के के न होला भनेर अमेरिका आको
अनेकौ कागज पत्र लिएर Embassy गाको
भिसा पनि लाको पार्टी पनि खाको
टन्न पैसा लिएर सपिङ धाको
अहिले घर्को याद आको
मम्म्री
कती खानु के KFC र Taco .
देश पनि छोडियो घर पनि छोडियो
भर्खर पर्न लागेको love पनि तोडियो
साथी भाइ नातागोता सबैलाई भुलियो
New York घुमियो Las Vegas डुलियो
मेरा नया साथीहरु Michael र Julio
बाबा,
यहाँ त तर्कारी पनि गुलियो ।
गुचा खेलेको याद ताजा छ
बिदेसिएका हरुको समस्या साझा छ
कसैले Gas station त कसैले भाडा माझ्या छ
कोही को जिवन रक्सी त कोही को गाजा छ
कसैको डर छैन आफै घरको राजा छ
दिदि,
कस्तो भोक लाग्यो आज के खाजा छ?
घर सम्जेर मन रुन्छ
मेरो यो बेदना कस्ले सुन्छ
जस्ले सुन्छ तेस्को मन छुन्छ
बियर खाएर Drive नगर है पुलिस ले थुन्छ
यहाँ green card को सपना सबैले बुन्छ
भाइ,
हिजोआज गाइ कस्ले दुन्छ ?
मलाई Baseball सिका Basketball सिका
पुरै अमेरिकान बना है मलाई, ए Mika
जसरि हुन्छ citizenship झिका
जिन्स Pant भएपछी दौरा सुरुवाल त कस्तो फिका
बैनि,
अर्को तिहारमा आउछु ल अनि लाउला नि टिका ।