यस्तो पनि आमा ........... - Sajha Mobile
SAJHA MOBILE
यस्तो पनि आमा ...........
Posts 43 · Viewed 39250 · Likes 21 · Go to Last Post
Rahuldai
· Snapshot 0
Like · Likedby · 6

यो कथा  २००७ -८ साल तिरको तरुनी को हो   । तत्कालिन सन्कुचित र पुरातन समाज मा यस्ता घट्ना र पात्रहरु थिए जुन आधुनिक समाजमा पनि अपाच्य र दुर्लभ हुन्छन ।

काम बिशेषले नयाँ सडकको वडा कार्यालयमा गएको थिए। २०४९ को प्रजातन्त्र पुनर्स्थापना पश्चातको पहिलो स्थानिय निर्वाचन पछी चुनाव जितेर आउनु भाका वडा अध्यक्ष महोदय चिनजानको भाकोले बधाई पनि दिउं र आफ्नो ब्यक्तिगत काम मा सल्लाह मागुं भनेर छिरेको थिए। वडा कार्यालय भरी भराउ थियो । एक जना अर्को वडाअध्यक्षज्यू पनि हुनु हुन्थ्यो । २०१९ साल देखीको आजीवन वडाअध्यक्ष । सामान्य कुराकानी के सुरु के भाको थ्यो , एक जना वरिष्ठ् नागरिक बजै आउनु भयो ।

"नमस्कार बाबु , धेरै धेरै बधाई छ । चुनाव मज्जा ले जित्नु भाको मा । मलाई त बाबुले न जित्ला भन्ने कत्रो पीर परेको। जितेको खबर पछी मात्र भात खाएं "

बजै को बधाई सन्देशमा चिप्लो घसाइको मात्रा ज्यादा थियो ।

"नमस्कार आमै, धन्यवाद । तपाईंहरुकै भोट् पाएर जितें । तपाईं को सेवा गर्ने मौका दिनु होस् ।"

अध्यक्षज्यू ले शिष्टाचार राम्रै सँग निभाउनु भयो ।

स्याउ र सुन्तलाको मिश्रित पोका दिदै "ल मेरो तर्फ बाट सगुण हो बाबु, अझ माथि गएस ।"
आशिर्बादको हात बढाइन्।

चिया एक सरो अर्डर भो ।

"आमै को केही काम छ कि ?"
वडा अध्यक्षज्यू ले जेष्ठ नागरिकको नालेबेली बुझेर हो वा किन हो कुन्नी बजैलाई छिटो पन्छाउने मनशाय देखाउनु भयो ।

"सानो काम थियो बाबु । त्यो मेरो छोरो छ नि , दिनेश क्या । हो दिनेश घर छोडेर बेपत्ता भाको नि ५-७ बर्ष भैसक्यो । कुनै अत्तोपत्तो छैन । त्यसको मृत्‍यु दर्ता प्रमाण पत्र बनाइ दिनु पर्‍यो ।"

वडा अध्यक्षज्यू सशंकित । हामी पनि आश्चर्यचकित ।

"हैन दिनेश त घर छोडेर पो गाको हो, मृत्‍यु भाको हैन नि । फेरी साथमा श्रीमती र छोरो पनि सँगै गाको हो । जिउदो मान्छेको मृत्‍यु प्रमाण पत्र बनाउन मिल्दैन आमा, के भन्नु भाको यस्तो । "

वडा अध्यक्षले इन्कारी मनशाय देखाइ हाल्नु भयो ।

"किन मिल्दैन , कसरी मिल्दैन ?? "

अघिको चिप्लो बोलिमा खस्रो मिस्सिन थाल्यो ।

"त्यो मरेकै हो मेरो लागि । त्यसको अल्छिनी रंडी स्वास्नि  त उहिलेइ मरेर किरा परेको।"
"खुरुक्क म्रुत्यु प्रमाण पत्र बनाइ देउ ।"

अब भने बजै को रणचण्डी रुप देखियो । कार्यालय भरिका सबैजनामा तनावको रेखा देखिन थालयो । अनिष्ठको संकेत ।

"मिल्दैन आमा, मरेको प्रमाण नभै मृत्‍यु दर्ता गर्न कानूनले दिदैन र जानाजानी जिउदो मान्छेलाई मरेको घोषणा गर्न म सक्दिन । अहिले जानुस् ।"

"ल कसरी दर्ता गर्दैनस म पनि हेर्छु ।"
तपाईं र बाबुबाट झरेर "तं" मा बजै को बोली फेरी सकेकोथियो ।

"यो देशमा जे पनि हुन्छ । तैले कसरी चुनाव जितेको मलाई थाहा छ । असत्ती, पाखण्डी । मरेको मान्छेको नामको भोट् हाल्न लगाएर जितेको हो। वडाबासिले तं जस्तालाई जुठो भात पनि दिदैन।  तेरो साखा सन्तान चोर् डाँका हो । "

अब भने बजैले सामाजिक मर्यादा नाघ्न थालिन् ।

"बनाउने कि न बनाउने ?? " चोली को बाहुला माथि सारी अध्यक्षको कुर्सि नजिकै पुगी धमकाइन.

"अझै भन्छु , जिउदो मान्छेलाई मरेको भन्न सक्दिन , प्रमाण पत्र बनाउन मिल्दैन , खुरुक्क घर जानुस् । "

"तं लाई राम्रो सँग चिन्छु डाँका, तेरो साखा सन्तान लाई हैजाले लगोस, असत्ती डाँका ।"
 बनाउन मिल्दैन हैन ? लौ यो हेर भन्दै फरिया आधा उचाली सकेकी थिइन , सँगइ बसेकी वडाको पियन आशा मायाले हत्तपत्त स्थितिलाई नियन्त्रण मा लिइ बाहिर लगिन।

क्रमश : 
 

Load Previous
*~Spring~*
· Snapshot 2586
Like · Liked by · 0
ठुल्दाई कति छोटो.. तर मिठो ......अलि धेरै धेरै टास्नु न प्लिज.
 

दीपिका, के छ?
कथा राम्रो लाग्यो
dipika02
· Snapshot 2916
Like · Liked by · 0
ल हेर, ठुल्दाइ  बुढा कती अल्छि हुनथाल्नु भएछ। हरफहरु कती पातलिएको। लम्बाइ पनि घट्न थालेछन।

बसन्ती, गूड् टू सी यू। म आरामै छु। तिमी नि? अनी कथा भन्दानी ठुल्दाइको भाषामा भन्दा ब्यथा भन्नु पर्‍यो अब। मैले पनि सतह बाट हेरेर बोलिहाले। उस्को दु:ख उही सग थ्यो होला। उस्ले पनि स्तर नै बाजी लगाएर भनी "मलाई काम गर भनेर तैले सिकाउनु पर्छ ****** "बाट  सुरु गरेकी टुङ्यौन चै कहाँ टुङ्यो थाहा भएन

Rahuldai
· Snapshot 3177
Like · Liked by · 3

 

भाग ४


सानो कुरामा सुरु भाको सासु बुहारी  को दोहरी अब दैनिकी  बन्यो । तरकारी मा नून नपुगेको देखी लिएर सुन न किन्दिएको जे मा पनि सासू बुहारीको जुहारी चल्दै गयो । हुंदा हुंदा "बोल" पनि "चाल" पनि बन्द भयो । बिचरा दिनेश आमा र स्वास्नी को चेपुवामा स्याण्ड्विच नै भए । दुबैलाई सम्झाउने हर यत्न फेल खाए। आमाको असजिलो र अमर्यादित व्यबहार बिस्फोटन हुन सक्ने भयले त्राहिमाम त्राहिमाम थियो । तै पनि समाधान को उपाय खोज्दै थियो ।

एक दिन साँझ दिनेश अफिसबाट घर फर्केको मात्र थियो, आमा ले बोलाउनु भयो ।

"तं सँग जरुरी कुरा गर्नु छ, छिट्टै आइजा "

बुहारी माइत गएको साइत पारेर अब के रडाको मचाउने भयो भनी कम्पित शरीर लाई घिसार्दै आमा को कोठामा चोटा मा लागे दिनेश ।

" मैले धेरै सोचें , बुहारी ले अति गर्न थाले । छोडदे त्यो रण्डी लाई ।"

आफ्नो जिन्दगी को आधा हिस्सा, आधा किस्सा, प्रिय श्रीमती माथी एकै चोटि रण्डी को उपमा पाउदा दिनेशले एक छिन् तीन त्रिभुवन चार चतुरभुज देखे नै । आफुलाई सम्हाल्दै दिनेश ले भने ।

"हैन आमा, के भन्नु भाको यस्तो । बुहारी ले केही तल माथि गरे , मलाई भन्नु । नादान छे , म सम्झाइ हाल्छु नि । आइन्दा आमा को कुनै गुनासो आउने दिने छैन । एक चोटि लाई माफ गरी दिनुस् ।"

आमा को बिगतको बानी ब्यहोरा सँग परिचित छोरोले त्यो भन्दा सुलहको बाटो खोज्न सक्दैनथ्यो ।

"हैन, त्यो बुहारी  अलछिनी छे, बोक्सी हो त्यो । एक दिन तं लाई नि खान्छे । त्यो हाम्रो सम्पत्ति हडप्न आएकी हो । त्यसलाई कि मार्दे कि छोड्दे । "

दिनेश र रुपा बीच कहिले काही को लोग्ने स्वास्नी को झगडा बाहेक कुनै त्यस्तो उंच नीच भाको थिएन , ममतामयी आमा,आज्ञाकारी बुहारी  अनि भरपर्दो जीवन संगिनी थिइ , रुपा ।

आमाको लान्छना सुन्नै नसक्ने थियो र कींकर्ब्यबिमूढ भएर चुप लागे ।

"किन चुप लागिस , त्यै बोक्सी को फरियामा राखेको छ र चुप लागिस । तं आगो लाउछ्स कि मै लगाइ दिउं । " एक ग्यालेन मट्टितेल दिदै  - आजै राती खेल सकिनु पर्छ त्यो नकचरी रण्डी को । "

अब भने दिनेश को स्वाभिमान जाग्यो । अति भए पछी खती हुन्छन भन्छन ।

"मार्ने मर्ने कुरा नगरनुस् आमा । रुपाको कुनै गल्ती छैन । यो सब तपाईं को अहम हो । म यस्तो तल माथि हुन दिन्न ।"

"ए ! बज्या , तं लाई त्यो रण्डी ले जन्माएको को ? त्यसको तरफदारी मेरो अगाडि गर्छ्स ? लौ आज कि त्यो बेश्या छैन कि म छैन ।"

"लौ भन । तं जन्म दिने आमा छान्छस कि त्यो किचकन्या ?"

"दुबै" - दिनेश ले डिप्लोमाटिक् चिप्लोमाटिक जवाफ दिए ।


आमाको आवाज अझ कर्कश हुँदै गए ।

"तेरो त्यो स्वास्नी भनाउदा बोक्सी लाई छोड्ने न छोड्ने ?? "

"न छोड्ने ।"
 
दिनेशले पनि यकिन जवाफ फर्काए ।

"त्यसो भए न छोड्ने हैन त "

"न छोड्ने । "

लौ न छोड्ने भन्दै आमाले  आफुले आफ्नो भोटो सारी आँफै च्यात्न थालनु भयो र........................................................................................... ।

क्रमश: 
   

Geology Tiger
· Snapshot 3214
Like · Liked by · 0
 खै ठुल्दाई कस्तो कस्तो पो लाग्यो ...
एक चोटी यो आमा शब्दको अर्थ खोज्न मनलाग्यो.... हुन त जसले जन्मदिन्छ त्यो आमा.... तर के जन्मदिदैमा सबै आमा हुन्छन र?

यस्तो पनि आमा हुन्छन?
Bad Boy
· Snapshot 3214
Like · Liked by · 0
बबाल छ है!

अब एक दिनको Commercial Break

प्रायोजक प्यान्थर कन्डोम
ritthe
· Snapshot 3336
Like · Liked by · 0

अनी त्यस्पछी?

कथा बग्दैछ सलल

Geology Tiger
· Snapshot 3338
Like · Liked by · 0
जे होस् ठुल्दाईको कथा छाप्न प्रायोजक पनि मिलेछ राम्रै भयो...
timi_mero_sathi
· Snapshot 3462
Like · Liked by · 0
 जिबन का व्यथा हरु पोख्न मा राहुलभाई सिपालु  हुनुहुन्छ, हाम्रो तथाकथित  उच्हा सभ्यता नाता , संस्कृति र जात भात ले कति पिडित छ यो कथा रुपी व्यथा ले देखाउछ . राहुलभाई लाई हाम्रो लुकेको सामाजिक पिडा पस्कनु भएको मा धन्यावाद 
Birkhe_Maila
· Snapshot 3788
Like · Liked by · 0
लौ ठूल्दाई यो कथा त ईन्डिपेन्डेन्ट आर्ट सिनेमाको पटकथा जस्तो बन्दै गएछ! 
छिटो पेलम ठुल्दाई बाँकि!
Rahuldai
· Snapshot 4065
Like · Liked by · 2

 

भाग ५

आँफैले लुगाइ राखेको चोली सारी च्याटचुट पारेर माटनबाट ( पहिलो तल्ला) सडकमा निस्की "गुहार गुहार " कराउन सुरु गर्नु भयो ।
देशमा अनि शहरमा तमाशे कहिलेइ कमी थियो र । भीड जम्मा भैहाल्यो ।

"के भो आमा, के भो बजै । यस्तो हाल  कल्ले  बनायो ?"

तमाशेहरुको नक्कली सहानुभूति बर्षिन थाले ।

"गुहार गुहार , त्यो असत्ती ले गर्नु गरे , गुहार गुहार । "

भिड कि सेन्टीमेन्टको नाडी छामे पछी अझ उत्साहित आमै ।

"को हो त्यो डाँका त्यसलाई छोड्न हुन्न । हात खुट्टा भाच्नु पर्छ त्यसको , खोइ आमा त्यो डाँका ।"
 

भिडलाई के हो , किन भाको बुझ्ने नत चासो न मतलब । एक मुक्का बजार्न पाए ठुलै पुरुषार्थ गरें भन्नेहरु धेरै थिए । राम राम भन्ने देखी दोशी लाई पराधाम पुर्‍याउनु पर्छ भन्नेहरु निस्के । 

"आफ्नै छोरो ले रेप गर्न खोज्यो - गुहार गुहार " थचक्क भुइमै लडिबुडी गर्न थालनु भयो ।

"हे भगवान यस्तो राक्षस जन्मिदैमा मरेको भए शान्ती हुन्थ्यो ।" 

तमाशेहरु एक छिन त अक्कमक्क परे । आफ्नै छोरो नि यस्तो दानव हुन्छ र भन्ने आशय होला ।

"आफ्नै असत्ती छोरो मोरो ले रण्डी स्वास्नीको लहलहै मा लागेर सम्पत्ति हडप्न खोज्यो । मैले यो बुढीयाको पाटी बास हुन्छ, म परे पछी तेरै त हो अहिले दिन्न भन्दा यस्तो हाल गर्‍यो । "

बडा सम्बेदनशील बिषयमा बनावटि काहानी जोडे पछी भिड झन उत्तेजित भयो । कोइ कोइ कानेखुशी गर्दै थिए । कलिजुग आयो भनेको हो रहेछ । कस्ता कस्ता राक्षस नि हुंदा राइछन , आफ्नै आमालाई बाँकी नराख्ने । यस्ता नर पिचासहरुलाई त जिउदै जलाउनु पर्छ । समाजका कंलकहरुलाई त्यसै छोड्नु हुन्न ।

बिचरा दिनेशले अप्रत्याशित दुर्घट्नाबाट बच्न छिमेकी को घरअको ट्वाइलेट् मा लुक्नु पर्‍यो । भिडले दिनेश न भेटाए पछी सेलायो ।

साँझ ढलेर रात भैसकेको थियो । शुक्रबार को रात । माइत हिंडेकी रुपा फर्की ।

त्यो रात दिनेश दम्पती जागा नै रहे । भोली को बिहान चिहान लिएर आउने पक्का निर्क्यौल गरे ।

मिर्मिरे अगावै अत्याबश्यक सामानहरु एउटा सुटकेशमा बन्द गरेर दिनेश दम्पती एवं छोरा निमेष अलप भए ।

क्रमश: 
   

Rahuldai
· Snapshot 4426
Like · Liked by · 1

यस्तो नि आमा .....
अन्तिम भाग

मिर्मिरे मै अलप भएका छोरा बुहारी  र नाती को खबर आमैले बिहान सम्म भेउ पाउन सक्नु भएन आमैले । ब्यान ७ बजे नै उठिसक्ने छोरो बुहारी  को चाइचुइ नसुने न देखी पछी एक छिन झसकिन् । होस् , बोक्सी को संगतले छोरो नि बिग्रियो, जाँड घोकेर सुत्यो होला ।
त्यति सम्म त गर्न नहुने हो कि । हिजो साँझको को कुराले अली पछुतो मानिन् । बलत्कार नै गर्‍यो त भन्न नहुने थियो । होस्, छोरो ज्ञानी छ, केही हुन्न । आमै ले चित्त बुझाईन्।

साढे आठ बज्दा नि कसैको चाइचुइ न सुने पछी आमैको मनमा चिसो मात्र हैन के के पस्यो , पस्यो । छोरा बुहारी को कोठाको ढोका ढक्ढक्याउन के खोजेकी थिइन ढोका खुला भेटाइन् । केही अत्याबश्यक सरसामन मात्र बोकी हतार हतारमा घर छोडेको छरपस्ट कोठा बोली रहेको थियो । ढोकै मा थचक्कै बसिन् । के गर्ने कसो गर्ने , कहाँ गए कता केही सोच्न असमर्थ ।

  मिर्मिरे बिहानै दिनेशको परिवार ससुराली कुसुन्ती पुगी त्यहाँबाट दोल्खाजाने बसमा रुपा र निमेशलाई चढाइ आफु नेपाल बैक हेड अफिस गए । हाकिम साहेबलाई आफ्नो यथार्थ ब्यथा सुनाइ तत्काल बैंक को दोल्खा शाखामा सुरुवा गराइ दिन र यो कुरा कसैलाई नभन्न खास गरी आमालाई न भन्ने वाचाको याचना गरे । हाकिमले पनि प्रकृया पछी पुर्‍याउने गरी तत्काल सरुवाको पुर्जी बनाइ सहयोग गरी दिए ।

यता आमा, त्यो अल्छिन्नी स्वास्नी को फरिया मुनी लुक्ने कुलाङ्गार कहाँ जान्छ , भरे भोली सम्म यही फर्केर अैहाल्छ । बेइमान,जन्माउने आमाले भनेको नमान्ने, स्वास्नी को दास । छोरो हराएकोमा चिन्ता हैन रीसको बिष ओकल्दै थिइ ।

दिन बित्यो, हफ्ता बित्यो । छोरो आएन। अफिस त पक्कै आएको होला भनेर बिहानै अफिस को बाहिर भूगोल पार्क पछाडि गोर्खापत्र बेच्ने स्थान मा कुर्न थालिन् । साँझ फेरी त्यै ठाउंमा कतै छोरो भेटिन्छ कि भनेर आइन । अहं छोरो को छाया पनि देखा परेन । माया गरेको भए पो छाया पनि भेटिन सक्थ्यो।

 
भोलिपल्ट अब भएन भनी हाकिम साहेब को कार्यकक्षमा पुगिन्।

"हाकिम साहेब नमस्कार "

"नम्स्कार आमै, के कति काम ले पाल्नु भयो क्या रे । बस्नुस् आमा ।"

"म दिनेश को आमा । सानो कुरामा दिनेशले घर छोडेर हिंडे। आमाको मन न हो छोरो खोज्दा खोज्दै आधा जिउ भैसक्यो । केही थाहा पाउन सकिन । बाबुलाई थाहा छ कि भनेर आको ?"

"के भन्नु भाको आमा, दिनेश हरायो रे । कसरी कहिले ?

अफिस न आको नि हफ्ता दिन भयो, बिरामी सिरामी पर्‍यो कि भन्थानेको । "

हाकिम साहेब ले पनि जीवनत अभिनय गरे । मानौ केही थाहा छैन उहाँलाई ।

तर आमै पनि कहाँ काम हुनु र , सयौं मान्छेको नाडी छामी छामी औंला मा नचाउने खुबिलियट भाको ।


"हैन तपाईंलाई पक्कै थाहा हुनु पर्छ , मेरो दिनेश कहाँ छ ? "

भाषा र बोली को शैलिमा एकाएक परिवर्तन आयो ।
 
"तपाईंलाई थाहा नभाको कुरा हामीलाई के थाहा हुन्छ आमा, शुक्रबार सम्म अफिस आकोथ्यो, त्यसपछी मैले देखेको छैन । "


"अझ थाहा नपाको जस्तो एक्टिङ गर्छ, ल भन मेरो छोरोलाई कहाँ लुकाइस्। "
आमै आफ्नो असली स्वरुपमा ।
 

"मैले कहाँ लुकाउनु तपाईं को छोरो , मलाई के काम ।"
हाकिमको मूड गूड् बाट अब ब्याड भयो ।
 

"तं डाँकाले ले कहाँ पठाइस ल भन , आकाश पातल जहाँ सरुवा गरे पनि खोजेर ल्याउछु त्यो जोइतिङ्ग्रेलाई । "
"कहाँ सरुवा गरिस ल भन । "

आमै सँग बहस गरी रहन उचित हुँदैन भनेर चुप लागे हाकिम ।

"भन्ने कि न भन्ने ??"
आमा गर्जिन ।

"भन्ने कि न भन्ने ?"

"सत्य, आमा मलाई थाहा छैन , तपाईं जानुस् मलाई धेरै काम गर्नु छ । "

चर्काचर्की आवाज सुने पछी हाकिमको कक्षामा अरु सहायक् स्टाफहरु जम्मा भइहाले ।

"ल नभन्ने भए यो हेर डाँका"  भन्दै फरिया उचाली ।

यसरी छोरो हराएको दशौ बर्ष सम्म पनि आमैले भेउ पाउन सकेन।

यही बिचमा छोरा खोज्न प्रहरी , जिल्ला प्रशासन कार्यलय लगायत अन्य अड्डा अदालत धाइन् र सबै तिर फरिया उचाल्ने कार्य बाहेक केही उपलब्धी भएन । 

 दिनेश कहिलेइ काठमाडौ  फर्केर आएन ।

त्यही भएर अहिले बुढी ले छोरो को मृत्‍यु दर्ता प्रमाण पत्र बनाउन आएकी ।

"लौ हेर राहुलबाबु यस्तो पनि आमा हुने रहेछ , यो संसार मा ।"

"धन्यवाद अध्यक्षज्यू ,बडा इन्टरेटिङ कथा सुनाउनु भयो ।  है यस्तो पनि आमा हुने रहेछ । यस्तो आमा कोइ कतै नहोस् ।"
 

अस्तु !! 
    

mulmiz
· Snapshot 4427
Like · Liked by · 0
तारेमाम ठुल्दाई, अन्तिम भाग हाल्नु भएपछि फेरी सबै भाग पढे बडो मजा आयो . अरु पनि दाईक रचनाहरु छिटै पढ्न पाइयोस
Bhaktey
· Snapshot 4473
Like · Liked by · 0
 ओहो, हो यस्ती पनि आमा ! 
बाच्नु मात्र पर्छ के के सुन्न र देख्न पाइन्छ भन्थे हो रहेछ !

ठुल्दाइलाई वडाअदछे ले भनेको हामीलाई नै भनेको जसरि हुबहु उतार्नु भनएकोमा धन्यबाद ! 
Nepal ko chora
· Snapshot 4509
Like · Liked by · 0
मेरी बास्सै, यस्ता नि आमा हुन्छन र भन्या? आमा जस्तो पबित्र शब्द मै दाग लगाउने यस्ता आमाहरुको अरु कथाहरु चाही सुन्न न परे हुन्थ्यो | यो कथाको सजिब बर्णनको लागी ठुल्दाईलाइ मुरी-मुरी धन्यवाद |
Rahuldai
· Snapshot 4775
Like · Liked by · 0

सम्पूर्ण पाठक एवं शुभचिन्तक मित्रगणहरुमा हृदय देखिको आभार ब्यक्त गर्दछु । सामाजिक बिसंगती र बिक्रितीको एउटा पाटो राखेको थिए। जे सुनें त्यही लेखें । भाषा र शैलीमा अलिकती छाडापन्  देखिएको छ , क्षमा चाहन्छु ।आशा एवं भरोशा छ , यहाँहरुको माया, सदभाव सदा झै पाइरहने छु ।
 

बसन्ती, भक्ते दाई , को हो को हो , रहस्य , सेरिल, डल्लेको सानु , रिट्ठे, राम्रो नेपाल , भुसतिघ्रे , किडो , दीपिका , दुखे , जिते , बिगब्याङ१०, निलशा ,ब्याड ब्वाइ , तिमी मेरो साथी , बिर्खे बा , मुल्मी , नेपाल को छोरो मा बिशेष आभार । समय ब्यबस्थापन गरी टिप्पणी गर्नु भयो, अल्हादित भएको छु । 
 

बिस्टे
· Snapshot 5037
Like · Liked by · 0
 ओहो ठुल्दाइ बडा रोचक कथा राख्नु भएछ। एकैसास मा ५ भाग सके। धेरै कुरा थोरै ठाउमा गजप्ले पस्किनु भा छ् दाई। फिलिम हेर्या जस्ताइ लायो। 
तारेमाम।  
edipre
· Snapshot 5060
Like · Liked by · 0
@rahulvai - dherai ramro cha ur writing.

U and behoove_me should write more often.U guys are great.
dipika02
· Snapshot 5080
Like · Liked by · 0
यो सत्य घटनामा आधारित कथा हो ठुल्दाई?

त्यस्तो इज्जत बेईज्जत केसैको वास्ता नभएको आमैलाई फरिया लाइदेर के हुन्थ्यो? खुरुक्क छालाको पेटी कसेर पाईट लाइदिनु पर्ने  लौ आमै अब अब गर त्यस्तो नचाइदो हर्कत भनेर।
 
तर छोरा पात्र को साह्रै माया लाग्यो। अरुलाई त एक दुई दिन पछी लौ यो बहुलाई बुढी भनिदियो अनि पन्छ्यो भयो। छोरा को त संसारमा जन्म दिने नै त्यही आमा। न साटेर अर्को पाईन्छ न मागेरै।

Nepchu Hi, ke chha?
Last edited: 08-Feb-12 01:08 PM
Rahuldai
· Snapshot 5098
Like · Liked by · 0

धन्यबाद दीपिका,  बिस्टे, EDIPRE

कथा सत्यघटनामा आधारित हो नै . आमै लाइ मैले नि भेट्या थिएँ वडा अफिसमा . धेरी चोटी घरको झ्याल मा नि देखको हुँ. अम्रिका भासिन अघि सम्म आमै जिउदै थिई . कथा भन्ने वडा अध्यक्षज्यू को स्वास्थ पनि हाल सम्म अच्छा नै छ भन्ने सुन्छु ( हुन त उहा पनि ८० बर्ष को हुनु भयो होला ).
 

bhustigre
· Snapshot 5452
Like · Liked by · 0
Gajjab ko kaatha sunayara, ramro samya deenu bhayako ma rahuvai dai lai dhanyabaad...aasha garchhu yata rochak katha pachika deenharuma pani paskanuhunechha...
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12463 · Likes 1
· Posts 7 · Viewed 3791 · Likes 1
· Posts 1 · Viewed 1056
· Posts 1 · Viewed 1014
· Posts 1 · Viewed 921
· Posts 1 · Viewed 1027
· Posts 1 · Viewed 1009
· Posts 21 · Viewed 9634 · Likes 1
· Posts 3 · Viewed 2443
· Posts 5 · Viewed 7673 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal