abodh
Replies to this thread:

More by abodh
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गिरिजाबाबुको गोप्य आत्मकथन
[VIEWED 2684 TIMES]
SAVE! for ease of future access.
Posted on 12-12-07 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेलाको बोली
गिरिजाबाबुको गोप्य आत्मकथन

खगेन्द्र संग्रौला

नारानहिटीका ज्ञानेन्द्र शाह खोपीमा लुकेर काइदाको डायरी लेख्न थालेछन् । त्यसरी नै कतै लुकेर लेख्न र मनको अथाह बह पोख्न त मलाई पनि मन थियो, तर म सक्दिन । न मन एकाग्र छ, न ज्यानमा तागत छ, न फर्ुसद छ, न खोपीजस्तो एकान्त नै कतै छ । फेरि ज्ञानेन्द्रका का“धमा कुनै जिम्मेवारी छैन, ती धिपधिपे प्राणीले जे लेखे पनि हुन्छ । तर मेरो छिसिक्क एउटा शब्द तल-माथि पर्‍यो कि अधमरो फट्याङ्ग्रोमाथि खनिएझै“ नाना रङ्गका कमिला ममाथि खनिन आइलाग्छन् । म कति अभागी †

अचेल म पनि छिनछिनमा मनको गोप्य अन्तरमा मौन भाकामा 'उडायो सपना सबै हुरीले' भन्ने गीत गुनगुनाउ“छु । जति गुनगुनाउ“छु, म त्यति नै दिक्क हुन्छु । दिक्क हुन्छु र म फेरि उही गीत गुनगुनाउन विवश हुन्छु । बुढेसकालमा मेरा पनि थरीथरीका रङ्गीन सपना थिए । सशस्त्र माओवादीलाई निःशस्त्र राजनीतिको शान्त जुवामुनि नारु“ला, निरङ्कुश राजालाई विलासी दरबारबाट थपक्क विदा गरु“ला, लोकतान्त्रिक गणतन्त्र खडा गरु“ला, नोबेल शान्ति पुरस्कार पाउ“ला र लोकको स्मृतिबाट यस अघिका आफ्ना सारा खतबात मेट्दै त्रिभुवनको खिया लागेको नक्कली नाउ“ मेटेर नेपालको सक्कली राष्ट्रपिता बनु“ला । तर खै, लक्षण उति राम्रो देख्दिन ।

म र प्रचण्ड दुवैको राजनीतिक गणित नराम्ररी फेल भयो । मैले सोचेको थिए“( हरियो घा“स देखाउ“दै, लोभ्याउ“दै, अलिअलि स्वाद चखाउ“दै माओवादीलाई आफ्नो पछिपछि लुखुरलुखुर डोर्‍याउ“ला र एमालेलाई झ“ै भोगलिप्साको बल्छीमा पारेर काङ्ग्रेसजस्तै बनाउ“ला । अनि उनले मलाई राजाको डर देखाउ“दै, राष्ट्रपति पदले लोभ्याउ“दै, अनेक सम्झौतामा अल्झाउ“दै लटपट्याएर राज्यमा आफ्नो दह्रो बर्चस्व जमाउने सपना देखेका थिए होलान् । तर हामी दुवैको गणितले हावा खायो । मैले उनलाई झुकाउन सकिन, उनले मलाई झुक्याउन सकेनन् । यसरी म हारे“, उनी पनि हारे । तर बाहिर मैले म हारे“ भन्न पटक्कै मिल्दैन । मैले त उनलाई हराए“मात्र भन्नर्ुपर्छ । नत्र मलाई दुनिया“ले हेप्छन् ।

म राजनीतिक चक्रव्यूहको असहाय कैदीझै“ भएको छु । मुलुकको निकास त धेरै परको कुरा हो, मेरो आफ्नै निकास म कतै देख्दिन । भन्न नमिल्ने मेरा हैरानीहरू अनगिन्ती छन् । छोरी सुजाताले बा, म राजनीतिमा घुसेर कोइराला वंशको बि“डो थाम्छु भनिन् । पुत्रीमोह र वंशमोहले गर्दा मैले 'हुन्न नानी' भन्न सकिन । चलाख छिन्, मिहेनत गर्लिन्, सिक्लिन् र केही गरेर देखाउलिन् भन्ने झिनै भए पनि मलाई आसा थियो । मेरो त्यो आसा हिजोको आजै निरासाको आगोमा जलेर भष्म-खरानी भयो । मेकअप, आडम्बर, चुरिफुरी र दम्भसिवाय यिनले केही सिकिनन् । जथाभावी हावादारी कुरा गर्नु र मेरो नाक काट्नु यिनको प्रिय दिनचर्या भएको छ । हरे † यी मेरो वृद्ध घा“टीमा अड्केको तातो पि“डालु भइन् । निल्नु न ओकल्नुको असह्य पीडा मेरो दिनचर्याको अंश बन्न पुग्यो ।

निरन्तरको भीड, कचकच र कोलाहलमाझ म नितान्त एक्लो छु । नोना भाउजु इहलोकमा छ“दा म ठूलो सराहाको अनुभव गर्थे“ । ती मेरी अभिभावकजस्ती, मार्गदर्शकजस्ती थिइन् । नजिकै बसेर अन्तरङ्ग भावले हामी सुख-दुःख साटासाट गथ्र्यौ“ । ती विदा भइन् र यत्रो ठूलो संसारमा म फगत एक्लो भए“ ।

मेरा दुःखहरूको मुहान मेरै दलभित्र छ । मेरो दलभित्र अनेक अनुहारका उत्ताउला राजावादीहरू छन् । कम्निस्टहरू के जाति ट्याक्टिस भन्छन् नि, हो त्यही ट्याक्टिस अर्थात् कार्यनीतिक दाउपेचका हिसाबले मैले सेरेमोनियल किङ, बेबी किङका कुरा गरेको थिए“ । त्यो राजावादी र माओवादीका नाडी छाम्ने मेरो राजनीतिक टि्रक थियो । तर अबुझहरूले त्यसलाई अक्षरशः बुझेर मलाई गिज्याए । मेरो दलभित्रका गोबरगणेशले त झन् अनर्थै गरिदिए । म गर्छर्ुुाग्रा कुरा, यी लठ्ठक गर्छन् गाग्रा कुरा । पछि फर्किने बाटो नै बा“की नराखी कच्ची पुलसमेत भत्काएर यति पर पुगिसकेपछि अब केको राजा-साजाका कुरा - हो, थोरैतिनो भत्ता खाने र देवी-देउताको दर्शन गर्न मन्दिर जाने राजा राख्न सकिन्थ्यो होला । बुद्धि र हुती दुवैका गरिब लक्ष्मण अर्यालले क्रान्तिकारी देखिन अप्ठ्यारो संविधान लेखेर सत्यानाश गरिदिए । सत्चालीस सालको संविधानलाई यसो डेन्टिङ-पेन्टिङ गरेर काम चलाउन खोज्या भए, न यसरी गणतन्त्रको रडाको उठ्थ्यो, नत मैले समानुपातिकको यो कर्कश गर्जन नै सुन्नुपथ्र्यो । कहिलेकाही“ त मलाई देब्रे हात घुमाएर यी अर्यालका चाउरे गाला पड्काइदिउ“ जस्तो पनि लाग्छ । यिनले माओवादीलाई मेरो शिरमा उक्लिने भर्‍याङ बनाइदिएर मलाई डरलाग्दो एम्बुसमा पारे ।

सत्ता राजनीतिमा कमाण्डको लगाममाथिको पकड ठूलो कुरा हो । तर दुःखको कुरो, मेरा हातको कमाण्डको लगाम छिन्न-छिन्न लागेको छ । यो बुढेसकालमा म ढा“ट्दिन, यसमा मुख्यतया मेरै दलका मुसाहरूको हात छ । वचनका नौनी र क्षमताका आलुजस्ता गृहमन्त्री सिटौलाले गृहको स्थिति डामाडोल बनाए । अर्थ न बर्थका अर्थमन्त्री महतले कुन्नि ककसका पाउभक्त भएर क्यान्टोनमेन्टका क्याङबीहरूलाई चिढ्याए । यिनको कामबाट न दाता सन्तुष्ट छन्, न उपभोक्ता सन्तुष्ट छन्, नत माओवादी नै सन्तुष्ट छन् । अनि अर्का छन्, उङ््नमात्र जान्ने केही न कामका शान्तिमन्त्री पौडेल । पद भनेपछि हुरुक्क हुन्छन्, तर यीस“ग दर्ुइ पैसाको ढङ्ग छैन । शान्ति प्रक्रियालाई सहज बनाउनु त कता हो कता, यी जुम्सा मनुवा अशान्ति प्रक्रियाका जरामा मलजल हालिरहेका छन् । टोपी अग्लो लगाउ“दैमा व्यक्तित्वको कद अग्लो हुन्छ - हो, यिनै आफ्ना भनाउ“दाहरूको अयोग्यता र अदक्षताले गर्दा मेरा हातको कमाण्डको लगाम छिन्न लागेको हो । तर मैले मुख फोरेर यसो भन्न मिल्दैन । मैले त सारा बदमासी माओवादीको हो भन्नर्ुपर्छ । मलाई थाहा छ, बुढेसकालमा ढा“ट्नु पाप हो । तैपनि मैले मुटु गा“ठो पारेर ढा“ट्नु पर्‍या छ ।

नामले म दलप्रमुख, म राष्ट्रप्रमुख, म र्सवशक्तिमान । तर मेरो वशमा कोही छैनन् । न दलभित्रका छन्, न मन्त्रीमण्डलकाहरू छन् । त्यो एमाले छ नि एमाले, हो त्यसका एकजना मन्त्रीको अनुहार सम्झयो कि मेरा कन्सिरीका भूमिगत रौ“ ठाडा हुन्छन् । त्यो नाथे सन्निपातको रोगीझ“ै दिनमा दस ठाउ“मा बर्बराउ“दै मलाई के-के भनिहि“ड्छ । सुनेर म वाल्ल पर्छर्ुु

सरकार सात दलको साझा रे । जुन मन्त्रीले जे उपध्य्राइ“ गरे पनि उसलाई मैले छुनु नहुने रे । हे भगवान् † शत्रुले पनि सङ्क्रमणकालको खिचडी भीडको निरीह प्रधानमन्त्री हुनु नपरोस् ।

यसो हर्ेर्छर्ुुभद्रगोल राजनीतिको यत्रो सगर बोकेर म एक्लै उभिएको छु । इमानसाथ मलाई साथ दिने कोही छैन । म अरूलाई दोष किन दिऊ“, रोग मेरै दलभित्र छ । देउवादेखि पौडेलसम्म मेरो कर्ुर्सर्ीी उक्लिन खुट्टो उचालेर झिङ्गे दाउ कुरिबस्नेहरूको ठूलो झुन्ड छ । तर बुद्धि बढाउन, नैतिकस्तर उकास्न र लोकप्रिय बन्न लागिपर्ने कुनै मुले छैन । खालि पद, पैसा, स्वा“गे प्रतिष्ठा( सबैका लोभी नजर त्यतैतिर छन् । हुन त दलभित्र सोचविचार गर्नेहरू, आदर्श र इमान, दायित्व र नैतिकताको हेक्का राख्नेहरू हु“दै नभएका होइनन् । भीमबहादुर तामाङ, प्रदीप गिरी, नरहरि आचार्य, कृष्ण खनालहरू छन् । तर काङ्ग्रेसभित्र आदर्श, निष्ठा, त्याग र नैतिकतालाई कहा“ ठाउ“ दिने हो, मैले कहिल्यै मेसो पाइन । सबैजसो ठाउ“ पैसा चिनेका छट्टुहरूले ओगटेका छन् । र सोचविचार गर्नेहरू काङ्ग्रेसमा घा“डो भएका छन् । यिनीहरू नहु“दा काङ्ग्रेसलाई शोभाको दुःख, यिनीहरू हु“दा काङ्ग्रेसलाई घा“डोको बोझ । मलाई कस्तो हत्ते †

एउटा अति गोप्य कुरा भन्छु । रुक्माङ्गद कटवाल हप्तैपिच्छे मलाई भेट्न आउ“छन् । बाहिर भन्दा ती मेरो निर्देशन लिन आउ“छन् भन्नुपर्ने बाध्यता छ । तर आएपिच्छे ती मलाई कडा निर्देशन दिएर जान्छन् । खास कुरो यो हो । तर यो कुरो कसैले लेख्यो भने मैले त्यसको घोर भर्त्सना गर्दै खण्डन गर्नुपर्छ । धत्तेरिका † दुनिया“लाई ढा“ट्दा-ढा“ट्दै जीवन सकिने भो ।

अहो † मैले धेरै अ“ध्यारा कुरा गरे“ क्यार । अब एउटा उज्यालो कुरो गर्छर्ुु प्रचण्ड कहिलेकाही“ मलाई घुर्क्याउन र थर्काउन माधव नेपाललाई कन्याउ“दै मेरो विकल्पका कुरा झिक्छन् । जब यो सुन्छु, हा“स्न बिर्सर्ेेे म बूढो खित्का छाडेर हा“स्छु । बरा माधवबाबुको उचाइ प्रचण्डले कन्दै बोक्दा पनि मेरा कुमकुमसम्म मात्र आउ“छ । हे हरि † ती मेरा विकल्प रे । मेरा हातगोडा र सास चलुन्जेल विकल्प-सिकल्प त्यत्तिकै हो ।

ज्ञानेन्द्रले म प्रयोगवादी हु“ भनेर फर्ुर्ती गरेछन् । अस्सली प्रयोगवादी त म पो हु“ । ब्रह्माण्डमा मलाई सबैभन्दा मन नपर्ने जीव कम्निस्ट हो । त्यसैले मैले लामो समयसम्म कम्निस्टविरुद्ध राजालाई बोके“ । पछि पात्तिएका र मात्तिएका राजाले मेरो शिरमा बिष्ट्याएपछि मैले राजाविरुद्ध कम्निस्टस“ग कुम जोडे“ । यो आफ्नै आस्थामाथि मेरो मौलिक प्रयोग हो । म कहिले जर्ज बुस र मनमोहन सिंहस“ग आ“खा जुधाउ“छु, कहिले ज्ञानेन्द्र र प्रचण्डस“ग । यी सबैस“ग पालैपालो आ“खा जुधाउ“दै कहिले लड्खडाउ“दै र कहिले ठम्ठम् हि“ड्दै म अघि बढ्छु । भन्नेहरू जेसुकै भनुन्, अनेकन अप्ठ्यारा र कष्टहरूबीच सकी-नसकी म अघि बढिरहेको छु । यो मेरो मौलिक प्रयोग हो ।

काङ्ग्रेसीगण घरिघरि मलाई घेरेर सोध्छ( गिरिजाबाबु † मुलुकमा अब के हुन्छ - हुङ्कारको भाषामा म भन्छु( जे हुनुपर्ने हो, त्यो हुन्छ । संविधानसभा हुन्छ । लोकतन्त्र हुन्छ । गणतन्त्र हुन्छ । शान्ति हुन्छ । तर त्यसपछि म नेपाल राष्ट्रको अजर-अमर राष्ट्रपिता हुन्छु भन्ने कुराचाहि“ म खुसुक्क मनमनैमात्र भन्छु । जय नेपाल †


 
Posted on 12-12-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well written Khagendra Sangraula

गिरिजा ले आफु मर्नी बेलामा देश लाई पनि मारेर जान्छ Curse of Nepal: Girija


 
Posted on 12-12-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very well writtern...good analysis as usual! Sangrauala ka lekh haru aksar chodna man laagdaina hou...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali Passport Renew
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters