[Show all top banners]

bikash kc
Replies to this thread:

More by bikash kc
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

$88888888$
:: Subscribe
Back to: Moderated/Promotions Refresh page to view new replies
 Tabloid says...the possibility of Madhav Nepal as the president gets strong...

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 17531 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-04-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-19-08 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राष्ट्रपतिमा माधव नेपालको सम्भवना बढ्यो
 :: समाचार
- अमेरिकादर्पण सम्वाददाता
राष्ट्रपतिमा माधव नेपालको सम्भवना बढ्यो काठमाडौं, १९ जुन/ राष्ट्रपति पदको विवाद समाधान नभइसकेको अवस्थामा संविधानसभामा तेस्रो ठूलो दल नेकपा एमालेले राष्ट्रपति पाउने सम्भावना बढेर गएको छ । नेकपा माओवादीले कुनै पनि अवस्थामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न नदिने अडान लिएपछि एमालेले आफ्ना पूर्व महासचिव माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव माओवादी समक्ष राखेको माओवादीस्रोतले बताएको छ ।

रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउने प्रस्ताव राखेको माओवादीले वामपन्थी एकता गर्ने र पहिलो राष्ट्रपति वामपन्थीहरुकै बनाउने नाममा एमालेका पूर्व महासचिव माधव कुमार नेपालको नाममा सहमति जनाउने सम्भावना बढेर गएको बताइएको छ । एमालेका महासचिव झलनाथ खनालले माओवादीलाई आफ्नो उद्दण्ड क्रियाकलाप बन्द गरी वामएकताको पक्षमा लाग्न आग्रह गरिरहेको बेला संविधानसभामा वर्चश्व रहेका वामपन्थीबीच कार्यगत एकता हुने सम्भावना बढेर गएको छ ।

राष्ट्रपति पदको विवाद नटुङ्गीएको अवस्थामा माओवादी र एमालेबीच हिजो र आज पटकपटक दुइपक्षीय वार्ता भएका छन् । वार्तामा माओवादीले कुनै पनि हालतमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नस्वीकार्ने अडान लिइरहेको बताइएको छ । एमालेले भने गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति स्वीकार नगरे आफ्नो पार्टीका पूर्व महासचिवलाई राष्ट्रपति बनाउनुपर्ने औपचारिक अडान माओवादी समक्ष राखेपछि माओवादी त्यसमा लचकताको साथ प्रस्तुत भएको बताइएको छ । यदि एमालेका पूर्व महासचिवलाई राष्ट्रपति बनाउनेमा सहमति कायम भयो भने संविधानसभामा चुनावको माध्यमबाट राष्ट्रपति चुनिने सम्भावना छ ।

स्मरणरहोस्, एमाले र माओवादीको संविधानसभामा बहुमत छ भने बहुमतकै आधारमा राष्ट्रपति र प्रधानमन्त्री चुन्ने प्रावधान संविधानमा उल्लेख गर्न सबै राजनीतिक दलहरुले सहमति जनाइसकेका छन् ।

http://americadarpan.com/news.php?cid=3217
 
Posted on 06-19-08 12:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-19-08 1:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कृषि समस्या, क्रान्तिकारी भूमिसुधार र कृषि क्रान्तिको दिशा -माधवकुमार नेपाल
५-असार-२०६५,बिहिवार
 
 

हाम्रो मुलुक अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको हुनाले यस मुलुकमा सामन्तवादका विरुद्ध क्रान्ति पूरा गर्नु नै अहिलेको क्रान्तिको प्रमुख कार्यभार रहेको छ। यस्तो मुलुकमा गरिने क्रान्ति कृषि क्रान्ति नै हुन्छ। कृषि क्रान्ति सम्पन्न गरेर नै हामी जनवादी क्रान्ति पूरा गर्न सक्छौँ। यस्तो क्रान्ति सामन्तवाद र साम्राज्यवादका विरुद्धमा लक्षित हुन्छ। हाम्रो क्रान्तिको शत्रु भनेका सामन्तवर्ग, दलाल नोकरशाही पुँजीपतिवर्ग, साम्राज्यवाद र प्रभुत्ववाद हुन्। देशी र विदेशी यी दुई शत्रुमध्ये अहिले बाहिरी शत्रुहरूले प्रत्यक्ष आक्रमण नगरिरहेको अवस्थामा देशभित्रका शत्रुहरूसँगको अन्तरविरोध नै प्रधान रहेको छ। अर्थात् अहिले घरेलु अन्तरविरोध नै प्रधान रहेको छभने बाहिरी अन्तरविरोध यसको मातहत रहेको छ। अहिले पनि साम्राज्यवादी शक्तिहरूले घरेलु प्रतिक्रियावादी शक्तिहरूलाई पर्दापछाडि रहेर सहयोग र समर्थन गरिरहेका छन्। तिनीहरू कतिपय अवस्थामा प्रकट रूपले लागेका हुन्छन्। जुनबेला बाहिरी शत्रुहरूले प्रत्यक्ष रूपमा आक्रमण गर्दछन्, त्यतिखेर बाहिरी अन्तरविरोध प्रधान हुन्छ। होइन भने देशभित्रको शत्रुसँगको अन्तरविरोध प्रधान हुन्छ। यो नेपाली समाज वा कुनै पनि देशको अन्तरविरोधलाई केलाएर हेर्नुपर्ने पक्ष हो। नेपालजस्तो अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थामा रहेको देशका लागि जनवादी क्रान्ति पूरा गर्नु क्रान्तिकारीहरूका लागि प्रमुख कार्यभार हो। अहिले हामीले समाजवादी क्रान्ति गरिरहेका छैनौँ। पुँजीवादी समाजमा समाजवादी क्रान्ति हुन्छ। तर, अर्धसामन्ती समाजमा जनवादी क्रान्ति प्रमुख कार्यभारका रूपमा रहिरहेको हुन्छ। नेपाल किसानहरूको बाहुल्य भएको मुलुक हुनाले र जनसङ्ख्याको ठूलो हिस्सा कृषिमा आश्रित रहेको र गाउँमा नै बस्ने हुनाले किसानहरूको जीवनस्तरमा सुधार नभएसम्म र उनीहरूलाई सामन्ती शोषणबाट मुक्त नगरेसम्म नेपाली जनता मुक्त भएको ठानिँदैन। हामीले जनतालाई मुक्त गर्नुको अर्थ किसानहरूलाई मुक्त गर्नु हो। किसानहरूलाई केबाट मुक्त गर्ने भन्दा शोषण, उत्पीडन र भेदभावबाट मुक्त गर्नु हो। अर्थात् किसानहरू सामन्ती थिचोमिचोमा परेका छन्, सामन्तीहरूको रजाइको शिकार भएका छन्, शोषक, सामन्त र जाली–फटाहाहरूको उत्पीडनमा परेका छन्। त्यसो हुनाले किसानहरूको क्षमता र प्रतिभा उजागर हुनसकेको छैन। किसानहरूले जुन ढङ्गले प्रगति गर्न सक्नुपर्थ्यो, कृषि क्षेत्रमा जुन ढङ्गले उन्नति–प्रगति हुनुपर्दथ्यो, त्यो हुनसकेको छैन। हाम्रो देशको समस्या भनेको पुरानो सामन्ती उत्पादन सम्बन्ध कायम रहनु हो। अहिले किसानहरू अगाडि बढ्नुपर्ने युगको आह्वान हो। तर, किसानहरू अगाडि बढ्नबाट रोक्नका लागि उनीहरूलाई जुन साङ्लोले बाँधिएको छ, त्यो सामन्ती साङ्लो अझै चुँडिएको छैन। गाउँ–गाउँ र झुप्रा–झुप्राहरूलाई अझै पनि सामन्ती संस्कार र परम्पराले जकडेको छ। खासगरी समाजको विश्लेषण गर्दा नेपालको राजनीति, अर्थतन्त्र, सामाजिक स्थिति आदि सबै पक्षको जरोमा जानुपर्दछ। जबसम्म आर्थिक आधार पुरानो रहन्छ, त्यसमा उभिएको राजनीति र अन्य सामाजिक पक्षहरू पनि पुरानै ढङ्गले नै विकास भएका हुन्छन्। नयाँ आर्थिक आधारमा नयाँ राजनीति र नयाँ सामाजिक–सांस्कृतिक पक्षहरू विकास भएका हुन्छन्। हाम्रो आर्थिक आधार अझ पनि सामन्तवादको जगमा उभिएको छ। हुन त साम्राज्यवादको सहयोगले पुँजीवाद आउन खोजेको छ। तर, त्यो अझै पनि सामन्ती बन्धनबाट मुक्त हुनसकेको छैन। सामन्तवादसँगको सङ्घर्ष नै अहिले पनि नेपाली समाजको प्रमुख सङ्घर्ष रहेको छ। यस अर्थमा जनसङ्ख्याको ठूलो हिस्सा किसान हुनु, भू–भागको ठूलो हिस्सा ग्रामीण क्षेत्र हुनु, मुलुकमा अर्धसामन्ती उत्पादन सम्बन्ध कायम हुनु, सामन्तहरूको विभिन्न प्रकारको बर्चस्व रहनु आदि विशेषता अहिले पनि विद्यमान छन्। मुलुकमा औद्योगिक विकासको प्रारम्भिक अवस्था छ। हुन त १९३६ देखि नेपालमा आधुनिक कलकारखानाको विकास प्रारम्भ भएको पाइन्छ। तर, यति हुँदाहुँदै पनि नेपालमा आधुनिक उत्पादन प्रणाली र आधुनिक कलकारखानाको पनि योगदान समग्र अर्थतन्त्रमा रहेको छ। राष्ट्रिय अर्थतन्त्रमा ४२ प्रतिशत जति योगदान रहेको कृषि क्षेत्र र त्यसमा संलग्न किसानहरूको समस्या प्रमुख रूपमा रहेको छ।
हामीले देख्यौँ– ००७ सालको क्रान्तिमा पनि जबसम्म क्रान्तिकारी आन्दोलन सहरिया बुद्धिजीवीबीचमा मात्र सीमित रह्यो, तबसम्म राणाशाहीको सत्तालाई आधारभूत रूपमा धक्का पुर्या्उन सकेन। जब मुक्ति सेना वा क्रान्तिमा किसानहरूको सहभागिता बढ्दै गयो, क्रान्तिकारी योद्धाहरू जन्मिँदै गए, त्यसपछि राणाशासनको जग हल्लियो। जब आन्दोलन गाउँ–गाउँमा फैलिन थाल्यो, त्यहाँ हतियार बोकेका मुक्तिसेना उठ्न थाले, त्यसपछि राणाशाही कमजोर र धराशयी हुने स्थितिमा पुग्यो। त्यसैगरी बिर्ता उन्मूलनको प्रक्रिया अघि बढाउन थालियो। त्यसपछि किसानहरू सामन्तका विरुद्धमा बढ्न थाले। किसानहरूले ००९, ०११, ०१२ र ०१४ सालमा विशाल आन्दोलन गरे। कतिपय ठाउँमा तमसुक च्यात्ने, भकारी फोर्ने र जग्गा खोस्ने आन्दोलन सुरु हुन थाल्यो, इज्जत तथा प्रतिष्ठा प्राप्तिको आन्दोलन सुरु भयो। 'रे' होइन, 'जी कहो' आन्दोलन सुरु भयो। यी सबै आन्दोलनमा हजारौँहजार किसानहरू सहभागी भए। अझ बारा–रौतहट त मुक्तक्षेत्र नै घोषणा भयो। यस्तो ढङ्गले किसान आन्दोलन उभारको क्रमबाट अगाडि बढ्यो। यसले प्रजातान्त्रिक आन्दोलनलाई टेवा पुर्या्यो। प्रजातान्त्रिक आन्दोलन शक्तिशाली भएर अगाडि बढ्न थाल्यो। त्यसबेला यहाँका प्रतिक्रियावादी शक्तिहरू आत्तिए र कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध नै लगाउन पुगे। तर, कम्युनिस्ट पार्टी प्रतिबन्धित भए पनि किसान पार्टीका रूपमा यो पार्टी किसानहरूका बीचमा कार्यरत रह्यो। किसान पार्टीका रूपमा नै पार्टीलाई जोगाउन सकिन्छ भन्ने तत्कालीन पार्टी नेतृत्वको धारणा रह्यो।
नेपालको परिप्रेक्ष्यमा किसानहरूको महत्त्व कति रहेको छ भन्ने कुरा त कम्युनिस्ट पार्टी प्रतिबन्धित रहँदा किसान पार्टीका रूपमा कम्युनिस्ट पार्टी विकास भएको कुराले पुष्टि हुन्छ। कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यहरू किसान सङ्घका अध्यक्ष र महासचिव बने। यसरी किसान सङ्घले राष्ट्रिय राजनीति र नेपालको सामाजिक आन्दोलनमा महत्त्वपूर्ण स्थान प्राप्त गर्योर। त्यो त्यतिबेलाको अवस्था हो, जतिबेला भर्खर–भर्खर नेपाल राणाशाहीबाट मुक्त भएको थियो। नेपालको आन्दोलनलाई अगाडि बढाउन किसानको सहभागिता अनिवार्य रहन्छ। किसानहरूको सहभागिताबिना मजदुरहरूको मात्र सहभागितामा वा पेटी बुर्जुवाको सहभागितामा आन्दोलन सशक्त हुन सक्दो रहेनछ भन्ने कुरा प्रष्ट भएको छ। पञ्चायती शासन व्यवस्था लादिएपछि त्यसपछिको निर्णायक लडाइँ ०४६ सालमा भएको थियो। यो लडाइँमा पनि जब ग्रामीण क्षेत्रमा आन्दोलन प्रवेश गर्यो्, जब पाटनका किसानहरू जाग्न थाले, जदुकुहाका किसानहरू जाग्न थाले, भक्तपुर, कीर्तिपुर, काभे्र र चितवनका ग्रामीण इलाकामा आन्दोलन पुग्न थाल्यो, तब विद्रोहको राँको दन्किन थाल्यो। त्यसपछि पाटनका किसानहरूले पाटन मुक्त गरे, कीर्तिपुरमा किसानहरूले कीर्तिपुर मुक्त गर्न थाले। पञ्चायती शासकहरू थर्कमान भए र पञ्चायती व्यवस्था हटाउन र बहुदलीय व्यवस्था घोषणा गर्न बाध्य भए। अर्थात् किसानहरूको राष्ट्रिय राजनीति र प्रत्येक आन्दोलनमा अहम् भूमिका रहेको छ। त्यसैले किसानहरूलाई जागृत, सङ्गठित र आन्दोलित नगरेसम्म नेपालको राजनीति अगाडि बढाउन सकिँदैन भन्ने कुरा प्रष्ट भएको छ। चाहे पुरानो समाजलाई ध्वंस गर्ने सवालमा होस् वा नयाँ समाजको निर्माणमा होस्, नेपाली समाजलाई अग्रगतिको दिशातर्फ लान किसानहरूको सहभागिताबिना सम्भव हुँदैन भन्ने कुरा प्रष्ट भएको छ। समाजलाई विकास गर्न र प्रगतिको दिशातिर लैजान किसानहरूको मुक्ति अनिवार्य र अपरिहार्य रहेको छ। यही कुरालाई महसुस गरेर २००६ सालमा गठन गरिएको नेपाल कम्युनिस्ट पार्टीले लगत्तै ००८ सालमा अखिल नेपाल किसान सङ्घको स्थापना गर्योा। पछिल्लो कालमा हाम्रो पार्टी भूमिगत अवस्थामा रहँदा ०३५ सालमा नेकपा (माले) को गठन हुँदा पनि र अझ त्यसभन्दा अगाडि पुष्पलाल समुहको गठन भएपछि किसानहरूको कार्यक्रम र क्रान्तिकारी किसान सङ्घ निर्माणमा जोड दिएको पाइन्छ। त्यसैगरी ०३५ सालमा पार्टीलाई अगाडि बढाउने क्रममा नेकपा (माले) को गठन भयो। त्यसपछि ०३७ सालमा पहिले गठन गरेका जनसङ्गठनमध्ये किसान सङ्घ एउटा हो। तराईको ग्रामीण इलाकामा किसान सङ्घलाई पुनःगठन गरिएको थियो। तत्कालीन नेकपा (माले) ले पनि किसान क्षेत्रको कामलाई अगाडि बढाउन सुरुमै योजना बनाएर लागेको थियो।  क्रमशः
http://weeklynepal.com/index.php?option=com_content&task=view&id=11543
 
Posted on 06-19-08 1:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

instead of MAKUNE we they should select CHIKUWA  (chiranjivi kumar wagle)  :) just kidding

 
Posted on 06-19-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको पहिलो राष्ट्रपति बन्ने कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको प्रयास केवल प्रयासमा मात्र सिमित बन्ने सम्भावना बढेर गएको छ । माओवादीले कोइराला राष्ट्रपति बनेमा समानान्तर २ शक्ति केन्द्र रहने निष्कर्षका साथ कुनै हालतमा कोइरालालाइ राष्ट्रपति स्विकार नगर्ने अडानमा अडिग भएपछि प्रथम राष्ट्रपतिको पगरी एमालेको हातमा पुग्ने सम्भावना बढेर गएको छ । तर एमालेको नेतृत्व पक्षले माधव नेपाललाई अगाडि सारेको र माओवादी साहना प्रधानप्रति सकारात्मक रहेकाले यही नै राष्ट्रपतिको उम्मेदवार हो भन्ने स्पष्ट भइसकेको भने छैन ।
विहिवार विहान बसेको तीन दलको बैठकमा जनसेना व्यवस्थापनद्धन्द्धकालमा माओवादीले कब्जा गरेको सम्पत्ति फिर्ता र वाइसिएलको अर्ध सैनिक संरचनाको अन्त्य गरी राजनीतिक संगठनका रुपान्तरण गर्ने सहमतिका साथ सामान्य बहुमत पाउनेले सरकार बनाउने पक्षमा सहमति भएको थियो । तर राष्ट्रपतिको विषयमा भने सहमति हुन सकेन ।

बुधवार बेलुका माओवादी र एमालेका नेतृत्वविच छलफल भए लगत्तै राष्ट्रपतिका बलिया उम्मेदवारका रुपमा हेरिएका रामराजाप्रसाद िसंहको चर्चा कम भएर एक्कासी प्रधान र नेपालको चर्चा बढेकाले पनि अबको राष्ट्रपति एमालेवाटै हुने सम्भावना बढेर गएको छ ।

माओवादी राष्ट्रपतिमा निष्कृय रवर स्ट्यम्पको पक्षमा देखिएको छ । राष्ट्रपति र प्रधानमन्त्री छुट्टै दलको हुनुहुन्न भनेर राजनीतिक वार्गेनिङ्ग शुरु गर्दा नै उनीहरुले यो अवधारणा अगाडि ल्याएका थिए । प्रधानमन्त्री र राष्ट्रपति छुट्टाछुट्टै दलको हुंदा शक्ति पृथकिकरण हुने र विवाद बढ्ने उनीहरुको निष्कर्ष छ । त्यसैले माओवादी कोइराला र नेपाल जस्ता कि्रयशिल राजनीतिकर्मीको पक्षमा जान सकेको छैन ।कारण कोइराला राष्ट्रपति बनेमा प्रधानमन्त्री बन्ने ब्यक्ति छायामा पर्छननै । नेपाल राष्ट्रीय छवी बनाइसकेका र एक शक्ति केन्द्रको रुपमा स्थापीत भइसकेका नेता हुन । त्यसैले कोइरालालाइ स्वास्थ्यको कारण देखाएर र नेपाललाई संविधान सभामा हारेको भन्दै दुबैको विपक्षमा माओवादी उभिएको छ ।

यदी माओवादी आफ्नै अडानमा अडिग रहने हो भने साहनाको सम्भावना देखिन्छ । हैन राजनीतिक प्याकेजमा सहमति जुट्न सक्यो भने नेपाललाइ समेत राष्ट्रपति स्विकार गर्ने सम्भावना बढेर गएको छ ।

अन्तरिम संविधान संशोधन गरी सामान्य बहुमतमा सरकार निर्माण गरिने र राष्ट्रपतिको चयन समेत सामान्य बहुमतवाट संविधान सभा बैठकवाट गर्ने सहमति भयो र एमाले माओवादी एक भए भने सहज रुपमा बहुमत पुग्छ नै । बहुमतका लागि ३ सय १ भए पुग्छ । माओवादी एमाले मिले भने ३ सय २३ पुग्छ ।

 

http://www.hamroblog.com/?p=296#more-296


 
Posted on 06-19-08 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'माधव नेपाल राष्ट्रपति पक्का'

कास

भैरहवा, असार ५ - एमाले नेता वामदेव गौतमले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने पक्कापक्की भएको दाबी गरेका

छन् । पार्टर्ीीैठकले नेपाल नै राष्ट्रपति हुनुपर्ने निर्ण्र्ाागरेको उनले जनाए । 'एमाले नेता राष्ट्रपति बन्ने ९९ प्रतिशत निश्चित छ,' उनले दाबी गरे- 'एमाले नेता राष्ट्रपति बनेपछि मुलुकका सम्पर्ूण्ा समस्या समाधान हुनेछन् ।'

प्रेस चौतारी रूपन्देहीद्वारा बिहीबार आयोजित पत्रकार भेटमा नेता गौतमले गिरिजाप्रसाद कोइराला राष्ट्राध्यक्षसहितको प्रधानमन्त्री भएको र उनले राजीनामा नदिएकाले राजनीतिक गतिरोध उत्पन्न भएको बताए ।

source:kantipur


 
Posted on 06-19-08 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राष्ट्रपति एमालेबाट, प्रधानमन्त्री माओवादीबाट
 :: समाचार
- अमेरिकादर्पण सम्वाददाता
राष्ट्रपति एमालेबाट, प्रधानमन्त्री माओवादीबाट काठमाडौं, २० जुन/ नेपालको प्रथम राष्ट्रपति को हुने भन्ने विवाद चलिरहेको बेला रातारात कुनै नाटकीय घटना मञ्चन भएन भने संघीय लोकतान्त्रिक नेपालको प्रथम राष्ट्रपतिमा नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपाल हुने पक्कापक्की भएको छ ।

यस विषयमा माओवादी र एमालेबीच औपचारिक सहमति भैसकेको छ । दुवै पार्टीले औपचारिक रुपमा यसको घोषणा गर्न बाँकी रहे पनि एमालेको समाचारस्रोतले दिएको जानकारी अनुसार नेपालको प्रथम राष्ट्रपति सहमतिको आधारमा नभइ संविधानसभाले चयन गर्नेछ । समाचार अनुसार एमालेले संविधानसभामा आफ्नो पूर्व महासचिव माधवकुमार नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव गर्नेछ भने माओवादीले सो प्रस्तावलाई समर्थन गर्नेछ । दुइ दलले र्समर्थन गरेपछि माधवकुमार नेपाल बहुमतको आधारमा नेपालको प्रथम राष्ट्रपति चुनिनुहुनेछ । तर, माओवादी र एमालेले कांग्रेसलगायत सबै दलको सहमतिमा माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने प्रयास जारी राखेका छन् ।

राष्ट्रपति चयन भएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो राजीनामा राष्ट्रपतिसमक्ष दिनुहुनेछ । उहाँको राजीनामा राष्ट्रपतिले स्वीकार गरेपछि नयाँ प्रधानमन्त्री चयनको लागि राष्ट्रपतिले आव्हान गर्नुहुनेछ । त्यसको लगत्तै दशवर्षे जनयुद्धबाट संविधानसभासम्म आइपुग्दा सबभन्दा ठूलो पार्टीको स्वरुपमा स्थापित नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिनुहुने पक्कापक्की भएको छ ।

हिजोको सातदलको बैठकमा एमाले र माओवादीको उल्लेखित सहमतिको संकेत पाएका प्रधानमन्त्री कोइरालाले आक्रोशित मुद्रामा एमाले र माओवादी मिलेर सरकार चलाउनोस् म प्रतिपक्षमा बस्छु भन्ने घोषणा गर्नुभएको थियो ।

source: americadarpan.com
 
Posted on 06-20-08 12:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Feri tehi gusiyaa........feri chor........feri tehi daka........feri tehi gunda.......feri tehi rapist.......feri tehi chuchundro.....feri tehi kukur.......feri tehi sungoor.........bhayo pugyo......aabha ta ati bhaisakyo........yee jatha haaru sab ko kaal aayos..........sab jana chor haru marun........marun sab desh dubaune haru......fawk all of them....just assassin all of these moderfawkers..........then i will eat masu-bhat.......


 
Posted on 06-20-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MaKuNe. He wanted to be in the investigation committe of royal masacre and he was selected but he did not have guts to be there. So he resigns. He had a good chance to become prime minister after Deuba was dismissed (first time) by king. But Nepali Congress played him around and he was left with empty hand again. He thought UML will score majority in CA election and he will become first PM of republic nepal but he lost from both the constituencies. Now Maoist are playing luring cat with milk game. He will definately be kicked out for someone else yet agian. Everybody likes to kick the poor and helpless dog in the street and the dog cries kwai kwai kwai kwai.....

 
Posted on 06-21-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजनीति
'माधव नेपाल राष्ट्रपति पक्का'
राजनीतिक सहमतिका निम्ति प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको बेला एमाले स्थायी समिति सदस्य बामदेव गौतमले माधव नेपाल मुलुकको राष्ट्रपति हुने पक्का भएको बताएका छन् ।

एमाले स्थायी समिति सदस्य बामदेव गौतमले आफ्नो पार्टीका निवर्तमान महासचिव माधवकुमार नेपाल मुलुकको राष्ट्रपति हुने ९९ प्रतिशत पक्का भइसकेको बताएका छन् । राजधानीमा असार ७ गते रिपोर्टस क्लबले आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा बोल्दै नेता गौतमले मुलुकको नेतृत्व अब सुधारवादी नेपाली कांग्रेसको साटो अग्रगामी एमालेले गर्ने दावी गरे । संविधानसभा चुनावमा हारे पनि नेपाल बिधायिकाको बिश्वास प्राप्त गरेर राष्ट्रपति हुने भएकाले चुनावमा हारेको बिषयले कुनै अर्थ नराख्ने कार्यक्रममा उनले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै माओवादी सचिवालय सदस्य मोहन बैद्य किरणले आफ्नो पार्टी एमालेसँग सहमतिको निकै निकट पुगेको जानकारी दिए । कांग्रेसलाई आफ्नो पार्टीले बिश्वास गर्न नसक्ने भएकाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति मान्न नसकिने पनि उनको भनाइ थियो । कार्यक्रममा उनले बिदेशी हस्तक्षेप नभएको भए मुलुकमा पहिले नै जनवादी गणतन्त्र आइसक्ने थियो भन्ने दावी गरे । आफ्नो पार्टीले सुरु गरेको १० वर्षे जनयुद्धको लक्ष निकै नजिक रहेको तथा राजनीतिक सहमति गरेर अघि जानुको बिकल्प नरहेको पनि कार्यक्रममा बैद्यले उल्लेख गरे ।

मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशका मुद्धा सम्वोधन भए नयाँ सरकारमा आफ्नो पार्टी जाने तथा सरकारमा जान आफ्नो पार्टीलाई कुनै हतार नभएको बताए।

 

http://himalkhabar.com/news.php?id=1070


 
Posted on 06-21-08 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

We expect the outcome to be open within 2/3 days.


 
Posted on 06-21-08 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haruba lai rastapati haha.janta la vote na diya nee rastapati aprilful.uml get out  timi haru darbiraya hau .much better  girija prasad.

 

 


 
Posted on 06-21-08 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What is that darbiraya?

Probably you are trying to say Darbariya. Tyaso bhaye k girija Non-darbariya ta? Ridiculous. 

Last edited: 21-Jun-08 06:12 PM

 
Posted on 07-16-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचण्ड र बाबुराम नेपाल निवासमा पुगे
 :: नेपाल समाचार
- अमेरिकादर्पण सम्वाददाता
काठमाडौं, १६ जुलाइ, साउन १/ नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपालबीच आज नेपाल निवास कोटेश्वरमा भेटघाट भएको छ । आज नेपाल निवास कोटेश्वरमा भएको भेटमा शक्ति बांडफांडलाई टुंगोमा पुर्याउनेबारे छलफल भएको थियो भने राष्ट्रपतिको सम्बन्धमा समेत छलफल भएको थियो ।

भेटमा संलग्न एक नेताका अनुसार प्रचण्ड माधव नेपाललाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक देखिएका छन् ।'तपाईंलाई राष्ट्रपति बनाउन कुनै आपत्ती छैन तर दुइ स्थानबाट चुनाव हारेकाले गलत सन्देश जान्छ कि भन्ने लागेको छ,' प्रचण्डको भनाई उदृद्ध गर्दै स्रोतले बताएको छ ।

तर, नेपालले भने राष्ट्रपतिमा मोह नभएको भन्दै आफ्नो पार्टीको निर्णयअनुसार अगाडि बढ्न आफू तयार रहेको बताएका थिए ।

माओवादी र एमालेबीच शक्तिबांडफांडमा सहमति भएको चर्चा चलिरहँदा आज माओवादीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराइ माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वरमा पुग्नुभएको हो ।

http://americadarpan.com/news.php?cid=3678
 
Posted on 07-16-08 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maoists rejected Makune as President...These terrorists want Ram Raja Prasad Singh as a new president....But, sources from Kathmandu say that Girija is gonna be new president....


 
Posted on 07-16-08 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Makune is best choice for now

we dont want fugging jangalis, biharis neither the mandales all girija generations are corrupts

so from possible ones he is the best

 


 
Posted on 08-07-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइराला–नेपाल गोप्य वार्ता, सरकारको नेतृत्व लिन माधव नेपाललाई आग्रह
२२-साउन-२०६५,बुधवार
 
काठमाडौं। राष्ट्रिय सहमतिको सरकार गठनको लागि पहल थाल्नुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज नेकपा एमालेका पूर्व महासचिव माधव कुमार नेपालसँग  नेकपा एमालेका वरिष्ठ नेता कृष्णलाल महर्जनको ललितपुरस्थित निवासमा भेटवार्ता गरी सरकारको नेतृत्व गर्न आग्रह गर्नु भएको छ।
भेटमा आफूलाई राष्ट्रपति हुन नदिएका माओवादी नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्न नदिन  स्वदेश र विदेशी सबैलाई मिलाई सकेको हुँदा जसरी भए पनि सरकारको नेतृत्व गर्न आग्रह गर्नु भएको छ।
नेपालले आफू संविधानसभाको सदस्य नरहेका तर्फ इंगित गरेपछि कोइरालाले विश्वनाथ उपाध्यायले संविधानसभाको सदस्यमा सपथ नखाएका कारण आफू मन्त्रिपरिषद्को बैठकबाट उपाध्यायको ठाउँमा तपाईलाई सिफारिस गरिदिन तयार भएको र त्यसका लागि तपाई सरकारको नेतृत्वका लागि तयार हुनुपर्यो भन्नु भएको थियो ।
नेपालले भने पार्टीका साथीहरुलाई सोध्नु पर्ने बताएपछि कोइरालाले एमाले नेताहरुलाई म आफै फोनबाट सम्झाउन तयार छु तपाई नेतृत्वका लागि तयार हुनुपर्यो भन्नुभएको थियो।
 
यसैबीच सरकार गठन गर्न सहमति र सहकार्यका लागि हिजो संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुसँग छलफल गर्नुभएका प्रधानमन्त्री कोइरालाले आज व्यक्तिगत भेटघाटलाई निरन्तरता दिनुभएको हो।
यसअघि प्रधानमन्त्री कोइरालाले बिहान राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीसँग भेटवार्ता गर्नुभएको थियो।
उहाँले आजै दिउँसो राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, चुरे भावर एकता समाज पार्टीका अध्यक्ष केशव मैनालीलगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले बताएको छ ।
 
यसअघि बुधबार संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको थियो।
आजको एक मात्र आवश्यकता राष्ट्रिय सहमतिको सरकार बनाउनु रहेको भन्दै कामचलाउ प्रधानमन्त्री कोइरालाले यसमा सबै पक्ष संवेदनशील भएर लाग्न आवश्यक भएको बताउनुभएको थियो।
भारतलगायत सबै मित्र राष्ट्रहरु सहमतिको सरकारको पक्षमा रहेको दलका नेताहरुसँगको भेटमा बतानुभएको भेटमा सहभागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो।
भेटमा अध्यक्ष महतोले आफूहरु निर्वाचनबाटै आएकोले जनता र राष्ट्रप्रतिको दायित्व उत्तिकै रहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार गठन र संविधान निर्माण प्रक्रियामा आफूहरुको पूर्ण सहयोग रहने बताउनुभएको महासचिव अनील झाले बताउनुभयो।
अध्यक्ष महतोले सरकार गठनका लागि तयार गरिने साझा कार्यक्रम भने चार दलको मात्र नभई सबै दलको सहमतिमा तयार पारिनुपर्ने बताउनुभएको थियो।
प्रधानमन्त्री कोइरालाले बुधबार बिहान दुई मधेसवादी दल र नेकपा मालेका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्नुभएको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा सरकार गठनलगायतका विषयमा कुराकानी भएको स्रोतले बताएको छ।
तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँगको भेटमा नयाँ सरकार गठनप्रयासबारे छलफल भएको र कोइरालाले सरकारमा नजाने आफ्नो पार्टीको निर्णय फिर्ता लिन आफूहरुलाई आग्रह गर्नुभएको अध्यक्ष ठाकुरले जानकारी दिनुभयो।
प्रधानमन्त्री कोइरालाले सार्क शिखर सम्मेलनका बारेमा जानकारी गराउने भनिए पनि भेटवार्ता नयाँ सरकार गठनका विषयमा केन्द्रित रहेको बुझिएको छ।
यसैबीच कांग्रेस सभापति एवं प्रधानमन्त्रीका विश्वासपात्रका रुपमा रहनुभएका कांग्रेस नेता अमलेशकुमार सिंहले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ। भेटका विषयमा थप केही कुरा भने सिंहले बताउन चाहनुभएन।
http://weeklynepal.com/index.php?option=com_content&task=view&id=13143&Itemid=39
 
Posted on 08-08-08 6:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

not MAKUNE should say MA......KNE !!! lol 
 
Posted on 05-04-09 1:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

now people are talking he about being pm after overthrowing maoist government
 
Posted on 05-04-09 1:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters