[Show all top banners]

JameJune

More by JameJune
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 The Maoist Real Face(Everyone is Indain Real Ghulam)
[VIEWED 3013 TIMES]
SAVE! for ease of future access.
Posted on 05-21-12 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 नेपालका माओवादीहरुको भारतमा असर

संजय ढकाल
सम्बाददाता, बीबीसी नेपाली सेवा

पछिल्लो समयमा नेपालका माओवादीहरुले सिद्धान्त त्यागेको र पार्टि फुटको संघारमा पुगेको भन्ने आरोपहरुका माझ भारतीय विश्लेषकहरुले त्यसले भारतका माओवादीहरुलाईपनि सैद्धान्तिक धक्का पुर्‍याउने ठानेका छन्।
(यो कारण ले गर्दा अहिले माविस्ट मा फूट भएको छ )

अनुमान 

नेपालका माओवादीहरु शान्ति प्रक्रियामा आएपछि त्यसले भारतका माओवादीहरुमा पनि दबाब बढ्ने कैयौं भारतीय विश्लेषकहरुको अनुमान विपरीत भारतीय माओवादीहरु उनीहरुले भन्ने गरेको जनयुद्धमा डटेर लागिरहेका छन्। केही समय यता उनीहरुले नेता तथा वरिष्ठ अधिकारीहरुको अपहरण गरेर भारतीय अधिकारीहरुमाथि दबाब बढाएका छन्। भारतको छत्तीसगढ राज्यको सुकमा क्षेत्रका वरिष्ठ सरकारी अधिकारी कलेक्टरलाई अपहरण मुक्त गरेको दुई साता नवित्दै त्यही क्षेत्रबाट भारतीय जनता पार्टिका नेतालाई उनीहरुले हालै अपहरण गरेका छन्।
तर हालै नेपालका माओवादीहरुमा आएको भनिएको ‘विचलन’ र ‘फुट’ ले भारतीय माओवादीहरुलाईपनि धक्का पुग्ने विश्लेषकहरुले ठानेका छन्। भारतको माओवादी आन्दोलनलाई नजिकबाट नियालेका दिल्लीका विश्लेषकहरु नेपाली माओवादीहरुमा आएको परिवर्तनप्रति निकै चासो राख्ने गर्छन्।
साढे पाँच वर्ष अगाडि शान्ति सम्झौता भएपछि त्यसले भारतीय माओवादीहरुलाई पनि उनीहरुले अंगालेको बाटो प्रेरित गर्ने कतिपयले ठानेका थिए। तर परिस्थिति ठिक उल्टो भयो। पछिल्ला वर्षमा माओवादीहरुको विद्रोहलाई भारतको पहिलो नम्बरको आन्तरीक सुरक्षा समस्या मानिन थालियो। 

धक्का

नेपाली माओवादीहरुमा देखिएका यिनै परिवर्तनहरुले भारतीय माओवादीलाई गम्भीर धक्का लागेको दिल्लीका कतिपय विश्लेषकहरु बताउँछन्।
“नेपालमा माओवादी आन्दोलन, जुन पतनतर्फ उन्मुख छ, त्यसको ठूलो असर भारतको आन्दोलनमा पर्छ। यो पक्का छ, किनभने भारत र नेपालको जुन आन्दोलन छ तिनको पुरानो र घनिष्ट सम्बन्ध रहिआएको छ,” नेपाली माओवादीहरुबारे समेत जानकार भारतका मानव अधिकारवादी गौतम नवलखाले भने।
तर त्यस्तो असर केवल सैद्धान्तिक हुने धेरै विश्लेषकहरुको ठहर छ। “दक्षिण एशियामा यो कुराले जरुर धक्का पुर्‍याउने छ कि एउटा आन्दोलन जो क्रान्तिको यति निकट पुगेरपनि पछाडी फर्कनु पर्‍यो। यसको नैतिक असर जरुर पर्छ। तर यसले भारतीय माओवादीहरुमाथि गम्भीर खालको असर भने पार्नेछैन,” बामपन्थी झुकाव राख्ने भारतीय विश्लेषक आनन्द स्वरुप वर्माको भनाई थियो। भारतीय माओवादीहरुको निकट मानिने कतिपय बुद्धिजीवीहरुले चाहीं नेपालमा माओवादी आन्दोलनलाई केही नेताहरुले, उनीहरुकै शब्दमा, उल्टो दिशामा हिंडाएको हुनाले त्यसले भारतमा फैलिएको क्रान्तिकारी भावनालाई मार्न नसक्ने बताउँछन्। दिल्ली विश्वविद्यालयका अध्यापक तथा रिभ्योल्युशनरी डेमोक्रेटिक फ्रन्टका सचिव जी एन साइबाबाले भने, “नेपालमा भएका विकासहरुलाई यहाँ कसरी हेरिन्छ भने, त्यहाँ माओवादी पार्टिको एक गुटको नेतृत्वको योजनामा, उपलब्धिहरु उल्टाइएका हुन्। त्यसैले त्यसको असर भारतीय क्रान्तिकारी आन्दोलनमा पर्दैन।” दिल्लीका विश्लेषकहरुले काठमाण्डौंमा माओवादी पार्टि फुटको सन्निकट पुगेको भन्दै त्यसले भारतीय आन्दोलनमा पर्ने असरको हिसाबकिताबलाईपनि निकै चासोपूर्वक नियालीरहेका छन्। नेपालमा चाहीं माओवादीहरुले सरकारको नेतृत्व समेत गरे। अनि, उनीहरुमा सिद्धान्त त्यागेको र बुर्जुवाकरण झ्याम्मिएको आरोपहरु लाग्न थाले।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters