_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालीलाई 'ठोक्नु पर्छ' भन्दै फेसबुकमा लेख्ने बेलायतीलाई सजाय
[VIEWED 4889 TIMES]
SAVE! for ease of future access.
Posted on 08-22-12 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नेपालीलाई 'ठोक्नु पर्छ' भन्दै फेसबुकमा लेख्ने बेलायतीलाई सजाय

 
(2 votes, average 3.50 out of 5)
काठमाडौँ, भदौ ६ (नागरिक)- फेसबुकको एउटा समूहमा नेपालीहरुलाई ठोक्नुपर्छ भनी कमेन्ट लेख्ने एक बेलायतीलाई अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको छ। उनले गत जुलाई २३ मा त्यस्तो लेखेको भोलिपल्टै अर्को जातिप्रति घृणा फैलाउने हिंसा उक्साउने प्रतिक्रिया लेखेको आरोपमा नियन्त्रणमा लिइएको थियो। 
 एल्डरसटस्थित ब्राइस गार्डेन्स निवासी काइल सिमन म्याक्लभोरले रसमोर फेसबुक ग्रुपमा नेपाली समुदायका सदस्यहरुलाई पिट्न आह्वान गर्दै कमेन्ट लेखेको गेटह्याम्पसायरले जनाएको छ। 'हामीले नेपालीहरुलाई ठोक्न ब्रिगेड सुरु गर्नु परेको छ', उनले लेखेका थिए। 

गत बिहीबार एल्डरसट म्याजिस्ट्रेट अदालतले उनलाई दोषी ठहर गरेको हो। सार्वजनिक सञ्चारमा आपत्तिजनक सन्देश प्रवाह गरे कारबाहीको प्रावधान छ। अदालतले उनलाई ३५ पाउन्ड जरिवाना र सामाजिक सञ्जालको प्रयोगबारे चेतावनी दिने सजाय दिएको हो।

प्रहरीसँगको अन्तर्वार्तामा २० वर्षका म्याक्लभोरले आफूले त्यस्तो कमेन्ट लेखेको तर रिसले आँखा नदेखेको बेलामा त्यस्तो गरेको स्वीकार गरेका थिए। उनले अदालतमा पछुतोसमेत मानेका थिए। 

अभिनेत्री जोआना लुम्लेले गोर्खालीहरुलाई समान पेन्सन दिनुपर्ने र बेलायतमा बसोबास गर्न दिनुपर्ने अभियान चलाएपछि नेपाली समुदायको विरोधमा पनि आवाज उठिरहेको छ।  'प्लिज प्लिज नो मोर नेपलिज' नामको एउटा अर्को समूहप्रति पनि यस्तै चासो उत्पन्न भएको छ। यो समूहले भने आफूहरुले शान्तिपूर्ण विरोध गर्ने भन्दै घृणायुक्त र जातिवादी कमेन्टहरु हटाउने गरेको छ।


 
Posted on 08-22-12 1:42 PM     [Snapshot: 54]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

waiyyat. I bet nepali le nagareko bhaye jamana thuprai yuddha ma har khanthiyo hola bajjay haru.
 
Posted on 08-22-12 5:00 PM     [Snapshot: 346]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठोक्नु त पर्ने नै हो
तर
सार्वजनिक सम्पति तहस-नहस गर्ने अनि बन्द र  हड्ताल गरि अनावास्क्यक दुख दिने राजनैतिक नेपाली जन्तुहरुलाइ |
हो हो ठोक् |
(:::sorry for those great Gorkhali brothers and families to whom some english hoodlums wrote that way, they know we fight with fortitude, they envy:::)

 
Posted on 08-22-12 5:56 PM     [Snapshot: 460]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho yesma do mat chaina.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Driver license help ASAP sathiharu
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters