[Show all top banners]

sonoma
Replies to this thread:

More by sonoma
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रशान्‍त तामाङ नेपालीको गौरव कि सोनीको लैनो गाई ?

[Please view other pages to see the rest of the postings. Total posts: 39]
PAGE: <<  1 2  
[VIEWED 14510 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-23-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रशान्‍त तामाङ नेपालीको गौरव कि सोनीको लैनो गाई ?
डा. प्रदीप भट्टराई

  • भनिन्छ, सत्य सधै तीतो हुन्छ, अप्रिय हुन्छ। केही समय यता मेरो दिमागमा
    एउटा यस्तै अप्रिय सत्य बास बस्न आइपुगेको छ। तर, जतिबेला यो सत्य ममा
    पाइतो सरेको छ, त्यतिबेलै मानिसहरु एकनासले त्यस सत्यलाई आँखा चिम्लेर
    एउटा कात्तिके विवाहमा जन्ती गइरहेका छन्। म त्यो दृश्य पनि धेरै दिनदेखि
    एकनासले हेरिरहेको छु। कहिले काठमाडौंमा त कहिले बुटबलमा, कहिले पोखरामा
    त कहिले धरानमा पटकपटक देखिएको त्यो कात्तिके जन्ती र त्यसका लागि आवश्यक
    वातावरण बनाइदिने फोबञ्जारी सञ्चारकर्मलाई पनि एकनाशले हेरिरहेको छु।
    त्यसका लागि पस्किएका एड्भोर्टरिल्स, इन्फोमर्सियल्सलगायतका सञ्चार
    सामग्रीहरु र ती सामग्री पस्कने    खेताला सञ्चारकर्मीहरुको थप जन्ती पनि
    देखिरहेकोछु।

    प्रसंग यो बेमौसमी विवाह र त्यसका बेहुला प्रशान्त तामाङको हो। सोनी
    टेलिभिजनले एउटा कार्यक्रममार्फत् इन्डियन आइडल बनाएका यी नेपाली मूलका
    भारतीय तन्नेरीको प्रशंसामा मैले यही पत्रिकामा लेखेको थिएँ, भारतीय
    हैकमवादविरुद्ध उठेको नेपाली शान अर्थात् प्रशान्त। प्रशान्तलाई इन्डियन
    आइडल बनाउन नेपालमा देखिएको अभूतपूर्व प्रशान्त प्रेम र त्यसको
    परिणामस्वरुप उनलाई प्राप्त भएको सफलतामा नेपालमा देखिएको हर्षबढाईंको
    पछाडि मलाई लागेको कारण त्यही थियो। हुन पनि नेपालमा एउटा व्यक्तिको
    सफलतामा त्यति धेरै खुसियाली मनाइएको इतिहास अभिलेखमा पाइँदैन, त्यसमा
    पनि एकजना प्रवासी नेपालीका पक्षमा वास्तवमा यो आफैमा एक चमत्कारिक
    प्रतिक्रिया थियो। यता नेपालमा जुन मानकमा चमत्कारिक हर्ष बढाईं भइरहेको
    थियो, त्यही बेला भारतमा भने प्रशान्तलाई लिएर रंगभेदी तथा वर्णवादी
    प्रतिक्रियाहरु सार्वजनिक भइरहेका थिए।    जहाँ प्रशान्त इन्डियन आइडल बने,
    त्यहाँ उनको चर्चा पूरै सेलाइसकेको थियो। त्यसलाई सेलाउन स्वयं टेलिभिजन
    पनि लागेको थियो। तर यता नेपालमा भने प्रशान्त ज्वरो यति चढेको थियो कि
    एक किसिमको बुहलीपनाकै हैसियतमा चढेको थियो भने पनि हुन्छ। नेपालीको यही
    पागलप्रेमलाई सोनी टेलिभिजनले सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्दै
    प्रशान्तका लागि नेपाल बजार बनायो। सोनीले प्रशान्तका लागि जुन एक करोड
    रुपैयाँ दिनुपर्थ्यो, त्यो उसले नेपालमै उठाउन अहिले प्रशान्तलाई आफ्नो
    ब्रान्ड बनाएको छ।
    मेरा एक अभिन्न मित्र तथा अग्रज पत्रकार रामरिझन यादवले कुनै एक
    पत्रिकामा लेखेका पनि थिए, प्रशान्त भारतीय सांस्कृतिक प्रदूषण फैलाउने
    पहाडे बाजा हो। यस्तै आशयको अर्को आलेख थियो अर्का मित्र चन्द्रकिशोर
    झाको। शुरुमा त मलाई लागेको थियो, मित्रहरु मधेसी एक्टिभिस्ट भएछन्।
    प्रशान्तको विजयमा भारतीय हैकमवादविरुद्ध उठेको नेपाली शान देख्ने मेरा
    लागि त्यस्तो सोचाई आउनु आफैमा अस्वभाविक पनि थिएन। तर, जति जति प्रशान्त
    नेपाल धाउन थाले र उनका कार्यक्रमहरुमार्फत् सोनी टेलिभिजनले लाखौंलाख
    नेपाली रुपैयाँ भारत पैठारी गर्न थाल्यो, उनको स्वरमा गुञ्जेका हिन्दी
    गीतहरु थप नेपालीका मुखमा गुञ्जन थाले त्यसपछि भने मलाई पनि लाग्न थाल्यो
    कि, मेरा मित्रद्वय रामरिझन र चन्द्रप्रकाशले भनेको ठीकै रहेछ। सोनी
    टेलिभिजनले प्रशान्तलाई कन्ट्रयाक्टबापत दिनुपर्ने एक करोड रुपैयाँ नेपाल
    र नेपाली मूलबाटै उठाउने योजना रहेको सार्वजनिक गर्‍यो र यसबीचमा झण्डै
    पचास लाख भित्राइसकेको बतायो त्यपछि भने मलाई लाग्यो, प्रशान्त भारतीय
    हैकमवादविरुद्ध उठेको नेपाली शान शान केही होइन, सोनी टेलिभिजनको नेपाली
    पैसा पगार्ने लैनो गाई मात्र रहेछ।

    कर्णदाश, विवेक श्रेष्ठ, ओकिली, सपनाश्री, राजु लामा, संजीव प्रधान,
    सरिश्मा अमात्य, शर्मिला बर्देवा, हरिश माथेमा, ममता दिपविमजस्ता एकसे एक
    प्रतिभाशाली गायकहरुको सांगीतिक भविष्य अन्धकारमा पारेर विदेश पलायन
    गराउन परोक्ष रुपमा भूमिका निर्वाह गर्ने हाम्रा संगीतप्रेमीहरुको यो
    प्रशान्त प्रेम अचाक्लीको छ। गायकका रुपमा भन्ने हो भने प्रशान्त कुनै
    पनि मानेमा माथि उल्लेख गरिएका नेपाली गायक गायिकाहरुको हैसियतमा छैनन्।
    तर, तिनीहरुका संगीत सिर्जनाहरु खरिद नगर्ने, उनीहरुका कार्यक्रममा बाटो
    बिर्सने यी अचम्मका संगीतप्रेमीहरु अहिले प्रशान्तले गाउने अर्काको
    हिन्दी गीतहरुमा झुम्मिरहेका छन्। नेपाली कलाकारहरुका लागि ठाउँ नदिने
    सञ्चारमाध्यमहरु प्रशान्तका लागि प्राइम टाइम समाचारमा लाइभ गर्न
    भ्याइरहेका छन्, नेपाली कलाकारका लागि केही गर्नुपर्दा जंकीटखोज्ने
    सञ्चारकर्मीहरु अहिले प्रशान्तका लागि मार्केटिङ एजेन्ट बन्ने होडबाजीमा
    छन्।

    यी सबै दृश्यहरु हेरिरहेको मेरा लागि कसैले यो सत्यको अर्को पाटोमा कलम
    चलाउला कि, धेरै दिनसम्म आशा गरेको थियो, प्रशान्त नामको लैनो गाई पाल्ने
    सोनी टेलिभिजनको यो व्यापारको पर्दाफास कसैले गर्ला कि भन्ने पनि आश
    लागेको थियो, त्योभन्दा पनि बढी नेपाली कलाकारहरु यो सोनी व्यापारको
    विपक्षमा आवाज निकाल्लान् कि जस्तो पनि लागेको थियो। अझ भारतीय
    साम्राज्यवाद र सांस्कृतिक प्रदूषणको विरोध गर्ने माओवादी
    सांस्कृतिकर्मीहरु र उनीहरुको क्रान्तिकारी दस्ता वाईसीएलले पनि केही
    बोल्ला कि जस्तो लागेका थियो। तर, मौनता साँधेरै सही अरु अरु त स्वयं
    ईश्वर ज्ञवालीदेखि कमरेड सागरसम्म लुरुलुरु जन्ती गए यो कात्तिके
    विवाहमा। अनि बोल्ने को? कि यो बोल्नुपर्ने विषय होइन।

    हुन त अहिले प्रशान्त ज्वरो चढेको छ यहाँ। त्यसमा पनि प्रशान्त अहिले
    नेपालीभन्दा पनि बढी तामाङ हुँदै गएको स्थिति छ। यस्तो बेला प्रशान्तलाई
    सोनी टेलिभिजनको लैनो गाई भनिदिँदा कसैलाई मर्का पनि पर्ला, कसैलाई रिस
    पनि उठ्ला। तर, तर्कले ठाउँ पाउने र विवेकको अर्थ हुने हो भने जतिसुकै
    अप्रिय भए पनि सत्य त सत्य नै हुन्छ नि! तपाईं आफै भन्नुहोस्,
    प्रशान्तबाट आखिर हामीले के पायौं त, गरिब नेपाल र नेपालीको करोडौं
    रुपैयाँ ओसार्ने भरियाबाहेक उनी के भए? उनले गाउने लोकप्रिय हिन्दी
    गीतबाट हामीले कुन संगीत र संस्कृतिको पक्षपोषण भएको पायौं? के हामीले यी
    प्रश्नहरुको उत्तर खोज्ने बेला होइन यो?
    जब यथार्थ यो हो भने हामी किन प्रशान्तको कात्तिके विवाहको जन्ती गएर
    हुँदो नहुँदो नेपाली पूँजी सोनी टेलिभिनको खातामा जम्मा गरिरहेका छौं?
    हामी किन नेपाली राष्ट्रिय पूँजी भारत पलायन गर्ने अभियानको जन्ती
    बनिरहेका छौं? प्रशान्त, एकजना प्रवासी नेपाली भएको या नेपाली मूलको
    तामाङ भएको र टुटेफुटेको नेपाली भाषा बोलेकै भरमा उनीमार्फत् हामीले
    भारतीय सांस्कृतिक प्रदूषण खप्नुपर्ने र राष्ट्रिय पूँजी पलायन
    गरिहनुपर्ने हो भने यो विरोध गर्नुपर्ने विषय हो कि होइन? रह्यो सञ्चार
    माध्यम र सञ्चारकर्मीहरुको कुरो, हामीले प्रशान्तको यो विलोम पाटोको
    बारेमा पनि जनतालाई सुसूचित गर्ने धर्म निर्वाह गर्नुपर्छ कि आफैं त्यो
    भेलमा बग्नुपर्छ?

    यी प्रश्नहरुको उत्तर खोज्ने अभियानको शुरुवात हो यो, थाहा छ यो अप्रिय
    सत्य हो। तर जतिसुकै अप्रिय भए पनि सत्य त हो नि! यसको उजागर गर्नु पनि
    सञ्चारकर्मीको धर्म हो। त्यो धर्म निर्वाह गर्ने क्रममा प्रशान्तलाई
    ब्रान्ड बनाएर व्यापार गर्ने र त्यसको हिस्सा पाउनेहरुले केही भन्न पनि
    सक्लान्। तर, उनीहरुलाई मेरो एउटा विनम्र प्रयास छ, प्रशान्तलाई उसको
    हैसियतमा छोडिदिनुहोस्, एउटा नेपाली मूलको युवा भारतका सयौं टीभीमध्ये
    एउटा टीभीले सञ्चालन गरेको कार्यक्रममार्फत् इन्डियन आइडल बने, त्यसमा
    नेपालीको पनि योगदान रह्यो। बस यति। योभन्दा बढी उनलाई नेपाली पैसा
    ओसार्ने भारतीय भरिया या सोनी टेलिभिजनको लैनो गाई भने नबनाउनुहोस्। थाहा
    छ, तपाईंलाई विपन्न अवस्थामा रहेको हाम्रो देशको त्यो पैसा राष्ट्रिय
    महत्त्वको दृष्टिले कति मूल्यवान् छ ?

Last edited: 24-Jul-08 01:13 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-01-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dear pradeep, look at the half of glass water not half empty glass ! be posative ! do you remember 'nahunu mama bhanda kano mama niko' ? samkalin yubaharu kunaita banduk boki hinira chhan. huh !
 
Posted on 08-02-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रशान्त पनि इन्डियामा लौरो बोकेर बस्छ नि ब्रो.... ....किनकी उ इन्डियाको हवल्दार हो नि हैन र ?
 
Posted on 08-03-08 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sonoma bro, lauro boknu dherai mahan kuraho your's back biting statement bhanda.

if you can't do any creative work dont do backbiting !

do you remember, nepali ukhan ?

"bandarle aafno ghar pani banaundaina, arkako ghar pani bigarchha !!"


 
Posted on 08-03-08 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this is not back biting, actually it is front biting ......hahahaha........

read this first and reply comments ZIYO

प्रशान्तलाई सोनी टेलिभिजनको लैनो गाई भनिदिँदा कसैलाई मर्का पनि पर्ला, कसैलाई रिस पनि उठ्ला। तर, तर्कले ठाउँ पाउने र विवेकको अर्थ हुने हो भने जतिसुकै अप्रिय भए पनि सत्य त सत्य नै हुन्छ नि! तपाईं आफै भन्नुहोस्, प्रशान्तबाट आखिर हामीले के पायौं त, गरिब नेपाल र नेपालीको करोडौं रुपैयाँ ओसार्ने भरियाबाहेक उनी के भए? उनले गाउने लोकप्रिय हिन्दी गीतबाट हामीले कुन संगीत र संस्कृतिको पक्षपोषण भएको पायौं? के हामीले यी प्रश्नहरुको उत्तर खोज्ने बेला होइन यो? जब यथार्थ यो हो भने हामी किन प्रशान्तको कात्तिके विवाहको जन्ती गएर हुँदो नहुँदो नेपाली पूँजी सोनी टेलिभिनको खातामा जम्मा गरिरहेका छौं? 

 

 प्रशान्तलाई उसको हैसियतमा छोडिदिनुहोस्, एउटा नेपाली मूलको युवा भारतका सयौं टीभीमध्ये एउटा टीभीले सञ्चालन गरेको कार्यक्रममार्फत् इन्डियन आइडल बने, त्यसमा नेपालीको पनि योगदान रह्यो। बस यति। योभन्दा बढी उनलाई नेपाली पैसा ओसार्ने भारतीय भरिया या सोनी टेलिभिजनको लैनो गाई भने नबनाउनुहोस्। थाहा छ, तपाईंलाई विपन्न अवस्थामा रहेको हाम्रो देशको त्यो पैसा राष्ट्रिय महत्त्वको दृष्टिले कति मूल्यवान् छ ?


 
Posted on 08-03-08 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कमी छ प्रशान्तमा भन्दा हाम्रो आफ्नै नेपाली आइडल (तारा) मा र हामी बेवास्ता गरिरहेका छौ ? किनकी यिनी हरुले हिन्दी गीत गाउन आउदैन , हो वा होइन ? यो भिडियो हेर्नुस अनी प्रतिक्रिया पाऊं / ल  ZIYO हेर्न नभुल है /

 

Last edited: 03-Aug-08 10:14 PM
Last edited: 03-Aug-08 10:15 PM

 
Posted on 08-03-08 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-03-08 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-03-08 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last Part/ Thanks Indramani

 


 
Posted on 08-03-08 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks sonoma,

'maile junko prashansha garirahanda, taralai kaha ghrina garera?'

tarako chamak ma tolairahanda, junlai kasari bhulna sakchhura ?'

kala ma jat-pat, desh-bidesh, bhanne bhayobhane tyo kala hundaina.

samanyataya hami tesari bhedbhav garne garchhaun yo 'grass-root' chintan ho.

alik mathi uthera sochneki?


 
Posted on 08-03-08 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर यहाँ त प्रशान्तको प्रशंसामा डुबेर हामीले नेपाली तारालाई बिर्स्यौ नि , यथार्थता त यही नै हो नि हैन र ?
 
Posted on 08-04-08 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lets do something for him ! tara baji lai lai......


 
Posted on 08-04-08 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलामा जात पात देश बिदेश केही हद सम्म हुन्छ की ? त्यसैले त नेपाली कलाकारहरु आफ्नो कलालाई गलामा लुकाई बिदेशिनु परेको हैन र ?
 
Posted on 08-04-08 12:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

galama haina 'naitoma' bhannuhosh kinaki galako kala sabaile sunchhan ra sabaiko pyaro pani hunchha.

naitoma lukayeko 'sugandhit kasturi' ta aafaile chal napai anyatra khojne garchhan 'kasturi-mriga' le !


 
Posted on 08-04-08 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो कस्तुरीको व्यापार नगरौ र अर्को कुरा नाइटोसम्म त ठीकै छ त्यों भन्दा तलको कुरा ननिकालम होला साझामा /
 
Posted on 08-04-08 3:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईं आफै भन्नुहोस्,
प्रशान्तबाट आखिर हामीले के पायौं त, गरिब नेपाल र नेपालीको करोडौं
रुपैयाँ ओसार्ने भरियाबाहेक उनी के भए? उनले गाउने लोकप्रिय हिन्दी
गीतबाट हामीले कुन संगीत र संस्कृतिको पक्षपोषण भएको पायौं? के हामीले यी
प्रश्नहरुको उत्तर खोज्ने बेला होइन यो?

हामीलाई प्रशान्तले दिनुपर्ने होइन र प्रशान्तले हाम्रो देशलाई केहि गरिदिन्छ कि भन्ने सोचै रख्नु नै सोच् को दरिद्रता हो। हाम्रा Dr. Pradip Bhattarai ले चाहि के दिये नी नेपालको लागि?

I am one of the many fans of Prashant and still am. Well you know what I recieved from Prashant?  -- That very rare and occasional  pride of being a Nepali speaker. प्रशान्तले मलाई  बिदेशमा धेरै धेरै दुर्लव् , त्यो खुसिको पल दिये। मेरो लागि प्रशान्तको नगरिकता, वा उसले गायेक गीत्का भाषा भन्दा पनि उसले मलाई दियेको त्यो छनिक् तर अति दुर्लव प्रस्सन्नता को घडिले ज्यादा महत्व राख्छ।

 


रामरिझन यादव  र चन्द्रकिशोर झा---Where are these people and where are their voices when P-Jha took oath in hindi? These guys just could not digest the fact that one Indian Pahadiya was successful in India, with the help of Nepalese. हो, हामिलाई हाम्रो भाषा धेरै प्यारो छ। त्यो तराई मा रामरिझन  र चन्द्रकिशोर हरु जस्ता Elilte ले तराईका सोझा जनता माथि लादिएको हिन्दी भाषा चाहि भारतिय सांस्कृतिक प्रदूषण नभएर के हो?

 

गजब को कुरा छ बा।

 


 
Posted on 08-04-08 3:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रशान्‍त तामाङ नेपालीको गौरव कि सोनीको लैनो गाई ?

 
Posted on 08-04-08 3:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रशान्तमा नेपालीले गौरव गर्नुपर्ने विषय के छ ?

 

प्रशान्तलाई उसको हैसियतमा छोडिदिनुहोस्, एउटा नेपाली मूलको युवा भारतका सयौं टीभीमध्ये एउटा टीभीले सञ्चालन गरेको कार्यक्रममार्फत् इन्डियन आइडल बने, त्यसमा नेपालीको पनि योगदान रह्यो। बस यति। योभन्दा बढी उनलाई नेपाली पैसा ओसार्ने भारतीय भरिया या सोनी टेलिभिजनको लैनो गाई भने नबनाउनुहोस्। थाहा छ, तपाईंलाई विपन्न अवस्थामा रहेको हाम्रो देशको त्यो पैसा राष्ट्रिय महत्त्वको दृष्टिले कति मूल्यवान् छ ?


 
Posted on 08-04-08 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sonoma bro, you'r the Nepali tell us what you gona give to Nepal?

except this kind of poluted thought !

bro aafnu aangko bhainsi nadekhne aroko dhadko jumra dekhaune?

madwari bhaiya, bihari bhaiya harule paisa osarera desh khokro banaisakyo tyo dekhdainau ani yeuta kalakarlai promote garda kehi rakam lageko chahi dekhyou?  gajab chha baa

 


 
Posted on 08-04-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नेपाललाई सके स्विज़रल्यान्ड नसके सिन्गापुर त्यों पनि नभए झिंगापुर बनाईदिउला/ तर भोट र चन्दा चाही   मलाई पहिला नै चाहिन्छ है /

 

मेरो आंगको भैसी त   ZIYO आफैले सबै म:म बनाएर खायौ , कसरी देख्नु त ?


 
Posted on 08-04-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

why the hell u guys reopen the old topic again and again, can't u arise new interesting topics..


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters