपालीहरु सित बस्दा कानेखुशी सुन्नुपर्छ, पकाउने र सरसफाई गर्ने बेलामा किचकिच हुन्छ, वरु यहाँ नै हाइसन्चो छ।' उसले एकै शासमा वेलिविस्तार लगायो ।

म उसकोमा जाँदा उसले आफ्ना flat mate हरुसंग परिचय गरा?एको थियो । उसको कोठाको तल्लो तल्लामा एकजना ब्रिटिश केटा र उसकी अस्ट्रेलियन गर्लफ्रेण्ड वस्छन्। किचन, वाथरुम सवै तलै छन्। माथीको एउटा ठ्रलो कोठामा जमैकाकी एकजना अधवैंशे आइमाई वस्छिन्, बीचमा एउटा तरुनी केटीको कोठा छ र पल्लो छेउमा अनिमेषको चिटिक्कको सिंगल रुम छ । एकजनालाई हालिमुहाली, दुई जनालाई चाहिं अलि गाह्रो साह्रो । 'घरबेटिले सवै कोठामा चाहिने सरसामान जोडिदिएकाले हाम्रो फ्ल्याटमा लाउन्ज छैन दाई,' उसले मलाई सम्झाएको थियो ।

तलका जोडीहरु क्रिश र रविन खुबै रसिक थिए। जतिवेला पनि संगै हिंड्छन, किचनमा पनि थुतुनो जोडिरहन्छन अनि लाजै नमानी गंजी र कट्टु मात्र लगाएर भित्र वाहिर गरिदिन्छन्। मैले उसैबाट थाह पाएको कुरा हो यो । माथीकी अधवैंशे आइमाई पनि जाति नै छिन्। सवभन्दा बढि सरसफाई उनै गर्छिन्। क्रिशमश, नयाँ वर्षमा सबैका निम्ति उन्लेनै खाना पकाएकी थिइन् रे। एक्लै बसेपनि प्राय आइतवार एकजना क्यारेवियन समवयी आइरहन्छ उनको थलोमा र हप्तामा एक रात उनिहरु संगै विताइदिने गर्छन्। उनको नाम जेनिफर हो तर सवैले छोटकरीमा जेनि भनेर वोलाउने गर्छन्। घरबेटिले त झन बढो मायालु पारामा 'जेइनी' भनेर उनको नाम लिन्छन् रे, यो पनि अनिमेषले नै भनेको मलाई ।


 
Posted on 04-26-05 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनिमेषको सवभन्दा नजिककी छिमेकी तरुनी ट्रिनिडाडबाट आएकी हो । गोरे बाउ र काली आमाकी क्रस, ल्याटिनो जस्तै देखिन्छे। अलि मोटी भएपनि खंदिलो जिउ भएकीले राम्रीनै मान्नुपर्छ उसलाई, नत्र ठिकै भनेपनि फरक पर्दैन । त्यो फ्ल्याटमा सरेको दिन उसले परिचयको हात अगाडि बढाउँदै भनेकी थिई Hi, I am Jerilee. अनि अनिमेषले पनि Hello Jeri, I am Animesh भनेर हात मिलाएको थियो । उसको गंठिलो हातले कसक्क अठ्याउँदा अनिमेषलाई रमाइलो अनुभुति भयो रे, एक प्रकारको आशाको संचार भयो रे । भोलीपल्ट टलिफोन गरेर उसले आफ्नो मनमा गुम्सिएको तरंग ओकलेको थियो ।

जेरी अलि चालु केटी रहिछ । एकदिन एउटा केटालाई घरमा ल्याएर यो मेरो ब्वाईफ्रेण्ड भनेर चिनाई। त्यसको भोलिपल्ट दुईजना श्याम वर्णका भुस्तिघ्रेहरु आए । Meet my friends X and Y भनेर फेरि परिचय गराई । 'कस्ति रैछ गाँठे यो केटि त' अनिमेषलाई कस्तो सकसक लाग्यो, तैपनि मनमा रहेको एउटा आशाको त्यान्द्रो झुण्डिरह्यो रे।

एक हिसाबले त्यो फ्ल्याटमा अनिमेष एक्लो वृहस्पति जस्तै अनुभव गर्छ। किनकी सवैका आफ्ना जोडिहरु छन्, उ नितान्त एक्लो । घरिघरि नेपाल गएर बाजा वजाइहालौं जस्तो लाग्छ उसलाई। माइजुले पनि उसका लागि घरमा थुप्रै केटीहरुको प्रस्ताव आएको वताउनुभएको थियो मलाई। तर उसका अरु प्राथमिकताहरु महत्वपूर्ण छन्, आम नेपाली विद्यार्थीहरुका जस्तै । त्यसैले कहिले काहिं दमित आकांक्षाहरुले जलन उत्पन्न गराउँदा उसले त्यहि एउटा विकल्पको सहारा लिने गर्छ। एकान्त निराशाले राति निद्रा लाग्न दिएन भने उसले जुरुक्क उठेर तृष्णाको रापलाई शितल पार्ने बाटो रोज्छ । दन्केको आगोको ज्वाला चुलिएर छताछुल्ल वाहिर पोखिए पछि मन शान्त हुन्छ। एक प्रकारको गल्ति वोध हुन्छ र थकाई लाग्छ उसलाई । अनि त्यहि थकानसंगै मन्द सुस्केरा हालेर आनन्दसंग निदाइदिन्छ उ। यस्ता कुराहरु स्वभाविक नै हुन यो उमेरमा, कोही अभिव्यक्त गर्छन कसैले अव्यक्त हुन रुचाउँछन् , फरक त्यत्तिमात्र हो। जेहोस मान्छे असाध्यै भलाद्मी र इमान्दार हो । 'चौविस वर्ष पुग्दापनि मैले केहि नाप्न सकिन दाई' , लाज मिश्रित कम्पित स्वरमा उसले मलाई आफ्नो व्यग्रता सुनाउँदा मलाई काउकुति भन्दा बढि खित्का नै छुटेर आउँछ। उसका भनाइहरुमा विश्वास नगर्नुपर्ने कारण देख्दिन म।

९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९९

त्यो रात उसले एउटा डिभिडी हर्ने प्रयाश गर्दैथियो । नेपालबाट फर्केको साथीले हरिवंशको कमेडी हो भनेर एउटा कपि गरिएको डिभिडी थमाइदिएको थियो उसलाई दिउसो । डिनर सकेर दश वजेतिर उसले त्यो डिभिडी हेर्न कोशिश गयो । आवाज मात्र आउँछ, रातो पर्दा मात्र देखिन्छ वा। नेपाली केटा केटीहरु जिस्किएर, छिल्लिएर बोलेको मात्र सुनिन्छ, दृश्य केहि देखिन्न। सिडिको वार्तालाप सुनेपछि अनिमेषले लख काट्यो - हत्तेरिका! नितेशले कमेडी भनेर यस्तो पो भिडाएछ । तै ठिकै छ, उसले भिडियो हेर्ने दर्जनौ प्रयाश ग-यो तर आवाज सिवाए केहि आउँदैन। ह्याSSSS भनेर उसले त्यसलाई मिल्काइदियो र पहिले पनि कहिलेकाहिं खोल्ने गरेको URL टाइप ग-यो www._ _ _ _ .com. अनि आफ्नै उदेक लाग्दो संसारमा उ रमाउन थाल्यो।

ढोकाको लक लागेको सुनिश्चित गरेर अनिमेष इन्टरनेटको एउटा मन वहलाउने दुनियामा रुमल्लिदै थियो, दुई परिचित महिला आवाजहरुले उसको एकाग्रता भंग भयो । उ झस्क्यो र आइमाईहरु गुनगुन गरिरहेको, हाँसिरहेको सुनेर सावधान भयो । 'छि यिनिहरुले थाह पाइरहेका छन् क्याहो' भनेर उसले झटपट मिडिया प्लेयर वन्द गरिदियो र कानमा जोडेको हेडसेट पनि फुकालिदियो । महिला आवाजको कोलाहल झन झन बढ्न थालेपछि उसले कम्प्युटर नै वन्द गरिदियो । अनि आफ्नो ट्राउजरलाई सपक्क मिलाएर सामुन्नेको ऐनामा आफूलाई परिक्षण
ग-यो। सबै ठिक छ। कान अलि रातो देखिए पनि कसैले शंका गरिहाल्ने छाँटकाँट छैन, गरेको पनि के नै हो र ? उ विश्वस्त भयो र ढोका खोल्न अघि बढ्यो ।

बाहिर Hallway मा जेरी र जेनी, जेरीको कोठाको ढोका खोल्न प्रयाश गरिरहेका थिए । बिचरी जेनीले चाबी भित्रै छुटाइछ र ढोकाको लक अटमिटिक लाग्न पुगेछ। कहिलेकाहिँ धोका दिन्छन् फ्ल्याटका ढोकाहरुले , त्यसैले अनिमेषले दुइटा चाबी बनाएको छ। एउटा आफ्नो साथमा र अर्को एक्सट्रा तल किचनको क्याबिनेटमा राख्?नेगर्छ उसले । तर जेरीले नक्कल बनाउन भ्याएकी रहिनछ । अनि एउटा अंकुशे तार जस्तो लिएर ढोका खोल्न बल गरिरहेका रहेछन् - दुई जनाले अघिनै देखि। अब चाहिं अनिमेष ढुक्क भयो तर ढोका नखुलेर उत्पन्न समस्या ज्यूँ का त्यूँ थियो । आसन्न संकट एउटा समस्या हो कि अवसर हो भन्ने विचार अनायाश उसको दिमागमा आएपछि उसले एकछिन गम खायो र दुइजनाको कुरा ध्यानपुर्वक सुन्न थाल्यो ।

क्रमश:


 
Posted on 04-26-05 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Newuser,

Exceptionally well narated story in nepali.. I bow my head to u for ur excellent nepali and english writing style.. BTW How do u guys get time to wite all these huh? As u mentioned earlier, you are a student and should have several obligations...Sometimes i feel ..being a Docotoral studnet and not having finacial and family obligations and even not having time restriction (i make my own schedule, ofcourse most of the time i have to spend several hours in the lab, in the saminars and the lab meeting but still i think i should have some hours for creative witing) why don't I start writing...shame on me...
Any way u keep it up...Good Luck..

Nut

 
Posted on 04-26-05 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहहाहाहा
अनिमेषलाई पो दोष।
मलाई भने औषधी पसलमा टाउको दुख्या औषधी किन्न जाँदा दोष लाम्नी ... ... ... अ रे!
जे होस् । जाओस् अरु नि। जाँगर चल्या छ भाइको।
 
Posted on 04-26-05 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maakasaam yaar, kta haru pani, kt dekhne bittikai k k harauni k k ???????????

Kun din kta haru aafai harauchan ?????????

Damiz cha newuser broda. Nice work keep it up.

 
Posted on 04-26-05 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.......त्यसैले कहिले काहिं दमित आकांक्षाहरुले जलन उत्पन्न गराउँदा उसले त्यहि एउटा विकल्पको सहारा लिने गर्छ। एकान्त निराशाले राति निद्रा लाग्न दिएन भने उसले जुरुक्क उठेर तृष्णाको रापलाई शितल पार्ने बाटो रोज्छ । दन्केको आगोको ज्वाला चुलिएर छताछुल्ल वाहिर पोखिए पछि मन शान्त हुन्छ। एक प्रकारको गल्ति वोध हुन्छ र थकाई लाग्छ उसलाई । अनि त्यहि थकानसंगै मन्द सुस्केरा हालेर आनन्दसंग निदाइदिन्छ उ। ..........>>>>>>>>>

म मात्रै हो कि भनेको, सबैको ताल त्यहि रे'छ, बल्ल अलि सन्तोष भो.............. :)

-सरु
 
Posted on 04-26-05 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Nut brother. I am flattered and really encouraged from your kind words. Yeh, I am a student, junior to you with a handful of obligations including to my family. But this sajha has given me the platform to write my feelings and I am making a good use of it for the time being. I am little bit lucky that I can write for sajha and do my job simultaneously at my office.
I have made an unpopular image in sajha because of my political writing. But that is not because of my affiliation with politics but because of my love for democracy. Without 2046, there would never have been an oppurtunity for me to come along this far. So I 'waste ' my time for the unwanted thing and receive loads of bashing. K garne garib lai garib ko maya lagchha bhanne ukhan chha ni. I will carry on with my convictions. And encouragement from people like you will help me in my endeavours. (sorry I got emotional, he he)

दादालाई नमस्कार,
यो कथ।लाई यौन मनोविज्ञानमा अ।धारित गर।उन खोज्?याके ॥ तैपनि
हेर्दैज।नु न के हुन्छ अर्को भ।गम। । बरु अब फेरी लेख्?न कहिले फुर्सद पाइने
हो कुन्?नी ।
यो अनिमेषको मात्र नभै धेरै नेपाली युवायुवतिहरूको कुण्?ठाको कथा हुनसक्?छ भन्?ने
मेरो अनुमान हो । प्रतिकृया चाहिं अलि निराशाजनक लाग्?यो संख्?यात्?मक हिसावले । प्रस्?तुति कमजोर भएर हो कि साथीभाइ लजाएर हो थाह भएन I

Thanks to Harke dai and Sarubhakta as well. My effort is to portray a picture of sexual frustration amongst Nepalese youth rather than writing an erotic story. Let's see if I can be successful in the end.


 
Posted on 04-26-05 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awesome story newuser....mantra mughda bhaiyo....
 
Posted on 04-26-05 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have made an unpopular image in sajha because of my political writing. >>> >>>For me you have been always a good writer......keep it up

My effort is to portray a picture of sexual frustration amongst Nepalese youth rather than writing an erotic story.>>>> >> all the best...hope you portray well what u intend to portray...the flow of the story is nice ...keep going !!!


 
Posted on 04-26-05 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ प्रयोगकर्ता बुरो

कथा लम्बर १ छ, शंकै छैन। मैले अनिमेषको ताल पो मेरै जस्तो रे'छ भुन्या त, अनर्थ लाग्यो कि क्या हो? "दादा- छन्द" मा भाको भा मैले बिच मा छुस छुस गर्दिन्थेँ। यहाँ त आँटै आएन बा। यो छन्द मलाई अलि आम्दैन क्या।

-सरु
 
Posted on 04-26-05 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यु युजर जी,

चाबी त मेरो पनि हराउँछ हो, धेरै पटक । कहिले काँहा छोड्छु कहिले काहा ! तर पनि केहि....


>>>I have made an unpopular image in sajha because of my political writing.

I am not sure about the voices of majority of the people here in Sajha. But, I know you by your political writings than these other stuffs even though you are great in every aspect. Your open letter to Prachanda was simply the great !!!







 
Posted on 04-26-05 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good one. Beautiful usage of language. I wish I could speak/write Nepali like that.
 
Posted on 04-27-05 6:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks John. Ma pani furukka bhaye. Kritagyata takryauchhu.

There was this lovely quote in another thread called 'Siddhartha' that I want to insert here-apraasangik bhaepani.I was just enlightened.
"Your soul is the whole world"

Sarubhakta ji , Kei anartha lageko chhaina yar. Ma Sarubhakta II ko teti nai fan ho jati Sarubhakta I ko. Baru tapai kina and kasari Sarubhakta bannu bhayo athawa tapaiki Saru kasti thiinn/hunuhunthyo bhanne britanta padhna pau ek din. Best of luck for your exams and dissertation.

Many thanks to Ardent, OK and Chatmandude for your comments.
 
Posted on 04-27-05 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tapaiki Saru kasti thiinn/hunuhunthyo bhanne britanta padhna pau ek din >>>>>>>>>>>>>>>

न्यु युजर जी

.......आउनेछ, त्यो अबस्य आउनेछ,
त्यो आगो को ज्वाला भएर आउनेछ,
त्यो रक्सिको प्याला भएर आउनेछ,
प्रतिक्षा मात्र गर्नुस,
मात्र प्रतिक्षा,
केवल प्रतिक्षा......
केवल......
.......

रे क्या, ( गफ हान्या नि, फेरि पत्याउनुहोला)

-सरु

 
Posted on 04-27-05 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.......Best of luck for your exams and dissertation...........>>>>>>>>>>

धेरै धन्यबाद है, न्यु युजर जी।

-सरु
 
Posted on 04-27-05 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Love your writing Newuser.
 
Posted on 04-27-05 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

new user,

loved reading it...waiting for some more....


 
Posted on 04-27-05 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यू युजर जी , निकै राम्रो छ सुरुबात ,
nice narration, waiting for more keep it up
 
Posted on 04-27-05 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aba yo kramasha lai ni ali para thelna paryo..chabi paiyo bhaney ta pheri katha sakkigo ni..mun diyera nakhojam hai chabi saabi...

good narration
 
Posted on 04-28-05 6:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ाहिलेनै मध्?यान्?तर???हैन साच्?चै कति रिलको छ हँ यो फीलीम्?????
राम्?रो छ न्?यु युजर जी तपािको कथा तर ाघी लाग्?नी कैले हो???

 



PAGE:   1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
whats wrong living with your parents ?
Now Trump is a convicted criminal .
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters