[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 जेल यात्रा

[Please view other pages to see the rest of the postings. Total posts: 33]
PAGE: <<  1 2  
[VIEWED 38115 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-30-14 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     11       ?     Liked by
 

जेल यात्रा 

त्यसो त पंचायतकालमा प्रतिबन्धित झण्डा मुनि बसेर भाषण नगरेको पनि होइन, बिद्यार्थी राजनीतिमा जानी न जानी न होमिएको पनि हैन, पंचायत बिरोधी आम सभा, जुलुस हुलुसमा न लागेको  पनि हैन तर पनि कहिलेइ न पुलिसको फन्दामा परियो न कहिलेइ डण्डा खाइयो | सधैं पुलिस प्रशासनबाट बचेर हिडियो| २०४६  सालको पहिलो जन आन्दोलनमा पक्राउ पुर्जी जारी भै घरमा खोजि गर्दा नि पुलिसले भेटाउन सकेन | नेता बन्ने रहर थिएन र थाना जेल जाने कहिलेइ लहड चलेन | तर ........

तर एक दिन मेरो गज्जबको जेल यात्रा भयो | कुनै अपराध गरेर वा बदमासी गरेर चाहि हैन नि फेरी | बदमासी गर्ने भए नेता बनी हाल्थें नि, मखुला ?? 

प्रजातन्त्र पुनर्स्थापनाको लगत्तै भएको स्थानीय निर्वाचन पछी  नगरपालिकामा जागिर मिल्यो | मेयर साहेबको ख्याती देश विदेशमा यति थियो कि  हरेक दिन  कुनै न कुनै राजदूत र कार्यालय प्रमुखहरुको ताँती लाग्थ्यो | कतै बाट हुन नसकेको काम मेयर साहेब मार्फत हुन सक्ने अन्तिम आशा हुने गर्थ्यो | अहिले यी कुराहरु सुनाउँदा दन्त्य कथा झैँ लाग्न सक्ला | सत्य यही थियो, कुनै लोभ लालचमा न फसेका ब्यबहारिक  र  राजनैतिक रुपमा इमान्दार कोही नेता थियो भने मेयर साहेब नै थियो | अहिले उहाँ गुमनाम हुनु भएको छ , शहरको ४५ लाख मान्छेको भीड भित्र अन्जान  हुनु भएको छ | 

डिल्लीबजार चारखाल अड्डा भित्र चार खाल खोर नामले परिचित "जेल " अद्यापी छदै छ | हो त्यै जेलका जेलर साहेबले जीर्ण जेलको  मर्मत सम्भार गर्ने प्रयास गर्नु भएको र कतैबाट सहयोग न पाए पछी  अन्तमा मेयर साहेबलाई भेट्न आउनु भएको रहेछ | जिन्दगीको उर्बर समयमा दसौं बर्ष जेल नेल भोग्नु भएका मेयर साहेबले तत्काल सहयोग गर्ने वचन दिनु भए छ र त्यसको लागि आबश्यक प्राबिधिक तथा प्राशानिक कार्यको थालनी गर्नको लागि मलाइ बोलाउनु भयो | 

जेलको निरीक्षण नगरी मर्मत सम्भार सुधारको थालनी हुन सक्दैनथ्यो, त्यही भएर जेलर साहेबले सके भोली नै जेल भ्रमणमा आउन आग्रह गर्नु भयो र मेयर साहेबले पनि भोलि फस्ट आवर मै चारखाल गएर  साँझ सम्म प्रतिबेदन पेश गर्न भन्नु भयो | 

बिहान साढे दस न बज्दै जेल आउछु भने  अनुसार साढे दस नपुग्दै जेल पुगियो | जेलर साहेब दङ्ग | महिनौ प्रयास गर्दा सिन्को न भाँचिएको काम १ दिन मै हुने भयो भनेर होला कि ? जेलर गृह मन्त्रालयबाट खटिने अधिकृत हुने र सुरक्षाको जिम्मा मात्र प्रहरीको हुने रहेछ | हिन्दी सिनेमामा जस्तो पुलिस नै जेलर हुने ब्यबस्था नेपालमा रहेन छ | जेलर साहेब, इन्स्पेक्टर साहेब सहितको टोलीले जेलको जीर्ण भाग र गर्नु पर्ने सुधारहरु बारे ब्रिफिंग गर्न जेल घुमाउने भए | सबै जना पहिले महिला सेल तिर लाग्यौं | 

महिला सेल पुग्ने बित्तिकै  राम राम राम.... गालीको बौछार सुरु भयो | महिला कैदीहरु बाफ रे बाफ ..... जेलर पुलिस् देखि निकै रुष्ट भाको प्रष्ट थियो | आमा चकारी गाली त मुखैमा | हुन त केही बाहेक प्राय अपराध गरेकै कारणले वा अपराधी आचरणले जेल परेका हुन्  तिनीहरु |  

जेल भित्र सौचालयको संख्या जम्मा २ अनि नुहाउने ठाउँ नै छैन | सयौंको संख्यामा कैदी छन् | न्यूनतम मानबिय सुबिधा पनि थिएन | अनि जेलर ले गाली न खाए  ताली खान्छ त ??  बिचरा जेलरले नि के गर्न सक्थ्यो र ??
न खल्तीको पैसाले गर्न सक्थ्यो न गल्तीले बजेट झर्थ्यो |  जेलरले गालीको गदगदाहत बीच " उहाँ  तपाइँहरुको यिनै असुविधाको सुधारको लागि हेर्न आउनु भएको इन्जिनियर साहेब हो, आफै के के चाहिन्छ भन्नु " भनेर गाली म तर्फ फ्लिक गरि दिनु भयो | 

मैले भनें " मेयर साहेबले आजै रिपोर्ट दिनु भन्नु भएको छ , तपाईहरुको सुबिधाको लागि हुन सक्ने जति काम १ महिना भित्रै सम्पन्न हुन्छ , ढुक्क हुनु होस् " | अनि देखाउन थाले अगुवा कैदी महोदयले के कस्तो असुविधा छ भन्ने | 

सबै भन्दा खत्तम त ट्वाइलेटको संख्या र अवस्था नै थियो | अर्को गुनासो चाहि स्नान गर्ने समस्या रहेछ स्नान घर नभएर | खुला चोकमा आएर नुहाउनु पर्ने र नुहाउने समयमा संगै को पुरुष सेलको माथिल्लो तल्लाबाट सर्बांग देखिने हुँदा  पुरुष कैदी हरुले सिट्टी बजाउंदै तमासा  गर्दो रहेछ | 

" साले रण्डीका सन्तानहरुले कहिलेइ न देखे जस्तो हाम्रो ... ..... हेर्न आउछन, हामी पनि देखाई दिन्ठेम  तेरो आमा बहिनी संग भाको  ... यही हो भनेर ..." मुख त ...... बाफ रे बाफ | 

महिला जेलको अवस्था र गर्न सकिने सुधारको आंकलन र नाप जांच गरी पुरुष सेलमा जान निस्केम | जेलर साहेबले एक छिन मेरो अफिसमा बसम र चिया एक कप खाम , त्यस पछी उता जामला भन्नु भयो | ठिकै हो यत्रो गाली खाएको पचाउन एक गिलास चिया त पिउने पर्यो भन्दै चिया खान बस्यौं | 

चिया गफ सकिवरी पुरुषजेलमा जाने बेलामा  जेलर साहेबले " म त उता जान्न, इन्स्पेक्टर साहेबले तपाईलाई लैजानु हुन्छ " भन्नु भयो | मैले किन भनेर प्रश्नै गर्नु परेन , महिला सेल को त यति हरि बिजोग छ भने पुरुष सेल को राम बिजोग हुने नै भयो | शायद पुरुषको गाली पचाउन सक्ने आँट जेलर साहेबमा थिएन | 

इन्स्पेक्टर साहेब संग पुरुष जेल अर्थात जेलको मूल द्वारमा गइयो | महिला सेलमा जस्तो कार्यालय परिसर भित्रबाट जान न मिल्ने रहेछ | बन्दूक बोकेको सेन्ट्री, अनि ३ फीटे फलाम को ढोका पार गरेर जानु पर्ने | अघि सम्म मैले कर्मचारी परिचय पत्रको माला लागेको थिइन | अब भने लाग्यो कैदी लाने बाटो तय गर्दा पास झुन्ड्याएन भने म बबुरोलाई लाई नयाँ कैदी आयो भनेर लाम लागेर र्याग गर्न बेर छैन ( हिन्दी सिनेमाको प्रभाव) | 

त्यो ३ फूटे फलामे गेटबाट साढे पांच फीटको म के छिरेको थिएँ, भित्रबाट गाली हैन ताली पो बज्यो बाइ ...............................

क्रमश : 
Last edited: 30-Jul-14 07:48 AM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-01-14 8:28 AM     [Snapshot: 928]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

टिप्पणी गर्नु हुने र मन पराइ / नपराइ पढी दिनु हुने  सबै मित्रगण प्रति हार्दिक नमन गर्दै अर्को भाग प्रस्तुत गर्दै छु | 

जेल यात्रा 
भाग ३ 

पुलिस ले पिट्यो  रे ...पिट्दैमा नभाको कुरा हो भन्नु पर्छ त त्यो पनि हत्या जस्तो संगिन आरोपमा ? मैले पनि केही केरकार गरें| 

हैन सर, म बिस्तारमा भन्छु | 

"अजि (बजेइ) को हत्या भएको थाह भए पछि पुलिसलाई पहिलो सूचना दिने मान्छे नै मै हुँ | अजिको बारे सम्पूर्ण जानकारी दिने नै मै हुँ |  सबैभन्दा नजिकको आफन्त पनि मै हुँ | एक्लै बस्ने गरे पनि ट्याम ट्याम मा हेरविचार गर्ने पनि मै हुँ | खुशी भएर अजिले सबै सम्पति शेष पछि मेरो नाममा गरि सक्नु भएको थियो | दिन दिनै हनुमान ढोका जान्थे, अनुसन्धानमा प्रगती भयो कि भनेर | सोधेको जवाफ दिन्थे | ७-८ दिन पछि ७-८ जनालाई समाएर ल्याए छ, पुलिस ले | मलाई यिनमा को माथि शंका लागेको छ भनेर सोधे | मैले चिन्दिन कोहि पनि भनें | एक जना जग्गा सम्बन्धि काम गर्ने वकिललाई चाहि बजेइ कै एक टुक्रा जग्गा बेच्ने क्रममा चिनेको थिएँ | तर पुलिसले थप झन्झटमा पार्ला भनेर त्यसलाई नि चिनेको छैन भन्दिए | "

भोलिपल्ट अफिस सके पछि हनुमान ढोका गएको थिएँ, केही पत्ता लाग्यो भनेर | 
"अरुले बकी सक्यो हत्या गर्ने मुख्य अपराधी तैं हो" भनेर नेल लगाई हाल्यो | 

"मैले साप के गर्नु भएको यो के भनेको थिएँ , बढी बोल्ने हैन" - भन्दै एक झाप्पु लायो  अनि "जे बोल्नु छ  , भोलि सरकारी वकिलको कार्यालयमा बोल्ने | ओह केटा लै जाउ त्यसलाई केरकारमा | " 

मैले आफ्नी श्रीमतीलाई नि खबर गर्न सकिन | नेल लगाएर हनुमान ढोका थानाको केरकार कोठा भन्नेमा लग्यो | 

"तैले किन हत्या गरिस , आफ्नै बजेइलाई ल भन"  -हिजो सम्म नमस्कार फर्काउने पुलिसको सक्कली अनुहार देखें |

"साप मैले गरेको हैन , मैले गरेको भए म दिन दिनै सरको मा किन धाउँथें ? जाहेरी नै किन दिन्थे ?" 

"पुलिसलाई उल्टै कोइशन ??  ल भन खुरुक्क यो कागजमा सहि गर्छस कि भित्र लगेर केरकार गरूँ? " 

"साहेप मैले गरेकै होइन त म किन गरूँ ?"   मात्र के भनेको थिएँ , "लैजा केटा यसलाई भित्र | लातको मान्छे बात ले बोल्दैन | " पुलिसको क्रुरताको पहिलो रुप देखियो | 

भित्र अँध्यारो कोठा , बत्ति भए न भएको जस्तो | आँखामा पत्त्ति लगायो | नेल लगाएको हातलाई खै के मा हो झुन्ड्यायो | 

"तैले हत्या गरेको स्वीकार्छस् कि नाईं भन्छस्"  - भन्दै सलिड प्लास्टिकको पाइप हो कि रबरले झुण्डीएको पैतलामा के   एक डण्डा के हानेको थियो , तीन त्रिभुवन देखें | 

"मैले सर मैले हैन , मैले कही गरेको छैन"  - भन्न सकेको थिएन अर्को पाइप हान्यो | 
मैले केही सोच्न सकिन , बाल बच्चा सम्झे , श्रीमती सम्झे | भगवान सम्झें | 

"साला कुकुर, मान्छे मारेर नि चुँ सम्म नि गर्दैन , दे अर्को एक |"  हाकिम चिच्यायो | 

अर्को एक पाइप खाँदा लाग्यो, अब बाँच्दिन | बाच्नु छ भने हो नै भन्नु पर्छ | १०-१५ जेल बस्नु परे नि मर्नु भन्दा हो भन्नु नै जाती भनेर मैले हिम्मत हारें | 

"हो सर मैले , हो भनें | हो भन्नै पर्र्यो | " 

"साप मैले नै मारेको हो साप, गला थिचेर मारेको हो  " भने पछि बल्ल पानी खान दियो | भोलि पल्ट सरकारी वकिलको कार्यालयमा  फेरी डण्डा खाने डरले मैले नै मारेको हो भनेर साबिती बयान दिएँ | टोलमा भएको सर्जमिनमा पनि फेरी त्यही डण्डाको भूतले तर्सायो र मैले नै मारेको हो भनि दिएँ | 

या त मलाइ थाहा छ या भगवानलाई , मैले मारेको हैन सर ,मैले मार्नु पर्ने कुनै कारण नै थिएन | ८३ बर्षकी अजि कति बर्ष नै बाच्नु हुन्थ्यो र सम्पतिको लोभमा हत्या गरूँ ?? उहाँको शेष पछि मेरै हो | त्यसमाथी म माथि कुनै शंकट आइलागेको थिएन, घर छ , जागिर छ | 

"त्यसो भए अहिले  के गर्ने बिचार गर्नु भएको छ त ??"  मैले भाबी योजना जान्न खोजें | 

सके सम्म छिटो यो खोरबाट निस्कन चाहन्छु , घरमा फुच्चे बिरामी छ रे , हिजो बुढी भेट्न आएकी थिई |  हरिदाइ को अश्रुधारा बाह्रमासे खोला सरि थियो | पीडा बगिरहेको थियो | बिबशता सुक्सुकाइ रहेको  थियो | 

मुद्दा चलिराख्या छ | वकिल अर्कै राख्नु पर्छ भन्ने सल्लाह आएको छ ससुरालीबाट | 

"वकील त तकडा नै राख्नु पर्छ है " मैले नि हौस्याए| 

"को वकिल ?" मलाई जिज्ञासा लागेर सोधें | 

फलानो ....( नाम चाही उल्लेख नगर्नु नै बेश होला ) | 

मैले तत्काल हुँदैन भने |

" किन ?? " 

"त्यो क्रिमनल जस्टिसको ज्ञाता हैन, सम्बन्धित वकिल नै हाल्नु पर्छ है , यो संगिन मुद्दा खेलाँची हैन | " 

"हुन्छ सर म यो कुराको बिचार गर्छु |  सर चाहि मेयर साहेबलाई मेरो कुरा पुर्र्याई दिनु पर्र्यो | मेयर साहेबले केही गर्नु सक्नु हुन्छ कि ? " हरिदाईले  हतास आश प्रकट गर्नु भयो | 

" हेर्नुस्  दाई , तपाइँले मयेर साहेबलाई चिन्नु भएकै छ | यस्तो केसमा मेयर साहेबले पोलिटिकल कन्ट्याक्ट युज गर्नु हुन्न | गर्नुस भन्न नि मिल्दैन | तर तपाइको पीडा र दुखेसो चाहि सुनाइ दिन्छु | अरु कसैलाई केही भन्नु छ भने भन्नुस मा भन्दिन्छु | " 

"पर्दैन सर , तपाइँले मलाई हत्यारा न ठानी दिए पुग्छ | " 

त्यतिन्जेल खाजा ट्याम भयो | जेल भित्रको कैदी जेलर साहेबको कहानी त सुन्ने बाँकी छ | खाजा रेडी भएको कृष्णेले जानकारी गराई सकेको थियो | 

जेल भित्रको खाजा, खसी मासु च्युरा , आलु चना तरकारी , टिमूर हाल्या गोलभेडाको अचार | बडा मिठो रहेछ , तीता कुराहरु बीच | 

"लौ जेलर साहेब, तपाइँ को सिङ्गै कहानी सुन्न बाँकी नै छ | खाजा  खाए पछि चुरोसको तलतल लाग्यो | एक खिल्ली तानेर आउछु, जेल भित्र न खानु भएन नि  भन्दै बारी जेल बाहिर निस्केर कसरी पो फेरी छिर्ने हो मिलाई दिनुस न भनें |
 
पुरानो जेलर न ठहरियो | सेन्ट्रीमा बसेको पुलिसहरुलाई अर्डर गर्नु भयो - सर एक छिन को लागीर बाहिर निस्कनु हुन्छ , फेरी ससम्मान मेरो कोठामा पुर्र्याई दिनु नि फेरी | हस साब भन्दै कैदी जेलरलाई स्यालुट मार्दै 

" जाम सर एक छिन बाहिरको हावा खान |"

 पुलिसले पनि मेरो उकुसमुकुस  बुझे जस्तो गरि भन्यो | 

क्रमश: 


 
Posted on 08-01-14 8:34 AM     [Snapshot: 960]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

स्पष्टिकरण 

Nepalilaure जी 

प्रस्तुत जेल यात्रा सत्य तथ्यमा आधारित भए पनि मैले हरि दाइ, जेलर शर्मा , कृष्णे, सानुकाजी आदि सबै काल्पनिक ( परिवर्त्य ) नाम राखेको छु | सक्कली नाम त मेरो आफ्नै राखेको छैन भने मैले अरुको नाम सक्कली राख्न कहाँ सक्छु र ?  लेखकीय धर्म र इमान्दारिता निर्बाह गर्ने सधै प्रयासरत हुन्छु | धन्यबाद | 

 
Posted on 08-01-14 9:18 AM     [Snapshot: 980]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<जेलर गृह मन्त्रालयबाट खटिने अधिकृत हुने र सुरक्षाको जिम्मा मात्र प्रहरीको हुने रहेछ | हिन्दी सिनेमामा जस्तो पुलिस नै जेलर हुने ब्यबस्था नेपालमा रहेन छ>> - यो त मलाई थाहै थिएन .... नयाँ कुरो जानियो ...

<<न खल्तीको पैसाले गर्न सक्थ्यो न गल्तीले बजेट झर्थ्यो |>> - नेपाल को छायाँ

अनि होलान नि कति जेल भित्र थुनिएका निर्दोष हरु , षड्यन्त्रको धागोमा बुनिएका कथाहरु ..... अब कति त अदालतमा आफ्नो पालो कुरेर बसेका नि होलान बर्सौं नाभायेनी महिनौ देखि ..... तर जेल घुम्न पाएँ ठुल्दाईको कृपाले .... ल ठुल्दा अर्को नि भाग पढ़ुम.....

- थाहा छैन
 
Posted on 08-01-14 10:00 AM     [Snapshot: 986]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल ब्रो,
बडो मार्मिक रैछ| देशको न्याय प्रणाली कति टिठ लाग्दो छ भन्ने कुराको ज्वलन्त उदाहरण पनि| धन्यबाद सोम|
 
Posted on 08-01-14 10:01 AM     [Snapshot: 1035]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा कथा/कविता/गित/गजलहरु को खडेरी परी रा बेलामा राहुलभाई (दाई) लाई सत्य घटनामा आधारीत नेपाली समाजको एउटा सत्य तर कटु यथार्थ यहाँ राखी दिनु भाको मा धन्यबाद | नेपाल पुलिस कहिले professional हुने होला?
 
Posted on 08-01-14 10:36 AM     [Snapshot: 1073]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रहरीको भित्रि कोठामा पुग्नु अघि टाउको छोपी दिए पछि आफु भकुण्डो होइञ्छ | लात घुस्सा डन्डी के के हो , एक जना मात्रै हुन्छन र त्यो भित्रि खोठामा ? बन्दुकले हान बरु भन्ने धेरै निकै हुन्छन |
प्रहरीले राखेको भूतको घरमा तर्सिएर भूतलाई छुन पुगिऎछ, भुतले साब यसले हिर्कायो भने पछि पाइएको सौगात हुन् ( एस्तो भोगने अरु पनि भेट्टाइयो ) त्यो ठाउमा पुगे पछि जे जेमा जे जे गर भन्छन गरे पछि मात्र छुटकारा पाइञ्छ | हरिदाई ले किन ठोके ल्याप्चे त्यो त भित्रि कोठा पुग्नेले मात्र जान्दछ | तै पनि सत्य कुरा उनै जानुन ?
 
Posted on 08-01-14 11:04 AM     [Snapshot: 1089]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ कथा घक्चिको लागो,एकै गासमा स-र-र।।।नेपालमा कैले जेल नपसेनी होटेल जस्तो चै हुन्न भन्ने ज्ञान चै थियो।। दायलगहरु एकदम मन पर्‍यो ,एकदम सोलिद,जैलकै बार जसतो,"पुलिसलाई उल्टै कोइशन ??"।।हे हे हे।। नयाँ भागको प्रतिक्षामा,नया नयाँ खुलासा होला जस्तो छ भन्छु म।।
 
Posted on 08-01-14 2:35 PM     [Snapshot: 1212]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई, भाउजु माइत जानु भएको छ कि क्या हो? ;-) दुई दिन मा ३ वोटा भाग पद्ने मौका पाए. धन्य भए !!

बिचरा हरि दाई को कथा पढेर मन नै खिन्न भयो! अब जेलर शर्मा , कृष्णे, सानुकाजी को कथा कस्तो पो हुने हो! ल ठुल्दाई लेखम लेखम. वीकेंद सम्म पुरै कथा पद्न पाउने आशा मा छु .
 
Posted on 08-01-14 3:55 PM     [Snapshot: 1253]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

धन्यबाद ठुल्दाइ यो कथा/सस्मरण सुनाउनु भएकोमा ....जेलको अवस्थाको बारे सुक्को ज्ञान थिएन, धेरै नौलो लाग्यो ....अनि ति पिल्सीएका आत्माका कथा सुन्दा मन चसक्क हुँने !!

अरु भाग चाडै पढ्न पाउँ !!
 
Posted on 08-04-14 8:14 AM     [Snapshot: 1892]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

अहिले सम्मको भागहरुमा टिप्पणी गर्नु हुने र मन पराइ दिनु हुने सबैमा नमन गर्दै जेल यात्राको यो अन्तिम भाग प्रस्तुत गर्दै छु | 

जेल यात्रा 
अन्तिम भाग 

चुरोस सल्काएं | एउटा सकियो अर्को पनि सल्काएं |  चुरोट तानेर धुँवा फाल्दा उडेका धुँवाको आकृतिहरु हेर्दै मनमा अनेक कल्पना आए | साँच्चै हरिदाई निर्दोष पो हुन् कि ? निर्दोष मान्छे  यसरी काल कोठरीमा बन्द हुँदा उनको मनमा के कति आंधी चल्दो हो, परिवार नाता कुटुम्ब कति भात्किँदो हो | मेरो लागि अकल्पनीय बिषय हो | 

दोस्रो खिल्ली पनि सके पछि जेल भित्र फेरी प्रवेश गरें | अर्को एक राउण्ड चिया आइसकेको रहेछ | 

"मार्साब को चुरोस ब्रेक त लामै रहेछ , लौ एक राउण्ड चिया फेरी खाम | " जेलर साहेबले आफ्नो वृतान्त सुनाउन भूमिका बाध्नु भयो | 
------------------------------------------------------------------------------------------------------------
आज भन्दा झन्डा १० महिना अघि सम्म म यही जेलको जेलर थिएँ | उप सचिबमा प्रमोशन भए पछि सोर्स फोर्स लाउन सकिन, सिडियो हुने इच्छा थियो जेलर बनाएर खटाइ दियो | ठिकै छ त काठमाडौ जानु पर्ने हैन भनेर जेलर भएर आइयो | जेल प्रशासन बारे बुझ्न खोज्दा खोज्दै एउटा नराम्रो घटना घट्यो | जेलको हाकिमको हैसियतले दोषी मै भएँ | 

"घटना  चाहिं के नि सर ??"  मैले जिज्ञासा राखें| 

लागु औषधि कारोबारमा २ बर्ष जेल सजायंमा परेका दुइ जना नाइजेरियन नागरिक यहि  जेलमा थियो | बेला बखतमा झाडा पखाला लगायत पेट दुख्ने रोग लाग्ने र अस्पताल जाने गर्थे | हत्कडी लगाई   हतियार धारी प्रहरीको साथमा बीर अस्पताल लान्थे र समयमै फर्किन्थे | 

एक दिन ती दुवै जनाले एकै दिन पेट दुख्यो र छाती दुख्यो , अस्पताल जान पाउँ भन्ने निबेदन दिए |  आफु नयाँ परेकोले वा पहिलेको बिश्वासले स्वीकृत गरि दिएँ | चार चार जना प्रहरीको जिम्मा लगाई दिएँ | 
जेलबाट अस्पताल जाँदा वा पहिलेइ नै सेटिंग भएको रहेछ | 

"अस्पताल हैन कोपुण्डोल स्थित होटल हिमालयमा पुर्र्याई देउ , उताबाट हामीलाई छुताउन वाकिन आएको छ | एक घण्टा जति वकिल संग कुरा गर्न देउ , एक एक जना लाई १०, १० हजार रुपैया दिन्छु "  भनेर लोभ देखाएछन | 

दंठे पुलिस न परे | लोभमा फसिहाले | (हुन पनि हो त्यति बेला हामी इन्जिनियरको तलब २९ सय थियो प्राबिधिक भत्ता समेत जोडेर | यो हिसाबले सिपाहीको तलब मुश्किलले १४-१५ सय हुन्थ्यो होला | ) 

१० हजार भनेको धेरै ठुलो  रकम | फसिहाले दंठेहरु |

हिमालय होटलकै रिसेप्सनमा अर्को एक जना नाइजेरियन काले कुरी राख्या रैछ रे |  त्यो काले र कैदी काले बीच एकै छिन कानेखुसी के भाथ्यो, प्रहरीहरुलाई १ -१ हजार को दिए रे | कैदी काले मध्ये एक जनाले काम चलाउ नेपाली जान्थे | त्यसले प्रहरीहरुलाई  भने छ - यो एक हजार एडभान्स भयो, हाम्रो हत्कडी खोलि देउ वकिल संग को पेपरमा साइन गर्नु छ, माथी कोठा न. ... मा बसेको छ | बाकि पैसा हामी माथि बोलाएरै दिन्छु | यही रिसेप्सनमा बसी राख एक एक जना गरी बोलाउछि फोन बाट अनि आउनु र पैसा लिनु | 

प्रहरी त मख्ख, १० हजार पाइने , झन्डै ६ महिनाको तलब एकमुष्ठ |  मुर्खहरुले नेल खोलिदिए र कैदीहरु  माथि गए | माथि गएको एकै छिनमा रिसेप्सनमा घन्टी बज्यो र  एक जना प्रहरीको नामै लिएर माथि आउनु भन्ने आदेश आयो | दङ्ग पर्दै माथि गए छ त्यो | फेरी ५ मिनेट पछि अर्को लाई बोलायो | दङ्ग पर्दै गए | एवं रितले सबैलाई माथि बोलाए गए | 

त्यस पछि कोइ पनि फर्केंन जेलमा | ५ बजे सम्ममा कुनै हालतमा फर्की सक्नु पर्ने नियम थियो | न कैदी फर्के न प्रहरी | अफिसबाट फिर्ने लाग्दा इन्स्पेक्टर साहेब हस्याङ्ग फस्यांग गर्दै आए | 

"सर सर ती नाजेरियन र प्रहरीहरु कोइ पनि फरेको छैन . केहि गडबड भयो जस्तो छ | के गरूँ सर , टेन्सन भयो | " 

"लौ बर्बाद भयो | अघि नै केही शंका लागेको थियो मन मा एकै दिन दुइबै जनालाइ अस्पताल जानु पर्ने किन होला भनेर | " 

"लौ तुरन्तै प्रहरी हेद क्वार्टरमा फोन गर्नु , सबै कुरा खुलस्त गर्नु  , भाग्न नपाओस | म पनि बिभागमा खबर गर्छु | " 

प्रहरी पर्शासन दुबैमा घटनाको जानकारी गराइयो  | इअरपोर्ट देखी काठमाडौको सबै नाकामा चेकिङ्ग सुरु भयो | एक टोलि  प्रहरी हिमालय होटल गए | 

हिमालय होटलमा बुझ्दा प्रहरी आएका र नाइजेरन बसेको कुरा पुष्टि भयो तर तिनीहरुको बसेको कोठा खाली थियो | चेक आउट नगरी भागि सकेका रहेछन | प्रहरी .. कता गए नि | हिमालय होटलका सुरक्षा कर्मी देखि लिएर अन्य कर्मचारीहरु संग जानकारी लिंदा कोइ प्रहरी र नाइजेरन कोइ पनि होटल बाहिर गएको देखिएन | रुम पुरै खालि थियो , सरसामान केही पनि थिएन | तर बाथरूम लक थियो |  बाहिरबाट लक् गरेको रहेछ | बाथरुम भित्र चार जना प्रहरी इन्तु न चिन्तु अवस्थामा | 

प्रहरीहरुलाई तुरन्तै अस्पताल लगियो | ज्यान जोगियो तर जोगिएन | ती प्रहरीहरु बयान अनुसार, काले ले एक एक जना गरी बोलाइ भक्कुमार पिट्ने र हात खुटा बाँधी , मुखमा पट्टि बाँधी ट्वाइलेटमा कोचेका रहेछन | 

नाजेरियनहरु भागेको भागेइ भयो , समात्न सकिएन | कुटाइ खाने पुलिस , पुलिसको हाकिम लगायत मलाइ समेत निलम्बन गरी मुद्दा चलाए , सरकारी वकिलको कार्यालयले | मिलेमतोमा कैदी भगाए भन्ने संगिन आरोपमा | 

अस्पताल जान पाउँ भन्ने निबेदन स्वीकृत मैले गरेको हुँ, मिलेमतोमा हैन | प्रहरीसंग के कस्तो मिलोमतो भयो मलाई थाहा छैन भनें | मेरा वकिलले पनि सक्दो प्रतिरक्षा गरे | न्यायाधिशले के  मान्थ्यो ? 

"मिलोमतो न भएको भए दुवै जना एकै दिन कसरी बिमारी हुन्थ्यो"  भन्ने प्रश्न गरे | म संग त्यसको उत्तर थिएन | यदि मैले अस्पताल जान न दिएको भए अनि उनीहरू साँच्चै नै बिरामी भएर तल माथि केही भएको ... बिदेशी नागरिकको सवाल छ , यो भन्दा गम्भीरर घटना हुन्थ्यो | दोष जम्मै मेरै मा आउथ्यो | 

आखिर जेल प्रशासनको मिलेमतोमा कैदी भगाएको ठहर गर्दै मेरो सरकारी जागिर खोसियो त १८ महिनाको लागि यही थोसियो | चारै जना बदमास प्रहरीहरुको नि जागिर गयो २-२ बर्ष जेल गयो | हाल तिनीहरु नख्खु जेलमा छन् | इन्स्पेक्टर साहेब मात्र बच्नु भयो , नसिहत सहित सरुवा हुनु भयो | 

यसरी सर , नखाएको बिष पनि लाग्दो रहेछ | धन्न मैले यहाँका कैदी दाजु भाईहरुलाई अन्याय गरेको रहेन छु र आज मलाई उहाँहरुले अभिबावक सरह मानेर एउतै परिवार जस्तै भएर रहेकाछौं | परिवार संग अलग्गिएर , एउटा कलंक बोकेर जिउनु पनि के जिउनु जस्तै लागेको थियो | तर यहाँ भित्र म जस्तै धेरै निर्दोषहरु थुनिएका रहेछन | सबैको कथा ब्यथा उस्तै छन् | त्यहि भएर मन बहलिएको छ | अब धेरै दिन बाँकी छैन मेरो कैद भुक्तान हुन | अब उनीहरु संग छुट्टिएर पो कसरी जाने जस्तो भैसक्यो | एउटा अचम्मको डोरीले बाँधिने रहेछ जेल भित्र पनि | शायद पीडाहरु एउतै भएर होला | 
--------------------------------------------------------------------------------------------------------------

जेलर साहेबको कथा पुरा हुँदा न हुँदै समयले पांच हान्ने लागिसकेको थियो | रिपोर्ट लेख्नु छ  फेरी , भोलि बिहानै मेयर साहेबले खोज्ने  छन् | 

"लौ त यहाँको अवस्था बारे र नाप जांच गरेको आधारमा प्रोपोजल समेत आजै बनाउनु छ |  काम सुरु हुने बेला फेरी आउने नै छु | तपाइहरुको आतिथ्य र मायाको लागि धन्यबाद | तपाइँहरु संगको एक दिन अबिस्मरनिय रहने नै छ | अब हिड्छु |"  

हिड्छु भन्दा भन्दै पनि अर्को १५ मिनेट  खायो | सबै संग बिदावारि र अघि न भेटेका संग परिचय साटासाट गर्ने पर्यो | 

यही रह्यो मेरो एक दिनको जेल बसाई | मन भरि अनेक तर्कना गर्दै भारि मनले जेलबाट बिदा भएँ | तीता मिठा कहानी सुनें , देखें र तपाईहरुलाइ सुनाएँ | मन पर्यो होला नै | 

अस्तु !! 

(हरि दाइको सन्दर्भमा - जिल्ला अदालतले हत्याको मुख्य अभियुक्त करार गर्दै जन्म कैदको फैसला दिए . पुनराबेदन अदालतले जिल्ला अदालतको फैसला सदर गर्यो | सर्बोच्च अदालतले दुवै अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै निर्दोष भएको फैसला सुनायो र करीब पांच बर्ष पछि छुट्नु भयो हरिदाई | जागिरमा पुनर्बहाली हुनु भयो र तत्काल राजिनामा गर्नु भयो | त्यतिन्जेल मैले पनि लोक सेवा पास गरेर सरकारी सेवामा गैसकेको थिएँ | अझै पनि टोलमा हरिदाई भेट हुन्छ . नमस्कार सर भन्दै हात मिलाउनु हुन्छ | पांच बर्ष निर्दोष  भैकन पनि जेलमा बिताउनु भएको  कथा ब्यथा बिस्तारमा बुझ्ने सुन्ने मौका पाएको छैन , नत्र एउटा गतिलो उपन्यास बन्ने थियो | मौका मिले हरिदाईको कहानी कुनै दिन लेख्ने नै छु | ) 

Last edited: 04-Aug-14 08:15 AM
Last edited: 04-Aug-14 01:17 PM

 
Posted on 08-04-14 9:02 AM     [Snapshot: 1940]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाई कति चाडै कथा सक्काएको. म त कहानी मा तर्न एंड त्विस्ट आउछ भन्ठानेको त सक्काइ पो दिनु भयो. राम्रो लाग्यो अब अर्को प्रस्तुति को आशामा छु .
 
Posted on 08-04-14 11:54 AM     [Snapshot: 2027]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा राम्रो लाग्यो |
अरु कुरा त्येस्तै हो, जेल सुधार चै भयो कि भएन? नेपाल को विकास कागज मा सिमित हुने जस्तै जेल विकास पनि कागज मै सिमित त रहेन ?
 
Posted on 08-04-14 12:12 PM     [Snapshot: 2042]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्पष्टिकरण

भौते काजी,

भयो भयो | जेलको भौतिक परिस्थितिले दिए जति सुधारको काम २ महिना भित्रै भयो | महिला स्नानगृह दुइ | थप ट्वाइलेट २ बन्यो | पुरुष सेलमा नि थप दुइ ट्वाइलेट बन्यो | त्यो भन्दा महत्वपूर्ण कार्य चाहि ढल को राम्रो निकास नभएर अलि पानी पर्यो कि चोक जलमग्न हुने अवस्थाबाट मुक्ति मिल्यो , नया ढल निकासको ब्यबस्था भयो |
 
Posted on 08-04-14 12:27 PM     [Snapshot: 2066]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kun chai Mayor sahab ho, naam bhanna milchha ki Rahulvai?
 
Posted on 08-04-14 1:01 PM     [Snapshot: 2081]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई , सत्यकथा पढियो , निर्दोष थुनिनु नियति नै भयो शयेद आजकाल नयाँ नेपालमा .. घुसखोर , गुन्डा पो छुट्छन त किलो किलो माला लगाएर .....

ल ठुल्दाई अब चाडै अरु नि पढ्न पाउँ ...

- थाने
Last edited: 04-Aug-14 02:44 PM

 
Posted on 08-05-14 8:34 AM     [Snapshot: 2314]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Loved your narration. Never been to nepal jail but your story says it all.
 
Posted on 08-05-14 8:55 AM     [Snapshot: 2323]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अति उत्तम लाग्यो ठुल्दाई जेलयात्रा / हरि दाईले बिना सित्तिमा जेल बस्नु पर्दा मन खिन्न भयो / सत्रुलाई पनि तेस्तो बिपत्ति नपरोस / जेलर साहबलाई पनि अन्याय नै भएको रहेछ / येस्तई छ हाम्रो देशको बिडम्बना / दोसिहरु खुल्लम खुल्ला दुल्चन अनि निर्दोसहरु जगिन्चन /
धन्यवाद ठुल्दाई जेलयात्रा लेख्नु भएकोमा / भविस्यमा नि एस्तो सत्यकथा पद्न पयियोस /
 
Posted on 08-05-14 8:55 AM     [Snapshot: 2328]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई तपाइँ को यो कथा पढेर नेपाल मा कारागार को अवस्था बारे केहि जानकारी मिल्नु को साथ् साथै नेपाल मा न्याय कानून प्रणालीले उचित न्याय दिन नसकेको अवस्था मा निर्दोष ले पाउने सजायका भागिदार हरु को बारे नि थाहा पाइयो

तर शुरु मा जे भए पनि हरिदाई ले अन्तमा न्याय पाउनु भयो - खुशी लाग्यो -

कथा एकदम शिक्षा मुलक हुनु का साथ साथै रोचक घोचक छ - लेख्दै गर्नु होला - पढ्ने हामी छदैछौ - बरु ठुल्दाई को छोटो कथा हरु को संग्रह निकाल्ने पो हो कि ...............
 
Posted on 08-05-14 9:22 AM     [Snapshot: 2344]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद ज्ञापान

भोगेका , देखेका घटनाहरुलाई लिपिबद्ध मात्र गरेको हुँ | हाम्रो समाजमा यस्ता अनिगिन्ती कथाहरु छन् , ब्यथाहरु छन् जो लिपिबद्ध हुन सकेका छैनन् | नियतिले फुर्सद दिएकोले होला मैले केही कथा लिपिबद्ध गर्न सकें | यहाँहरु जस्ता प्रबुद्ध पाठकहरुको मायाले अझै लेख्न हौस्याउञ्छ नै |

यो त भएन नि सोम, म गोर्खे , रबि , कर्ने भाइ , Kiddo, ओबामा , अमला , BlurMirror, सबैको शत्रु , नेपाली लाउरे , थाने भाइ , फत्ते , आवारा , भक्ते दाइ , भउते काजी , wonton, लहरे ....... लगायत सबै मन पराइ, पढी गुणी दिनु भएकोमा आभार प्रकट गर्दछु |


 
Posted on 08-05-14 2:17 PM     [Snapshot: 2451]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जेल सुधार भयो भएन संगै हरिदाई दोषी कि निर्दोषी जान्ने उत्सुकता को अन्त्य भयो |

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Send Parcels from USA to Nepal & Worldwide.
Another Song Playing In My Mind
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters