[Show all top banners]

cornelluniversity
Replies to this thread:

More by cornelluniversity
What people are reading
Subscribers
:: Subscribe
Back to: Nepalis Got Talent Refresh page to view new replies
 एनआरएनको ९ औं क्षेत्रिय सम्मेलनमा हिलारीलाइ प्रमुख अतिथिका रुपमा बाेलाइने
[VIEWED 5456 TIMES]
SAVE! for ease of future access.
Posted on 06-12-16 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आगामी अगष्ट महिनाको २७ र २८ तारिखमा न्युजर्सीमा गैरआवासिय नेपाली संघको क्षेत्रिय सम्मेलन हुने भएको छ । हरेक दुई वर्षमा आयोजना हुने यो सम्मेलन यस पटक न्युजर्सी स्थित डब्बल टी हिल्टन होटेलमा आयोजना गरिने जानकारी न्युयोर्कमा आयोजीत पत्रकार सम्मेलनमा  जानकारी गराइएको छ।

सम्मेलनको प्रमुख अतिथिको रूपमा डेमोक्रेटिक पार्टीकातर्फवाट राष्ट्रपतिका उमेद्वार हिलारी  क्लीन्टनलाई ल्याउने तयारी भेरहेको सम्मेलनका संयोजक एवं एनआरएन आईसीसीका क्षेत्रीय संयोजक सोनाम लामाले जानकारी दिएका छन्।

'निमन्त्रणा पठाएका छौँ निश्चित भैसकेको छैन' संयोजक लामाले भने। 'उहॉसहीत अन्य अमेरीकी सरकारी उच्च अधिकारीहरू र नेपालको परराष्ट्रमन्त्रीलाई पनि वोलाउने तयारी भैरहेको छ।' एनआरएन भिजन ट्वान्टी ट्वान्टी र वियोन्ड नारा दिइएको उक्त सम्मेलनका लागि ९ सदस्सिय आयोजक कार्यकारी कमिटि र २० वटा अरु कमिटीहरु गठन गरिएको वताईएको छ।

गैर आवासिय नेपाली संघका विभिन्न ७३ देशका ३ सयबढी एनआरएनहरु सहभागी हुने आयोजनालाई एनआरएनए क्षेत्रिय संयोजक सोनाम लामाले संयोजन गर्ने भएका छन् भने सहसंयोजककोरूपमा एनआरएन अमेरीकाका अध्यक्ष डा केशव पौडेलले गर्नेछन। उक्त संम्मेलनमा नीतिगत रुपमा छलफलका साथै दशक लामो संस्थाको उद्देश्य, मिसन, गोल र संस्थाको संरचना अनि भावि उद्देश्यका विषयमा छलफल गरिने संयोजक लामाले वताए। संस्थाको विकासमा समयानुकुल परिवर्तनको खाँचो भएकोले सम्मेलनका क्रममा यो विषयलाई पनि महत्वका साथ हेरिएको उनको भनाई छ। एनआरएनलाई युनाईटेड नेसन जस्तै युएन अम्ब्रेलाको स्वरुप दिईनसक्ने वहस शुरुभैसकेको उनले वताए । 

अमेरिकामा आयोजना हुने क्षेत्रिय सम्मेलनको अर्को हिस्सेदार संस्था एनआरएन अमेरिकाले पनि यसलाई महत्वका साथ हेरेको छ। सम्मेलनमा आफ्नो व्यापक सहभागिता हुने वताउदै एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले भने 'क्षेत्रिय सम्मेलन अमेरिकामा आयोजना भएकोले अमेरिकाका एनआरएनहरु निकै उत्साहित छौं।' अवसर र चूनौति दुवै हिसावले हेरिएको वताउदै डा पौडेलले अगाडी थपे 'पूनर्निमाणमा एनआरएनको भूमिका, एनआरएन मूख्यालय निर्माण, लगानीका कुराहरुमा महत्पूर्ण छलफल हुनेछ।'


 
Posted on 06-12-16 9:11 PM     [Snapshot: 81]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Click bait title.

It says right there, "'निमन्त्रणा पठाएका छौँ निश्चित भैसकेको छैन'". Wonder why they just said Hillary. They should have said both Obama and Putin invited.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
Drawback for applying NRN card
nrn citizenship
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters