NFL 2013 Prediction College Football 2013 Prediction
Predict Football 2013
Random Photos



~   Nas's Corner (18+) ~



नाजको साझा भट्टीमा हजुरहरु सबलाइ स्वागत छ ! सब गलेका, सढेका, कुहिएका, "पाखे", बेउढे, जडिया, अश्लिल, सोमत नभएका, गोब्रे, मुर्ख, महामुर्ख, पटमुर्ख, मतिभ्रस्ट, असभ्य, साझासंसार बाट लखेटिएका सब मेरा "निम्न" बर्गका मित्रहरुलाइ म यहाँ निम्तो दिन चहान्छु ! यो हाम्रो संसार हो !

यो संसारमा तपाईहरु आफु हुन् बाट नहीचकिनु होस ! दिल खोलेर "आफु" हुनुस ! जब तपाई "आफु" हुनु बाट डराउनु हुन्न तब मात्र तपाईलाइ सृस्तिकर्ताले अनेकौ द्वार खोलिदिन्छ ! 

नाजको साझा भट्टी संसार अद्वैत संसार हो ! यहाँ कोइ असल र खराब हुने छैन ! सब समान !

दिएर इज अन्ली वान रुल इन माइ वर्ल्ड  - "दिएर आर नो रुल्श" !

तर हामि ज्ञानी र सचेत प्राणि हौ ! तेसैले हामि अरु को भुललाइ क्षमा गर्ने सामर्थ राख्न सक्छौ ! कसैले तपाईलाइ गालि गरे कृपया क्षमा गरिदिनुस ल ! अनि यहा तपाईहरु जे पनि पोस्ट गर्न पाउनु हुनेछ ! तर छाडा भिडियो अनि नग्न स्त्रीको तस्विरहरु चै नटालुम है ! बरु तेस्तो रुचीको केहि सामग्री छ भने लिंक मात्र गरिदिनुस, एम्बेद नगरी दिनुस !  अनि "सावधान" को संकेत पनि दिनुस है ! नाज त बिनम्र अनुरोध मात्र गर्न सक्छ ! कृपया नाजको अनुरोध स्विकारिदिनुस न ल ! म सके सम्म हजुर को पोस्ट मोडरेट गर्न चाहन्न ! हामि हाकिम सापलाइ "टलरेंस" को उच्च नमुना भइ देखाऊ है त !

अनि म मेरा सब साझा कि परिहरु लाइ यो साझाको भट्टीमा स्वागत गर्न चाहान्छु ! यो भट्टीमा आइमाईलाइ धेरै नै कदर गरिने छ ! जुन समाजमा आइमाई को कदर गरिन्न, त्यो समाजको केहि औचित्य हुँदैन ! तर ख्याल ठट्टा भन्ने कुरो त छँदै छ ! नाज गोब्रे वा मेरो बेउदे मित्रहरुले आइमाई जातिको खुट्टा तान्ने जमर्को गर्यो भने हजुरहरु नि फरिया उचाली हाम्रा मुखा मज्जाले मुति दे हुन्छ !  तेस्तो कुरालाइ ख्याल ठट्टाको रुपमा मात्र लिनु हुनेछ भन्ने म आशा राख्दछु ! बोकाहरुको भट्टी भनेर नडरौनुस ! जन्मौ जन्मसम्म आइमाई जातिहरुलाइ अत्याचार गरेका छौ हामि पुरुषवर्गले ! हजुरहरुलाइ सतिमा जिउदै नजलायेका पनि होइन ! एक चोटी निडर भै हाम्रो संसारमा प्रवेश गर्नुस ! धेरै चुपो बस्नु भो तपाईहरु ! अब हजुरहरु आफ्नो आवाज उठाउनुहोस ! आउनुस रथका दुइ पांग्रा झैँ मिलि हामी यो संसारलाइ हाँसोको संसार बनाऔ !

यहाँ कसै माथि ब्यक्तिगत रिसिइबी नपखौम होला ! तपाईलाइ स्वागत छ  आफ्नो ब्यग्तिगत कुराहरु पोख्न ! म पनि मेरा रमैला कुराहरु पोखौनी छु ! तर ब्यग्तिगत कुराहरु लिएर कसैलाई नहोच्याईदिनुस ! नाज यहा तपाईहरु को सोच माथि असमर्थ होला तर तपाईको लेखाइ लाइ जोखि तपाइलाई कहिले "जद्ज" गर्ने छुँइन ! तपाईलाइ यो संसारमा कसैले जोख्न सामर्थ राख्न सक्दैन, सिवाय इश्वरले मात्र !

तर पब्लिक फिगरहरु, जस्तै सेलिब्रेटी, राजनैतिक व्यक्तित्व आदि इत्यादी जसका बारे अरु वेबसाइटमा उनीहरुको बारे सजिलै पढ्न सकिन्छ, उनीहरुको बारे गस्सिप गर्न याहा रोक-तोक गरिन्न !

हाकिम सापले "अ सेल्फ कर्रेक्तिंग सिस्टम" "फिजिबल" छैन भन्नु भो ! शायेद उहाले ठिकै भन्नु भयो होला ! तर म अझै पनि यो "सेल्फ कर्रेक्तिंग सिस्टम"मा धेरै बिस्वाश गर्छु ! द् अन्ली रेक़ुइज़ित् फर डिस इज टाइम ! मैले नाजलाइ नियालेर हेर्दा,  शायेद नाज पनि "सेल्फ कर्रेक्तिंग सिस्टम" प्रति उन्मुख भएको हो कि जस्तो भान मलाई परेको छ ! समयसंग उ बदलिंदै छ ! र मलाई बिस्वस्त छ, मौका दिएमा सबले आफुले आफैलाइ सुधार्न सकिन्छ ! हाकिम सापले भन्नु भाको जस्तो छोटो समयमा यो "सेल्फ कर्रेक्तिंग सिस्टम" को अपेक्षा साझामा गर्न मिल्दैन किन कि
राहुलभाईजीको "बहुमुखी प्रतिभाका धनी नाज ब्रो" लाइ पनि ९ बर्ष लाग्यो, अरुलाइ नि तेतिकै समय लाग्न सक्छ !

साचै मलाई आज नाज बाजिगर भएको जस्तो अनुभव भैराको छ ! शाहरुखजीले भन्नु भाको थियो जो हारेर पनि जित्छ तेस्लाई बाजिगर भन्छन रे ! साझामा नाजले पाएको घृणा अनि त्यसपछिको प्रेमले यो कुरालाइ साबित गरिदेको जस्तो लाग्छ ! नाजको "साझा पत्र बाकस" आज प्रेमले भरिएको छ ! एती सम्मकि मैले साझा कि केहि साथिहरुलाइ "साझा संसार" बाट बिदा लिएपछि पनि चिन्ने मौका पाए ! उहा मेरी प्राणपियारीहरुले मलाई फोन गर्नु भो  ! साँची म एती खुसि छु अनि सौभाग्य छु र इश्वरलाइ म धन्यबाद मात्र दिन सक्छु ! र फेरी हजुरहरुले बोलाएरनै नाजले  साझा संसारमा प्रवेश गरेको छ ! तेती मात्र होइन हाकिम सापले मलाई पुरस्कार सहित मेरो संसार बसाईदिनु भाको छ ! पहिला "रमझम" मा मेरो अलबम #१ थियो अनि हाकिम साप द्वारा पुरसकृत भए ! अहिले साझामा नाजको लोकप्रियताको (हाल अफ फेम क्लिक गरि हेरम त् ) कारणले स्वयम हाकिमसाप द्वारा "नाजको भट्टी" उद्घाटन गरिबक्सियो ! साँची मलाई यो ठुलो उपलब्धि जस्तो लाग्छ ! किन कि आज सम्म एस्तो सम्मान साझाका साधु सन्त र बुद्धि जीविहरु समेतलाइ प्रदान गरिएको छैन ! हाकिम सापको मान सम्मान पाएको देखेर साँचीनै  "
collegefootballrocks " ब्रोले भन्नु भाको जस्तो कहिँ नाज "साझा को जेम्स" नै हो कि जस्तो पो लाग्न थाल्यो हौ ! मलाई नाजको मादल पिट्न मन छैन ! यहा नाजको नाम सुन्यो कि कान पाक्नेहरु धेरै छन् ! हि हि !

लु आउ साथी भाई हो, मेरो संसारमा तिमि लाइ स्वागत छ ! यो जिन्दगिमा मरी लानु के छ र ? हासौ, खेलौ, ख्याल ठट्टा गरौ ! अन्तमा तिम्रो धन सम्पति सब कुछ येही संसारमा त्यागी जान्छौ ! तिमिले राम्रो कर्म मात्र त लिएर जानेछौ !

नाजले साझामा धेरै समय बिताए ! धेरै कुराहरु लेखे ! धेरै कुराहरु भोगे ! तर यी सब कुराहरु बाट मेरो लेखमा सुधार आएको जस्तो लाग्छ ! मैले मेरा तर्क-बितर्कहरु नाज द्वारा राम्ररी पोखौंन सकेको जस्तो लाग्छ ! हजुरहरु बाट नि येही आशा राखी म सान यो साझा संसारमा नाजको संसारलाइ जन्म दिन चाहन्छु !

लास्ट बट नट द् लिस्ट - "इट्स नथिंग पर्सनल, अन्ली अ बिजनेस" !

अनि के पिउनु हुन्छ त ?

लोकल कि रुस्लान ?



Viewed 509 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters