कहिलेकाहीं... - Sajha Mobile
SAJHA MOBILE
कहिलेकाहीं...
Posts 6 · Viewed 5176 · Likes 5 · Go to Last Post
jhaukiri
· Snapshot 0
Like · Likedby · 4
 १)
कहिलेकाहीं....
जिन्दगीका  पानाहरु ...टिनका छानाहरु जस्तै 
आफुमा खिया लगाएर, 
आफूबीच छिर्ने पानीका थोपाहरुका 
स्पर्शमा रमिरहेका हुन्छन् |
त्यही पानाहरु,
 कहिलेकाहीं..
शब्दको लालचमा 
हदैसम्मको लचकता अपनाएर 
कुरूप इतिहासको किताबमा बिलाउँछन् |
 
२)
कहिलेकाहीं....
जिन्दगीको गोरेटो,
गन्तब्यको अबैध अभिलाषामा 
फैलदा-फैलदै मानवताको न्युनतम मुल्यांकन गर्न मजबूर हुन्छन् |
त्यही गन्तब्यमा पुगेर गोरेटोहरु,
 कहिलेकाहीं....
हाईवये बन्छन् ,
उपलब्धीको उपलक्ष्यमा 
हरेक लेनबीच मृत्यु ओंछ्याउन |
 
३)
कहिलेकाहीं...
जिन्दगीको अर्थ 
बेमतलवी शब्दकोषमा बकम्फुसे व्याख्याको शिकार हुन्छ |
त्यही अर्थ ,
कहिलेकाहीं.....
अर्को "अर्थ" को परिभाषामा साटिन लालाइत पनि 
हुन्छ ..
सक्ने साटिदै जान्छन 
नसक्ने बेचिदै ......
 
४)
कहिलेकाहीं....
जिन्दगीको आश,
आफ्नो लाश हुने प्रक्रियालाई हेर्दै 
भयको घनिभूत माधकतामा 
तर्कका अफिमहरु उमार्दै,
आफ्नो अस्तित्वको 
प्रमाण दिन खोज्छन् |
त्यही आश,
कहिलेकाहीं...
बाँच्नुको दिक्दारीमा उन्मुक्तिको पासो 
लगाई .....आत्मदाहको वैकल्पिकता नभेट़ाउन विवश हुन्छ  |
 
कहिलेकाहीं...
जिन्दगी सिर्फ स्मृति बन्छ |
....र मानसपटलबाट हराउँदै जान्छ ||  
Geology Tiger
· Snapshot 247
Like · Liked by · 0
 बहुत सुन्दर रचना !
bokaman
· Snapshot 248
Like · Liked by · 1
समिक्छकले 'बहुत' को सट्टा  'एकदम' अथवा 'असाध्यै' भनेको भए सुनमा सुगन्ध हुने थियो
jhaukiri
· Snapshot 300
Like · Liked by · 0
 bokaman साथीले "समिक्छक" सट्टा "समीक्षक" लेखिदिनु भएको भए अझ सुगन्ध थपिने थियो !!
namit_thapa
· Snapshot 330
Like · Liked by · 0
 मनै आनन्दित भयो ! सुन्दर, अति सुन्दर रचना 
jhaukiri
· Snapshot 490
Like · Liked by · 0
 धन्यवाद !!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 312
· Posts 1 · Viewed 78
· Posts 1 · Viewed 70
· Posts 15 · Viewed 2131 · Likes 3
· Posts 1 · Viewed 174
· Posts 6 · Viewed 769
· Posts 1 · Viewed 160
· Posts 1 · Viewed 336
· Posts 4 · Viewed 906
· Posts 2 · Viewed 512



Your Banner Here
Travel Partners
Travel House Nepal