हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
मेरो चै खासै अभाबमा बाल्यकाल बितेको हैन , फूटबल खेल्थे टोले हरु सँग सानोमा , पछी क्रीकेट खेलियो , हुन त साथी हरु सँग रङसाला गएर स्विम्मिङ पनि नखेलेको त हैन , खेल्न चै खुब खेलियो , तर के भने नि पोख्त चै केही मा हुन सकिएन ।। खै किन हो कुनी ओलम्पिक्को "चार्म" हरार गयो , खाली त्यो पदक तालिका चै बि बि सि न्युज बाट अपडेट गरियो दिन दिनै ।। शायद यो वोर्ल्ड कप एुरो कप हरुले गर्दा होला ओलम्पिक हेर्न तेती जागर चलेन मलाई चै ।।
तारेमाम फुच्चे , कहाँ फरार हुनु नि यतै चौतारीमा करार मा छु नि। फरार हुने मौका मिले पो ? ( मौका मिले नि जान सकिन्न यो चौतारीको नशा)। बिस्ट्या छोरो ले नि जन्मिदै चौतारी हेरे रे।
अलिकती रि-सोच लाई पनि ट्याम दिनु पर्यो, नत्र खैर्या सन्तान (शैतान) असत्ती प्रोफेसर ले के खान बस्न दिनु।
कठै दिउसो भुजा जिउनार गर्न पाये यो हर्के कती खुशी हुँदो हो है , मैले आज गोह्रुको मासु पाउरोटीमा चेपेर खाएको पसल्मा गएर ।। रिठ्ठे तिमीले के खाएउ आज , म म खाए चै नभन है फेरी ।। अनी अरु जम्मै खाएर , पचाउन हिंड्न निस्के कि के हो कोइनी छैनन ताअाअाअाअाअा ।
चिलिम ब्रेक जानै लाग्या थिएं, रिट्ठे याद आयो। रिट्ठे संगै उनको घँटी मा इन्फेकशन याद आयो। इन्फेकशन संगै घाँटी दु:खाइ याद आयो। तातो पानी ( नून हालेर ) सुन को चम्चा ले चलाएर बकुल्ला ले झै कुल्ला गर्नु पर्छ, १ दिन २ रात मा काम तमाम हुन्छ। -डाक्टर ठुलदाइ।
ओए रिठ्ठे सान, खोजेको हो? के छ त तिम्रो घाँटिको खबर? हैन ए हर्के भाई, तिमी त सुङुर बाट उकालो लाएर अर्कै जाती पनि टन्न खाँदा रहेछौ, नाम सुन्दै वाक्क आऊला जस्तो भयो ए ठुल्दाइ, तारेमाम !!
रिठ्ठे लाई घाटी दुख्यो रे दुई क्यान चिसो खाउ च्वाटै हुन्छ , छैन भने नेपालको "यजिथ्रोमाइसिन" भन्ने गोली दिन्को एक चोटि तीन दिन सम्म खाउ निको हुन्छ । हो कहिले कहिले गोह्रु सोह्रु नि हसुरिन्छ पर्बते दाई , श्वासथको लागि चै बूङूर भन्दा गोह्रु राम्रो हो है कि कसो ।।
उफ्री नानी लाई मेरो नमस्कार ।। म त हेरन तिम्री काकीले मिठो मिठो खुवएर पुरी फुले झै फुले ।। मत मोटाये , तिमी किन तेस्तारी दुब्लाकी ? भुन्टिले दु:ख दिन थालिकी कि खानै छोडियो , खानु पर्छ बा नत्र रोगी भयिन्छ नि ।। लु मैले त माथि नाच्ने गीत राखी सके , तिमी लगाउत एउटा नाच्ने गीत , तिम्री काकी सँग कम्मर हल्लाउनु परो एक छीन ।। खै मोटो भएसी एस्सै बुडो देखिने रैछ हेरन के भा हो ? तिमी त के हो दिन प्रती दिन राम्री राम्री धपक्क बलेकी देखिन्छौ , के खान्छौ ह ।। मेरो भात तरकारी पाकी सक्यो अब एक छीन मा खाने , तिम्रो के छ खानाको स्थिथी ।।
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.