slow poison
Replies to this thread:

More by slow poison
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पैसा देखेपछि महादेवको तीन नेत्र
[VIEWED 3900 TIMES]
SAVE! for ease of future access.
Posted on 05-25-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे सुकै भन तिमीहरु मलाई,
धोकेबाज,बेइमान, कुलङ्गार,अरिँगाल
जिन्दगि चल्छ केबल पैसाले
पैसा देखे महादेवको तीन नेत्र!!

नेपालमा हुँदा खुब राजनिती गरियो,
आफ्नो पार्टीको लागि ज्यानै दिइयो।
छोडियो देश, युरोप आईयो
राम्रो पनि गरियो, नराम्रो पनि गरियो
बाऊबाजे देखि आस्था रहेको पार्टी
यहाँ पनि भेट्टाईयो,
त्यसमा आफू प्रबक्ता भैइयो।
न पैसा पाइयो,न भ्रस्टाचार गर्न पाईयो।
ठ्याक्कै बिरोधी शक्तिलाई भेटियो,
टन्न गाँठ पाउने बिश्वास पाईयो।
कार्यक्रम सुधारे बधाई पाउने,
बिथोले देखि खल्ती भरिने।
बनाउन गाह्रो भत्काउन सजिलो,
सजिलो काम गरी पैसा कमाईयो।
पैसा देखे महादेवको तीन नेत्र!!

प्रबक्ता हुनुको फाईदा उठाईयो,
आफ्नै पार्टीको बिरोध गरियो
राम्रो लाई नराम्रो बनाईयो,
टाउकोमै बसी घाँटि रेटियो
अरुको काममा आफ्नो नाम राखियो
जुन थालमा खाईयो,त्यहि थालमा थुकियो।
बिचरा तिमीहरुले पनि गल्ती नै गर्यौ,
नरिवलको रखवाली गर्न बाँदरलाई पठायौ
बाँदरले हातमा नरिवल पायो,
मलाई भने यहाँ लोट्टरी नै पर्यो
पैसा देखेपछि महादेवको तीन नेत्र!!

म पनि त इमान्दार् थिएं,
बाऊले राम्रै कुरा सिकाका थिए।
तर के गर्नु,
त्यहि बाऊलाई पनि पाल्नै पर्ने रैछ,
पैसा नभैइ नहुदो रैछ
फोहोर उठाको भरमा कति दिन बाँच्ने?
म त तिम्रो छोरा मात्रै हो बाउ,
पैसा देखेपछि महादेवको त तीन नेत्र!!

बल्ल बल्ल एउटा काम भेट्टाईयो,
नजाने पनि गर्ने आँट गरियो,
स्कुलमा पढाउन गैइयो
बिध्यार्थीबाटै लखेटिइयो ,
असक्षम शिक्षक भनी निकालिदियो।
अनि म के गरुँ त बाऊ ,
बेइमान हुँदा पैसा कमाईने,
पैसा देखे महादेवको तीन नेत्र!!


मलाई गाली नगर बाऊ
अब गर्नु गर्छ यो छोरोले ,
चुनावमा मलाई उठाउछन् रे
अनि मलाई नै जिताउछन् रे
सपथ खुवाउनेले खुवाइरहन्छन्,
त्यो सबै कन्टेनरमा फालिरहन्छु
यस्ता यस्ता काम म गरिरहन्छु,
बाऊ तिमीलाई पैसा पठाईरहन्छु
बाऊ म बिकें आज यत्र तत्र
किनकि
पैसा देखे पछि महादेवको तीन नेत्र!!
 
Posted on 05-25-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन्द विषजी,

राम्रो लाग्यो कविता! अरु पनि लेख्दै जानुहोस शुभकामना!
 
Posted on 05-25-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन्द बिष जी( बिर्खे जी को शब्द सापटि लिएको), बडा राम्रो लेख्नु भयो। सत्य लेख्न पनि ठुलै छाति चहिन्छ। ठुलो छाति ठुलै दिल। लेख्ने क्रम जारि रहोस्।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Ajay Kumar Dev sentenced to 378 yrs
Mamta kafle bhatt is still missing
TPS advance parole Travel document i-131, Class of Admission ?
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Tourist Visa - Seeking Suggestions and Guidance
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Nepali Psycho
Biden formally Stands Down!!!
TPS extension Petition!!!
advanced parole
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters