[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी भाग २

[Please view other pages to see the rest of the postings. Total posts: 150]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-ohmy.gif
[VIEWED 115645 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-13-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(सफल जिन्दगी भाग २ यहाँ सम्क्ष ल्याउने प्रयास मा - कथा बस्तु यथार्थ भए नि कसै सँग मिल्न गए चाँही - "लागे पागे बुढा को दोष " ....)


सेल फोन मधुरो आवाज ले बज्यो , यो त पक्कै कल होइन भन्दै सेल फोन हेरे , मेसेज आको रहेछ , इन्बोक्स मा जादा मेसेज देखे " Lets work things out ...." एक त घाम ले पारा तती रहा थियो त्यस माथि उु सँग अझै रिश उठी रहेको थियो । उसलाई म के कुरा मा रिसाउछु , कस्तो कुरा मलाई मन पर्दैन सब ज्ञान थियो,  त्यही पनि उु त्यही कुरा ले म सँग झगडा गर्न खोज्थी । माया गरी मन भित्र राखेको मान्छेले त्यो मन लाई दुखाउदा चित्त कस्को नदुख्ला र ?


समय ले कसै लाई कुर्दैन भन्थ्यो र समय को गती पनि मोड्न सक्किन्न भन्थे तर म त्यो गती लाई मोडेर अतित तिर लाग्दै छु , कहाँ के बिग्रेछ भनी हेर्न खोज्दै छु । शायद दोषी मै नै हुँ कि ?


नेपाल छोडेको नि बर्षौ भयो , नेपाली को छोरो, परिवार प्यारो कस्को हुँदैन र त्यस माथि त म एक्लो छोरो बाउ आमा को काख छोडि हुइकिए म पनि अमेरिका तिर । बाउ आमा को सपना साकार गर्ने धोकोले अमेरिका आको आज जिन्दगी लाई तराजु को तौलो मा तोल्दै छु । अब उु सँग को भेटको , कथा त , पहिले नै लेखी सकेको छु । त्यो अन्तिम दिन लाई डेढ बर्ष अघी लग्यौ भने आज को दिन आउछ , तर हाम्रो यो नयाँ यात्रा १ बर्ष अघी सुरु भएको हो, त्यही सुरु गरु होला ...............


हाम्रो त्यो दिन को बिछोड पछी एक अर्का सँग कुरा सधैं जसो हुने गर्थ्यो , उु मलाई मन पराउथी र म उसलाई त्यो कुरा मा दुई मत हुन सक्दैन । हामी बिच केवल भौगोलिक दुरी थियो र त्यसै दुरी लाई मेटाउन हामी कोशीश गरी रहेका थियौ । उु न्यू योर्क मा थियो भने म अहिले काम को शिल्शिला मा डेन्भर सर्नु परेको थियो । मलाई न्यू योर्क को चहल पहल मन नपर्ने भएको कारण ले उस्लाई डेन्भर मै सर्ने कर गर्को थिए , तर उु मनेकी थिएन ।


सधैं झै काम पछी उसलाई फोन लगाए, म सधैं काम सकिने बित्तिकै उस्लाई फोन गर्थे , आफ्नो ६ बज्दा उसको ८ बज्थ्यो धन्न एउटै सेल फोन कम्पनी भएर आफु लाई ओवरेज नपर्ने 



फोन को अर्को तिर उसको सुमधुर आवाज ले मेरो सब थकान मेटिदियो । दिन भरी काम का कुरा हरु उसले नि बताए र मैले पनि । दिन भरी को रिपोर्ट पछी उही अब के गर्छौ , आज के खान्छौ आदी इत्यादि .....


उु - " अनी अब को कोमिङ वीक्न्ड त लोङ वीकेन्ड छ , तिमी मिल्छ भने बिहीवार नै निस्क त्यहाँ बाट , मैले शुक्रबार बिदा लिएको छु , हामी यो पाली Maine घुम्न जाउ । आईतवार फर्कौला अनी सोमबार त बिदा नै हो तिमी सोमबार बेलुका फर्क , हुन्छ  ?"


म प्राय लामो बिदा हुँदा न्यू योर्क जान्थे उस्लाई भेट्न तर अहिले सम्म उु भने यहाँ नआएकोले मैले उस्लाई यहाँ बोलाउने बिचार  गरे -


म - " सधैं म नै आएको छु , यो पाली तिमी आउन बरु यहाँ "


उु - " तिमी लाई थाहा छ त मलाई  इष्ट कोस्ट छाड्नु मन छैन , किन तिमी फेरी मलाई त्यहाँ सार्ने निउ खोज्छौ "


म - " ल यसो गरौ न , पहिला ठाउँ हेर अनी चित्त बुझेन भने बरु मै न्यू योर्क सरुला "


मैले नि जोखिम लिएर भनी दिए । यो बाजी हात पर्छ भनेर होला उसले पनि हुन्छ भनिदियो । 


अब मलाई र डेन्भर लाई केवल उस्को प्रतिक्षा थियो ।


 
Posted on 08-18-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब मलाई र डेन्भर लाई केवल उस्को प्रतिक्षा थियो ।


समय ले आफ्नो काचुली फेर्दै गयो । गर्मी महिना चडचढी पोल्ने मौसम लाई उत्तर दिशाको सितल हावा ले ढाकदै गयो , जब ति दुई को मिलन भयो डेन्भर मा बसन्त को जन्म भयो । शायद बस्न्त को आगमनन् गर्न होश वा मेरो प्रियसीको, बोट बिरुवा ले पनि नयाँ पौदा हरु फुलाएर रङ्गी बिरङ्गी भई सजिन थाल्यो । बाटो घाटो मा मान्छे , बच्चा देखी ब्रिध सब को चहल पहल बढ्न थाल्यो । सितल हावामा नयाँ पौधा र बाटोका छेउका रेस्तुरन्त र ठेला गाडा मा खाना किन बेच गर्ने हरु को खाना को बास्ना मिसिदा सुन मा सुगन्ध थपे झै भएको थियो ।


उु आउने दिन पनि आयो । उसलाई लिन म काम बाट छिट्टै निस्किए , म न्यू योर्क गएको भए उसले शुक्रबार छुट्टी लिन्छु भनेकी थीइ , अब उु यहाँ आउँदा आफु ले पनि सोहि गर्नु पर्ने भएको ले शुक्रबार को छुट्टी मागी सकेको थिए । एअरपोर्ट सम्म जादा , मौसम देख्दा रफी को गीत याद आयो - " बहारो फूल बर्षावो ....... " गीत सँगै मैले नयाँ षड्यन्त्र पनि कोर्दै थिए । उसलाई आफ्नो चक्रबिउ मा फसाउन सकी भने, उु न्यू योर्क छोडेर डेन्भर सर्ने निस्चित थियो ।  


एअरपोर्ट को प्रतिक्षा कक्ष मा उसको प्रतिक्षा गर्दै थिए । उ आइपुगी , दिमाग एक्कासी बर्ष दिन अघी को याद मा भुल्न गयो । त्यो केल्विन क्लैन को बास्ना अझै पनि त्यस्तै छ । उु मुस्कुराउदै मेरो समक्ष आइ , एअरपोर्ट आउनु अघी , पसल छिरी केही रङ्गी चङ्गी गुलाबको बुके किनेको थिए त्यही पसारी , हात खोलेर आफ्नो अङ्गालो मा  उस्लाई आमन्त्रण गरे । उसले मेरो आमन्त्रण स्विकार गरी आएर मेरो अङ्गालो मा बाधीई ।


हुन त मैले एक तिर दो सिकार गरेको थिए , बिचरा उसलाई मेरो कपटी मन को बारे के थाहा । उु कल्युग अभिमन्यु थियो, मेरो चक्रबिउ बनेको देख्ने बित्तिकै भागने सुर उसको थियो । तर मेरो कपटी सकुनी मनले गुलाब र अङ्गालो सँगै चक्रबिउकोद्वार खोलेर उसलाई फसाइ सकेको उसले थाहा पनि पाएन । अब मैले खुखार खेलाडी झै नाप तौल सित खेल खेल्नु पर्ने थियो । आफ्नो चक्रबिउ को द्वार  उसले देख्न नपाउने गरी बलुउटेमा भसाउदै लानु पर्ने थियो ।


हामी त्यहाँ बाट निस्की मेरो डेरा तिर लाग्यौ , बाटो मा उही त्यो दिन को रिपोर्ट एक अर्का लाई बुझाईयो । मैले डेरा जाने सिधा बाटो पनि बदलीदिए, हाईवे बाट नलगी उसलाई भित्री बाटो बाट लगे , बाटा मा मानिस हरु चहल पहल थियो , घर हरु का बगैचा हरु रङ्गी बिरङ्गी फूल हरु ले सजिएको थियो । आँखा अगाडि हरियो डाँडा काडा हरु मा कही राता, कही पहेला र कही अनेक रङ्ग हरु मिसिएको थियो । "Fall in Denver",  डेन्भर विवाह मा सजेकी दुलही झै सजिएको थियो । त्यो रमणिय बातावरण मन नपर्न त मुटु बिना को मान्छे हुनु पर्छ ।


म - " कस्तो लाग्यो त डेन्भर "


उु - "so far, so good, मलाई थाहा छ तिमीले के गर्न खोज्दै छौ , म तिम्रो जाल मा फस्ने वाला छैन " ... म तिर हेर्दै उु मुस्कुराइ रहेकी थिई


म - "मैले केही गर्या छैन , अब म बस्ने ठाउँ , नै यती रमाइलो छ भने, त्यस मा मेरो के दोष ? "


उु - "मैले तिमीलाई राम्ररी चिनेको छु , Either way you are coming to New York "


मन मनै - Ohh I wish you really knew me झै लाग्यो , फेरी डाइलग दिए - " It doesn't matter where one is , what matters is who one is with ....."


तरुनी दङ्ग !!!!!


केही क्षण मै हामी मेरो डेरा तिर नि पुग्यौ । भित्र पस्दा उसको होष हरायो, कोठा मिलेको थियो । न्यू योर्क मा उसको कोठा मुसो को दुलो जत्रो थियो भने , यहाँ लिभिङ , डाइनिङ , र सुत्ने कोठा छुट्टै थियो , तर त्यो कुरा ले भन्दा मेरो कोठा चटक्क मिलेको देखेर होला उसको होष हराको । लिभिङ रूम बाट बाल्कोनी जाने ढोका खुल्लै थियो, क्षितिज मा रहेको डाँडा हरु,  मेरो कोठा र आफु बिच पर्ने शहर का घर हरु लाई पन्छौदै चिहाउदै थियो । ठीक समयमा ठीक ठाउँ मा हुनु पर्छ भन्थे , कोठा भित्र छिर्ने समय र हावा को बेग बाल्कोनी बाट छिर्ने साहित मिलेको रहेछ , ठ्याक्क हिन्दी फिल्म मा झै पर्दा हरु पनि हल्लिन थाले ।


उु - " Am I Dreaming ? तिम्रो कोठा यस्तो राम्रो त्यो माथि नि यस्तो मिलेको , पक्कै मलाई फकाउन " समान भित्र राख्दै


- " होइन अली अली सफा मात्रै गरेको हुँ , अब एक्लो ज्यान कती नै फोहर हुन्छ र "


उु - " हो , भेगस मा देख्या थिए तिमी कती सफा थियौ भनेर "


- " समय सँगै मान्छेको पनि परिवर्तन हुन्छ "


उु - " ल ल पत्ताए , धेरै डाइलग नहान , बरु म फ्रेश हुन्छु , तिमी पनि चेन्ज गर, एक छिन थकाइ मारु अनी बेलुका को लागि तयारी गरुला हुन्न ? "


हुन्छ भन्दै , म कोठा तिर लागे , उु चाँही सुटकेस खोल्न लागि ।  म चेन्ज गरेर बाहिर कोठा मा निस्किदा उु बाथरूम मै थीइ , उसको समान फेरी कोठा तिर लगेर राखी दिए । मरी मरी कोठा सफा गर्या यती चाडो भताभुङ्ग हुन त दिनु भएन , ३-४ दिन त हो नि सफा राख्नु पर्ने त्यस पछी त आँफै राजा आँफै प्रजा बालै छैन ।


म किचन तिर गएर जुस , फल्फूल र केही कूकिज हरु तयार पार्न गए । बाल्कोनी मा सधैं चुरोट निभाउने खरानी दानी मात्रै हुन्थ्यो , तर उसले डेन्भर आउछु भने सि , गराज सले मा २ वोटा कुर्शी र एउटा सानो टेबुल पनि किनेर ल्याए । खाना त्यही राखी कुरे , उु बाथरूम बाट निस्की, मस्किदै - " इन्तेरेस्तिङ " भनेर छेउ मा बसी ।


- "एक छिन बस्दै गर है , म पनि हात मुख धोएर आउछु " भनी उठे , बाथरूम तिर लाग्द मनले -" कत्ती न सधैं धोएको झै " भन्यो मन ले बोलेको नि सुन्ला कि भनेर बाथरूम भित्र छिरी हाले । आफ्नै बाथरूम पराया झै लाग्यो । चुरोट को गन्ध , ऐना मा पानी को छिटा हुने बाथरूम आज बास्ना सुगन्धित थियो ,  सिशा मा पनि चमक थियो , रुमाल झुण्डाउने ठाउँमा , एउटा बाथ टोवेल , एउटा फेस टोवेल र अर्को ह्यान्ड टोवेल मिलेर राखीएको थियो , म्याट र मत्चिङ शावर कर्टेन थियो ।  बाथरूम सँग पनि गफ गरियो - " $१०० खर्च गर्या छु तरुनी लाई फसाउन सकेन भने सब रिफन्ड गरिदिन्छु " भनेर थर्काए ।


मुखा पानी पर्दा त मुख पनि झस्कियो होला लौ न नसुती बिहान भयो कि क्या हो भने हो !!! ऐना हेरे , र आफ्नो प्रतिबिम्भ लाई सम्झाए , " Play it Right " Thumbs up दिएर निस्किए बाहिर ।  उु मलाई कुह्री रहेकी थीइ , एक छिन बसी खाजा खायौ । बाहिर को रमणिय द्रिश्य सँगै हामी दुई रमाइ रहेका थियौ ।


क्रमश :


 
Posted on 08-18-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय हो प्रभो, वाह आनन्द आयो पढेर, मन नै फुरुङ्ग भो, खास याँ त जाडो भेर बसी नसक्नु भा छ, बाहिर क्या मस्त घाम लाग्या छ तर कुइर्या सन्तानहरुले ए.सि. चिसो पारेर बसी नसक्नु भा छ। तर कथा पढेर क्या उथल्-पुथल भो, खै काँ काँ।

तर मलाई लाग्या मात्र हो कि कथा अली छोटै भएन र?

 
Posted on 08-18-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खतरा गयो ल बैरे को मर्डन कथा !


रमाइलो छ सफल जिन्दगी भाग दुई पनि !


मेरो भनाइ चाँही छोटै भये नि धेरै ग्याप नगरम बिचमा ! चाडो चाडो अर्को भाग पनि राखम !




 
Posted on 08-18-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बैरे ले चाल त क्या मजाले बिछाएछ


फसाउछ जस्तो छ केटा ले


रमाइलो भो पढेर बैरे


 
Posted on 08-18-09 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau Baire... The second episode of second part is also done now and so far its interesting and i am not disappointed.... But i dont know why i have a feeling in my mind that something bad is going to happen between the relationship of this couple... Lets see how it goes but nice job and keep it up.... Eagerly waiting for 3 episode..


bd...


 
Posted on 08-19-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे - तपाईं को सफल जिन्दगी भाग-२ साह्रै राम्रो छ। Silent Reader भएर पढिराखेकी छु।
म पनि अर्को भागको प्रतिक्षामा छु है!

~सुफल


 
Posted on 08-20-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Baire for second part. Its really nice. Your writing skill is really good. I love the flow and the way you describe stuffs on the story. Like "boulevard dreams" I don't know why I am thinking the same way that something bad will happen to your relationship too. See, I personally had similar situation too. We broke up couple of times and reunited. When we were on phone we had some many similarities but when we met and there comes the differences. And I have seen couple of examples that who breaks up on first time there is very less chance of being together even they reunite later time in life. I think some kind of barrier comes in between.

On the other hand I have also seen people having better life even after the break up and uniting after 5 yrs later.I have seen a guys who broke up in '97 and his gf dated with at least 4-5 dudes and finally get back to the same guy after 5 yrs now they are happily married with 2 kids. You never know how life will treat you.

I love your writing. Whenever I get a chance, I just read it. Love your presentation. Keep up the good work. Its simply great.

Good Luck !!!

















 
Posted on 08-20-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Baire for second part. Its really nice. Your writing skill is really good. I love the flow and the way you describe stuffs on the story. Like "boulevard dreams" I don't know why I am thinking the same way that something bad will happen to your relationship too. See, I personally had similar situation too. We broke up couple of times and reunited. When we were on phone we had some many similarities but when we met and there comes the differences. And I have seen couple of examples that who breaks up on first time there is very less chance of being together even they reunite later time in life. I think some kind of barrier comes in between.

On the other hand I have also seen people having better life even after the break up and uniting after 5 yrs later.I have seen a guys who broke up in '97 and his gf dated with at least 4-5 dudes and finally get back to the same guy after 5 yrs now they are happily married with 2 kids. You never know how life will treat you.

I love your writing. Whenever I get a chance, I just read it. Love your presentation. Keep up the good work. Its simply great.

Good Luck !!!

















 
Posted on 08-20-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

After much anticipated second part of "safal jindagi 2" is out tara यो के जी टि.भी को जस्तो character  हो बैरेको ??? outside good and inside छुचो??? How can a normal person be soooooooo good outside, doing right thing, saying right thing and at the same time have a kapati thinking...  
 
Posted on 08-20-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नितिसा जी, बैरे मान्छे नै तेस्तै रे। बाहिर त देखा मात्र हो, कम्ता कुतिल दिमाग छैन।
 
Posted on 08-20-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ पाट, खै कथा?
 
Posted on 08-21-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist
<<जय हो प्रभो, वाह आनन्द आयो पढेर, मन नै फुरुङ्ग भो, खास याँ त जाडो भेर बसी नसक्नु भा छ, बाहिर क्या मस्त घाम लाग्या छ तर कुइर्या सन्तानहरुले ए.सि. चिसो पारेर बसी नसक्नु भा छ। तर कथा पढेर क्या उथल्-पुथल भो, खै काँ काँ।


तर मलाई लाग्या मात्र हो कि कथा अली छोटै भएन र?>>


प्रभु हामी हाई स्कुल छदा को कुरो हो ,
च्याङ्ग्रा - " थुक्क ८ पनि ल्याउछ कसैले बिज्ञान मा "
म - " तेरो भन्दा डबल त आको छ के भन्छस "


अब पहिलो भाग भन्दा दोस्रो भाग लामै थियो नि होइन र ??


ritthe
<<खतरा गयो ल बैरे को मर्डन कथा !
रमाइलो छ सफल जिन्दगी भाग दुई पनि !
मेरो भनाइ चाँही छोटै भये नि धेरै ग्याप नगरम बिचमा ! चाडो चाडो अर्को भाग पनि राखम ! >>


ग्याप गर्न मन त कहाँ नै छ र प्रभु , तर परिस्थिती सँग ३६ को आँखाडा छ मिल्दै मिल्दैन


serial
<<ल बैरे ले चाल त क्या मजाले बिछाएछ
फसाउछ जस्तो छ केटा ले
रमाइलो भो पढेर बैरे >>


नफस्ने त कुरै छैन नि प्रभु , मेहनत को फल मिठो हुन्छ भन्थे आफ्नो नि त्यसै होला जस्तो छ


boulevard dreams
<<Lau Baire... The second episode of second part is also done now and so far its interesting and i am not disappointed.... But i dont know why i have a feeling in my mind that something bad is going to happen between the relationship of this couple... Lets see how it goes but nice job and keep it up.... Eagerly waiting for 3 episode.. >>


प्रभु के गरे र मैले त्यसतो भन्या , सफल जिन्दगी को शुभ कामना दिनु त कहाँ हो कहाँ , कुरो बिग्रन्छ पो भन्नु हुन्छ , लौ न यसो गर्नु त भएन नि । तर हेरु बिधी ले आफ्नो भाग्य मा के कोरी दिएका छ । बिधी को कुरा पुरा नभई के छोड्थ्यो र ।


Sufal
<<बैरे - तपाईं को सफल जिन्दगी भाग-२ साह्रै राम्रो छ। Silent Reader भएर पढिराखेकी छु।
म पनि अर्को भागको प्रतिक्षामा छु है!>>


तपाईं नि कडा अती कडा प्रभु , दाग्बत्ती जस्तो उत्तम श्रीजना गरेर बिच मै छोड्ने भएन नि ??


peacesoul
<<Thanks Baire for second part. Its really nice. Your writing skill is really good. I love the flow and the way you describe stuffs on the story. Like "boulevard dreams" I don't know why I am thinking the same way that something bad will happen to your relationship too. See, I personally had similar situation too. We broke up couple of times and reunited. When we were on phone we had some many similarities but when we met and there comes the differences. And I have seen couple of examples that who breaks up on first time there is very less chance of being together even they reunite later time in life. I think some kind of barrier comes in between.


On the other hand I have also seen people having better life even after the break up and uniting after 5 yrs later.I have seen a guys who broke up in '97 and his gf dated with at least 4-5 dudes and finally get back to the same guy after 5 yrs now they are happily married with 2 kids. You never know how life will treat you.


I love your writing. Whenever I get a chance, I just read it. Love your presentation. Keep up the good work. Its simply great. >>


प्रभु कुरा त सहि हो , तर त्यो दरार लाई आफु बिच आउन नदिनु पनि ठुलो कुरा हो , भने झै गर्न कहाँ सजिलो हुन्छ र,  होइन र  प्रभु ?
तपाईले कथा पढेर कमेन्ट गरिदिनु भएको मा म क्रित्ज्ञ छु ।


Nitisa
<<After much anticipated second part of "safal jindagi 2" is out tara यो के जी टि.भी को जस्तो character  हो बैरेको ??? outside good and inside छुचो??? How can a normal person be soooooooo good outside, doing right thing, saying right thing and at the same time have a kapati thinking... >>


साथी मन कपटी कस्को हुँदैन र ? बच्चा आमा को अगाडि लडी बुडी गर्छ आमा को माया पाउन , विद्यार्थी गुरु को अगाडि चाप्लुसी गर्न राम्रो नुम्बर पाउन को लागि , केटा ले केटी , केटी ले केटा को अगाडि नाटक गर्छ , उसको ध्यान पाउन को लागि । यो प्रबिधी त सधैं देखी चली आएको हो , तर त्यो कपट ले अरु कसै को हानी नगरे सम्म त्यो त माया को एक भाग मात्रै हो भन्छु कसो र ?


फेरी कुनै महा विद्वान ले भन्या रे - "Every Thing is fair in love and war " अब यो मुर्ख ले त्यो सुने पछी त पुगी हाल्यो नि ।


perfectionist
<<नितिसा जी, बैरे मान्छे नै तेस्तै रे। बाहिर त देखा मात्र हो, कम्ता कुतिल दिमाग छैन। >>


पुरे पाट काग ले सधैं काग काग भन्छ भन्थे रे , ठुल्दाइ ले भन्या है


काम ले अली ग्रस्त भएर कथा मा ढिला हुन पुगेको मा माफ  ।


 



 


 
Posted on 08-21-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>साथी मन कपटी कस्को हुँदैन र ? बच्चा आमा को अगाडि लडी बुडी गर्छ आमा को माया पाउन , विद्यार्थी गुरु को अगाडि चाप्लुसी गर्न राम्रो नुम्बर पाउन को लागि , केटा ले केटी , केटी ले केटा को अगाडि नाटक गर्छ , उसको ध्यान पाउन को लागि । यो प्रबिधी त सधैं देखी चली आएको हो , तर त्यो कपट ले अरु कसै को हानी नगरे सम्म त्यो त माया को एक भाग मात्रै हो भन्छु कसो र ? <<


 


यो कुरा चाँही साह्रै चित्त बुझ्यो, सोह्र आन सही बात


 


>>पुरे पाट काग ले सधैं काग काग भन्छ भन्थे रे , ठुल्दाइ ले भन्या है <<


लोल बैरे लोल क्या घच्ची कुरा गर्‍यौ यार तिमीले, हुन पनि हो नि है लोल लोल महा लोल


 
Posted on 08-21-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<प्रभु हामी हाई स्कुल छदा को कुरो हो ,
च्याङ्ग्रा - " थुक्क ८ पनि ल्याउछ कसैले बिज्ञान मा "
म - " तेरो भन्दा डबल त आको छ के भन्छस ">>>

लोल लोल महालोल


जय हो प्रभो, प्रभो को लीला अपरम्पार छ। हा हा हा हा

 
Posted on 08-21-09 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे जि. sorry for saying "kapati thinking" it was a poor choice of word तर यो कथामा  मलाई धरै कुरा हरु मन परेन one example,  {{बैरेले "मन मनै - Ohh I wish you really knew me झै लाग्यो , फेरी डाइलग दिए - " It doesn't matter where one is , what matters is who one is with ।।।।। " तरुनी दङ्ग !!!!!" }}If you don't mean it why even say it ? I don't agree with  "Every Thing is fair in love and war " I think this statement apply to those who wants do whatever they want do and don't think about the consequences.


 
Posted on 08-24-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nitisa जी जिन्दगी धेरै जसो कुरा मन नपरे नि मन नभए नि गर्नु र भन्नु पर्छ ।


मन परेको कुरा गरे र भने त हामी लाई समाज , नियम कानुन किन चह्हियो र ?


अब हेर्नु न पढ्नै मन छैन , पढ्नु त पर्‍यो नै , कसै सँग रिश उठ्यो भने त्यो मान्छे लाई कुट्नु पिट्नु त भएन ?? कसै को समान राम्रो लागे चोर्नु भएन ?


झुठो बोले मन नपर्ने मान्छे को हानी हुन्छ भन्दैमा झुठो बोल्नु भएन , साचो बोलेर चित्त दुख्छ भने, कसै को हानी हुन्छ भने साचो नि पक्षउनु पर्छ । यस्तै हो जिन्दगी होइन र ? फेरी मैले त मलाई लागेको कुरा गरेको , कसै को मन कसै अरु ले पढ्न सक्छ र ? मान्छे हरु जुगौ जुग एक अर्का सँग बिताउछन र पछी एक अर्का सँग बस्न नसकेर दिवोर्स पनि लिन्छ , मनै त हो बुझ्नै गाह्रो ।


मेरो सोचाइ, भनाइ, कथा को पारीवेश मा केवल रिया लाई डेन्भर ल्याउनु हो , उसको चित्त दुकाउनु वा उस्को हानी गर्नु नियत मेरो होइन । उस्लाई देन्भर ल्याउनु पनि कारण नै छ सायद आउने भाग हरु मा खुल्दै जाला ।


 अङ्रेजी मा भनी झै - My feelings and words were not meant to be offensive.  


 
Posted on 08-24-09 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेरै जि मैले कुरा बुझे .
 
Posted on 08-25-09 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखा पानी पर्दा त मुख पनि झस्कियो होला लौ न नसुती बिहान भयो कि क्या हो भने हो !!! ऐना हेरे , र आफ्नो प्रतिबिम्भ लाई सम्झाए , " Play it Right " Thumbs up दिएर निस्किए बाहिर ।  उु मलाई कुह्री रहेकी थीइ , एक छिन बसी खाजा खायौ । बाहिर को रमणिय द्रिश्य सँगै हामी दुई रमाइ रहेका थियौ ।


उु - " कस्तो रमाइलो ठाउँ रहेछ है यहाँ त "


म केवल उस्लाई हेरी मुस्कुराइ रहे , म त्यो द्रिश्य र मेरी प्रियसी को दाजो गरी रहेको थिए । हार जीत कस्को भयो त्यो ठम्म्याउन सकिन ।


- " Please मलाई त्यसरी नहेर , I Know what you are thinking । मलाई Time चाहिन्छ , I will seriously consider this ."


- "मैले के नै भने र , म त तिमीलाई यो पल सँग दाजो गरी रहेको मात्रै थिए "


उु - " अनी कुन राम्रो त ? "


यथार्थ र सहि जवाफ मा फरक हुदो रहेछ , तर मलाई मेरो प्रश्न को सहि जवाफ थाहा थियो मैले न हिच्किचाई भनी - " तिमी "


उसको जवाफ - " I Know "


केही क्षण हामी त्यही बसी रहयौ , र बाहिर निस्किने तर खर गर्न आट्यौ । तयार भई राख्दा उसले मलाई सोधी - " आज यही खाने कि बाहिर ? "


- "बाहिरै केही खाउ हुन्न र ? " मन मनै सोचे घर मा पकाउदा काट कुट गर्नु पर्‍यो , पकाउनु पर्‍यो , भाडा माज्नु पर्‍यो , हिजो रात भरी उु आउने भनेर सफा सुगर गर्न लाग्या थिए फेरी गर्नु पर्छ भनेर घरमा खाने कुरा उपयुक्त लागेन ।


उु आफ्नो आँखा मा गाजल लगाइ रहेकी थीइ , आँखा को पारीली मा  आइ लाइनर कोर्दै थी , कहिले ब्लश ले गाला टक्टकाउथी भने कहिले कपाल सुम्सुमाउथी । - "के हेरी रहेको , give me  2 mins , जाउ बाहिर बसी राख "


- "किन मैले तिमीलाई हेर्नु हुन्न ?"


- " हुन्छ , तर तिमी लाई केटी को श्रिङ्गार पटार मा किन interst नि ?"


म केही नबोली बाहिर गएर बसे । एकै छिन मा उु बाहिर निस्की - "How do I Look ?" उत्तर - " Beautiful "


उु - " को जस्तै देख्या छु भन त " उत्तर - " रानी मुखर्जी "


उु - "रानी मुखेर्जी कि ऐश्वर्य राय " उत्तर - " ऐश्वर्य राय "


उु फेरी दङ्ग परी, भन्दै मा मेरो केही जाने होइन , उु दङ्ग पर्छ भने त Angelina Jolie नै भनी दिन्थे मेरो के बिग्रन्छ र ? 


हामी डेन्भर डाउन टोव्न घुम्न निस्कियौ , केही बेर यता उता घुमीयो , उसले पोज पोज मा फोटो खिची कत्ती पोज त आफु ले नि मारियो , बाट मा हिडि रहेका लाई खिचिदिन आग्रह पनि गरियो । केही बेर को हिडाइ र फोटो खिचाइ पछी खुट्टो ले सर्नै छाड्यो , खुट्टा ले हड्ताल सुरु गरी सकेको थियो भने पेट पालो कुर्दै थियो , लौ भएन खुट्टो लाई फकाउनु र पेट लाई युद्ध मा सामिल हुन दिनु अघी केही उपाय गर्नु पर्‍यो भनेर हामी एउटा डाईन आउट रेस्तुरन्त मा पस्यौ ।


आफ्नो अर्डर दिएर हामी , त्यो सितल साझ सँगै रमाइ रहेका थियौ ।


उु - " म नहुँदा अरु सँग पनि यस्तै गर्ने गरेको छौ कि क्या हो ?"


हरे भगवान कुरा फेरी अतित तिर जाला भन्ने डर ले - "किन नचाहिने कुरा गरी रहा " भने


उु - " तिमी सँग जिस्किन पनि हुन्न ? "कस्तो un-romantic मान्छे तिमी "


- " त्यसो भन्या होइन , कहाँ अरु सँग आउनु नि हान्न पो खोज्या त "


उु - " एउटा कुरा सोधु "


मुन्ना भाई मा झै मत पुछो भनी दिउ क जस्तो ला थियो तर , मुखबाट - " हुन्छ " भनी उत्तर आयो


उु - " तिमी प्राय जसो बाहिरै खान्छौ हो ?


मैले केही नसोची - " कहिले काही " भनी दिए , फेरी सोधे - " किन ?"


उु - " त्यतिकै सोधेको "


- " तिमीले कहिले त्यतिकै सोध्दैनौ , किन भन त !"


उु - " होइन खासै केही होइन , यसरी सधैं बाहिर खानु हुन्न , अहिले कमाइ छ त्यसइ ले सोच्दैनौ , तर savings को पनि बिचार  गर्नु पर्छ । आफ्नो भविश्य को बारेमा पनि सोच्नु पर्छ , We are not kids anymore "


मलाई उसको कुरा ले चित्त बुझ्यो , हुन पनि हो मैले अब भविश्य को बारेमा सोच्नु पर्ने त थियो , त्यही पनि उस्लाई जिस्काउन - " कमाए पछी खर्च  पनि त गर्नु पर्‍यो नि , आखीर  मरी लानु केही छैन "


उु - " मैले त्यसो भन्या होइन , खर्च  अवस्य गर्नु पर्छ , दु:ख ले कमाको पैसा मा मोज गर्न अर्कै मजा आउछ , आफ्नो पसिना को कमाइ भन्ने याद हुन्छ तर जीवन को कुन कुना मा झरी लुकेर बसेको छ त्यो थाहा हुन्न , त्यो पल नआए  पनि त्यसको लागि जगेणा भने गर्नु पर्छ । फेरी भविश्य भोली तिमी एक्लो हुने छैनउ , आफ्नो जीवन साथी को पनि तिमीले खयाल गर्नु पर्छ , त्यसैले अहिले देखी  saving गर्ने बानी पर्‍यो भने तिमी लाई पछी लाई सजिलो हुन्छ । Its not how much a Man makes, Its how much he saves ....."


- "Save  गर्ने तिमी छ्दैचाउ नि , मैले किन गर्नु पर्‍यो ?"


उु - " अ तिम्रो पैसा मलाई चलाउन दिन्छौ होला नि "


- " मेरो भन्नु नै तिम्रो हो, तिम्रो भन्नु नै मेरो हो , म सँग मेरो तेरो भन्ने कुरा नगर , मलाई मन पर्दैन " अली रिसाएर भने मैले


त्यही बिच वेटरले खाना ल्यायो । खाना खाइ सके पछी , हामी बाहिर निस्क्यौ , म चुरोट सल्काउन लागे ।


- " आज नखाए हुन्न "


- " अली कती मात्रै तान्छु " खाना खाए सि तान्नै पर्ने आफु लाई , उसलाई भने पटक्कै मन नपर्ने


उु - " अघी को कुरा ले अझै रिसाइ रहेको छौ कि क्या हो ? "


- "होइन किन रिसाउनु , तर आइन्दा प्लिज यस्तो तेरो मेरो कुरा चाँही नगर, मैले अघी नै भनी सके जे तिम्रो हो त्यो मेरो हो , जे मेरो हो त्यो तिम्रै हो " हान्न पाको डाइलग किन छोड्ने , दिए मैले नि एकै सास मा


उु - " ल ल , अब देखी गर्दिन, बरु तिमी ले चाँही चुरोट खान कहिले छोड्ने हो ? अब त उमेर पुगी सक्यो अब त न स्टाईल न पोज किन तानी रहनु पर्‍यो ?"


- " पहिला त तिमी लाई केही हुँदैन थियो अहिले चाँही किन एकासी के बिगारयो चुरोट ले तिम्रो ?"


उु - " तिमी ले भन्या होइन जे तिम्रो त्यो मेरो , जे मेरो त्यो तिम्रो , तिम्रो श्वासथ बिगारएे राख्या छ त्यो चुरोटले , तिम्रो र मेरो बिच को हरेक पल चोरी चोरी  पर लागि राख्या छ , तिम्रो चुरोट ले " उसले नि एकै सास मा भनी ।


आफु ले खन्या खाल्डो मा आँफै परीयो , हुन पनि हो अब त यो जिन्दगी मा उसको पनि अधिकार छ , आफु चाँही तेरो मेरो नभन भन्ने फेरी मलाई मन पर्छ भने तिम्रो टाउको किन दुख्ने त भन्नु भएन ।


- " छोडि दिउला , बिहे पछी " मैले नि भनी दिए त लौजा ।


 
Posted on 08-25-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La Baire je, just completed third episode of the second part, tara khoi kina ho kunni yo episode ma testo special chai bhetiyena tara tapai manche bhaneko yaha khaire ko pani noon khayeko manche time bhyaunu bhayena tesaile lekhna saknu bhayena hola..


But eventually i know you will make this story great.. eagerly waiting for next episode Baire... good work bro.


 


 
Posted on 08-25-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो भाग नि घच्ची गएछ


भनेपछी बिहा को कुरा निक्लियो होइन त -


अनी कहिले त बिहा - खबर गरौ के रे


 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters