cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

tragicomic

Mr. D

Tyo Din

jetho390
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हिन्दु अन्ध विश्वास भनिने कुराहरु बिज्ञान अनुरुप रहेछन
[VIEWED 63285 TIMES]
SAVE! for ease of future access.
Posted on 02-28-15 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

एजेन्सी-
हिन्दू धर्मका कतिपय चलनहरुलाई अन्धविश्वासको रुपमा लिइदै आएको छ । विज्ञानको विकाससँगै हिन्दू धर्मका कतिपय चलनहरुलाई विज्ञानले पनि स्वीकार गर्दै आएको छ । प्राचीन कालमा हाम्रा पुर्वजहरुले मानेका सामान्य कुराहरु पनि वैज्ञानिक रुपले मानिसको मस्तिस्क र स्वास्थको लागी फाइदाजनक रहेको प्रमाणित भएका छन् ।
कतिपय मानिसलाई उनीहरुले पालना गर्दै आएको चलनको अर्थ थाहा नभएता पनि पुर्वजहरुले मान्दै आएको संस्कार त्याग्नु हुन्न भन्ने विश्वासमा अढेर निरन्तरता दिँदै आएका छन् । प्राचीन ऋषिहरुले भगवान र धर्मसँग जोडेर वैज्ञानिक कुरालाई सामान्य मानिसहरुबीच नियमको रुपमा स्थापित गरिदिए, जुन विस्तारै चलन हुदै संस्कृतिको रुपमा चिनिदै गयो । हिन्दू धर्मका यिनै कतिपय चलनहरु वैज्ञानिक रुपमा पनि राम्रो रहेको वैज्ञानिकहरु बताउँछन् । ति मध्ये वेदमा उल्लेख गरिएका र विज्ञानले पनि पुष्टि गरेका केहि चलनहरुः
१. दुवै हात जोडेर नमस्ते गर्नु

myth to science
हिन्दु धर्ममा दुवै हात जोडेर नमस्ते गर्ने चलन छ । यसको सामान्य अर्थ एक अर्कालाइ सम्मान गर्नु हो । तर, वैज्ञानिक रुपमा दुवै हातका औँला जोडेर नमस्कार गर्दा,मानिसको औँलाको टुप्पो जोडिँदा हाम्रो शरीरको इन्द्रिय सक्रिय हुन्छ । जसले सुन्न, देख्न र ध्यान केन्दि«त हुन मद्धत गर्दछ र लामो समयसम्म त्यो मान्छेको याद ताजा बन्दछ । नमस्कार गर्दा शारीरिक मेल नहुने हुदाँ हातको किटाणु पनि नसर्ने हुनाले रोगबाट पनि टाढा रहिन्छ ।

२.पानीमा सिक्का फाल्नु

myth to science
हामीले कतिपय मन्दिरमा सिक्का फाल्दा कुनै निस्चित ठाँउमा प¥यो भने भाग्य बलियो हुन्छ भन्ने सुनेकै छौ र कति मन्दिरमा भाग्य बलियो बनाउन सिक्का पटक–पटक फालेकै पनि छाँै । तर, वैज्ञानिक रुपमा हेर्ने हो भने मानिसको शरीरमा तामा अत्यावश्यक धातु हो । पहिलेका सबै मानिस खोलाको पानीमा नै भर पर्ने र सिक्का पनि सबै तामाकै हुने हुँदा ऋषिहरुले भगवानसँग जोडेर तामाको सिक्का पानीमा फाल्ने चलन राखिदिएको हुन सक्छ ।

३. मन्दिरको ढोकामा घण्टी हुने

myth to science
मन्दिरमा भित्र पस्दा हामी घण्टी बजाएर मात्र भित्र पस्दछौँ । शास्त्रले भन्छ– ‘घन्टी बजाउँदा दुष्ट शक्तिहरु टाढा हुन्छन् र भगवान आनन्दित हुन्छन् ।’ तर, वैज्ञानिक रुपमा हेर्ने हो भने घण्टी बजाउँदा घण्टीको आवाजले हाम्रो मस्तिष्क खाली गराउँछ र ध्यान केन्द्रित गर्न मदत गर्दछ । घण्टीको आवाजले हाम्रो दाँया र बाँया मस्तिष्कलाई एकत्रित गर्दछ । घण्टी बज्दा ७ सेकेन्डसम्म गुञ्जीने त्यसको प्रतिध्वनीले हाम्रो शरीरका हरेक अगंलाई ताजा र फुर्तिलो बनाइदिन्छ ।

४.उत्तर दिशामा टाउको फर्काएर सुत्न नहुने

myth to science
उत्तर दिशामा टाउको फर्काएर सुत्दा भुत लाग्ने, आत्माले समाउने डर हुने आदि इत्यादि विश्वास राखेरै पनि हामी त्यसरी सुत्दैनौं । तर वैज्ञानिक रुपमा हेर्ने हो भने हामी मानव शरीरको आफ्नो चुम्बकीय क्षेत्र हुन्छ । रगतको प्रवाहको आधारमा यसलाई मुटुको चुम्बकीय क्षेत्र पनि भनिन्छ । यो पृथ्वी पनि विशाल चुम्बकीय क्षेत्र नै हो । हामीले उत्तर दिशामा टाउको फर्कएर सुत्दा शरीरको चुम्बकीय क्षेत्र र पृथ्वीको चुम्बकीय क्षेत्रमा अनुचित वातावरण बन्दछ । जसकारण हाम्रो मुटुलाई सामान्य भन्दा बढि जोडले काम गर्नु पर्दछ र रक्तचापको समस्या आउने र मस्तिष्कमा फलामको मात्रा ज्यादा जम्मा हुन्छ । टाउको सम्बन्धी रोग र मुटु सम्बन्धी रोग लाग्ने सम्भावना बढि हुन्छ ।

५. पिपलको रुखलाई किन पुजा गरिन्छ ?

myth to science
पिपलको रुखले न खाने कुरा फलाउँछ न त पिपलको काठ घर बनाउन मिल्ने जति बलियो नै हुन्छ । तरपनि पहिलेदेखि मानिसले पिपललाई किन पुजा गरे होला त ? रातमा पनि अक्सिजन फाल्ने केही मात्र वृक्ष मध्ये पिपल पनि एक हो ।

६.तुलसीको पुजा

myth to science
हिन्दु धर्ममा तुलसीलाई पवित्रता र स्वच्छताको प्रतीक मानिन्छ र तुलसीलाई पुजा गर्ने चलन चल्दै आएको पनि छ । घर अगाडी तुलसीको लागि छुट्टै मठ बनाइ तुलसीलाई जल चढाएर बिहान बिहान पुजा पाठ गरेको हामीले देखेकै छौँ । नपढेका मानिसले पनि यो सब गर्दै आएका छन् । तुलसी हाम्रो शरीरको लागी एकदम फाइदाजनक वस्तु हो । तुलसीको पातलाई पानीमा राखि बिहान पिउने हो भने यसले अमृतकै काम गर्छ भन्दा पनि फरक नपर्ला ! किनभने यसले हाम्रो पाचन प्रणालीलाई बलियो बनाउँछ र शरीरका सबै अंगहरुलाई सक्रिय बनाउँछ । सर्प पनि तुलसीको बोटसँग डराउँछ र लामखुट्टे पनि तुलसीको बोट नजिक आउन रुचाँउदैन ।

७.मुर्तिलाई पुजा गर्नू

myth to science
तपाईँ मनकामना, दक्षिणकाली, पशुपति गएर भगवानको अगाडी हात जोड्दा के सोच्नु हुन्छ ? पक्कै पनि आफुले इच्छाएको काम कुरा पुरा होस् भनि माग्नु हुन्छ । एक पल्ट याद गर्नुहोस् त, तपाईँ भगवानको अगाडी हात जोडेर उभिनुभएको । तपाईँको मस्तिस्कले के सोचिरहेको हुन्छ ? मस्तिस्कले एउटा मात्र कुरालाई ठुलो बनाउँछ, भगवान मेरो यो पुगोस् भनी माग्छ । यो गर्नु मस्तिस्कलाई एकदम फाइदाजनक कुरा हो । किनकी मानिसले मस्तिष्कलाई एकाग्रता गर्नकालागि ध्यान गर्दछ । ध्यान गर्दा पनि केन्द्रीत हुन कति मिनेट लाग्छ, अझ कतिपयको त ध्यान एकत्रित नै हुदैन । तर, हामी भगवानको अगाडी हात जोडेर उभिदा सबै कुरा मस्तिष्कबाट हट्छ र हामी भगवान प्रतिनै ध्यान केन्द्रीत हुन्छौँ र हामीलाई आध्यात्मिक शक्ति प्राप्त हुन्छ । मानिसले मनोवैज्ञानिक रुपमा पनि भगवानलाई ढोगेपछि सकारात्मक उर्जा प्राप्त गर्दछ ।

८.विवाहित महिलाले सिन्दुर लगाउनु

sindoor
हिन्दु धर्ममा विवाहित महिलाले सिँउदोमा सिन्दुर लगाउनै पर्ने र श्रीमानको मृत्युपछि हातको चुरा, सिन्दुर सबै त्याग्नुपर्ने चलन छ । पहिले सिन्दुर बनाइन्थ्यो बेसार कागती र एक धातुबाट, जुन बिच सिउँदोमा लगाइन्छ । पिट्यूटरी ग्रन्थि (भावना जम्मा हुने ग्रन्थि)को ठिक्कमाथि सिउँदो हुने भएकाले सिन्दुरले भावनामा पनि सकारात्मक उर्जा प्रदान गर्दछ । सिन्दुरमा हुने ‘मरकरी’ र रातो रङले रक्तचाप नियन्त्रण गर्नुका साथै यौन इच्छा पनि जगाँउछ । यसैले गर्दा विधवालाई सिन्दुर र रातो रङबाट वञ्चित गराइन्छ ।

- See more at: http://zestkhabar.com/2014/11/5226/#sthash.jMMzPbu6.TDN1UhlX.dpuf
 
Posted on 02-28-15 10:13 AM     [Snapshot: 229]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You can come up with "Scientific justification" for pretty much everything. Give me a superstitous thing you do, I will give you a Scientific basis for it.
Didn't want to cross the road when a car crosses it? Guess what, the car might just have sensed something dangerous and ran across; best to avoid that road. Sneeze before starting a journey? It could be a sign that you are going to catch a cold, better stay inside. At least sit for few minutes, it might help your aggravated immune system calm down a little bit.

I like few of the justifications, like the copper in drinking water- though I could make a point that instead of wasting copper coins, why not simply use copper jugs that were used back then and are still used. I just think they are more of a serendipity than anything else, except for few practices.
 
Posted on 02-28-15 10:14 AM     [Snapshot: 229]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ofcourse I meant cat not car.
 
Posted on 03-02-15 12:19 PM     [Snapshot: 18003]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लेख्ने मान्छे नम्बर एक खाते हो
 
Posted on 03-02-15 12:23 PM     [Snapshot: 18027]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्येस्तै भन्ने हो भने जे भने नि भो गू गनाएको कारण नाक मा भएको कीटाणु मार्नको लागि हो भनेनी भो
 
Posted on 03-02-15 1:11 PM     [Snapshot: 18125]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 19-Mar-15 01:47 PM

 
Posted on 03-02-15 2:06 PM     [Snapshot: 18338]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा साझासेक्सिले ठिकै भन्नु भयो | कथाको पुरा अन्स त आउदैन तर पनि छोटो बनाउछु \

एउटा अन्धोलाइ सोतो बस्तुको बारेमा कुरा गर्दा त्यो भनेको के भनेर सोध्छ : देखेको छैन सोध्ने त भै हाल्यो | त्यो दुध जस्तो सेतो छ | अनि त्यो सेतो संग जोडिने अर्को उदाहरण दिन्छ अनि त्यो भनेको के हो ? अन्त्यमा हैरान भएर एक चड्कन लगाई दिए पछि बुझे भनेछ |
संस्कृतका ठेलीमा बिज्ञान देखि सबै छन् भनेर अहिले गजक्क पर्छन | होलान तर तेस्लाई बुझाउने व्यक्ति कति थिए अनि तपाइँ हामि जस्ता बुझक्कड कति थियौ भने बिज्ञान संगै जोडिएका कुरा हरु गरेर बुझाउन खोजेको खण्डमा तेस्लाई पुस्टि गर्ने स्रोत त साधन थिए त ? थिएनन , विद्वान ले बनेको भन्दै एक देखि अर्को पुस्ता मान्दै आए | कतिपय कुरा हरु जे जति करणले गरीएको भए पनि अहिले राम्रो रहेछ भन्दै तेस्लाई पालन गर्दै आयौ, तपाइँ हामीले तेस्ता काम कुरा धर्म को नाम मा जोडीदिनु जायज भए जस्तो लागेन |
यहुदी र यहुदी कै बमसज बात बनेको इस्लामले भने सुँगुर धर्मको बिपरित हो भने छ | हिन्दु धर्म भनेर धर्मको किताब कसलाई मान्नु हुन्छ ?
हिन्दु धर्म : सनातन धर्म हो : जसले जे मानि आएको छन् मान्दै जाने | बेद र तेस्पछि आएका किताबका ठेलिल्मा जो जो सक्तिमान थिए तिनीहरुको कुरा लेखेको छ अनि भगवान भनिदिएकोछ | इस्ट इण्डिया कम्पनि भारत बर्स मा आए पछि न्वारन गरिदिएको हो हिन्दु : हैन न र ?
हाम्रा पुराना संस्कृतका ठेली हरु साहित्य र फिलोसफिका आदर्स पुस्तक हुन् : अनि यसलाई धर्मका किताब ठान्नु हुन्छ ? कसैले शोध्यो तिमीहरुको धर्मको स्रोत के हो ? कुनै पुस्तक छैनन् न कुनै संगठन / पदधारिक पद ओगटेको संस्था छ : सनातन धर्म र यसका आसे पासे बाहेक हरेक धर्मका आधारिक पुस्तक र तेस्को संरक्षण र सम्बर्धन गर्ने संस्था छन् |
भन्नु होला बनारसका मठाधिस हाम्रा धर्मका बाख्या कर्ता हुन् ? हो ठिकै भन्नु भएछ मुर्ख हरुका लागि धर्म हो अनि हामि सबै तेस धर्मका followers मुर्ख हौ | अनि यो लेख लेखेर फाइदा बेफ़ैइदा देखाउने र धर्मको नाम मा जोड्न खोज्ने झन् माहा मुर्ख ?
भन्नु होला गोर्खेको लेखाइ बुझ्दिन :  संस्कृतका ज्ञाताले ठगि खाने मेलो बानाएको मा दुख लाग्छ अनि संक्रितमा जे लेखिदिए पनि धर्म संग जोडिदिने क्रम कसले तोड्न सक्ने : यो पढ्न त सबैले सके तर सतही मात्रै बुझे | 
बुझाउन खोज्ने मुर्ख, मान्ने मुर्ख , पढ्ने मुर्ख , सुन्ने मुर्ख : मुर्खै मुर्खको जमातमा यो मुर्ख्याइ गर्दै छु |
Last edited: 02-Mar-15 02:08 PM

 
Posted on 03-02-15 2:15 PM     [Snapshot: 18460]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोर्खेज्यु,

माफ गर्नुहोला मेरो comment अलि संवेदनहीन रहेछ, अब आफ्नो मुखै छुच्चो सारालाई गालि गर्दै हिंड्ने त्यसैले filter हुँदैन, त्यसैले फेरी एक चोटी माफ पाउँ, त्यो comment साझा.कम का चोर भाते पाखण्डी हरुका लागि थियो यहाँका लागि थिएन.

तैपनि म organized religion घोर बिरोधि हुँ, र दुनियाभरि को समस्या सल्टाउन अघि धर्म कर्म, पूजा आज्ञा गरेको र वाहियात नियम कानून बनाएको म देख्न सक्दिन, कुरो त्यति मात्र हो.
 
Posted on 03-02-15 3:00 PM     [Snapshot: 18587]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रो: म पनि संस्कृत लाइ पेवा बनाएर , सर्ब साधारण बात अल्ल्ग्याएर ब्राम्ह बाच्य वा बाक्य नै धर्म हो भन्ने, संस्कृत मा कोरिदिए पछि भै हाल्यो , कोराइ को डोरो चाहि आफ्नो घर भित्र छिराउन खोजेका हरुको को घोर बिरोधि हु | अहिले यस्तै यस्तै प्रवृति लिएका हरुले देश चालाई रहेका छन् अनि हेर्नुस चाल !
मैले भन्न खोजेको कुरा चाहि विद्वानले अनुभब अनि बिसिस्ठ अध्यन बात केहि नौला कुरा हरु दिन्छन : लिने ले कसरि लियो अनि कालान्तरमा केमा परिवर्तन भयो त्यो आफ्नै ठाउ मा छ | ज्ञानलाई ठगि खाने मेलो बनाए अरु देश र समाजमा झैँ | हाम्रो मात्र कहाँ अपवादमा थियो र छ ?




 
Posted on 06-18-15 4:21 AM     [Snapshot: 40907]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mero tarfa bata dvg sarkar ani sabai Jana lai dui hath Jodi namaskar hai
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters