[Show all top banners]

SateLite
Replies to this thread:

More by SateLite
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

ThahaChaena
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "few days in hometown"- a story
[VIEWED 5020 TIMES]
SAVE! for ease of future access.
Posted on 11-23-07 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
'माओवादिहरु र सरकारको कुरा मिलेन'
'मन्त्रिमहोदयले मन्दिरको उदघाटन गर्नुभयो'
'काठमाडौको फोहोरले पर्यटकहरुमा नराम्रो प्रभाव परेको होटल महासंघको बिज्ञप्ति'
'पुर्वि तराइमा तराइजनतान्त्रिक,कोब्रा,टाइगर र टाइगर ग्रुप टु द्वारा अनिस्चितकालिन बन्दको घोषणा'

एकछिन समाचार सुनेको दिक्क लागेर आयो ! wtf is happening in our country ? मनमा उब्जियको यो दिक्कताले एउटा लामो हाइ आयो !सानो भाइ अनि बाबा-आमा समाचारपछि आउने कुने चर्चित कमेडि शो को प्रतिक्षामा भयझैँ लाग्छ ! भाइ गलैचामा बसेर केहि लेखिरहेको छ अनि उसको अगाडि 'Boom' लेखियको एउटा बाक्लो किताब देखिन्छ ! पढ्नु नै छ भने किन TV Room मा बसेर पढ्नुपरेकोहोला भनेर म एक्पल्ट सोँच्छु तर केहि भन्दिन TV Set को नजिकै चार्जिङमा राखियको मोबाइल भाइब्रेट भैरहेको रहेछ,उठायँ ! भैरहवाबाट मामाको फोन !! 'हेल्लो' म ढोकाबाहिर गल्लिमा निस्कियँ ! एकैछिनमा बार्ता समाप्त भयो ! भोलि साँझ खाना खाने निम्तो रहेछ,मैले निम्तो उल्टायर बुटवल नै बोलायँ !मामा एकछिन आनाकानि गरेपछि आउन राजि हुनुभयो ! आयपछि 'सिटि भ्यु रेष्टुरेण्ट'मा लगेर केहि बोतल बियर पियपछि एकैछिन म्यारिज खेल्ने सम्भावनापनि उत्तिकै रहन्छ यो पर्वहरुको बेलामा !

छतमा उक्लियँ ! ढोका बाहिरबाट चुकुल लगायर भाँचियको आधा मार्लबोरो सल्कायँ ! धुवाँमय भयो हावा एकछिनमा ! परपर पटाका पटकायका आवाज सुनिरहन्छन !

किन पट्काउनु परेको होला यो देशमा पटाका फेरि ! १२-१३ बर्षसम्म पड्कियका लाखौँ पटाकाहरुले दशौँ हजार नेपालिहरुको ज्यान लियरपनि फेरि किन पटाकाहरुको धुन मिठो लागेको होला ! आज दिनभरि म कतै गइन ! घरदेखि केहि पर बन्न लागेको एउटा घरको एकान्तमा बसेर कर्ण शाक्यको 'सोच'किताब पढे ! केहि दिन अगाडि एउटा बक्स पाइन्ट (Hiphop) किन्न भनेर बिशालबजार हिँडेको थियँ अनि बाटोमा Book Fair चलेको रहेछ ! यसो भित्र पसेको त किन्न मन लागेका पुस्तकहरु sale मा रहेछन ! सत्र सय केहि रुपैयाका पुस्तक किनेपछि मसँग पाइन्ट किन्ने पैसा पुगेन अनि किताबहरुको एउटा भारि लियर घर फर्केको थियँ ! तिनै पुस्तकहरु पढेर अचेल समय बिताउदै थियँ !
बाहिरबाट आँउदा लियर आयका केहि उपन्यासहरुपनि सकियर ब्यागको पिँधमा पुगिसकेका थिय फिर्ता हुनका निम्ति किनकि ति पुस्तकहरु केहि डलर डिपोजिट राखियर लाइब्रेरिबाट पढ्नलाइ ल्याइयका थिय ! नेपालसम्म ति पुस्तकहरु पुग्ने थाहा भयको भय पक्कैपनि लाइब्रेरियनले दिने थियन तर म चुपचाप सधै झै लियर आयँ ! अब फर्काँउदा fine सहित बुझाउनुपर्नेछ ! Oh lord !! मान्छेले आफ्नो स्वार्थको लागि ढाँटनपनि सजिलै सक्छ ! चाहे त्यो अरु valuable या पुस्तक किन नहोस,ढाँट्नु त उहि हो ! मलाइ guilty फिल हुन्छ ! तर के गर्ने what the fcku आफैलाइ भनेर पनि पढ्न त पर्यो !


कसैले छतको ढोका ढक्ढक्यायो- हेरेँ,भाइ रहेछ - 'दाइ तितोसत्य आयो,हेर्न आउनुस'
म उसको आग्रहलाइ सुनेर हाँसे-म एकछिन हावा खान्छु छतमा,तिमि हेर्दै गर ! उसलाइ पठायँ !


परका हरिया डाँडाहरु रातिको यो अँध्यारोमा काला देखिन्छन अनि शहरमा बलिरहेका बत्तिहरुलाइ ति डाँडाहरुले शताब्दियौँदेखि हेरिरहेका छन ! मजस्ताहरु जन्मेको अनि लुरुलुरु स्कुल गयर कलेज हुँदै देशबिदेश अनि फर्केर त्यहि घरको छतमा बसेर चुरोटको धुवाँ तान्दासम्मका प्रतक्ष्यदर्सि यि डाँडाहरु हुन ! मेरो घरदेखि दुइ मिनट परको चोकमा एउटा ठुलो रुख छ,मैले जान्दाखेरिपनि त्यो उस्तै देखिन्थ्यो अनि अहिलेपनि उस्तै छ ! न कुनै पर्व न कुनै प्रेमिका न कुनै चुरोट न कुनै रक्सि ! पहिलापहिला म त्यो रुखको जिन्दगि देखेर दिक्क मान्थेँ तर अचेल त्यहि रुखको जिन्दगि मलाइ Superb great लाग्छ ! हल्लैहल्ला अनि रगतैरगत पोतियको हाम्रो डरमय Life भन्दा यि डाँडा अनि रुखहरुको जिन्दगि सुन्दर छ यार !


केहि चराहरु करायको आवाज त्यहि रुखका हाँगाहरुबाट आँउछ ! मेरो मोबाइल भाइब्रेट भयो-मेरो मोवाइलको लोकल नंबर छ ! कस्ले होला ?
'हेल्लो'
'हेल्लो'
'सुतेको छैनौ ?'
'सुतेर को ठुलो भयको छ र ? तिमि नै सुत न' केहि रिस मिसियको reply हुनसक्छ यो मेरो !
'still angry...okey bye'
'bye'कल डिसकनेक्ट गरेर मोवाइल गोजिमा हुत्याइदियँ ! स्विच अफ गरु भनेर फेरि निकाले अनि नगरि गोजिमा राखेँ !
बिस्तारै गल्लिको ढोका खोलेर बाहिरियँ !


बाटोमा मन्दिरनिरको पसल खुलेको रहेछ !
'एउटा मार्लबोरो'
'मारबोरो छैन'
'ओ के सुर्या दिनुस'


सल्कायर म आयकै बाटो फर्किन्छु ! एउटा mint किनेर,स्वासप्रश्वास समस्याका लागि !
मोवाइलमा केहि बज्छ-उठाँउछु अनि केहिबेर कुरा !फिल्टरलाइ चप्पलले कच्याककुच्चुक पारेर म गेट खोल्छु !


Camera को USB cable हरायकोले फोटोहरु PC मा सार्न पायको थिइन ! फेरि केहि फोटोहरु साथिहरुसँग रेष्टुरेन्टमा लियका रक्सिमय पनि थिय त्यसैले घरमा सार्नुभन्दा बाहिर गयर सारँ !हाँसो लाग्यो तस्विरहरु देखेर ! oh lord !! alcohal ले मान्छेलाइ कति Open पार्दोरहेछ ! म छक्क पार्छु ! साथिहरुको कति Treat खाइयो,गनेर साध्य छैन होला ! छिटै बिहा गरेर छोराछोरि पायपनि Treat अनि नयाँ बाइक किनेपनि Treat ! exam मा पास भय खुसिको Treat अनि fail भय दुख साट्ने Treat ! के भन्नु अरु यार ! आफैलाइ शरम !
केहि दिन अगाडि काठमाडौ गयर Exam दियर आयको थियँ ! केटाहरुले Treat को कुरा गरे अनि गइयो City View मा अनि exam मनायर आइयो !


घरमा पुग्दा कान्तिपुर TV बाट अंग्रेजिमा समाचार दिने बेला भयको रहेछ ! उहि छ समाचार ! नयाँ केहि छैन ! बुढा पुराना,सडे गलेका नेताहरु मृत्युलाइ बिर्सेर एक-आपसमा आरोप लगाइरहेका छन अनि संसारको श्रेश्ठ जिव आफुलाइ ठानिरहेका छन ! के भन्ने यार ! यहाँ कसैलाइ केहि भन्नु उचित छैन !


बिदेशको Credit card ले उठिबास लगाउने चाल पायपछि सोचँ - जब service charge तिर्नु नै छ भने नेपालि बैक़लाइ नै तिरे कम्सेकम देशमै पैसा जाला ! अनि नेपालि बैक़बाट Credit Card लिनका निम्ति Information search गरे ! बुझ्न भनेर at first " Nepal Investment bank' मा गयर सोधेँ Process र Document के के चाहिन्छ भनेर अनि उनिहरुले 2007 मा Credit Card apply गरेमा 2008 सम्ममा पाइने कुरा गरे ! झ्याउ मान्दै फेरि केहि दिनपछि ट्राफिकमा जबर्जस्ति बाइक छिराउदै'Bank of Kathmandu'मा गय ! oh lord ! मलाइ उनिहरुको कुरा सुनेर उठ्नुसम्मको हाँसो उठ्यो !


मैले सोधेको थियँ !
मलाइ एउटा Credit Card चाहियको थियो !यो बैक़ले issue गर्छ कि गर्दैन भनेर ? अनि उनिहरुले मेरो कानको मुन्द्रातिर हेर्दै ' मिल्न त मिल्छ तर हजुरलाइ नेपालि Currency मा कि USD मा चाहिने ? भनेर सोधे ! मैले of course USD मा भने !अनि rules सुनाय-आफ्नो ! Bank of kathmandu मा रहेको आफ्नो account मा minimum Nrs 50000 हुनु पर्ने रे ? अनि मैले सोधेँ - ओ के मेरो लिमिट कतिसम्मको हुन्छ होला ?
Nrs 25000 सम्मको रे !!

मलाइ घाँटिसम्म रिस उठ्यो Credit Card को यो परिभाषा सुनेर त्यहाँ ! यदि एकाउन्टमा भयको पैसाबाट आधा खर्च गर्ने कार्ड लिने भय त त्यो Credit Card कि Debit card ?
त्यति जाबो काम त मेरो ATM card ले गर्दैन र ?
म चुपचाप बाहिरियँ त्यहाँबाट ! यो समाज धेरै माथि पुगिसकेछ !
बाहिरतिर Credit card लि न प्लिज भन्दै बैँकहरु आँउछन अनि यहाँ Legal Process बाट Credit card लिन खोज्दा Debit card दिन खोज्ने ? हरे प्रभु !

********************************

ओइ मेरो सिमकार्ड साथिलाइ दिन्छु,अब त्यसमा कल नगर !! दुइ दिनको फ्लाइटपछि बरु त्यहि पुरानो नंबरमा कल गर ! म उनलाइ फोनमा भन्छु !
'ओ के'
यस्तै यस्तै ! खै के खै के जस्ता कुराहरु भैरहन्छन ! बच्चाहरु गुच्चा खेल्दै रहेछन गल्लिमा ! एकछिन उनिहरुसँग खेलेको पन्द्र रुपैया हारेछु ! उनिहरु खुसि भय,म दुखि भइन ! तिनिहरुको हाँसो अमुल्य छ ! कुनै बेला मपनि खेल्थे ! आज ति स्मृतिहरु आँउछन उनिहरु खेलेको देख्दा !
Oh God !!!! life is all abt memory !childwood incidents n frens..

स्कुल पढ्दाका साथिहरुसँग स-साना कथाहरुसँगै हाँसियो ! अनि हेर्दाहेर्दै हिँड्ने दिन आइपुग्यो ! आमाले 'अब त नगयपनि हुन्न र ?' भन्दै आँशुका थोपाहरु सलले पुछ्दा मेरो मन धुरुक्क भयको थियो !म के भनुँ यार-हरेकपल्ट त्यहि भन्छु ! म पछाडि नफर्कि घरबाट हिँड्छु सबैलाइ sad बनायर !
Tourist Bus भित्र AC चलायको रहेछ जाडोमा पनि !
ब्यागभरि किताबहरुको चाङ अनि एउटा सानो Portable PC छ ! कानमा गित लगायको त्यो गितपनि मिठो लाग्दैन ! मलाइ मेरो बुटवल छोडन मन लाग्दैन ! कति गार्हो मन लियर म यात्रा गर्दैछु Oh Lord !!

म घरमा आयपछि पनि हामि घण्टौँ फोनमा कुरा गरिरहन्थ्यौ !म उनको लागि के Gift लैजाने होला ! Confusion मा परेँ ! सायद मन परेन भने-तर मैले लैजाने चिज नै के भन्ने फेला पारिन ! केहि फोटाहरु थिय तर ति मात्र कसरि प्रयाप्त हुन सक्छन यार ! कानमा मुन्द्रा लगाउने सबै खराब त पक्कै हुँदैनन होला नि ! मेरो Department Head ले पनि मुन्द्रा लगाँउछ तर उ खराब छैन अनि म कसरि खराब हुन सक्छु तर हाम्रो society त south afrikan होइन नि !!

काठमाडौँ गयपछि केहि हेर्छु,यस्तै सोँचे ! अनि FedEx बाट पठाइदिन्छु ! मन परे परोस..नपरे नपरोस ! तर के किन्ने ? मलाइ Idea छैन !यस्तै यस्तै सोँच्दै थियँ..पढिरहेको उपन्यास हातबाट तल झरेछ...अनि केहि मिठो निद्रा ! मोटर को आफ्नै गति...मेरो टाढाको यात्राको एउटा अर्को शुरुवात..!!!
मोटरको स्पिकरमा सानो स्वरमा सायद 1974 AD को 'पहिलो जुनिमा...'गित बजिरहेको थियो होला त्यो बिदाइको समयमा !

*****************

जे सुकै होस...यि कथाहरु मेरो देशका हुन ! त्यहि देशका पुराना गल्लिहरुमा घटिरहने कथाहरु...


 
Posted on 11-23-07 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पडेर रमाइलो लाग्यो, अरु नि लेखम 

 
Posted on 11-28-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो लाग्यो। खालि कतै कतै शब्द चयनहरुमा के अल्झेको जस्तो पनि लाग्यो -- हुन त मैले त्यसो भन्न नहुने हो -- मेरा आफ्नै शब्द चयनहरु कस्ता कस्ता हुन्थे र अझै छन पनि --

समग्रमा राम्रो लाग्यो। लेख्न चै नछोडम है।


 
Posted on 11-28-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिला नै भनेँ मलाई स्याटेलाइटजी को अब्यबस्थित र खुल्ला बग्न दिएको शैलि साह्रै मन पर्छ!  यो कथामा पहिलो, तेश्रो र डाँडाको बयान गरेको हरफ मन पर्यो!

 


 
Posted on 11-28-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 जिवन् इतिहास् बन्दै जानु हो र ति इतिहास् हरुनै जिवन् हुन्। रमाइलो लाग्यो।
 
Posted on 11-30-07 5:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai pani man paryo lekhai.
 
Posted on 12-02-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप सर तपाँइले भन्नुभयको कुरा साँचो हो र म हजुरको सुझावलाइ मनन गर्ने कोसिसमा हुनेछु ! मैले केवल ब्यस्तताहर्को बिचमा सानो प्रयास गरेको मात्रै हुँ ...तपाइहरुले पढिदिनुभयो त्यो ठुलो कुरा हो ! सायद लेखाइहरुसँगै परिष्क्रित हुँदैजाने अपेक्षा गरेको छु !

बिर्खे सर तपाँइको उत्प्रेरणाको निम्ति म आभारि छु !
सुर न ताल ब्रो..धन्यवाद, जिवनमा घटेका स-साना कुरालाइ जोडेर नै कथाहरु बन्छन ! तपाइका शब्दहरुको लागि मेरो धन्यवाद !

वन्स इन अ ब्लु मुन अनि प्रीटिज्यु धन्यवाद !


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters