[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 भाँडिएको त्यो दिन

[Please view other pages to see the rest of the postings. Total posts: 40]
PAGE: <<  1 2  
[VIEWED 16271 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-22-08 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाँडिएको त्यो दिन

तेलको भाउ पनि बढ्यो क्यारे हाम्रो गाम तिर --फेरी साईकल चढ्ने बेला भो जस्तो छ -- मौसम पनि अचेल यता जाडैको छ, अनि यै जाडोमा एक ताका भाँडीएको दिनको सम्झना आयो। कुरा पुरानै हो।

जाडोको छुट्टी थ्यो। चियाको चुस्की सँगै गीत सुनेर कोठामा ढल्किरा थें --ट्वाक आयो।

" हिन ढिस्काँ जाउँ -- के बसीरनी घराँ? अहिले सित्तैंमा एउटा काम लाउँछन" मेरो कोठामा पस्दा पस्दै उस्ले भन्यो।

कुरा उस्ले मुनासिब गर्या हो। घराँ बसेसी दुईटा कुरा हुन्थ्यो। एउटा आफुलाई गर्न मन नलाग्या काम लाउँथे अर्को उपदेश दिन थाल्थे। दुईटैमा आफ्नो बितृष्णा।

"काँ ढिस्काँ जानी यो जाडाँ?" जाडो सम्झेर मैले सोधें।

"भण्डारखालको नी अरु काँ को?" उस्ले छ्यास्स हाँसेर भन्यो।

भण्डारखाल पर्खाल पस्चिमको त्यो ढिस्काँ बेला बखत बस्ने गरेकै हो। बलौटे ढिस्काँ बसेर धुबाँ गफ उडाउँदाको मजै बेग्लै थ्यो। पर्खालको दखिन पट्टी पर्या भ्वाङ्गबाट भित्र पनि छिर्न पर्थ्यो कैले काईँ। त्यस्तै थ्यो जिन्दगी।

"गै हाल्ने? चिया सिया खाएर जाने कि?" उस्लाई सोधें। घराँ साथी आफु चै चिया तान्नी उस्लाई चैं सोध्न पनि नसोध्ने भएन नी।

"यस्तो जाडाँ यो तातो चिया खाएर कैले ज्यान तताउनी? " उस्ले थप्दै भन्यो "हिराले हिरा काटछ भन्या जस्तो यो जाडोलाई पनि चिसै आगोले सिध्याउनु पर्छ, बुझिनस?" उस्ले अनुबादमा उखान जोडेर संकेत गर्या कुरो नै जिन्दगीको चुरो थ्यो त्यतिबेला-- नबुझ्ने कुरै थिएन।

" हिन जामज्याकेट लाउँदै मैले भनें। हामी निस्केम।

उस्ले साईकल लिएर आएको रहेछ। डण्डीमा बसें। क्यारिअर थिएन। ट्वाकले भन्यो "सुपारी पनि जान्थ्यो कि?"

"हिन्न सोधम" मैले भनें। ढिस्का कार्यक्रममा जति धेरै साथि भयो उति रमाईलो।

सुपारीकाँ पुग्या घरमै रे छ।

", हिन --" भन्या "काँ?" पनि नसोधी "पख ह्याँ इन्स्पेटरले सुधालाई फकाउँदै क्या--" भन्यो।

"को सुधा?" मैले सोधें।

"सुधा --- घरमा एक्लै छे के--तर लाज मान्दैछे रे अलि अलि भन्छ -- बबाल होला जस्तो यार" सुपारी जोस्सियो।

" एक्लै भएर तँलाई के ? तँ इन्स्पेटर हैन नी" मैले भनें।

"यस्तै किताबहरु पढ्छस सुकेनस लाग्छ तँलाई -- हिन" ट्वाकले सुपारीले पढ्दै गर्या मनोहर कहानियाँ हातबाट तान्दै भन्यो।

"काँ जानी?" सुपारीले अलिकति अलमलिदै अलिकति झर्किदै सोध्यो।

"ढिस्काँ" मैले भनें।

सुपारीले ट्वाकलाई हेर्दै सोध्यो "भण्डारखालको?"

"अँ-- कि जान्नस?" ट्वाकको अनुहारमा कुटील मुस्कान प्रस्टै देखिन्थ्यो।

ट्वाकको संकेत सुपारीलाई स्पस्टै थ्यो -- "किन नजानु नी?" सुपारी अहिले भने झर्किएन बरु दङ्ग पर्यो।

बाहिर आए पछि हामी साईकलमा आएको देखेर भन्यो "! अब कसरी जानी? क्यारीअर छैन रे -- डण्डीमा दुई जना बस्न मिल्दैन।"

कुरा हो।

ट्वाकले सुपारीको ढोकै छेउ राख्या साईकल हेर्दै सोध्यो। "कस्को साईकल नी यो नयाँ?"

"त्यो साईकल नहेरे नी हुन्छ बाउ! काकाको हो त्यो -- दिने चान्सै छैन।" सुपारीले सुनायो।

"कस्ले माग्न ला दिने नदिने कुरा आयो ? " ट्वाकले साईकल नजिकै गएर ताल्चा हेर्दै सोध्यो "खै तेरो काका?"

"बाउ काका बाहीर गा छन --डाक्टरकाँ बजैलाई देखाउन।" सुपारीले सुनायो।

"कति खेर गा?" मैले सोधें।

"भरखरै हो --- तर यो साइकल लान्न -- साँचो पनि छैन सँग" सुपारीले हाम्रो सुर बुझ्या हुनु पर्छ।

"तँ नलैजा भै हाल्यो नी -- तँ मेरो साईकलमा आइज -- लान्छु यो -- " ट्वाकले भन्यो।

"नाईँ नाईँ -- हुन्न --- केही भयो साईकललाई भने काकाले चेट पार्दिन्छन मलाई" सुपारी डरायो।

"केही हुन्न -- चलाउँछु क्या -- केई भए मेरो जिम्मा " ट्वाकले सम्झायो।

"तर साँचो छैन सँग" सुपारीको स्वरमा अझै डर थ्यो।

"चाँहिदैन साँचो" ट्वाकले भित्र गएर त्यो भोगटेको बोट मुनी बाट एउटा तार ल्याएर ताल्चा खोल्यो।

पनि नयाँ छोडेर किन पुरानो साईकल चढ्ने? ट्वाक त्यो नयाँ साईकलमा चढिम -- सुपारी ट्वाकको साईकलमा।

"बाङ्गेलाई पनि लैजाम -- गाँठ पनि खर्च नहुने मजा पनि आउने -- त्यस्ले गतिलो झोल ल्याउँछ -- केई केई त्यस्का सधै हुन्छ।" मैले भनें।

"बाङ्गे काँ हिन " ट्वाकले सुपारीलाई भन्यो। साईकल मोडाएर हामी बाङ्गे को घर तिर लागिम।

बांग्गेकाँ पुगे पछि ट्वाकले " जा बाङ्गेलाई लिएर आईज -- बुझिस हैन?" भन्यो।

हाँस्दै छिरेँ पातकीको घर भित्र। अघोरी घरमै रे छ। संक्षिप्त बार्ता समझदारी पछी उस्को आमा सँग दुई शब्द बोल्न थालें। बाङ्गे झोला बोकेर छडकियो। समझदारी अनुसार कार्ययोजना अघि बढेको देखे पछि पनि हुलाक जाने काम भन्दै बिदा भएँ।

हामी कोटालटोलको मोड पुग्दा सुपारी बाङ्गेलाई डबललोड परै अझै स्याँ स्याँ गर्दै थ्यो। "यै ताल हो भने भोली पुगिन्छ ढिस्काँ" ट्वाकले भन्यो। मैले सिट्ठी बजाएर छिटो आउन भनें। साईकल रोकियो। सुपारी डण्डीमा आयो, बाङ्गे चालक भो। साईकल बत्तियो।

खाल्डो, जोल्टिङ्ग आयो कि सुपारी "बिस्तारै गर है बिस्तारै" भन्थ्यो ट्वाकलाई। दिक्कै पार्यो। अनि ट्वाकले "अब फेरी एक चोटी भनीस भने कालोपुलाँ लगेर जोत्दिन्छु" भने पछि बल्ल सुपारी चुप लाग्यो।  ज्ञानेस्वरबाट आउने त्यो  ओरालो नभेटेसम्मको घुम्ति र तेर्सो बाटो नयाँ साईकलको टीरीरीरी सुन्दै काटियो।

कालो पुल तरेसी दाईने बत्तेर ढिस्को तिर लागिम। अनि त्यो घच्ची ढिस्काँ साइकल पुर्याउन घिच्याउनै पर्यो।

ढिस्का पुगेसी चाइने नचाइने कुरा निस्किने नै भए -- ट्वाकको पोको पनि खुल्यो -- बांग्गेको झोला पनि। मैतिदेबी हुँदै पर डाँडा सम्म के के नै देखिन्छ झै गर्दै हेर्दै कार्यक्रम चलेकै थ्यो। "हिन हिन ढिलो भो भनीस भने तेरो साईकललाई जान्या मैले -- टाईम भए पछि जाने हो -- मलाई था तेरो काका फर्किनु अघि नै साईकल फिर्ता लाने हो -- बुझीस?" कार्यक्रमको सुरुमै ट्वाकले सुपारीलाई सम्झाएको थ्यो। त्यसैले सुपारीले केही भनेको थिएन।

त्यो रातो पुल पुग्नु अघि नै दाईने पट्टीको रातो घराँ भएकी सुन्दरीको कुरा हुँदै थ्यो उस्कै कौसी नियाल्दै -- "यो ढिस्काट यसरी कुदाउनु पर्छ साईकल" बाङ्गे गर्जेको सुनियो। भित्ता चिस्याउन गा जस्तो लाग्या थ्यो मारोगी कुन सडको सुपारीको साइकल ढिस्काट ओराल्न सुरु गरी सकेछ।

" बाँग्गे !" हामी सबै एकै स्वरले कराईम। सुपारीको स्वर सबै भन्दा चर्को थ्यो।

हेर्दा हेर्दै साईकल र बाङ्गे गुटमुटीए--साईकलबाट बांग्गे उछ्छिटियो--साईकल एका तिर बाङ्गे अर्कै तिर --

एकै सासाँ हामी हाम्फाल्दै ओर्लिम।

सुपारीले साईकल उठाउँदै कतै ठुलै चोट लाग्यो कि त्यस्को काकाको नासोलाई भनेर हेर्यो। त्यस्तो केही देखिएन। उस्ले लामो सास फेर्यो। बांग्गे पनि उठेर "कस्तो कन्टोलै भएन यार" भन्दै आयो।

सुपारीले प्याडल उल्टो घुमाउन भनेर बल लायो। प्याडल आधि घुमेसी ठ्यान्ङ्ग गरेर अडकियो। पुरा नघुम्ने भएछ।

"पट्याँस बिहारी माल किनेसी यस्तै हुन्छ -- चाईनिज किन्या भे यस्तो हुन्थ्यो ? तेरो काका नी झुर रे -- दुई पैसा बचाउन लाई भनेर इण्डीयन माल किन्या होला -- हेर बिजोग अब" बाङ्गे सरी भन्नु कता हो कता उपदेश पो दिन थाल्यो।

सुपारी रीसले आगो भो।

अनि हाम्ले नी बाङ्गेलाई गाली गरेसी " सुपारी तँ पिर नगर ठिक पार्दीहाल्छु नी भनेर त्यो बाङ्ग्या प्याडल सोझ्याउने रे भनेर सँगैको ढुङ्गाले एक दुई चोटी कराउँदा कराउँदै बजाई हाल्यो। प्याडल के सोझिन्थ्यो बरु त्यो ढुङ्गाले यता उता ठोक्या दाग प्रस्टै देखियो।

"के आईडियाले बना रे हँ यो साईकल? बाङ्गीन चै बाङ्गीने रे सोझिन चै नसोझिने?" बाङ्गे एक्लै फतफताउँदै थ्यो।

सुपारीले ट्वाकलाई हेर्दै करायो " अब के गर्ने हो तैं गर --जिम्मा लिन्छु भन्ने तैं हो क्यारे"

"मैले पछार्या हो ? जस्ले पछार्या हो उसैलाई भन्न" ट्वाक पनि हच्कियो -- नयाँ साईकल त्यसरी घाईते भा देखेर।

सुपारीले पालै पालो हाम्लाई हेर्दै थ्यो-- बाङ्गे चै दुईटै हातले टाउको समात्दै "धोतीले डुबायो" भन्दै थ्याच्च बस्यो।


 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-23-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिरादाई,

त्यो सोर्हखुट्टेको ओरालाँ ब्रेक उछ्छिट्टीईए देखि सिफलको ओरालाँ पनि ब्रेकले राजीनामा दिने हो कि भन्ने डर भन्या सधैं। त्यो ओरालाँ ब्रेकले "ह्या लागी राछ पाङ्ग्रा समात्न" भन्या भे? राम राम राम!

एक चोटी त्यो ओरालोको मुखैमा चक्का पन्चट भएर क्या बर्बाद, तर त्यो बाटोको दाईने पट्टी (ओरालो सुरु हुँदा हुँदै) साईकल बनाउने पसल थ्यो नी हेरी तिँ टाल्दयो नी -- पुरानो ट्युब काट्यो --सुलोक्सन हो कि के हो लायो अनि टालेर थोत्रो बाटाँ डुबायो -- फोका उठेन। भैगो। 

रिट्ठे,
ल उफ्री उफ्री दुई राउण्ड खित्काको लागि एक राउण्ड उफ्रेर धन्यबाद।

ठुली,

लौ न "मेरो दीप" रे अझ अरु के के नी? राम राम राम अब ह्यान्सीले थापाथलीमा मलाई मिच्ने भो मोटरसाईकल ले।

चित्रे ब्रो,
क्लासिकै क्लासिक प्रभो अब आफ्नो त मोडर्न नै क्लासिक भैसक्यो क्यार्नी होला? 

जिम्माल,

धन्न प्रभो को त सुधामा मात्रै काउकुती रे छ यो ज्यानलाई जुन तरुनीको नाम सुनेनी चिन्या चिन्या जस्तो लाग्छ। अस्ति क्या प्रभो त्यो नयाँ बजारकी एउटीले फ्याट्टै चिनी। गम्म ज्यान लागेछ, झोला बोक्ने लाट्ठे घरैमा बाजा र जन्ति बोकेर आएको पनि तिन बर्ख भो रे भन्थि। "चिनाउछु पख" भन्थी मैले " ह्या त्यो मलाई के काम्?"  भन्देँ। ठिक गरीन त प्रभो?

क्रेजी लभ,

यो लभ भन्ने त शब्द लेख्ना नी हात काम्ला जस्तो हुन्छ अचेल त -- के ले भेट्यो भेट्यो --- हो बाङ्गेलाई नी धेरैले डुबायो उस्ले अरु धेरैलाई--तर जिम्माललाई त पौडिन आउँछ क्यारे! हुन त झन त्यै जति पौडियो उती गैराँ पुग्ने खोलाँ हेलीन ला छ्न भन्ने सुन्छु।  

sndy ,

दशैंमा लुगा हाल्ने दिन गै गए ईतिहास एक्स्प्रेसाँ, अब समयको ढुङ्ग्राँ कथा हाल्योबस्यो। यस्तै रे छ जिन्नगी। 

बिस्टे प्रभो,

अनि मैजुबाल तिरको बगैचामा फुल अझै छ कि हेर्दा हेर्दै गीत घन्काउँदै नाच्दै एक हुल  लिएर आको दुस्मनले टिपिसक्यो?

तोरीको फुल,

त्यो ढिस्काँ कैले कैले हाउस फुल हुन्थ्यो -- प्रभोहरु नै हो त?

कलेजो,
ब्याङ्ग्या रेपुटेसन पनि हेर्दा हेर्दै बाङ्गियो नी नारन यो साझाँ।

somewhereondearth,

प्रभो ति दिनहरुको इन्धन नै भन्नु पर्यो अझै यो ज्यान चलाउने --

popeye ,

बाङ्ग्या सोझा कथा नी भनम्ला भन्छु खै -- खोज्दैछु तर।

harkeDai ,

को असम, प्रभो? जिम्मालकी सुधा कि कसो?

Sheetalb,

लौ न झण्डै नौ सय एघार दाबेको रे? कस्सो ट्याममै आएछु गाँठे!

pjna007,

एक् खित्का रे छ त्यै पनि जिन्दाबाद।

Amazing ,

त्यो ग्यालेक्सी नेरको बाँसको झ्यान्ङ भनेर ज्ञानेस्वर र डिल्लिबजार ओहोरदोहोर गर्दाको त्यो गल्ली सम्झाईदिएर त्यो गैराँ घर भाकि तरुनी अचेल के गर्दै होली भन्ने सोचाँ पुगियो। हरे राम!

 

सबैलाई धन्यबाद।

 


 
Posted on 01-23-08 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"के आईडियाले बना रे हँ यो साईकल? बाङ्गीन चै बाङ्गीने रे सोझिन चै नसोझिने?" बाङ्गे एक्लै फतफताउँदै थ्यो।"

पुन: अर्को उत्क्रिस्ठ बांगे माहात्म्य गै सकेछ। आफु त हराइ रा। अन्खेरी राती सुपारी चेट भए नभएको त केही खुलासा भएन त दिप ज्यु।


 
Posted on 01-23-08 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

eh la...Deepji ko gang le ta hamro sifal ko seto danda pani banki rakhenachhan....dhanna tyahan ahile ghar sar banai hale...natra ke ke upadro hunthyo hola....
 
Posted on 01-23-08 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"के आईडियाले बना रे हँ यो साईकल? बाङ्गीन चै बाङ्गीने रे सोझिन चै नसोझिने?" बाङ्गे एक्लै फतफताउँदै थ्यो।

हा हा हा हा प्रभो ! सकिएन यो बाङ्गेसँग। हा हा हा हा हा


 
Posted on 01-23-08 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नामै बाङ्गे के रे, बङ्ग्याउन चैं बङ्ग्याउने, सोझ्याउन चैं नसोझ्याउने रे? के साईत पारेर जन्माएछन् तिनका बा-आमाले तिनलाई? बाङ्गेमुढाँ म:म: खा'को दिन हुन पर्च।
 
Posted on 01-23-08 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पट्याँस बिहारी माल किनेसी यस्तै हुन्छ -- चाईनिज किन्या भे यस्तो हुन्थ्यो ? तेरो काका नी झुर रे -- दुई पैसा बचाउन लाई भनेर इण्डीयन माल किन्या होला -- हेर बिजोग अब" बाङ्गे सरी भन्नु कता हो कता उपदेश पो दिन थाल्यो।

hahahhahahhahhahhah ramailo lagyo yaar katha chai.. uhi purano push manghko jaadoko chhutti ka din haaru yaad aayo.. khub ramailo bhayo.. khub hasiyo yaar katha padhera..


 
Posted on 01-23-08 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good one, really enjoyed it. Bange, ha ha, a favorite character of mine from now.
 
Posted on 01-23-08 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Nice one Deepjee! Your stories are always so refreshing! You portray your characters so successfully!

SALAM once again!

 
Posted on 01-24-08 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल गुरु आरु नि जाओस । साह्रै राम्‍रो लाग्‍यो। कृपया।
 
Posted on 01-24-08 2:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Excellent piece of work ......................... reminds me of all those places भण्डारखाल, सिफल, कालोपूल, रातोपूल  

I have heard about you but never had a chance to read one........जस्तो सुनेको थिए तेस्तै पाएँ तपाँई को लेख पनि

Keep it up..........................


 
Posted on 01-24-08 5:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ! बल्ल थाहा पाए किन ढुङ्ग्रो बांगियो भनेर !
 
Posted on 01-24-08 7:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Darshan gare parvuu!
Jhandai kaam ma paagal thanenan malai!!
Coffee nai sarkyo!! Bangya aajkal k gardai chhan hau parvu!! Neta hunu parne manchhe ho!!

P.S.-Oyee Jomsome daka!! Padhnu sadhnu pardaina Sajha chahardai baas!!
 
Posted on 01-24-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गुरु को "साइकल महात्म्य" पनि राम्रो लाग्यो। अरु पनि बिस्तारै पेल्दै गरम, प्रभो। 
 
Posted on 01-24-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले ब्रो,
प्रभो त्यसरी हराउन भएन नी -- अब सुपारी चेट भएको त के लेखाई भो र --दु:खान्त कथा--बिचरा बरु घरै बस्या भे इन्स्पेटर र सुधाले के के गरे त्यसको साक्षि हुन्थ्यो-- सित्तैमा -- दशा लागेसि क्यारोस र त्यो पनि--

कालोपुलबासी प्रभो -- हो र भन्या? त्यो सेते डाँडा ढिस्कैमा ठडाईसके र भन्या घर? -- बस्ती बाक्लिदै गएको त देख्या हो -- झ्याल र कौसीमा आउनेहरुको संख्या बढेको देख्दा राम्रै लाग्या थ्यो -- तर मुलुकै छोडेर हिनियो आफु चै के नी--

भउते ख्वामित, बाङ्गे सँग हाम्लाई त हम्मे हम्मे पर्थ्यो -- जो सुकैले त सक्ने कुरै भएन नी प्रभो। एक चोटी ट्वाक सँग त भिड्या थ्यो बज्या -- त्यस्तो बदमास।

पून्टे प्रभो , खै त्यो बाङ्गेमुढाको कथा चैं थाह भएन बरु बाङ्गेले किन बङ्ग्याउँथ्यो मात्रै र? --सोझ्याएका कुराहरु पनि छन -- दोषका बन्दुक हामी तिर धेरै चोटी सोझ्याएको छ पातकीले --

हर्क बहादुर,  प्रभोलाई राउँरो लागो अरे कथा भन्ने सुनेर यो मनमा पनि हर्क बढाईँ भो--

जगटाधारी, (लौ न यो नाम सुनेर पून्टेब्रोलाई कस्तो जंग चल्ने होला?)

बाङ्गे एक तमासको थ्यो प्रभो। नमुना भने नी हुन्थ्यो।

गोताएँ गुरु, कताटी हो? एक्जिट मिस भएर रङग् एन्ट्रि भा त हैन त? धेरै भो गाँठे भलाकुसरी नगर्या।

मृत्युन्जय, जान्छ प्रभो अरु नी जान्छ -- नगएर त भाकै छैन अनि?

अमितराजा, प्रभो पनि त्यै सेरोफेरोको हो कि जस्तो छ --- ज्ञानेस्वरको ओरालो बाट बत्तेर मैतीदेबीतिर मोडिनु अघिको दाईने तिरा पसलाँ तोङ्बा तान्दा भेट भा त हैन त?

mr.jomsom, प्रभो पत्तो लाको त राम्रो हो -- हेरी बेलैमा साँचाँ नराखे घुम्रेला नी फेरी --

जग्गे, प्रभो--कुसल मंगलै? उता नारी सभा गृह तिर अलि बढी आवत जावत देख्छु केरे अचेल --पोषाउँदै पनि छ कि खाली एक्सरसाईज मात्रै हो?

नेप्चे, हस प्रभो, सिफलको ओरालाँ साईकल जसरी नसके पानीपोखरीको उकालाँ ट्याम्पु जसरी भएनी पेलम्ला केरे --

 

सबै साथिहरुलाई फेरी एक पटक हार्दिक आभार।


 
Posted on 01-25-08 1:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep Bro,

मेरो बास को कुरै नगरौ 
आफु त अर्कै ड्याङ को मुला परीयो अन्त कतै भेट भाको हो कि ???
जगिङ र जोगिङ पशुपती,ट्युसन् सिफल, फिलिम चाबेल, अड्डा रातोपूल, झगडा कालोपूल, मैया मालिगाँउ, मामाघर हाँडीगाँउ
कतै न कतै त पक्का भेट हुनै पर्ने हो। ब्रो को लेखाई बाट अली अली अनुमान लगाउन सकिन्छ।    

जे होस् ब्रो को प्रसन्शक भए म

Good luck


 
Posted on 01-25-08 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'कस्ले माग्न ला दिने नदिने कुरा आयो ? "

 

दिपदा,

चोरेर खाएको फल मिठो हुदा हुदै पेट दुखायो जस्तो छ। बाइ द वे त्यो ढिस्काँ जादा  झोला र पोकोमा के लगेको थियो ? :)


 
Posted on 01-25-08 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep....

as funny as ever :)


 
Posted on 01-26-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji, la jhandai chuteko,  baange le pheri hansayo... baange ko katha ta kahile nasakiyos jasto laagcha...
 
Posted on 01-28-08 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमितराजा र हामीले उडाएका धुलोहरु साथि साथि रहेछन उसो भए। जुन बाटाहरु, पुलहरु, अनि घुम्तीहरुले ब्रोलाई सम्झिने हुन उनैले सम्झिने रहेछन हामीलाई पनि। खुसी लाग्यो।

मिस, त्यस्तो झोला र पोकामा बोक्या माल अनि त्यो पनि ढिस्काँ बसेर सिध्याको कुरा पनि कतै मिसलाई, सरलाई भन्न हुन्थ्यो के त? रेस्टीकेट गर्दे भने? मेरी बास्सै!

Felicity,

जय होस। मनोकान्छे मयालुका स्पर्श झै बनुन।

kancha01 ,

बाङ्गेको कथा के सकिन्थ्यो प्रभो -- बाङ्गेको सकीएछ भने फेरी सोझिएको सुरु होला नी त।


 
Posted on 01-28-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"खाल्डो, जोल्टिङ्ग आयो कि सुपारी "बिस्तारै गर है बिस्तारै" भन्थ्यो ट्वाकलाई"---
खुकुरिको मर्म आचाइनोलाई थाहा छ हैन? बिचरा सुपरी, मन नलागी नलागी लानु पनि छ अझ बिचार पनी पुराउन नपाउने।


 

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters