[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सानी

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 19965 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-29-12 2:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 भाग-१
उसले आफ्नो व्यस्त समयवाट आफ्नो कपाल मिलाउन लाई फुर्सद निकाली। किन किन उसले कपाल कान पछाडी छिराएको भन्दा मलाई उसको गालामैँ झुण्डिएको मन पर्छ। कानको झुम्का विस रुपैँया पर्ने हो त्यो । सानीलाई नै दिनुपर्ला भनेर हटियामा मैले पनि हेरेको थिएँ। त्यहि दिन मोरीले पनि किनिछे। मैले आफ्नो कोठामा पुगेर किनेर ल्याएको झुम्कालाई आफ्नो सिरानी मुनी हालेँ, दिन पाइन भनेर । त्यो त्यहि सिरानी मुनी गुम्सियो , मेरा मनका कुराहरु मनमैँ गुम्सिएजस्तो।

"पाक्यो, तरकारी पनि ,अहिले नै खानुहुन्छ कि सेलाए पछि? अहिले त धेरै नै तातो हुन्छ"
" मेरो जिब्रो खुइलिन्छ भन्ने साह्रै नै चिन्ता छ है तँलाई?" मैले उसलाई जिस्क्याएँ।
"खुइले पनि खुइलियोस् , जत्ति खेर पनि जिस्क्याउने वानी त जान्थ्यो होला नी!" 
उसले थाल पखाल्दै जवाफ फर्काई ।म पाँच वजे अफिस सकिएपछी त्यहिँ गएर वस्थेँ।सरुवा भएर आएको करिव एक वर्ष भयो।अरु होटेल भन्दा यहाँ खाना महँगो छ भन्ने गुनासो छ मेरा अरु साथीहरुको।त्यो यहाँ जाँड नपाइने हुनाले उनीहरुले लगाएको दोष पनि हुन सक्छ।म भने दुइवटा अरु ठाउँमा खाएपछि पछील्लो दश महिनादेखी यसैमा खाँदै छु।मेरो मन वसेको छ उनीहरुको खानामा। उनीहरु रक्सी वेच्दैनथे। वेच्न छोडेका थिए भनौँ, एउटाले एक वर्ष अघि जाँड खाएको सुरमा सानीको हात समातेको थियो, त्यसपछि त्यहाँवाट जाँड हट्यो रे। सानी का वाउलाई के थाहा मात जाँडले मात्र लाग्दैन भन्ने।

"के हेर्नु भएको त्यसरी?" मेरो एकटक नजरमा उसले बिराम लाउन चाहि।मेरो नजर मान्दैन भनेर उसलाई कसरी भनौँ। टाढा हुँदा उसको आकृती सँग बोल्न चाहन्छु, नजिकै हुँदा उसको सुवाष सँग बोल्न चाहन्छु अनि शब्दहरु हराएको बेला नजरवाट वोल्न चाहन्छु, कसरी विराम दिउँ मेरा नजरलाई? 

"अचम्म लाग्यो तैँले स्कुलको ड्रेस नखोली ,खाना पकाउन थालिछस् आज भनेर!" मैले उसको सेतो शर्ट र निलो फ्रक नियाल्दै भनेँ। 
"एसएलसी आउँदैछ नि त,ट्युसन पढ्दै छु, घर छिरेर लुगा फेरेर आउन पाइन!"
"ठूली हुने भइस,अव त तँलाई सानी भन्न पनि नमिल्ने भो,एसएलसी पछी त!"
"के भन्नुहुन्छ त?" उसले पस्केको भात मेरो टेवलमा राख्दै सोधी।मैले उसलाई हेरेँ,खोइ के भनौँ म उसलाई । नाम दिन सक्दिन, सम्वन्ध दिन सक्दिन। उसका प्रश्नहरुमा नाजवाफ भएर खिस्स हाँस्न सक्छु, अनी लुकी लुकी उसलाई हेर्न सक्छु।
"के भनौँ आँफै सिका न त!" मैले फेरि पनि फैसला उसको हातमा सुम्पे। कहिले काहिँ आफू हारेर अरुलाई जित सुम्पिनु जस्तो रमाइलो केहि हुन्न । विशेषत: जव बिजयी मुस्कानहरुले आफुलाई हार्न वाध्य वनाउँछन् ,सँधै हारीदिउँ जस्तो लाग्छ।
"पछि भन्छु ल!" उ खित्का छोडेर हाँसी।

" अनी आज वुवा खोइ त तेरो?" 
" काकाको घर जानु भएको छ , आउँदै हुनुहुन्छ होला!" उसले वाटो तिर आँखा डोर्याउँदै जवाफ फर्काई।
"तँलाई एक्लै हुँदा डर लाग्दैन ?"
"म एक्लै कहाँ छू र ? तँपाई पनि त हुनुहुन्छ ,हिहि..." उ फेरी हाँसी।म सँग जवाफ छैन त्यसको। खुशि लाग्यो उ जव म सँग हुन्छे , आफुलाई एक्लो ठान्दिन। तर मैले भन्न सकिन, कहिले काहिँ त उ नभएको बेला पनि उ म सँगै हुन्छे।

" सानी तैँले वनाए जस्तो कालो दाल त कसैले वनाउँदैन होला!" मैले आज पनि खाना सिध्याएको बेला औँला चाट्दै उसलाई जिस्क्याएँ।
"हुन्छ , तँपाइ मेरो वाले बनाएको बेला पनि त्यहि भन्नुहुन्छ होला!" उसले पत्याइन ।मैले ढाँटेको थिइन, तर पनि उसले पत्याइन।मेरो सत्य विवश भएको छ उसको अघी, धेरै जसो लुक्छ, जव जव उ वाहिर निस्किन्छ उ परिचय विहिन हुन्छ।
**************** ******************* **************** **************** ********************** **************** **************** ******************** ************
"सवै तिमीले ध्यान नदिएर हो " म फोनमैँ झर्किएँ । नझर्किउँ पनि किन ! साना साना कुराको लागि किचकिच सहनुपर्छ। अव छोरोको टेष्टमा राम्रो नम्वर आएन ,म अफिस वाट के गरौँ? सरला पनि त्यस्तै छे, कम्तिमा विहान बेलुका ध्यान त दिनु पर्छ।मैलै फिस , घर खर्च सवै पुर्याइदिएकै छु। उ छोरा सँग छे त, छोराको जिम्मा उसको नै भएन र! जागिर नै यस्तै छ, कहिले कुन कुना ,कहिले कुन कुना पुग्नु पर्छ।

"खोइ पढ त भन्छु नि म, साँझ विहान स्कुल नभएको बेला किताव त हेरीराखेकै हुन्छ!  जाँचमा चाहिँ अलि अत्तालिन्छ जस्तो लाग्छ। आएकै कुराहरु पनि विगारी राखेको हुन्छ । नअत्तालिइकन दे भनेर त सँधै भन्छु, खोइ जाँचको बेला के हुन्छ त्यसलाई।" सरलाको स्वर मसिनो भयो।उ सँधै छोराको वचावट नै गर्छे। अलि अलि त गालि पनि गर्नुपर्छ केटाकेटीलाई , नत्र पुलपुलिन्छन् ।

"फोन देउ,त्यो गधालाई ,किताव हेर्छ कि के हेर्छ!" मलाई झन पारो तात्यो।
"अहिले त साथीको मा गएको छ!" 
"यहि भएर हो , चाहिने ,नचाहिने संगत छ, रात बेरात कुदेको छ। तिमी किताव हेर्छ भनी राख न, हैन म यति टाढा वाट सँधै गाली गरी राख्न त सक्दिन नी सरला,तिमीले नै हो ध्यान दिनुपर्ने।एउटा छोरा छ त्यो पनि नालायक नै हुने भयो!"

यसपाली सरला केहि बोलिन, सुँक्क सुँक्क आवाज आयो। आइमाई हरुको यहि वानी मन पर्दैन मलाई आँशु धाराको पानी भन्दा चाँडै झर्छ।
" अव के भयो?"
"केहि हैन!" मैले सोचेकै उत्तर आयो।
"ल ल भोली त्यो भएको वेला मलाई फोन गर ! अनि म केहि भनौँला!!" मैले फोन राखिदिएँ । केहि वेर रिमोट घुमाएँ।विस्तारै निदाएको थाहा नै भएन।
क्रमश:
 

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-30-12 8:58 PM     [Snapshot: 665]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्जीव आगो पनि तटस्थ छैन, त्यहि आगोमा सानी उज्याली देखिन्छे,त्यहि आगोमा सानीको वाउ पसिनाले लतपत गनाउने देखिन्छ ।
Hmmmm.. good going.
 
Posted on 10-01-12 5:43 AM     [Snapshot: 736]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ सम्म कि निर्जीव आगो पनि तटस्थ छैन, त्यहि आगोमा सानी उज्याली देखिन्छे,त्यहि आगोमा सानीको वाउ पसिनाले लतपत गनाउने देखिन्छ ।, wonderful writing dai!!! eagerly awaiting next part!!!

 
Posted on 10-01-12 9:39 AM     [Snapshot: 787]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  लामो कपालको सवै भन्दा ठूलो वेफाइदा , बेलगाम उडिरहन्छन् ,उत्ताउलो भइ अरुलाई स्पर्श गरेर जिस्क्याइरहन्छन् । म विचरोको के दोष , मन चंगा भएको वेला, वतास जता लाग्छ त्यतै उड्ने न हुँ!!!.
 
.....सारै राम्रो लेखाइ फुच्चेकेटो.....म पनि लिस्ट मा छु पढ्ने, कथा अगाडी नै आएको रहेछ, आज थाहा पाए.....अरु पनी थप्दै जाउ है, सानी ले दाल थपे जस्तै 

 
Posted on 10-01-12 10:07 AM     [Snapshot: 812]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछि फुच्चेको कथा पढ्न पाइयो। सुधाबाट अब सानी, नाम त फेरिएछ नि गाँठे। अर्को भागको प्रतीक्षामा।   
 
Posted on 10-01-12 10:36 AM     [Snapshot: 826]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  पढ्न त हिजै पढेको अहिले लेख्दै छु ... घच्ची को गयो यो क्रमश लै अलिक पछाडी धकेलेर धेरै लेख्नु नि हौ ....
 
'...फ्यान शब्द अलि भारी भयो मलाई मित्र, साथी नै मान्दे कसो होला?? हाहाहाह।।।भनेको माने है मैले, झट्टै पस्किदैँ छु।......"  -- तपाइको लेखाई मैले अस्तिना समेटेको थिएँ र तेही बेला बाट फ्यान भाकै हो र साथी बनाउनु भो एस्तो सम्मानको लागि धेरै कृतज्ञता ... 
 

अस्तिन को धागो :
http://sajha.com/sajha/html/index.cfm?threadid=99274 

 
Posted on 10-02-12 2:28 PM     [Snapshot: 1029]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे, के छ हालखबर? सन्चै छौ? बेपत्तै भयौ नि तिमी त।

सानीको बा सँग चै कती दिक्क भएको नि तिमी? दुइटा फरक परीभेषमा दुई भिन्न कथा अगाडि बढेको हुँदा यदी ई दुई कथाहरु कही जोडीन्छ भने कहाँ गएर जोडीन्छन त्यो थाहा पाउन मन लागिसक्यो मलाई चै। अर्को भाग को प्रतिक्षामा छु है म पनि।



 
Posted on 10-02-12 3:26 PM     [Snapshot: 1071]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुइ भाग पढी भ्याए

अर्को भाग को पतिक्षा मा -

 
Posted on 10-05-12 5:33 AM     [Snapshot: 1285]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Kalikopoi, Ilam 2008..Thanks for the comments..
Baramase-सानीको दालको भाँडो नै रित्तेला भन्ने पिर भो र पो त !!
Chipledhunga, Dipika02,Serial-its so good to get old frens after long gap..hybernation ma थिएँ भन्नु पर्ला ;)
Thahachahina..Thanks for so much effort to make all writings in one thread.....




 
Posted on 10-05-12 5:38 AM     [Snapshot: 1286]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अन्तिम भाग:

" आज बा हुनुहुन्न म भ्याउँदिन के, खाना वनाउनु छ!" 
अर्को तिरको मोवाइलको आग्रह मैले सुन्न पाइन । तर सानीले हाँसी हाँसी आग्रहलाई टारेकी थिई । उसको अनुहार वाट सानी वास्तवमै भ्याउँदिनथी वा नभ्याएको देखाउन चाहन्थी मैले पढ्न खोजेँ । मैले खासै पढ्न सकिन । मनले केहि भन्यो , अनि मेरो दिमागले केहि। मन र मष्तिष्कको लडाईँ मा मेरो निर्क्यौल हरायो,मात्र प्रश्नहरु रहे।

" तिमी पनि, खाली जिस्किइरहन्छौ!!!" यसपाली उ जोडले हाँसी ।मेरो ध्यान लाँदिन भन्दा पनि त्यसैमा गयो। मेरो प्रश्नहरुको ठाउँ इर्ष्याले लिए जस्तो लाग्छ। मन साह्रै कमजोर ढोकाको हुन्छ। जसलाई पनि छिर्न दिन्छ । अघि प्रश्न छिराएको थियो,अहिले इर्ष्या छिर्दैछ। म रोक्न सक्दिन।विवश छु आफ्नै मनको अघि। मैले सानी हाँसेको नियाँले। त्यहि हाँसो मेरो वारेमा भएको भए म खुशी हुन्थे होला। मलाई लाग्छ आजकल म निरिह भएको छु । मेरो खुशी, मेरो रिस, मेरो इर्ष्या मेरो भन्नु मात्रै छ,हर्ताकर्ता अरु नै छन् । म त अरु ले हँसाउँछन हाँसीदिन्छु, अरुले रिस उठाउँछन् रिसाइदिन्छु खोइ त मेरो आफ्नो ?? म भित्र नै पनि मेरो आफ्नो केहि छैन। टुक्रा टुक्रा अरु जोडेर म वनेको छु।

"भयो अव राख , मेरो काम छ यहाँ!" सानीले फोन राखिदिई!
"को हो सानी ?" मैले अनुहार मा हाँसो ल्याउन प्रयास गर्दै सोधेँ। 
"साथी!!!" उसले हाँस्दै जवाफ फर्काई ।साथी भन्ने शव्दलाई उसको शव्दकोषले कस्तो व्याख्या गर्छ थाहा छैन । मेरो शव्दकोशले भने साथी शव्दको जटिलता केलाउन खोज्यो। केटो साथी, केटी साथी, नजिकैको साथी, टाढाको साथी, साह्रै नजिकैको साथी, साथी भन्दा अलि वढी नै नजिकको साथी !! सवै मेरो परिभाषा भित्र साथी नै थिए! कस्तो साथी मैले सोध्ने आँट गर्न सकिन।

" आज मैले कालो दाल वनाको छु !" उसले म तिर मुख मिठ्याएजस्तो गरी मलाई जिस्क्याउँन। म खिस्स हाँसे।विषय परिवर्तन भएको थियो।अचम्म छ , सानी सँग विषय मात्र परिवर्तन हुँदैन विषय सँग सँगै मौसम परिवर्तन हुन्छ ,रितु परिवर्तन हुन्छ। अहिले उ मलाई जिस्क्याउँदै थिई । आफू भन्दा दोव्वर उमेरको मान्छेलाई उ केटाकेटीलाई ललिपप देखाए जस्तो गरेर जिस्क्याउँछे। म पनि ताते ताते गर्दै ठक्कर खाँदै उ तिरै डोरिन्छु। उसले म भित्रको वालक लाई जिवित राखेकी छे , जो जव जव उ जिस्क्याउँछे खिस्स हाँस्छ।

" हाँस्न पनि आउँदैन !" उ ठूस्किए झैँ गरी।
" सिका न त हाँस्न !" मैले उसलाई नै हाँस्न आग्रह गरेँ।
"हाँस्न पनि कसैले सिकाउँछ ? नचाहिने !! मन वाट आउँछ ,खोलेर हाँस्नुपर्छ बुझ्नुभो!"
सानीलाई के थाहा , अघि भख्खरै इर्ष्याले भरिएको मलाई उसैले हाँस्न सिकाएकी थिई । उसको सवै कुरा मान्छु तर हाँस्न लाई सिकाउनु पर्दैन भन्ने कुरा म मान्दिन किनकी मलाई हाँस्न सिकाउने म सँगै छे।
************* **************** **************** *************** ***************** ************** ************ ************** ****************** *************** ***
"एक दिन पनि फुर्सद निकाल्न सक्नुहुन्न ?" सँधैको सरलाको उहि गुनासो, सँधैको मेरो उहि जवाफ । मानौँ जीवन जीवन नभएर दिनहरुको परावृत्ति बनेको छ। दोहोरिएको जीवन कुनै वेभ जस्तो, उहि कुराहरु मानौँ म एकै दिनलाई भिन्न भीन्न दिनको नाममा जिउँदैछु। कसैले मलाई ढाँटिदिन्छ कुनै भिन्न मिती हो भनेर, म पनि पत्याइदिन्छु लाटो मान्छे वनेर। 

"कोशिष गर्नुस् न!" उसले फेरि आग्रह गरी। 
" जाउ न एक्लै तिम्रा साथीहरु छँदै छन् !" मैले फेरि रुखो जवाफ फर्काएँ ।
" अरुका सवै वुढा वुढी नै आउँछन् , म मात्रै एक्लै के जानु ?" उसले फोनवाटै गुनासो पोखी। 
" अव तिम्रो त्यो सानो ग्यादरिंगको लागी म अफिसको काम कसरी छोडौँ?" मलाई कहिले काहिँ आफुले वनाएको बहाना आफैलाई विश्वास लाग्दैन। आफिसको काम भन्दा पनि सरला को साथ यान्त्रिक लाग्न थालेको मलाई थाहा छ। म उसलाई ढाँट्छु , त्यति सम्मको झुटको परिधि ठिक छ, त्यो झुटले मलाई पोल्दैन । तर त्यहि वहाना देखाएर म आफुलाई पनि ढाँट्न खोज्छु।मनलाई चित्त बुझ्दैन , सानी मन पर्छे त मन पर्छे त्यसमा मैले आफुलाई नै ढाँट्न खोज्नु किन? 
"सक्नुहुन्छ भने!" उसले अन्त्यमा हार मानी।
" हेरुम्ला!" मैले फोन राखेँ।फोनले ५५ सेकण्ड देखायो, लामो लागेको थियो कुरा गर्दा!!

************** ************ **************** **************** **************** ****************** ********** ************** ************** ************** *****
" हैन तपाईँकी छोरी कता गई , आजकल देखिन्न त!" तिन दिन सम्म सानी नदेखिएपछि मैले खप्न सकिन। आजकल सानी मेरो लत वनेकी छे । उसले हाँसी दिँदाको मेरो मन भित्रको खुशी र उ रिसाएजस्तो गर्दाको मेरो मन भित्रको मिठो पिडा हुन त सानीलाई पनि थाहा छैन होला ! तर पनि उसको वाउलाई मुख फोरेरै सोधेँ।

"मावल!" 
उसको वाउले छोटो उत्तर दियो।जाँच छ जस्तो लागेको थियो ,थाहा नपाई नै सिद्दिएछ।भात खेलाइरहेँ , खासै खान मन लागेन। मेरो स्वाद,भोक सानीले आफै सँग लगेकी छे। अलिकति खाना छोडेर नै उठेँ।

"डाइटिंगमा हुनुहुन्छ जस्तो छ सर !" छेवैको साथीले जिस्क्यायो।
"हैन ! खाना नरुचेर " अव खाना नरुच्नु को कारण सोध्यो भने के भन्ने , मन मनै खेलाएँ । कहिलेकाहिँ प्रश्नहरु नसोचेको ठाउँवाट, नचाहेको वेलामा आउँछन् ।अनाहक बिझाउँछन्।
"साँची, अघिको कुरा थाहा नभएर नै सोध्नु भएको हो त?" उसले फेरि प्रश्न राख्यो।
"के कुरा?" उसका प्रश्नको उत्तर म सँग छैन ।बरु थपिएको एउटा अरु प्रश्न थियो। संसारमा मलाई थाहा नभएका धेरै विषयहरु छन्।शायद उसले अर्को विषय थपेको थियो।

"सँगै पढ्ने एउटा केटा सँग भागिछे, हल्ला त त्यहि छ!" उसले एउटै वाक्यमा मलाई चकनाचुर पारेर हिँड्यो , मन अमिलो भएर आयो। को भनेर सोध्ने आँट आएन ।किन भने उत्तर मैले नहोस् भनेर प्रार्थना गरेकै हुनेछ। म प्रश्नको वारेमा गलत थिएँ ,प्रश्न कहिल्यै विझाउँदैन , प्रश्न त अँध्यारो माथी थपिएको कुहिरो हो जो जव प्रकाश पर्छ अनि मात्र अस्तित्व मा आउँछ। बिझाउने त उत्तर हो , कुहिरो देखाउने प्रकाश हो। अँध्यारो मा वानी परेको मलाई आज प्रकाश बिझाएको छ , अनि खप्न नसकेको मेरो आँखा फेरि चिम्लिन खोज्दैछ , फेरी त्यहिँ अँध्यारोको खोजीमा!!!

धेरै वेर सम्म चुठ्न दिएको जग समातेर टोलाईरहेँ ।अनि आफ्नो मुख समेत धोएर आफ्नो वाटो लागेँ। हो मन कठोर हुन्छ कसै कसैको, त्यो भन्दा पनि यथार्थ कठोर हुन्छ।शायद मैले यथार्थ बुझ्न सकिन!किन किन हात त्यत्तिकै गोजीमा भएको मोवायलमा लम्कियो!!मैले धेरै वेर सम्म मोबायल त्यहि खल्तिमा खेलाइरहेँ । अनि धेरै वेर पछि उसलाई पनि न्यानो प्रकाशमा ल्याएँ।

" सरला म पर्सी विहानको गाडीमा आउँछु, अनि तिम्रो साथीहरुसँग जाउँला!" शायद धेरै पछि सरला खुशी भएकी छे!!
समाप्त
 

 
Posted on 10-05-12 7:51 AM     [Snapshot: 1326]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

".....कहिलेकाहिँ प्रश्नहरु नसोचेको ठाउँवाट, नचाहेको वेलामा आउँछन् ।अनाहक बिझाउँछन्।..."
सारै मिठो लाइन लग्यो यो......

अनि फुच्चे .... सानी त पोइल गइ अब अर्को ठाउमा खाना खान थाल्ने कि ...जहाँ सानीको सट्टा कान्छी होलि अनि फेरी अंगूर अमिलो छ भने  झैँ होला ..... as always उत्कृस्ट र रमाइलो मनोचिन्तन .... अझै लेख्नोस ला फुर्सद निकालेर ...


 
Posted on 10-05-12 8:56 AM     [Snapshot: 1393]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 एक सासमै पढी भ्याए !! फुच्चेले फेरी आधि छाड्ने हो कि भनेर डर लाग्या थियो समाप्त देखेर शुरु गरेको !! 

प्रस्तुतीको त कुरै नगरौ अब्बल छ !! 

 
Posted on 10-05-12 9:04 AM     [Snapshot: 1394]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे, कथा को लागि धन्यबाद - निक्कै नै राम्रो
 
Posted on 10-05-12 9:57 AM     [Snapshot: 1425]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ठिकै भयो सानी पोईल गई, नत्र चार जीवन बर्बाद हुने थियो 

समाजलाई शब्दहरुमा समेट्नु भयो
राम्रो लाग्यो 

 
Posted on 10-05-12 10:18 AM     [Snapshot: 1456]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 मन नै हो, कहाँ  भर पर्न सकिन्छ , मन नै हो कहाँ भाग्न सकिन्छ , फुच्चे जी बदमास मन को कथा पस्किनु भएको मा धन्यवाद  
 
Posted on 10-06-12 6:55 AM     [Snapshot: 1589]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Thank you Thahachahena,serial,mulmiz ,bhakte dai,timi mero sathi....for your comments...तथा पढिदिनु हुने सवैलाई धन्यवाद...
 
Posted on 10-06-12 9:09 PM     [Snapshot: 1734]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जागिरे जीवनको एउटा अभ्यस्थ दैनिकि! मीठो लेख्यौ । अरु प्रस्तुतिका प्रतिक्षामा!

-somewhereondearth

 
Posted on 10-07-12 9:34 AM     [Snapshot: 1796]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@सोम दाइ......      ..फुच्चेलै चै "अरु प्रस्तुतिको प्रतिक्ष्यामा" रे........ आफु चै किन हराको नि..... खै त तपाइको लेख पनि अपडेट गर्नुस न ..... न तपाइको ब्लग मा छ न यहाँ हल्या हो....... कस्तो पढ्न मनलागिराछ ......


 
Posted on 10-08-12 8:48 AM     [Snapshot: 1942]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो, धेरै काल पछी झुल्किनु भो, अनि सदा झैँ उत्तम प्रस्तुति. एस्तो लेख्न जान्ने भएको भए त आफ्नो पेसै लेखक हुन्थ्यो होला, जान्नेले लेख्दैनन धेरै के गर्नु र :( अर्को प्रस्तुति कहिले आउछ? 
 
Posted on 10-08-12 9:05 AM     [Snapshot: 1945]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"विशेषत: जव बिजयी मुस्कानहरुले आफुलाई हार्न वाध्य वनाउँछन् ,सँधै हारीदिउँ जस्तो लाग्छ।"

वाह वाह!

फुच्चेकेटो, यति सानो कथा मा यति गहिरा कुरा हरु लेख्नु अत्यन्त कठिन हुन्छ, र कहिलेकाही धेरै जसो लेखकहरु (यानी कि म जस्ता) गहिराइ मा चाहिने भन्दा बढी साहित्य थोप्छन जसले गर्दा अनावस्यक रुप मा कथा लम्बिनछ. तर यो कथा पढ्दा मलाइ त्यस्तो कदापि पनि लागेन. त्यसैले एती मिठो र छोटो प्रस्तुति पस्केको मा धेरै धेरै धन्यवाद.

आशा छ राहुल्दाई जस्तै यहाँ को कथा हरु फेरी फेरी पढ्न पाइयोस.

 


 
Posted on 10-08-12 10:38 AM     [Snapshot: 2007]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Dherai Pachi, Fucheketo ko parstuti padhna paiyo. Sarai nai utkrista..
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters