म बाहुन
म छेत्री
म नेवार
म मधेसी
म शेर्पा
खै मेरो साझा जात नेपाल ?
खै म नेपाली ?
तल मधेस
बिच मा नेवा
पूर्व खुम्बुवान
पस्चिमा अखन्ड
खै कहाँ छ नेपाल
अनी म नेपाली ?
म माओवादी
म कांग्रेस
म एमाले
म मधेसी
म राजाबादी
खै मेरो पहिचान नेपाल?
कसरी म नेपाली?
म हिन्दू
म मुस्लिम
म क्रिस्चिएन
खै मेरो धर्म नेपाल
अनी म नेपाली ?
म बुद्ध
म प्रचन्ड
म लुम्बिनी
म रोल्पा
म काठमाडौं
म कालापानी
खै कहाँ छ नेपाल ?
अनी म कहाँको नेपाली?
अरु जो सुकै हुन्, जे सुकै हुन्
म त मात्र अनि मात्र नेपाली
अनि सारा नेपाल मेरो
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 18
· Viewed 3946
· Likes 3
· Posts 77
· Viewed 18718
· Likes 16