माओबादी हरु बाँदर हुन् ! धुन्दुकारी रक्तापिसच हरु अब आफै झगडा गर्दै छन् हा हा हा - Sajha Mobile
SAJHA MOBILE
माओबादी हरु बाँदर हुन् ! धुन्दुकारी रक्तापिसच हरु अब आफै झगडा गर्दै छन् हा हा हा
Posts 3 · Viewed 5067 · Go to Last Post
freeport
· Snapshot 0
Like · Likedby · 0
Mysansar.com  

विचार नमिलेका वैद्य समूह अलग्गिएपछि अब चाहिँ माओवादीभित्र केही विवाद हुँदैन होला भनी सोच्नेहरुलाई आजको घटनाले गतिलै झापड हानेको छ। आज हात हालाहाल र कुर्सी हानाहानसम्मको स्थिति उब्जियो- प्रधानमन्त्री बाबुराम र अध्यक्ष पुष्पकमल दाहाल समूहबीच। होहल्ला र कुर्सी प्रहारका बीच भागदौड मच्चिएको थियो बैठकमा। हिजोसम्म लडाकुले हिसाब मागेपछि स्थगित गर्नुपरेको बैठक आज चाहिँ यही महाभारतका कारण स्थगित गर्नुपरेको छ। महाभारत यस्तोसम्म मच्चियो कि प्रधानमन्त्री र प्रचण्डसमेत यसबाट अछुत रहेनन्। प्रधानमन्त्रीलाई हात हालियो, प्रचण्डलाई कुर्सीले लाग्यो।

 

विस्तारित बैठकबाट निस्केको कार्यकर्ताले दिएको जानकारी अनुसार आफुमाथि चर्को प्रहार भएपछि प्रधानमन्त्री भट्टराई गुटको अन्त्य भयो भन्ने तर हामीमाथि पेल्ने म बैठकमा बस्दिँन भनेर अध्यक्षसित अनुमति लिई हलबाट हिँड्न लागेका थिए। तर प्रचण्ड पक्षका जनार्दन शर्मा, हेमन्तप्रकाश ओली र अखण्ड सुदुरपश्चिमवाला नेता लेखराज भट्टले प्रधानमन्त्रीलाई हातै हालेर समाते।

त्यसपछि हाम्रो नेतालाई किन हात हालियो भन्दै हलबाट अन्जना बिशंखे समूहका कार्यकर्ताले तीन वटा कुर्सी प्रचण्डतिर फाले। कुर्सीले टाउकोमा लागेपछि सेना र प्रहरीले सुरक्षाका लागि प्रचण्डलाई समातेर बाहिर लगे।

भागदौड मच्चिएर बैठक स्थगित भयो। अनि विवाद समाधान गर्न बैठक स्थल बाहिरको पर्यटन बोर्डको हलमा पार्टीको पोलिटब्युरो बैठक बस्यो! 

magorkhe1
· Snapshot 0
Like · Liked by · 0
 के  के न भएछ , माओबादी को अखडामा कोतपर्व जस्तो काण्ड दोहोरिएको हो कि भनि खुसि हुँदै सरसर्ती नजर दिएको त जाबो कुर्सि फाला फाल मात्रै ? ख ट ट हुने गरि गोलि बर्स्या भा पो समाचार हुन्थ्यो !

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 189
· Posts 10 · Viewed 786 · Likes 1
· Posts 9 · Viewed 1176
· Posts 1 · Viewed 78
· Posts 1 · Viewed 92
· Posts 1 · Viewed 84
· Posts 12 · Viewed 626
· Posts 25 · Viewed 4014 · Likes 2
· Posts 3 · Viewed 655
· Posts 3 · Viewed 593



Your Banner Here
Travel Partners
Travel House Nepal