जिन्दगीलाई बुझ्नै सकिन मैले.... - Sajha Mobile
SAJHA MOBILE
जिन्दगीलाई बुझ्नै सकिन मैले....
Posts 13 · Viewed 8494 · Likes 19 · Go to Last Post
Rahuldai
· Snapshot 0
Like · Likedby · 13
 जिन्दगीलाई बुझ्नै सकिन मैले,

कति सोधुँ ? फेरी सोधिन मैले .

 

दुखियारीको घरमा दैब नबस्ने रे

निष्ठुरीको पाउमा शिर राखिन मैले.

 

औंसी चन्द्रमामा चांदीको घेरा खै?

पित्तलको घेरा पनि देखिन मैले.

 

खुट्टा तान्ने र जुत्ताहान्ने मात्रै ,

छुरौटेहरु माझ ब्यथा पोखिन मैले. 

Last edited: 15-Aug-12 01:05 PM
ThahaChaena
· Snapshot 25
Like · Liked by · 1
 वाह ठुल्दाई वाह .... फेरी क्या चसक्क गयो....
".....खुट्टा तान्ने र जुत्ताहान्ने मात्रै ,
छुरौटेहरु माझ ब्यथा पोखिन मैले. "
 
ठुल्दाई हजुर को पंक्ति मा मैले पनि थपे ल ...अन्यथा नमान्नु होला ...
 
भोलिमा रुमल्लिएको आज देखिन मैले ,
मान्छे खोज्न कहाँ जाउँ आफै भित्र भेटिन मैले . 
 
तिम्रो अगाडी आफ्नो मुटु फेरी फेरी रेटिन मैले ,
मायाको भुंग्रोमा बिश्वासको झिल्को भेटिन मैले .
 
आस्थाको बाढीमा भक्तिको थोपा पाइन मैले,
सबैको संगीतमा आफ्नो कथा कहिले गाइन मैले. 
 
जिन्दगीलाई बुझ्नै सकिन मैले,
कति सोधुँ ? फेरी सोधिन मैले .

 - थाने 
Pokhrelikanchi
· Snapshot 62
Like · Liked by · 1

माया  मात्र  खोजेको  थिए  बुझेनौ कहिले  तिमीले 
निष्ठुरीलाई  के  थाहा  र ?  माया  माग्नै छोडी  दिए  मैले

 

Pokhrelikanchi
· Snapshot 68
Like · Liked by · 0
सारै मिठो छ रहूल्दै :)
तपाई को छेउ छौ लगेर येसो लेखना सिक्दै छु
KaliKoPoi
· Snapshot 62
Like · Liked by · 0
 आहा कति राम्रो दुबैको 
प्रसंसा शब्द भेटिन मैले 
Kiddo
· Snapshot 115
Like · Liked by · 0
Chhoto Mitho.
behoove_me
· Snapshot 293
Like · Liked by · 1

मैले पनि अलिकति थपिदिएँ ठुल्दाई

"अरुको आलिंगन मा त बांधियौ तिमि
तर आफैंलाई पनि अंगाल्न भ्यायिन मैले

चाख्दा नशालु रैछन यी अविरल बग्ने आँसुहरु
त्यसैले मधुशाला कैले धाइन मैले

हृदय को चीसोपन कसरि तताउने हो कुन्नि
चिता को आगो मा पनि राहत पाइन मैले "

juction4love
· Snapshot 888
Like · Liked by · 0
 चिसो चिसो सिरेटोमा , मुटु जलिरहेछ याहा ,
पिडा र छटपटाहट देखेर , अट्टहासको हासो हास्ने हरु हो , 
एक दिन तिमि पनि कात्रो मा बाधिएर 
देउघाटको त्रीबेनीमा जलिहरेको हुनेछौ,
तिम्रा आफ्नै भनाउदाहरुले तिमलाई पोलीरहेका हुनेछन 
intelligentguy
· Snapshot 994
Like · Liked by · 0
Wah wah Kati meetha thuldAi
Karnali Blues
· Snapshot 1117
Like · Liked by · 0
Great poem thuldai. It was always good seeing and reading the few good writer's post. Didn't know that behoove writes poem too. Good seeing and nice reading sir/mam.
namit_thapa
· Snapshot 1170
Like · Liked by · 1
 जिन्दगीलाई बुझ्नै सकिन मैले,
 
कति सोधुँ ? फेरी सोधिन मैले
 
 
 
Wah wah Wah wah Wah wah Wah wah Wah wah
 
 
 
मैले पनि कहाँ बुज्न सके र जिन्दगि लाइ  ठुल्दाई 
 
 
 
"मान्छे खोज्न कहाँ जाउँ आफै भित्र भेटिन मैले"

legendary!!! 
timi_mero_sathi
· Snapshot 1212
Like · Liked by · 0

नाम हो भन्थे जिन्दगि , नाम कमाए 

कसैले,

दाम हो भन्थे जिन्दगि, दाम कमाए 

कहिले कहिँ चिप्लिएर वदनाम पानि कमाए 


खुसि हो भन्थे जिन्दगि, खुसि मा रमाए 

कसैले 

दुखः हो भन्थे  जिन्दगि, दुखः समाए 

कहिले कहिँ झुक्किएर  बेहोसी मा  रमाए 


खै, के हो जिन्दगि, के हो के हो 

 

Last edited: 25-Dec-12 04:02 PM
namit_thapa
· Snapshot 1270
Like · Liked by · 0
 "कहिले कहिँ चिप्लिएर वदनाम पानि कमाए 
कहिले कहिँ झुक्किएर  बेहोसी मा  रमाए"
 
aaba chai sajha ma pheri kabita ko basna aauna thale ko cha... 
 
jaos aaru pani jaos....
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 234
· Posts 1 · Viewed 73
· Posts 1 · Viewed 67
· Posts 15 · Viewed 2109 · Likes 3
· Posts 1 · Viewed 166
· Posts 6 · Viewed 760
· Posts 1 · Viewed 153
· Posts 1 · Viewed 327
· Posts 4 · Viewed 884
· Posts 2 · Viewed 497



Your Banner Here
Travel Partners
Travel House Nepal