[Show all top banners]

sprakashp
Replies to this thread:

More by sprakashp
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sprakashp
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 छोटो मिठो कविता
[VIEWED 7085 TIMES]
SAVE! for ease of future access.
Posted on 12-08-06 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी को हौ ?
शिव प्रकाश

भित्र !
म भित्र
भित्रको पनि भित्र
अति भित्र
कता-कता
अन्तरकुन्तरमा
तिमी अझै
किन बसिरहेकी छौ ?
टाढा !
धेरै टाढा
टाढा भन्दा पनि टाढा
अति टाढा
म भन्दा धेरै टाढा
रहेर पनि
मलाइ अझै सताइरहने
भन तिमी को हौ ?
‌‌‌‌००००००००००००००००
सभ्य प्रतिकृया सदैब स्वागत योग्य हुनेछ । धन्यवाद ।
 
Posted on 04-20-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-20-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kavi sprakashp jyu ko laghu-kabita atti nai padhan-yogya lagyo, manan yogya lagyo, mitho ta tetisaro hoina-chooto chahi lagyo! Arko euta pani kripa baks hos na hajur!!
 
Posted on 04-20-07 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bull

chintan manan lagyo bhancha....mitho lagena pani bhancha ...ke ho yesto?
 
Posted on 04-25-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमा

शिव प्रकाश

आमा ! मैले तिम्रो ममताको
व्यापकतालाई ठम्याउँन सकिनँ
सायद त्यो आकाश छुने
उचाईभन्दा पनि धेरै अग्लो होला,
अनि सागरको सतहभन्दा पनि
सायद अझ धेरै गहिरो होला !

आमा ! मैले तिम्रो हृदयको
विशालतालाई कहिल्यै आँक्न सकिनँ
त्यहाँभित्र सधैं म एउटा
सिङ्गो कञ्चन हिमाल हाँसेको देख्छु,
अनि हामी सन्ततिका लागि सधैं त्यहाँ
पूर्णिमाको जून झलमल्ल झुल्केको देख्छु ।

आमा ! मैले तिम्रो भावनाको
सीमान्ततालाई कहिल्यै भेटाउन सकिनँ
जहाँ सधैं अन्तहीन ममताको
मग्मग् वासना मात्र मग्मगाएको हुन्छ,
अनि त्यहाँ हाम्रा लागि बिहानीको
शितल किरण सधैं-सधैं छाएको हुन्छ ।

आमा ! मैले आमाको मातृत्वको
महानतालाई बुझ्न सकेको रहेनछु
आफ्ना सन्तानको प्राण रक्षाका लागि
याचना माग्ने तिमी तिनै गान्धारी रहेछौं,
आफूले खाएको ओकलेर भए पनि
बचेराको पेट भर्ने तिमी तिनै चरी रहेछौ

हो, आमा ! तिमी तिनै गान्धारी रहेछौ
हो, आमा ! तिमी तिनै चरी रहेछौ ।

अप्रिल, १५
हाल : बोष्टन, अमेरिका

साभार - फ्री नेपाल डटकम
 
Posted on 04-25-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lunchtime, Lunch garera ayepachi bujcha majjale.....
 
Posted on 04-25-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lunchtime, thank you !
may i know you, if you don't mind !
thank you so much !
 
Posted on 05-09-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिव प्रकाश (हाल: अमेरिका)

खवर्दार, बढारिएर जाउँला !

घोडा मर्यो बिना पानी
गधालाई चढ्यो जवानी
पार्टी-पार्टी सँधै जुध्यौं
आफ्ना आफ्नै खुट्टा तानी-तानी ।

अर्कालाई मात्र दोष नदेओ
फर्की हेर आफ्नो आनीबानी
गाई मारी गधा पोस्ने
काम गर्यो तिम्ले जानी-जानी ।

घर सल्काई जाती भयौ
अर्कालाई तिम्ले आफ्नो ठानी
गोटी बनी चलेका थ्यौ
खसी बनाए, तिम्लाई छानी-छानी ।

जनताले सत्ता टेकाए
सधैं गर्यौ, लाठो हानाहानी
आपसमा मिल्न नसक्दा
राम्रैसंग खायौं सिस्नो पानी ।

खवर्दार ! फेरि पनि
गाई मारी पोस्ने काम गरौला
जनताको अधिकारमा
खेलवाड भयो भने बढारिएर जाउँला ।
 
Posted on 10-22-07 3:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Susta Susta Degree Maile REMIXED version
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
1974 AD Pinjadako Suga Remixed
Trasiting through Istanbul, Turkey
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters