[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "ईन्द्रेणी"

[Please view other pages to see the rest of the postings. Total posts: 187]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 125709 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 10-11-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ईन्द्रेणी"

 

मान्छे जाडोमा मधेस तिर जान्छन उ चै मधेसबाट काठमाडौ आउने भई छ।

खुसीको कुरा के भने नी निशा आउने पक्का भो अरे। जय होस। आउली भन्ने आश अनि नआउली भन्ने त्रासमा अल्झेर भनेको बेहाल जस्तै भै सक्या थ्यो आफ्नो। उ आउने रे भनेसी फोटो खोजी खोजी हेरें -- बुलेट थिई नी उ, नारन!

 

निशा मेरी काकीकि बैनी। उ सँग मेरो भेटघाट भा थेन। आफु काकाको बे मा जान पाईएन -- म मात्रै के धेरै जान पाएनन -- पाएनन भन्दा पनि भ्याएनन भनम न। काकाले तिब्र बे गरे के -- त्यस्तै भो -- मधेस पुग्या थे उडेर -- काकिको पानबुट्टेको माथ्लो पेचाँ परेर चेट भएछन।

 

निशा आउने खुसीमा एक सुरले खुसी हुन नी पिसाचले दि रा थेन। को पिसाच रे? तेई बाङ्गे, अरु को हुनु?

 

ठिटी त आउने भै तर बाङ्गेलाई के गरी पन्छाउनु? मुस्किल थ्यो। आफ्नो पक्का साथी भनेकै फेरी उही। भर्सेलामा परोस अघोरी भन्न पनि भएन। उस्ले चैन सँग मलाई केही गर्न देला भन्ने चैं आशै थिएन। एका तिर निशा -- आहा! कस्ती नसालु होली जस्तो लाग्थ्यो -- अर्को तिर बाङ्गे बज्या बिसालु जस्तो थ्यो।

 

आज उ आउने दिन। अहिले सम्म मैले बाङ्गेलाई ठीटी आउने कुरै गर्या छैन। हुने बेलामा अनेक हुने --निशालाई मेरै छेउको कोठा दिन ला थे। मलाई त अर्को चिठ्ठा पर्या थ्यो। यो पल्लो कोठामा निशा सुत्छे रे भन्ने दिमागमा आएर हिँजो राती मात्रै ३ चोटी निन्द्रा बिच्कियो।

 

अँ साच्ची, उस्लाई गए रात सपनामा पनि देखें। पैले पैले अमेरीका आउनु अघि मैले एक दुई चोटी न्युयोर्क पनि देख्या थेँ सपनामा। सपनामा न्युयोर्क पुग्या हुन्थें फेरी यता उती हेर्यो उनै चिन्या मान्छे --तिनै हाँडीगाँउका पाटी देख्थें--कैले न्युरोड देख्थें न्युयोर्कमा, कैले बाटो चै न्युयोर्कको रे बार्दलीमा खुर्सानी सुकाका घरहरु चैं हाँडीगाँउकै देख्थें। तेई तालमा मैले निशालाई देख्या थें गए रात सपनामा -- तरुनी देख्थेँ -- अनुहार देख्दैनथें।

 

हवाईजाहाजबाट आउने भाकी थि उ आज। काका काकी लिन जाने भाका थे। म पनि जान्छु बिमानस्थल भन्या भात खाई सक्दा नसक्दै बाङ्गे आइपुग्यो। एक छिन बसे कुरो थाह पाउला भनेर हतार हतार उ सँग निस्कें बाहीर।

 

उस्लाई बोकेर जहाज १ बजे तिर आउने हो क्यार -- मैले १२ बजे सम्म जसरी भए पनि बाङ्गे भुत मन्छाई सक्नु पर्थ्यो।

 

"के भो हँ तँलाई आज?" बाङ्गेले सोध्यो सत्तेनारन थान पछाडी चुरोटको ध्वाँ सँगै। मेरो मन उडेको देखेछ कि ठानेँ।

 

"टाउको दुखी रा छ।" भन्दें।  त्यसकै निहुँ पारेर छडकिन्छु एक छिनमा भन्ने लाग्यो।

 

"हिँजोको तेत्तीले दुख्यो त टाउको?" बाङ्गेलाई अचम्म लागेछ।

 

"ट्वाँटले दुख्या हैन।" भनेँ।

 

"के ले त?" सोध्दै उस्ले कुरो झिक्यो --"हिन माहाँकाल थान जाम-- हिँजोकी केटी कौसीमा आईहाल्छे कि?"

 

"लागी रा छ" मैले अलि झर्केर भनेँ। कस्लाई के धुन कस्लाई के धुन।

 

"आफुलाई टाउको दुखीरा बेलाँ ---" सुनाएँ।

 

एक मनले भन्दिम कि बाङ्गेलाई निशा आउने कुरा जस्तो लाग्यो फेरी जानी जानी दशा के बोलाउनु जस्तो पनि लाग्यो।

 

यता र उताको कुरा गरीयो। धेरै नाटक पनि गर्न हुन्न थ्यो। बाङ्गे संधिग्द हुन सक्थ्यो। घाघ थ्यो पातकी।

 

बल्ल बल्ल पौने बारह् बजे तिर "ल म लाँगे घर तिर --औसधी खाएर एक छिन सुते पछे ठिक हुन्छ -- अनि जाम्ला माहाँकाल तिर" भन्दै उठेँ।

 

"कति बजे तिर आउँ त म? दुई बजे तिर?" सोध्यो उस्ले।

 

उ त आज म कहाँ आउनै हुन्न्थ्यो। तेसैले भनेँ "ठिक भए पछी मै आउँछु तँ काँ।"

तँ घरी घरी आउँदा बा रिसाउलान फेरी"।

 

सरसोतीथान सम्म सँगै आएर म छुट्टीएँ। मनमा अलिकति खल्लो लाग्यो साथिलाई तेसरी अलमलाएको मा। थाह त उस्ले जसरी पनि पाई हाल्थ्यो। खाली एक दुई दिन आफ्नो सुरमा मियों गाडेर दाईँ गर्न थाल्न पा मेसो बस्थ्यो की भन्ने आश। के गर्नु।

 

छीटछीटो घर तिर लागेँ ----

       

लाग्न त लागेँ तर बाङ्गेको छायाँ परीसकेछ। काका र काकी त हुईँकि सकेछन। बिच्छुक लाग्यो की भनेर दिक्क लाग्यो। एअरपोर्टबाट आउँदा ट्याक्सीमा काका अगाडी गुरुजी सँग बसी हाल्छन -- पछाडी म अनि दिदी बैनी (काकी र निशा के)। उनिहरु त सँगै बस्नै पर्यो गफ गर्न -- एका तिर काकी अर्को तिर म--बिचाँ निशा--सम्झिदौ ज्वरो आउला जस्तो भन्या --अनि झोल्ठिङ र भद्रगोल ट्राफिक भा बाटा तिनै हुन निशा सँगै लेपास्सिन नपाए नी झाक्क झुक्क घच्च पर्या बेलाँ गती परम्ला भन्या --तुषारापात भो।

 

 

जे होस -- काका पछाडी बसेर मलाई गुरुजी सँग नराख्लान भन्ने के थ्यो? ल भैगो काका नै बसे रे अगाडी तर पछाडी निशा एका तिर म अर्को तिर --काकी बिचाँ बस्थीन अनि भेटथिस झाक्क झुक्क भनेर सम्झाएँ मन, अनि अलि मत्थर भो पिडा।

 

कति बेला आउँलान भनेर बिनिसित्ती खटपट भै रह्यो। जुन मोटर आए नी आए कि भनेर हेर्यो के को। कसैले बोले पनि रिस उठ्न थाल्यो यत्तिकै। साँच्चिकै टाउको दुख्ला जस्तो पो भो।

 

२ बजि सक्यो आएनन। २:३० भो अझै आईपुगेनन। मेरो मन बत्तिन थाल्यो। अब म तुरुन्तै बाङ्गेकाँ नपुगे उ कुनै पनि बेला आईपुग्न सक्थ्यो म कहाँ। यता बैभव आउने र उता भैरव आउने बेला एउटै पर्यो भने? बरबाद हुन्थ्यो।

 

सोचेँ -- अब उनिहरु आईहाले पनि मैले उही दर्शन सम्म गर्ने हो। उस्को मुस्कान सम्मको केही प्रसाद पाउने हो धेरै भए। त्यो त ढिलो चाँडो मैरै हो, सम्झाँए आफैलाई। अब काकीले बल्ल बल्ल भेट भाको बैनी सँग आफ्नो माईती र उताका आफन्तको कुरा गर्न छोडेर जा दीप सँग भन्छिन कि भन्ने आश गर्न त भएन नी।

 

बरु बाङ्गे आउनु अघि नै उस्काँ पुग्दे कल्याण हुन्थ्यो आफ्नो। पुगेँ बत्तेर पातकी कहाँ।

 

नभन्दै उ मै कहाँ आउन ठिक परीसक्या रे छ। उस्ले सोध्नु अघि नै टाउको ठिक भो भन्दै थपेँ "ल हिन माहाँकाल तिर जाम "।

 

उ दङ्ग पर्यो। हिँजो चाबेल गणेशथान गैया थ्यो। अनि त्याँ चोकाँ ठीटी निरिक्षणमा लाग्दा हुँदी एउटी सुन्दरी अरु दुईटी केई न कामकी सँग चुच्चेपाटी तिर लागी। फुर्सदै फुर्सद हाम्रो लागिम पछि। जो राम्री उसैमा मन बस्ने नै भो।  "त्यो राम्री चैं मेरी" बाङ्गेले पैले नै भन्यो "बच्छि मबिया" तालमा।

 

झनक्क रिस उठ्यो मलाई। त्यै झोंकमा भनें "म चैं उसो भए के खान पछी लाग्नी त?" त्यो सुन्दरीका पार्श्वबर्तीहरु ठिकै सम्म भए नी लौ भन्नु -- मैले बनाको चित्र जस्ता थिए ती -- मैले घोडा बनाउँदा स्याल जस्तो देखिन्थ्यो -- अब तेस्ताको पछी लागेर खत्तम भएन?

 

बाङ्गेले "मेरो लागि हिन न -- साथिको लागि त ज्यान पनि दिनु पर्छ बुझिस!--एउटा केटी छोडन सक्तैनस?" भन्यो।

 

 

साँझ साँझ पर्न लाथ्यो माहाँकाल तिर लाग्दा -- अलिकति दुरी राखेर पछ्याउँदै थिम के पर्छ पर्छ भनेर। यत्तिकैमा एउटा खैरे साईकलमा हुरुरु आएर हाम्रो अघि रोकियो र नक्सा झिक्यो। के भन्न लायो यस्ले भनेर हाम्ले नी नक्सा तिर हेरीम। "बौध जाने कताट?" भन्छ खैरे त। तेसलाई बौध तिर देखाई देखाई बाटो बताई दिएम-- के कति बुझ्यो कुन्नी-----उ त बाटो लाग्यो यता पछी लाग्या ठीटीहरु हराए। अब भो की? ---

 

 अब साँझ पर्न लाईसक्यो -- केटीहरु कता गए कता ---छिटछिटो पल्याक र पुलक गर्दै अघि लागिम -- डर पनि थ्यो -- कतै घर पुगी होरी हाम्रो दनकको बन्दोबस्त गरी सके की न? --

 

"उ तेई हो हो--" बाङ्गेले अलि अघि फटाफट हिन्दै गरेकी केटी देखायो।

 

"त्यो त एक्लै छे त " मलाई हैन की जस्तै लाग्यो।

 

"एक्लै छे र त पछि लाग्या त -- अर्कैको पोते झुन्ड्याई सक्याहरु को त के पछी लागि भो र?"भन्दै मारोगी जान्ने पल्टियो।

 

"हाम्ले खोज्या केटी त्यो हैन होला --" मलाई अझै बिस्वास लागेन।

"हो हो" उस्ले हो हो भन्यो।

 

नभए नी बाङ्गेलाइ त के फरक पर्थ्यो र? तरुनीको पछी लाग्या हो -- अगाडी पनि एउटी तरुनी नै थिई -- अघि पछ्याउँदै गर्या नभए पनि के?

 

"तेस्का साथी केटीहरु खै त?" मैले सोधें।

 

"मलाई नसोध न -- के था पाउनु? लस्के होलान नी घर तिर -- बरु छिटछिटो हिन -- फेरी यो हराउली"

 

ठीटी फटा फट हिन्दै थी --यस्सो पछाडी तिर पनि हेर्थी हामी तिर --- हामी पनि बढ्दै थिम -- हेर्दा हेर्दै एउटा कालो ढोका खोलेर ठीटी भित्र छिरी -- हाम्रो काम सकियो।

 

अब अहिले तेई घर तिर जांदै थिम बाङ्गे र म। हिंजो मलाई नी तेई केटी चाहिया थ्यो। आज थेन।

 

"तेरो ससुराली आउन लायो" मैले बाङ्गेलाई दम दिएँ। मक्ख पर्यो।

 

"म तँ जस्तो हैन बुझिस -- तैले "मेरो" भनी सके पछी तेस्मा मण्डली हाल्ने" मैले थपें। यो थपेको चैं मैले मेरो बचाउको लागि थ्यो। निशालाई पनि बाङ्गेले गिद्दे नजर दिने पक्का थ्यो -- तेसैले कुरो उठाको।

 

"ल ल म पनि नहालुँला मण्डली" -- बाङ्गेले मैले जे सुन्न खोज्या तेई भन्यो।

 

यही माँहाकालकी ठीटी सँग जसरी भए पनि बाँगे अल्झे हुन्थ्यो भन्ने लाग्यो मलाई। निशा अनि त एकलौटी हुन्थी मेरी।

 

त्याँ बाटा हुँदी कती मडारिनु -- तरुनी कौसीमा आकै हैन -- आफुलाई घर बेलैमा आउनु थ्यो --

 

"खै छैन जस्तो छ घराँ ठीटी -- हिन फर्किम" मैले भनें।

 

"एक चोटी नहेरी त मरे जान्न" भन्न थाल्यो उ त।

 

च्या र चुरोट कति तान्नु? च्या तान्यो अनि चुरोट तान्न चैं त्यो मोड तिर जाने गर्या थ्यो -- के था चुरोट उडाको ठीटीलाई राम्रो नलाग्ने रे छ भनें? बेलैमा बिचार पुर्याउनु पर्यो नी।

 

बल्ल बल्ल आई ठीटी कौसीमा। "ए बाङ्गे आई आई" सुनाएँ। मलाई चैं हिजो पछ्याको तेस्लाई हैन भन्ने लाग्यो तर केही भनिन। बाङ्गे खुसी भो। ठीटी सँग धेरै चोटी आँखा जुधे। एकै छिनमा अर्को को लाट्ठे पनि आयो कौसीमा -- ठीटी र लाट्ठेले के के कुरा गरे कुन्नी -- हामी तिर पनि हेरी -- लक्षण बिग्रेको हो की जस्तो लाग्यो। ठीटी पनि हराई लाट्ठे पनि हरायो कौसीबाट।

 

हामी पनि हराईम।

 

"आजको मात्रा पुग्यो बुझिस -- उस्ले थाह पाई नी अब --अब सुरु हुन्छ" बाङ्गेले सुनायो बाटोमा।

 

खै के थाह पाई कुन्नी -- पैला सुरु त उस्को दावेदार को तेई था छैन त्यो केटीलाई --  त्यै पनि भनें "हो हो -- अब था पाई -- आज हेर्न त्यो केटी पनि सुत्न सक्दिन तेती सजिलै -- तैले हरिप लुक्स दिईस यार -- बिर्सिन्न अब -- भोली पनि आउनु पर्छ" मैले उकासेँ।

 

बाङ्गे फुरुङ्ग भो -- केही खाम भन्थ्यो उ मैले भैगो भनें। ट्वाँट लाउने चानसै थे न निशालाई भेटन जानु थ्यो -- भात खान बेलैमा पुगेर कुरा सुरु गर्नुथ्यो आफ्नो।

 

उ छक्क पर्यो मैले भैगो भन्दा -- तेस्तो हत्तपत्त हुँदैनथ्यो।

 

"आज घर अलि छिटो जानु छ -- भनें।

 

"किन?" भन्छ उ फेरी।

 

घराँ मान्छे आउने कुरा भनम "को?" भनेर सोधी हाल्थ्यो -- अनि त यता र उताको कुरा गर्न थालेसी सबै उध्रिन थाल्थ्यो ध्वार ध्वार -- तेसैले भनें "बा रिसाईराछन के यत्तिकै -- तेई भएर दिउँसो तँलाई मैले म कहाँ नआईज भन्या हैन?"

 

लागिम घर तिर -- मनले निशा निशा घोक्दै थ्यो। .....

 

घर फर्किदा बाङ्गे बज्याको घर हुँदै फर्केम -- मेरो घर भएर फर्किदा त के ठेगान छिर्यो भने? धन्न उस्को घर बाहीर तेस्को बाउ उभिरा रेछन -- केही भन्नै परेन -- बाङ्गे लुरु लुरु भित्र लाग्यो म पनि घोसे मुन्टो लाएर सुरु सुरु चल्दें।

 

आफनै घर नजिक आउँदा धडकन एक्कासी चम्किए।

 

घर भित्र आएँ आफनै घरमा अलमलिए जस्तो भो। कता जाम कता। भान्छामा काकी हाँसे जस्तो लाग्यो तेतै लागेँ।

 

भान्छामा पुग्नासाथै निशा र मेरा आँखा जुधे। मनले ट्याम्को त यसै बजाउदै थ्यो -- दमाहा पनि ठोक्यो। आमा, काकी र उ रहेछन त्याँ।

 

"आज त बैलैमा सवारी भए छ नी" काकीले म तिर हेर्दै हाँसेर भनीन।

 

 

"यो मेरो छोरा, दीप" -- आमाले चिनाईन। फेरी उस्को मेरो हेरा हेर भो दमहा र ट्याम्को बजाउँदै गर्या मनले झ्याम्टा पनि थप्यो।

 

"यो मेरी बैनी, निशा" काकिले चिनाईन। उ मुसुक्क हाँसी।

 

मनले नर्सिङ्गा पनि फुक्यो।

 

निशाको अनुहार आगो अघि उभिए जस्तो उज्यालो -- ज्यान सुन्दरताको परिभाषाले समेटन हम्मे पर्ला जस्तो मनमोहक -- दुलहीको घुम्टो जस्ता आँखा आहा! उठाउँदा रहरमा रहरै घाईते होला जस्तो -- जसै उस्ले ति नयन जसको बर्षातमा म निथ्रुक्कै थिएँ म माथि बाट हटाई मनले हठात सनाईं बजायो।

 

"भात खाने बेला भो?" मैले सोधें।

"एक छिनमा" काकिले भनीन।

पुलुक्क म तिर हेरेर उ मुसुक्क हाँसी। म टिक्न सकिन। हिंडे।

 

कोठामा आएर ड्याङ्ग लडें। हे भगबान, अब के हुने हो --- मनमा कुरा आयो। घरमै यस्ती रहरलाई मात दिने तरुनी आई -- अन्त अन्त एक मुस्कान भेट्न कस्तो गार्हो यहाँ त सुरुमै दुईटा पाईयो -- केही त हुन्छ अब भन्ने भो।

 

एक छिन कल्पना सागरमा उठेका लहरहरु संगै खेल्दै यसै ढल्की रहें।

 

"खाना तयार भो" निशाले ढोका बाहीरै बाट भनी।

 

एक्कै चोटी जर्याक जुरुक उठें।

"किन आत्तेको?" उस्ले सोधी -- फेरी तेई मुस्कान। हरे!

 

म सँग जबाफ थिएन। उस्का आँखामा अनौठो चमक थ्यो।

 

उस्लाई जैले हेर्दा पनि मुस्काउँछे बा। काकीले भा नभाको कुरा सुनाईसकिन की के हो जस्तो पनि लाग्यो। आफु यता एउटा सुरा दङ्ग पर्यो तरुनी अर्कै सुरमा मेरो दङ्ग भङ्ग गर्न तिर लाग्या हो की? खै के हो के हो नी।

 

भात खाई सकेर कोठा तिर लागें। एउटा धुलो लाग्या फिजिक्सको किताब थ्यो काकाले कुन चैं लाईबेरीबाट के गर्नलाई चोरेर ल्या हुन कुन्नी तेई किताब पल्टाएँ। उ आउली र क्या घगडान किताब पढ्दो रे छ भन्ली भन्या आउँदै आईन। चाल बुझ्या टिभि तिर पो लागी छ। म पनि लाग्नै पर्यो, के गर्ने?

 

भुसुक्कै धाराबाहिक हेर्दी रैछे -- जम्मै चिनेकी कुन चै सासु कुन चै बुहारी --कुन असल कुन खत्तम--- आफुलाई अत्तो पत्तो छैन। कैलेई आफु नहेर्ने ति सिरियल अब तरुनी आई रे भन्दैमा उ आकै दिन देखी हेर्न नी भएन। नियतमा संका  गर्लान भन्ने डर। मुस्किल पर्यो। खुरुक्क फर्कें -- हेरीन उस्लाई पनि। सोझो पनि त हुनु पर्यो।

 

कोठामा फिर्ता आएँ र परालको आगो पढन थालें। मन भने गौथलीमै थ्यो।

 

धाराबाहीक हेरे पछी उ सुत्न भनेर काकी सँगै आई मलाई कोठामा पुलुक्क हेरी --  मुस्कान सुस्कान् थेन यस पटक -- खल्लो भै गो -- -- म सँगैको कोठामा सुन्तु पर्ने उ -- त्यै कुराले आफ्नो निन्द्रा बिच्केको-- अझ उ त ऐले आएर त्याँ सुत्दिन भन्छे बा!

 

किन भडकी भन्ने पिर लाग्न थाल्यो।  ----

 

पछि खै के के भनीन कुन्नी काकिले सुन्न खोजेर पनि बुझिन तर काकी एक्लै माथि तिर लाग्या देखें। भने पछी सुत्ने भैछ पल्लो कोठामा। नखरै धेर। एउटा मनमा यसो बिचार आयो पुजाकोठामा भैरबको डरलाग्दो मुखुण्डो थ्यो तेई लार आउनु पर्यो सुटुक्क अनि तर्साईदिनु पर्यो क्यारे ठीटीलाई -- बड मेरो संगैको कोठामा नसुत्ने नखरा गर्दा त -- फेरी अर्को मनले तु भन्यो -- हेर हेर बुद्धी -- अन्त त तरुनी फकाउन सक्या हैन -- अब कोठै छेउमा बल्ल बल्ल सुत्न आकि एउटी ठीटीलाई पनि पैलेई रात भैरब बनेर तर्साएर गर्न खोज्या के?

 

कुरो ठिक हो। तरुनी तर्साउन हुन्थ्यो के त? फकाउनु पर्नेमा अझ। त्यै पनि के गरम उस्लाई के भनम भै रा थ्यो। एक छिन पछी उस्को ढोका अगाडी पुगेर टक टक गरेँ। ढोका खोली आँखामा "के?" राखेर।

 

"ढोकाको छेस्किनि बिग्र्या छ" भन्देँ।

 

उस्ले केही भनीन। बुझिन की भनेर फेरी भनें "चुकुल के लक बिग्र्या छ"।

 

"आफ्नै बिग्र्या होला नी लक -- मेरो त बलियो छ" भनी र ढोका लाई अनि छेस्किनी लाको नी सुनें।

 

ठीटीले कुरा त घच्ची गरी। सोचें उस्ले लक भनेर केलाई भनी? चुकुल-ताल्चा कि भाग्गे? जेलाई भन्या भे नी  मिलाई तर। मेरो ढोकाको लक काठ पसाङ्ग्रेर लाउन मुस्किल थ्यो -- भाग्गे त झन त्यो भन्दा पैले पसाङ्ग्रेको।

 

उस्को लक बलियो नहोला भन्ने संका त थिएन मनमा।

 

निन्द्रै लागेन। छ्टपट छटपट बिनिसित्तीको।

 

उस्को र मेरो साझेदारीमा एउटै भित्ता थ्यो। यो भित्ता पारी तरुनी छे भन्ने मनमा के लाग्या थ्यो हवात्तै सिलसिलाको डाईलग सम्झें -- ए आग इधर भी है उधर भी -- दिबार गिरादें -- हाँ हमको मोहब्ब्त है मोहब्बत -- यस्तै के के भन्थ्यो -- मैरै कुरो गर्दो रे छ कि जस्तो भो।

 

उस्को सपनाको पैलो सो छुट्ने बेला भैसक्या हुँदो हो आफ्नो सुरु भा कै थेन।

 

उ सधैंको लागि त आ थिन -- पाए त राक्थें ---तर उ कुन दिन फर्की हाल्थी -- जे भन्नु गर्नु थ्यो उ फर्किनु अघि नै गर्नु थ्यो। तर के गर्ने के भन्ने कसरी भन्ने गर्ने केही था छैन। बाटाँ ठीटी जिस्काउन त सजिलो थ्यो -- तर अहिलेको परीस्थीति बेग्लै। तेसमाथि बाङ्गेको त्रास अर्को। कति तिरको चाप मलाई त्यो कलिलो उमेराँ।

 

अनेक कुरा बतास झैं चल्थे जान्थे -- कतिबेला निदाएँ था छैन।

 

निन्द्रै पुग्या थेन ढोका ढकढकाको सुनेँ -- सधैं झै च्या होला भनेर आँखै नखोली टेबलमा राखेर जान भनें -- अनि झटट सम्झें निशा होली -- हेरेको त के हुन्थ्यो -- बाफ उड्दै गर्या च्यामा एक चोटी यस्सो हेरें अनि अलि सेलाओस अनि भनेर सुतेँ फेरी--निदाएछु। 

 

"ल हेर च्या त चिसै -- ए उठ" आमाले भन्या सुनेँ।

 

"तताएर ल्याईदिनु न त अनि उठ्छु" सिरक भित्रै बाट भन्दै गुट्मुटीएँ।

 

"सधैं तताउने पर्ने यस्को च्या -- अब त उठे पछी मात्रै बनाईदिन्छु ---" यो पनि आमाले सधैं जसो भन्ने डाईलग थ्यो।

 

एक छिन पछी "चिया" भन्या सुनें। निशाको आबाज। चिया त मेरै जिउमा खन्याको जस्तो भो। तु उठें।

 

"किन मैले बोल्यो की झस्कीने नी?" उस्ले सोधी।

 

किन किन अब? के भन्नु -- केई नी भनिन।

 

फेरी सुत्ने की? च्या टेबलमा राखेर सोधी --

 

त्यो सुत्ने कुराले मनमा जबाफ त धेरै आथे तर भन्न नमिल्ने खाले, तेसैले "राती निन्द्रै लागेन -- " मात्रै भनें।

 

किन भनेर सोध्ली र कुरो उप्काम्ला भनेको त एक जोर नयन बाणले हिर्कार गै कोठाबाट।

जे होस बिहानै उस्को दर्शन त पाईयो -- अब भक्ति बलियो बनाउनु पर्छ -- भजन गाउँनु पर्छ देवी प्रसन्न नहुने त कुरै छैन -- जिउमा फुर्ती जस्तो आयो -- सधैं बाहीर तिर हुन्थे घाम आज कोठैमा देखेँ --

हुन्छ के के चाईँ त -- भन्ने लाग्यो। --

Last edited: 12-Oct-07 12:35 PM
Last edited: 12-Oct-07 12:39 PM
Last edited: 12-Oct-07 12:44 PM
Last edited: 12-Oct-07 12:48 PM
Last edited: 12-Oct-07 12:50 PM
Last edited: 12-Oct-07 01:08 PM
Last edited: 12-Oct-07 01:19 PM

 
Posted on 10-12-07 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ठीटीले कुरा त घच्ची गरी। सोचें उस्ले लक भनेर केलाई भनी? चुकुल-ताल्चा कि भाग्गे? जेलाई भन्या भे नी  मिलाई तर।"

बिचरा.....

अनी अरु ......? फेरी पोस्ट गर्नु....... छिटो

.........waiting


 
Posted on 10-12-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jyo ufffffffff kasto keti bhanechi bhutukai. 

 
Posted on 10-12-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पर्खिरा 

तर अब कुनबेला पो आम्ने हो? दिपदा चै सप्पै जो एउटैमा राख्न खोज्नुभारैछ।त्यो edit गर्दै माथि राख्ने गरेको रे'छ म चै कहा नया पोस्टिङ खोजिराकिम --- '  भाउजु भन्न  मनलाग्छ के निशालै ' भनुम भनेको नमिल्ला जस्तो लाग्यो । जुनबेला नि कुरो गर्यो दिपदा बाङगेलाइ नै अघि सारिराचन ,

 

Last edited: 13-Oct-07 08:15 AM

 
Posted on 10-12-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाफ रे, कस्तो रमैलो कहानि हौ, दीपले यस्तो मजाले स-सानो कुरोसमेत छर्लङ्ग हुने गरी लेख्छ कि, त्यो लेख्ने कला चोरेरै लिउँ जस्तो लाग्यो ।

 

अनि केटीहरुको कहानीमात्रै लेख्नु पर्छ, हेर केटीहरुलाइ असह्य भ'को , कत्तिखेर आर्को भाग थप्ला भनेर कुर्या कुर्यै छन । कत्ति न निशा आफै हो  जस्तो के ।  (जिस्काइदिया है)


 
Posted on 10-12-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा लक भनेर चुकुल ताल्चालाई हेर्या- ९०%, भाग्यलाई हेर्या - १०%

लौ लौ पेलुम पेलुम प्रभु!

 

 


 
Posted on 10-12-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ पेलुम पेलुम Deep Dai.

Hillarious. Superb! :)

chana da! you are so funny!


 
Posted on 10-12-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो सीन (scenario) तो हाम्रो जिन्दगीमा कहिलेइ आएन पर्भू। अर्को जुनीमा दीप भएर जन्मिनु पर्ने  भयो।
प्रसंशा गर्न शब्दहरु खन्दै छु, भेटिन्छ कि कतै।

 
Posted on 10-12-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनि केटीहरुको कहानीमात्रै लेख्नु पर्छ, हेर केटीहरुलाइ असह्य भ'को , कत्तिखेर आर्को भाग थप्ला भनेर कुर्या कुर्यै छन । कत्ति न निशा आफै हो  जस्तो के ।  (जिस्काइदिया है)"

लौ चनाज्यु हजुर ले त कुरै नबुझ्या भन्या।।कां आफुलाई निशा सम्झनु नि।ाअब दीप ज्यु को कथा जैले नि ट्रजेडी हुन्छ अहिले नि तेस्ताइ भये "मेरा नम्बर कब आएगा" भन्दै बस्नेहारु लाई  नम्बर चाडै औंला भन्ने आश ले छिटो लेखौ भन्या होला नि हेहेहे ( मैले नि जिस्काइदे)


 
Posted on 10-12-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप जि,

कस्तो स्लो मोसन यार। अलि स्पिड लिनु पर्यो नि, हेर्ने र हास्ने त छदै छ नि माया गाँस्ने पो कहिले हो भनेको?


 
Posted on 10-12-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ati ramailo parale kehne ho ke Deeple, ekdam hasaune pani. tara achamma kati janalai man parauna bhyaera pani ahile samma eklai huda raichhan ketaharu? ;)

 


 
Posted on 10-12-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rofl Pretty. ke thaha deep da' eklai chha ki chhaina? sabailai eklai chu jasto dekhayera fakauna lagya ho ki na. :)
 
Posted on 10-12-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! दीप ज्यो, गज्जब छ! लेख्ने शैली बेजोड छ।

>>>एउटा धुलो लाग्या फिजिक्सको किताब थ्यो काकाले कुन चैं लाईबेरीबाट के गर्नलाई चोरेर ल्या हुन कुन्नी तेई किताब पल्टाएँ। उ आउली र क्या घगडान किताब पढ्दो रे छ भन्ली भन्या आउँदै आईन। चाल बुझ्या टिभि तिर पो लागी छ। म पनि लाग्नै पर्यो, के गर्ने?<<<
हा हा हा!

 
Posted on 10-12-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे काली होला होला त्यो ट्याक्टिक् पनि हुन सक्छ, के था है?
 
Posted on 10-12-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Neither a graf of praise can I offer, nor a word. All I have left is a sentiment!

Wa wa!!! ;)
 
Posted on 10-12-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ के के चाईँ त -- भन्ने लाग्यो। ---

 

अब फेरी बाङ्गे मन्छाउनु थ्यो। भात खाई सकेर निशा काकी सँग कुरा गर्दौ थिइ। म बाङ्गे काँ लागेँ।

 

बाङ्गे र म बरालिदै धुम्बाराही पुगीम --मन चैं आफ्नो घरमै। निशा के गर्दै होली भन्ने मात्रै लागेर घर फर्किम फर्किम जस्तो भन्या।

 

चाबेलाँ खाजा खाईयो -- सुद्ध। बाङ्गे बौध जाम भन्थ्यो मैले काँ बौध जानी हिन बरु तेरो ससुराली तिर जाम भनें।

 

दिउँसै जाने? उस्ले सोध्यो।

 

दिउँसो गए नी राती गएनी त्यै च्या पसलाँ बस्नी हो के फरक पर्छ? --भुस्या कुकुर जस्तो घर भित्र छिरे हो हल्ला गरेर बजाउलान भन्ने डर।--- झन बेलैमा गएकै राम्रो नी। सुनाएँ मैले। केई गरी यता बाङ्गे बल्झे हुनेँ भनेको खै के हुने हो।

 

हामी त्याँ पुगेर च्या एक कप सक्या छैन -- ठीटीको घर अगाडी एउटा ट्याक्सी रोकियो। एकै छिनमा ठीटी लगायतका अरु ट्याक्सी चढेर हुरुरु गए। सिनेमा टेलरमै छुट्यो हाम्रो। बरबाद भैगो नी।

 

"अब भोली आउँला बुझिस" मैले दिक्क भाको बाङ्गेलाई सम्झाएँ। मलाई त घर गै हाल्न पाए हुन्थ्यो।

 

फेरी सोचेँ -- यो बाङ्गे सँग दिन दिनै माहाँकाल आएर मैले मेरो काम चैं कैले गर्ने? एक दुई दिनको छुट्टी त चाहियो मलाई। यही सोचेर भनेँ "ए, तँलाइ त भन्नै बिर्सेको -- भोली मेरो आउन मिल्दैन -- काका सँग गजुरी जानु छ -- पर्सी बेलुका तिर आउने हो -- म नभए पनि तँ यहाँ आउन चै नछोड नी फेरी -- अघि ट्याक्सीबाट पनि हेरी नी -- हो कि हैन ल भन त?"

 

सम्झाएँ मैले उस्लाई र मेरो बाटो खुला राखें। काका बाहीर गा थे -- उनै सँग जान्छु भने पछी ढुक्कै। म छैन भने पछि बाङे म कहाँ आउने कुरै थे न।

 

बाङ्गेले केही भनेन। उस्लाई ठीटी हिडेकोले नै धेरै असर गर्या रे छ क्यारे मेरो कुरालाई उस्ले सारो मतलब गरेन।

 

"कि तँ एक्लै आउन सक्दैनस?" मैले जोस्साएँ।

 

"किन नसक्नु सक्न त --तर म ट्वाकलाई लिएर आउँछु"। उस्ले भन्यो।

 

मलाई ढुक्क भो -- थपेँ "हो हो ट्वाक संग आइज "-- केही पर्यो भने ठोक्छ उस्ले पनि। ट्वाक ब्राउन बेल्ट थ्यो क्यारे तेती बेला।

 

मैले भोली र पर्सी निशामा समर्पण गर्ने बिचार गरें।

 

फर्किदा किस्न मन्दीर नेर मेरा बा उभिइ रा रे छन -- धन्न चुरोट धोबीखोला पुलमै सक्या थ्यो -- पिरो ल्वाङलाई अरु किचेँ दातले। बा देख्ना साथ बाङ्गे भिमसेनथान तिर लाग्यो म घर तिर।

 

घरमा निशा सिनेमा हेर्दै रे छे काकी, आमा सँग बसेर।

 

"के हेर्या?" मैले सोधें।

 

"-- अङ्गुर" काकीले भनीन। मैले त हेरी सक्या थें तै पनि बसेँ।

 

"किन छिटो नी आज?" काकीले फेरी सोधीन।

 

काकीले खत्तम गर्न लाइन -- सधै आधाराताँ आउने जस्तो गरेर -- भन्ने लाग्यो।

 

"बाहीर क्या चिसो रे छ अनि के गर्नी त --" भन्दै सोफामा बसें।

 

म चै सिनेमा भन्दा बढ्ता निशा तिर लाग्या थें।

 

बा आए पछि आमा चिया बनाउन उठिन -- सिनेमा कमेडी थ्यो -- काकी र निशा निर्धक्क हाँस्थे -- म चैं निशाको हाँसोमा आनन्दीत हुन्थें -- कैले उ पुलुक्क म तिर हेर्थी म पुलकित हुन्थें।

 

एक छिन पछी काकी पनि उठीन। "काँ जान ला?" निशाले सोधी।

 

जाँदा जाँदै " आउँछु"  भनेर काकी निस्कीन।

 

समय रोकिए जस्तो भयो। रन वे मा प्लेन झै मन दौडियो मेरो।

 

मैले सोधें "कमेडी सिनेमा मन पर्छ?"

 

उस्ले म तिर हेर्दै नहेरी भनी "लभ स्टोरी झन मन पर्छ" ---
 
Posted on 10-12-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सोधें "कमेडी सिनेमा मन पर्छ?"

 

उस्ले म तिर हेर्दै नहेरी भनी "लभ स्टोरी झन मन पर्छ" --- :D
 
malai ni love story flim manparcha khit khit khit
 

 
Posted on 10-12-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सोधें "कमेडी सिनेमा मन पर्छ?"

 

उस्ले म तिर हेर्दै नहेरी भनी "लभ स्टोरी झन मन पर्छ" --- :D
 
malai ni love story flim manparcha khit khit khit
 

 
Posted on 10-13-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



"किन छिटो नी आज?" काकीले फेरी सोधीन।

 काकीले खत्तम गर्न लाइन -- सधै आधाराताँ आउने जस्तो गरेर -- भन्ने लाग्यो।

 

You are just mind-blowing...
We want more..More please...



 
Posted on 10-13-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपजि, तपाइ त उस्तादै हुनु हुदो रहेछ। साझा साचिक्कै मनोरन्जन् को साइट भाको छ।राम्रो कथाको लगि धन्यबाद।

तिमि मेरो साथि

 
Posted on 10-15-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उस्ले म तिर हेर्दै नहेरी भनी "लभ स्टोरी झन मन पर्छ" ---

 

राम् राम राम -- म त रन्न भएँ। मनको हवाईजहाज त मेरो उडाई दि उस्ले त।

 

उस्ले भनेको त सुनें तर भन्न खोज्या के पक्का भएन। छनक मात्रै पनि तर ब्यापक थ्यो। कुरा बढाम भन्या काकी फिर्ता आइन। हवाईजहाज ओर्लियो।

 

फेरी आमा नी आईन -- मौका अर्को आईहाल्छ कि शब्द साटने उ सँग भन्दा भन्दै सिनेमा सक्कियो। भात खाने सुरसार हुन लायो। आमा भान्छा तिर लागिन -- "कस्तो लाग्यो त मुभी?" निशाले उस्की दिदिलाई सोध्या थिई। "झुर" आफुलाई मौका नआको झोंकाँ मैले पो बोल्देछु। दुइटैले आँखिभै गाँठो पारेर हेरे बा मलाई। हेरे भने हेरे त अब।

 

"हेरम न त हामी पनि राम्रो सिनेमा कस्तो हुँदो रे छ" म तिर हेरेर पेच हानी उस्ले -- काकी र उ दुइटै मलाई अलपत्र छोडेर हाँस्तै निस्के। "राम्रो सिनेमा त अब म हिरो तिमी हीरोनी -- बन्दै छ भरखर क्यारे" भनेँ -- मनमनै नी फेरी।

 

कत्ति चोटी बोल्न खोजेँ उ सँग काकी सँग सँगै हुने के गर्नु?

 

 

भात खाएर कोठामा पुगे पछी सोच्न थालेँ यस्तो ताल ले लभ सभ पर्दैन -- ट्र्याजिडी मात्रै पर्छ -- लभ गर्ने हैन आफै हुन्छ भन्थे --खै त? गर्न खोज्दा त यस्तो गार्हो छ झन आफै हुन्छ भनेर पसपतिको साँढे जसरी बस्यो भने त गएन जिन्दगी?

 

ओछ्यानमा लम्पसार परेर सोचिराथें उस्लाई ढोका अगाडी देखें। उ टक्क अडी। म उठ्तै थें "दिनभरी काँ गा?" उस्ले सोधी हाली।

 

बाले सोध्या भए चुप लाग्ने -- अरुलाई भए कि चुपै लाग्नी नभए "जाँ गए नी किन चाहियो?" यही दुईटा थे जबाफ आफु सँग अब तेस्रो जबाफ चाहियो --

 

"काईं न काईं" भन्देँ।

 

"रमाईलो छ काई न काई? कति टाढा छ?" भन्छे बा।

 

खुंखार छे की क्या हो ठीटी त भन्ने लाग्यो मनमा।

 

"किन ढोकामा उभि रा? भित्रै आए भएहाल्छ नी--" कुरो अन्तै लगें।

 

"किन?" भन्छे उ।

 

"के किन?" सोधेँ मैले।

 

"किन भित्र आउने?" प्रस्ट पारी उस्ले।

 

"यसै" भनें मैले।

 

"यसै त नाईँ" भनेर गै मास्तिर।

 

उ मास्तिर लस्के पछी मैले गहीरो सोचें र आफैंलाई सोधें पनि "म सिकारी की सिकार हो?"

 डर डर जस्तो पो भो।

 

सुत्न अहिले आउली छैन भरे आउली छैन -- हुन त जतिसुकै बेला उ सुत्न आएनी नआएनी सिरक मुनी आफु त एक्लै हो तैपनि --यसो चाल बुझ्या टिभि हेर्दै रे छे अझै -- काकी र उ। अब त्याँ काकी भए पछी म गएर केई न केई।

 

बल्ल बल्ल आई तल -- मेरो कोठाको ढोका त खुल्लै थ्यो। मेरो कोठा तिर हेर्दै नहेरी उस्को कोठामा गै। ढोका लाई। तेसरी सुरुसुरु आफुलाई बेबास्ता गरेर हिन्या देखेर ल्याउँ क्यारे भैरबको मुखुण्डो र तर्साइदिम् जस्तो लाग्यो। मैले एकचोटी एउटा भिनाजु पर्नेलाई तर्साईदेको छु त्यो मुखुण्डोले। ठुला ठुला कुरा गर्थे -- झण्डै सिध्देका थे आधा राताँ।

 

ठीटी सुत्न गै हाली -- आफ्नो आजा दिन खत्तम। --
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
Who are the real Sukumbaasis?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Zero Civic Sense: Indians in Nepal
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters