[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 म बिहे गर्न सामान्य केटि पाउन संघर्षरत छु।

[Please view other pages to see the rest of the postings. Total posts: 101]
PAGE: <<  1 2 3 4 5 6  
[VIEWED 44287 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-06-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जगटाधारि भाईको लाईन लाई लिएर धागो बुनेको छु । भाई धन्यबाद, नसोधि लेखे । मलाई हक छ नि है ॥


एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटि राम्री छ, एकचोटि हेर” आमाले चिया संग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटि संग हो, तर पनि यो मामला मा किन किन म decision गर्न एकदम weak भएरहेको थिंए ।

“खान्दानि छन् रे, आंगन पनि ठुलो छ“ आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिए । तर कुनै विबाद नगरि म चुप् लागेर कुरा सुनि रहे ।

“एक्लि छोरी, काठमाण्डौंमा दाजु भाई संग बसेर पढेकि, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चियो भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो ।

“मलाई त मन खायो, तंलाई भनेर फोटो मगाएकि छु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो ।

आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटि त राम्री नै हो । मैले झलक्क हेर्दा त्यहि देखें ।

म रिमोट बटारि रहेको थिंए । ०-५२ फेरि ० च्यानल सम्म बटार्नु मेरो पुरानो बानि । भरे बुआ आएपछि कुरा गरौला भनेर आमा गिलास उठाउँदै जानु भयो । आमा गएपछि ‘केटिलाई’ नियालें ।

मुहार त राम्रै हो । कपाल कत्रो हो प्रष्ट संग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएको (sleeveless) ले उनका पाखुरा राम्रो संग देखिएको थियो । गोरो रंगमा खुलेको । ग्लामसर जस्तो  । चस्मा लगाएकि, गोरि, मोटि-मोटि। मैले त्यो फोटोमा मेरि दुलहि खोज्न थालें ।

आमा खाजा लिएर आउनु भयो । फेरि त्यहि उसिनेको तरुल र टमाटर को चट्नि । मीठो लाग्छ भन्दै मा दिनै पिच्छे खुवाएर हैरान ।

मैले मुख फोरेर भने । पहिले म भेटछु, कुरा गर्छु अनि मात्र हजुर हरु । आमा मान्नु भयो ।

म पनि दंङ्ग परे । खोजे जस्ति श्रीमति पाईने भयो भनेर । खाजा त्यसै मीठो भयो ।

बुआ पनि ढिलो ढिलै आउनु भयो । ‘बुढाले बियर दन्काएछन’ मन मनै भने ।

‘केटि त अर्कै खोजौ है” बुआले खाना पछि भन्नु भयो ।

“किन नि” आमाले अलिक कडा स्वरमा भन्नु भयो ।

“आऽऽऽऽऽऽ अर्कि खोजौ न, मलाई अलिक मन  खाएन “

“बिहे तपाईंले गर्ने कि कान्छाले” आमा रिसाउनु भयो ।

मेरो मन कुडिंयो । कस्तो कस्तो कल्पना गरिसकेको थिए, त्यो फोटो कि दुलहि संग । बुआ, बुढा खुब संसार उनैले बुझेको जस्तो । मलाई पनि रिस उठ्यो ।

“ मैले त उ बेला नै ल्याएको नि तंलाई । कान्छाकै लागि भनेको । अझै राम्री खोज्न पर्यो भनेको ।“ बुआ हांस्नु भयो । यसपालि आमाले पनि हुन्छ भन्नु भयो । मैले कुर बुझिन, त्यसै मन खिन्न भयो ।

रात भरि खट्पटि भईरह्यो । किन बुआले मन बटार्नु भयो । के भएछ । केटि त गतिलि जस्ति छे । पढाइ पनि ठिक छ । राम्रि पनि हो । बुआ आमाले आश गरेको जति देलान नै, नत्र म के काम । फेरि त्यति को लागि मेरो बिहे के रोक्नु हुन्थ्यो बुआले । किन किन, मैले पत्तो लगाउन सकिन ।

बिहान ४-५ बजेको हुंदो हो । त्यसै बिउंझिए । आमा बुआ गुनगुनाउदै हुनुहुन्थ्यो । मैले कान थापेर सुनें ।

“कहिले रहेछ?” आमाले सोध्नु भयो ।

“खोई BA पढ्दा अरे “

“नेवार केटो थियो रे । खुब संगै हिड्थे रे । टोल छिमेकमा कुरा उठेछ । के के भयो दैब जानुन । अर्काकि छोरि नदेखि नसुनि बात लाउन हुन्न । अनि पढाईको बिचमा नै दाजु संग काठमाण्डौं पठाएका रे “

“होस, किन हामी अघि बढ्ने । कुरा उनैले राखेका हुन । छोरो मानेन भनिदिउंला” आमाले भन्नु भयो ।

“कान्छालाई नभन्नु, चित्त दुखाउँछ । फेरि यति सानो कुरा भन्दै उफ्रन्छ । केटा केटि नै छ, एसो केहि भनेर टारिदे न”

मलाई बिस्मात त भयो । तर हांसो पनि लाग्यो । मन मनै सोचें “अब म I Sc, BE, M Sc  पढ्दा जति केटि साथि संग हिडे, डुले, खाजा खाए, बरै कसै को बिहे नहुने भयो । कठै मेरा केटि साथि हरु । “

जित्नु केहि थिएन । त्यसैले बुआ, आमाको कुरा मैले प्रतिवाद गरिन ।

बिहान अफिसको लागि निस्कन लाग्दा आमा फोन मा कुरा गर्दै हुनु हुन्थ्यो

“एएऽऽऽऽऽ, सापकोटा? हो हो चिने । ल ल म भरे आँउछु। अनि कुरा गरौंला ।“

---------------------------------------------------------------------------------------------------------------

अरु कुरा अर्को पटक ।

meaninglessthinkings@somewhereondearth


--------------------
 
The postings in this thread span 6 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-09-08 2:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pjna007,

Thank you for the reading… thankस you for support .

SurNaTal दाई

भारि छैन दाई, you deserve more than what I said.  शिर्षक को कुरा त्यस्तो भएको मा माफ पाउँ दाई । कथा त्यहि शिर्षकमा उभिएको छ। म change गर्न सक्दिन ।

दाईलाई याद नहोला । हो म त्यहि सालको । zero_crossing  को classmate.

अनि दाई 'म' पात्रले पो मास्टर्स पढदै छ त, म कहाँ हो र ।

Dipika02 जि,

पढिदिनु भएको र समय निकालेर कमेन्ट गरिदिनु भएकोमा धन्यबाद । म पनि हजुरको अर्को लेखाइको प्रतिक्षामा छु । फुर्सदमा कहिले कांहि लेख्नु होला ।

Birkhe दाई,

Support को लागि धन्यबाद ।

Harka_bahadur ji,  

You made me laugh… aaba kata baisakh puryayeko… aaam falgun bhanera kassiyepachi./// hehe.. हजुरको बिहे मा नि निम्तो पाम है

Torikophul जि,

Good luck and धेरै धेरै शुभकामना । you will get a lovely wife… keep your thoughts simple… dherai keti nahernu hola.. hahahha

चित्रे बोरो,

केहो मुस्कक मात्र हाँस्ने । सुष्मा जि को मान्छे परियो कि कसो??? लुल लुल

शिरिष दाई,

धागो मा आएर शोभा बढाईदिनु भएको मा धन्यबाद । मन पराइदिनुभएछ । औधि खुसि लाग्यो । support को लागि धन्यबाद ।

Nepal_ko_chora जि,

कति कति, गनेर साध्य छैन । कन्फुसन सकेसम्म कम गरमला । कमेन्टको लागि धन्यबाद ।

Marconi जि,

धन्यबाद,

भउते दाई,

हजुरले नि पढ्नुभएछ । खुसि लाग्यो । तपाईको गजलका एक एक हरफले म ४-५ दिन झुम्म हुन्छु ।


अरु सबै लाई धैर्यताकासाथ पढिदिनु भएकोमा धन्यबाद । र कथाले कसैको चित्त दुखायो भने माफ पाम ।


 
Posted on 02-09-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसी संघर्ष अझै जारी छ कि ??

Last edited: 09-Feb-08 09:47 AM

 
Posted on 02-09-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमेसाहिला जी,

मैले पनि आफुले धेरै बुझे जस्तो गरि लेखे हुँला। तर मनको कुरा नलेखी शान्ति हुँदैन। मैले तपाइको कथाको शिर्षकको मात्र कुरा गर्‍या हुँ। कथा राम्रो छ भनेर मैले भनिरहनु पर्दैन।

तपाइको rational पनि समय सुहाँउदो नै छ। हामीहरु शब्दसङ धेरै झुक्किन्छौ, अर्थ भन्दा। त्यो पनि सामान्य हुन सक्छ अथवा असामान्य।

भबिस्यमा अरु पनि कथाहरु लेख्दै जानु होला। म कमेन्ट गर्न नपाए पनि पढ्ने गर्छु।

All the best,

urfrenrites

P.S. : जिम्मी बा पनि येता आएर मेरो बिरोध गर्दा रहेछन्। बल्ल पो थाहा भयो आफ्नै गाँउका बुजुर्ग पनि मेरो खेदो खन्ने रहेछन्। बुढेशकालमा सुद्धि हराइसक्या मान्छेसङ के रिसाइ भयो र?


 
Posted on 02-09-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

a.. bhaneshi nurse khojiyo tesho bhaye.. lu lu nurse sanga jhyaikuti paari halau aaba.. ramri hunchhan ho nurse keti haaru.. baru milchha bhane malai ni yasho sourse force lagayidinu hai..
 
Posted on 02-09-08 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाई ,
पढिदिनु भयो । धन्यबाद । संघर्ष अब जारि नै रह्यो । एक किसिम ले  ।

urfrenrites मैले हजुर लाई धन्यबाद पो दिएको हो त। कमेन्ट गर्नु भयो भनेर discuss गरेको हो र? शिर्षकको कुरा मा मैले perceive गरेको कुरा ब्यक्त गरेको हो । नचाहिदो गरि reply लामो भयो  । आखिर बादलको जस्तो कल्पना त हो आफ्नै हेराई कहिले के बन्छ  कहिले के । मुड अनुसार change हुन्छ ।  अनि यीनै कमेन्ट हरु त हुन, लेख्न सिकाउने , लगाउने । कमेन्ट गर्नु भएन भने  लेखाइ मर्छ । हजुर पनि लेख्दै गर्नु होला ।  म  पनि हजुरको लेखाई रमाई रमाई पढ्छु ।

बिर्खे दाई को तन मात्र बुढो हो, मन त खुब जवान छ । तर बुढो बाघ हुन यि, मन लागेको दिन मुड मा बसे भने, ३-४ माहाकाब्य हान्छन् । अहिले बुढालाई तमाखुले पेलेको छ । खोकि बिसेक भएपछि फर्म मा आँउछन् । त्यतिन्जेल बुढा ले जे भने पनि चुप लाग्नु न  है ।
कि कसो दाजै???

हर्के दाई ,

नारि त सबै राम्रा हुन्छन् हर्के दाई, रोज्न मात्र गाह्रो  । खोई सबै कुरा आमा दिदि को हातमा राखेको छ 'म' पात्र ले । उसको संघर्ष छिट्टै सकियोस । मेरो पनि यहि कामना । yo source force chahi रिठ्ठे बोरो को लाग्छ उनलाई सम्पर्क राखम् । बरु म नि आउँला ।

बाकि सबै जना लाई समय निकालेर पढिदिनु भएकोमा धन्यबाद ।




 
Posted on 02-10-08 1:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्कृष्ट कथानक प्रस्तुति !!
निकै मौलिक !
मलाइ आमाको संझना अझ गहिरियर आयो !
 
Posted on 02-10-08 1:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

There should have been many stories in sajha before and i never cared but i dont know how i happend to read this thread, the first part made me nostalgic and couldnot wait for further parts. I read your all the parts and would like to say that i loved every bit of the story and was worth every second.

looking forward for your other series

 

 


 
Posted on 02-10-08 6:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A very very nice piece!! I absolutely loved everybit of the story.

Especially:

यस्तै यस्तै कुरा मा रुमलिईरहें । त्यहि सोफामा निदाएंछु । त्यहि टिभि कोठामा । गहिरो गरि निदाएको नै त होईन, तर पनि झपक्क भएछुं ।

टिभि खुल्लै थियो । आमा कति बेला हो आउनु भयो ।

‘हेर त, आफ्नो खाटमा त सुत्नु’  बिस्तारै आफै सित गुन्गुनाउनु भयो । मैले आँखा खोलिन् ।

टिभि निभाउनु भयो । मेरो नजिकै आउनु भयो । अनि मेरो निधारमा हात राख्नु भयो । च्यादर ल्याएर ओडाईदिनु भयो । जाँदा मेरो चिया को गिलास बोकेर जानु भयो ।

यस पटक चाँहि म मज्जाले निदांए ।

I m just a week away from being at home and having my mom put a blanket over me and saying the same dialogue with  the same affection!! Its so exciting :)

I usually read stories in a single go!! I was waiting 4 u to put all the episodes b4 startin to read ur story!! I kept on checkin and checkin and found out today that all the episodes are there n the was quite an experience going through all the episodes and all those posts!

To be honest, I wasnt expecting an abrupt ending like it was!! But on a second thought that abrupt ending made the story more beautiful!!

Keep on writing maan...........

 

 


 
Posted on 02-10-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा मा देखिएका अनी लेखिएका थुप्रै कथा र कथाहरुमा तपाईं र तपाईंको कथा बिशेष लाग्यो। भोगिएका, र भोग्न सक्ने तर भन्न नसक्ने द्विबिधायुक्त घ्ट्नाक्रमा लाई यसरी प्रस्तुत गर्नु भएको छ कि बयान गर्न सक्दिन। भाषा, प्रस्तुती, शैली अनी भावमा कतै अभाव देखिन। समग्रमा एउटा उट्क्रीष्ठ रचना सिर्जना गर्नु भएकोमा बधाई छ। आशा छ नयाँ सिर्जना हरु छिट्टै पढ्न पाइने छ।

 


 
Posted on 02-10-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

antim bhaag hataar hataar sidhyaaieko jasto laagyo .... Unlike first and second parts, the last part has more of conversational part and less of analytical part.

 


 
Posted on 02-10-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mail to : meaninglessthinkings@somewhereondearth

चाहे केटा होस् या केटी यि सामान्य चरण् बाट गुज्रिनु नै पर्छ तर यो लेखाइ उत्कृष्ट छ
प्रस्तुती मा सरलिकरण मन पर्‍यो
छिट्टै हुने शुभ समारोह को शुभकामना पनि

Parbatya

 
Posted on 02-10-08 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jhapali Daju.....(tapinko nick name sari lamo rahecha..so)

Excellent writing,I had happy reading and enjoyed lots

Janti ko listma hamilai nachhutaunasa....la  hami Jhapa aunupare aunchauna...supariko bot muni baser bhoj khaulana.. ani pheri nurse bhauju payera hamilai nabirshsanu hai..


 
Posted on 02-11-08 1:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

satelite जि, पढिदिनु  भयो, मन पराई दिनु भयो,  धन्यबाद ।
sunima_sh , जि, thank you for your words. हजुरले शुरु देखि चाख मानेर पढिदिनु भयो । मन पराउनु भयो । र यति मीठो कमेन्टको लागि धन्यबाद । फेरि पनि ।

Polly, कति मीठो कमेन्ट । मनै दंग हुने ।  हो त, घर र आमा , संझदा पनि मन न्यानो हुन्छ । एक्लो पन त्यसै भाग्छ । छिट्टै घर पुग्नु होस । र सोफामा सुत्नु होला । जानि जानि च्यादर नओडनु होला।।।। है!!
अनि, मलाई थाहा थिएन । कथा धैर्यताका साथ पढिदिनु भएकोमा धन्यबाद ।

राहुलभाई, दाजु, नमस्कार ।  हजुरहरु कै बाटो पछ्याएको हो । हजुर हरु कै लेखाईले लेख्न प्रेरित गरेको हो । एसो गल्तिहरु र बहकाव हरु भए सच्याएर पढिदिनु होला। समय मिलेमा मलाई झस्काउनु होला । अनि यस्तो हौसला दिने कमेन्ट गरि दिनु भएको मा धन्यबाद । this is the first comment by you in my writing (waited 4/5 stories for a comment from you ).. im happy.. thank you dai.. once again...

raascal जि, frankly Bhanda,  i couldn't have met the expectations if i had continued further... eutai kura kati continue garne vanera.. i had to stop.. thanks for the analysis, your time and a good commment...

Parbatya ji, mail received. thank you .
कमेन्टको लागि धन्यबाद । मेरो पनि शुभकामना छ त्यो 'म' पात्र लाई । आफ्नो त कहिले कहिले । म तपाईको शुभकामना उसलाई सुनाईदिउला

Light-2  जि, धन्यबाद ।
थ्याङ्ग्स फर द कमेन्ट । call me anything you like to , feel easy to..
sure.. vane ni chautari bata chulai nimto dine ho...
haha good concept... supadi ko bot muni bihe garne!! ....

euta idea aayo.. supadi ko bot ma machan banayera(though difficult) bihe garne.. ani first of its kind vanera guiness book ma nam lekhne??? i heard that you are a better climber than me!! ke chha bichar..
hehe





 
Posted on 02-11-08 2:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bihalch ni... ma nylon dori ko machan banidiula..Daju ko lagi..tapinko gharama supadiko bot nabhaye mero gharama aunu... mero gharko supadiko botbat ta.. Sanishare bat Ilam jane bato ko chiya bari kasto ramro dekhincha...


 
Posted on 02-11-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु! सोमेले  कथा सिध्द्याएछ त!

कति चाँडो सकेको हो? अब केटीको मुखै नहेरी बिहे गर्ने विचार छ? फेरि आफ्नै पुरानो गर्लफ्रेन्ड पर्ला नि, होस् गरम् है बुरो!

दामी छ, अरू कथा नि लेख्दै गरम्!


 
Posted on 02-11-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे बोरो ।
सुगर होला भनेर,, हे हे हे।। (किदिन्ग है किदिन्ग )

अनि सुष्मा संग कुरो भयो तो बोरो । समर मा आउँदा भेटौ है ।

मेरो??
पुराना ले त बाल दिए । पर्ने चान्स नै  छै न ।

thank you for the support.. it helped me...

 
Posted on 02-11-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! सोमे, सुष्मासँग कुरा भो मेरो, अब बिहे गर्न आम्ने हो!
तिम्ले छोडिदिएकोमा धन्यवाद है! नत्र मेरो पुरानो लप त फ्लप हुने नि! अनि तिमी चैं मेरो जार हुन्थ्यौ! 


 
Posted on 02-14-08 4:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye dai, sarai ramro lekhan. Sabda ko bahaw, vab ko bahab, k vannu khoi, malai yespali chain sachhai JHUMMA nai vayo.

 
Posted on 02-22-08 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाइ ,यो कथा मैले धेरै अगाढी पढेको ,त्यसपछि मैले प्रशन्सा गर्न शब्दहरु खोजे पाइन !! शब्दहरु को अभाव भयो । त्यति राम्रो लाग्यो मलाई यो कथा ,अझ तपाइलाई घटेको होइन भन्ने सुन्दा त झन !!!!!!!!!!!!!!!!मान्छे कसरि यति धेरै वास्तविकताको क्यान्भासमा कल्पना पोत्न सक्छ ?

hats off to u...................


 
Posted on 02-23-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau hai maile ta bharkarai bihe gare, katha aafnai jasto lagyo!

 



PAGE: <<  1 2 3 4 5 6  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters