नाइँ भन्नुस् है!
दुई चार महिना अघि होला बजारमा एउटा नेपाली सिनेमा आएको थियो 'नाइँ नभन्नुस् है' भन्ने । हुन त राम्रै शिर्षक राखेका हुन् यस सिनेमाका निर्माता र निर्देशकले, एउटा केटाले केटीसँग अथवा एउटा केटीले केटासँग प्रेम प्रस्ताव राख्दा 'नाइँ नभन्नुस् है' भनेर आग्रह गर्नु स्वभाविकै हो । तर त्यही नाइँ भन्न नसक्नाले एउटा बन्दै गरेको सम्बन्ध भत्किन पनि सक्छ भन्ने कुरा शायद मलाई जस्तो त्यो सिनेमाको निर्देशकलाई थाहा नहुन सक्छ । हुनत यो नाइँ भन्न नसक्ने बानीले मलाई धेरै नै हानी पुर्याएको छ । तर आज साझामा राखिएको एउटा तस्बिर हेरे पछि नाइँ भन्न नसक्नाकै कारणले भत्किएको एउटा सम्बन्धको याद आयो ।
सम्बन्धको सुरुवात भने म अम्रिका छिरेको केही समय पछि नै भएको थियो । त्यतिबेला अहिले जस्तो फेसबुकको एक छत्र राज थिएन । हाइफाइव लगायत अन्य धेरै सामाजिक संपर्कको जालोहरु जिवितै थिए । अझ नेपालमा त हाइफाइवकै बोलबाला थियो । अम्रिका छिर्दासम्म पनि मलाई फेसबुकको बारेमा उति सारो ज्ञान थिएन । स्कूलमा गएर पढ्ने, कहिलेकाँही साथीभाइहरु जम्मा भएर रमाइलो गर्ने बाहेकको अधिकांश समय कि त हाइफाइव चलाएर बित्थ्यो कि त मेसेन्जरमा नेपालमा भएका साथीहरुसँग च्याट गर्दैमा । हाइफाइबमा बिशेष गरेर राम्रा राम्रा तरुनीहरुको प्रोफाइल चाहर्नु पनि रमाइलै हुन्थ्यो । यस्तैमा एक दिन मलाई एउटा फ्रेन्ड्शिपको रिक्वेस्ट आयो, एउटा सुन्दर युवतीको । उनको प्रोफाइल राम्रोसँग हेरे, त्यहाँ राखिएका तस्बिरहरु पनि एक एक गरेर हेरे । मलाई अचम्म लाग्यो 'हैन यस्तो राम्रो केटीले मलाई किन फ्रेन्ड्शिपको रिक्वेस्ट पठाएको होला?' । मैले उनलाई फ्रेन्ड्शिप रिक्वेस्ट पठाएकोमा धन्यवाद दिदै नचिनेको मान्छेलाई किन यस्तो रिक्वेस्ट पठाएको भनेर एउटा म्यासेज पठाए । उनको जवाफ थियो 'मैले हाइफाइव चलाऊदै गर्दा कतैबाट तिम्रो प्रोफाइल देखे । अनि तिमीले आफ्नो बारेमा लेखेको पढे, मलाई धेरै राम्रो लाग्यो । त्यही भएर मैले तिमीलाई साथी बनाउन चाहेको।' 'ए राता मकै! हैन के लेखेछु त मैले आफ्नो बारेमा?' मैले आँफैले आफ्नो बारेमा लेखेको कुराहरु दोहराएर पढे, तेहराएर पढे । अनि 'ए ठिकै लेखेको रहेछु' जस्तो लाग्यो ।
हाइफाइवबाट सुरु भएको हाम्रो सम्बन्ध बिस्तारै फोन नम्बर आदानप्रदान भएर फोन वार्तालाप र टेक्स्टिङमा आइपुग्यो । साँझपखदेखि सुरु हुने टेक्स्टिङमा बिहान हुँदासम्म थुप्रै म्यासेजहरु आदानप्रदान भैसकेको हुन्थ्यो । उनलाई घरबाट मलाई फोन गर्न अफ्ठेरो हुने हुनाले धेरैजसो आफ्नो काममा आउँदा र जाँदा फोन गर्ने गर्थिन् । पछि कुरा गर्दै जाँदा थाहा भयो उनीले भर्खर अन्डरग्र्याजुयट लेभलको पढाई सकाएर काम थालेकी रहिछिन् । नेपालमा प्लुसटु सकाउने बित्तिकै हरियो पत्ता पाएर उनी परिवार सहित अमेरिका छिरेकी रहिछिन् । उमेरमा म भन्दा ५-६ बर्षै कान्छो भए पनि उनी मलाई तिमी नै भनेर सम्बोधन गर्थिन् जुन मलाई पनि नराम्रो लागेको थिएन । हामी फोनमा धेरै समय कुरा गर्थ्यौ । हाम्रो चिनाजानी भएको केही महिनामै उनको जन्मदिन परेकोले उनलाई मैले सानो उपहार पठाएको थिए । मैले पठाएको उपहार पाउँदा उनी सार्है खुशी भएर मलाई फोन गरेकी थिइन् र हामीले घण्टौ कुरा गरेका थियौ ।
मलाई बोस्टन शहर सार्है रमाइलो लाग्छ र आत्मीय पनि । बोस्टन शहर घुमिरहदा मलाई आफू काठमाडौंमा नै रहेको भान हुन्छ । म बर्षमा एक चोटि सधैं बोस्टन पुगेको हुन्छु । हुन त मेरो परिवारको सदस्यहरु त्यहाँ भएकै कारणले पनि त्यसो भएको हो । तर वास्तवमै भन्नुपर्दा मलाई अमेरिकामा मनपर्ने शहरहरु मध्ये बोस्टन पहिलो नम्बरमा पर्छ । हाइफाइव र फोनमा धेरै कुराकानी भए पनि हामी दुईले प्रत्यक्ष भेटघाट गर्ने मौका भने पाएका थिएनौ । त्यो बर्षको समर बिदामा मलाई नेपाल गएर फर्कनु पर्ने थियो र नेपालबाट फर्किदा म लगभग १० दिन जति बोस्टनमै बसे । तर दुर्भाग्य उनी पनि आफ्नो परिवार सहित कतै छुट्टी मनाउन गएकोले त्यो बसाइमा उनीसँग भेट भएन । एक अर्कालाई भेटेरै कुरा गर्ने दुबैको रहर पुरा हुन सकेन । ठिकै छ नि त यो चोटि नभए अर्को चोटि त पक्कै भेटौँला भन्दै आफ्नो मनलाई बुझाए । बोस्टनबाट फर्किए पछि मेरो बसाइ कोलोराडोतिर सर्यो । तर यसले हाम्रो फोन संपर्कमा भने कुनै असर पुर्याएको थिएन । हाइफाइवबाट भने हामी बिस्तारै फेसबुकतिर सरिरहेका थियौ । उनी मलाई कहिलेकाँही 'मेरो त केटो छ है' भन्थिन् । तर मलाई पुरा विश्वास थियो कि उनी पूर्ण रुपमा मलाई नै चाहन्छिन् र मलाई पनि उनको त्यतिकै चाहना थियो । हामीलाई केवल एउटा भेटको मात्रै पर्खाइ थियो । जुन भेटम हामी आफ्नो मनमा लागेका सबै कुराहरु धक फुकाएर गर्नसकौ ।
समयले सिंगै एक बर्षको फड्को मार्यो । फेरि मेरो बोस्टन जाने दिन आयो । तर यो चोटिको मेरो बोस्टन घुमाइ सार्है नै व्यस्त हुन संकेतहरु मैले पहिले नै पाइसकेको थिए । त्यो बर्ष बोस्टनमा एनएको सम्मेलन हुँदै थियो र त्यो सम्मेलनमा सहभागी बन्ने मेरो पहिले देखिकै योजना थियो । त्यही समयमा मलाई शिकागो देखि नायगरा फल्ससम्मको यात्रामा पनि जानु पर्ने थियो । यस्तै गरि अरु थुप्रै कामहरु थिए । तर म जहाँ भएर जे गर्दै गरेको भए पनि मैले आफ्नो हरेक गतिविधीको जानकारी उनलाई गराइरहेको हुन्थे । बोस्टनमा भएको एनए आशा गरे झै नभए राम्रो नभए पछी मैले त्यसमा आफ्नो सहभागिता छोट्याए तर शिकागो देखि न्यूयोर्क घुम्दा घुम्दै मेरो धेरै समय चाँही स्वहाँ भैसकेको थियो । तर पनि उनलाई भेट्न तय भएको केही दिनहरु मसँग अझै बाँकी थियो । उनले मलाई बोस्टनमा रहेको युद्द सम्बन्धी एउटा पुरानो संग्रहालय लैजाने प्रस्ताव गरेकी थिइन् जसलाई मैले सहर्ष स्विकार गरेको थिए । मलाई लोभ थियो उनको र संग्रहालयमा राखिएका सामाग्रीहरुको तस्बिर उतार्ने । त्यो बेला मसँग भर्खर किनेको निकोन डिएसएलआर क्यामेरा थियो । त्यसैले पनि म बढी उत्साहित थिए । उनलाई मैले १ बजे भेट्ने समय दिएको थिए । आँफैले गाडी लिएर जादा पार्किङको समस्या आउने हुनाले बसबाट आउनु भन्ने सल्लाह दिएकी थिइन् उनले ।
नजिकै रहेका एक जना सिनियर दाइलाई भेट्ने काम पनि सकाइहाल्छु भन्ने उद्देस्यले म ११ बजेतिर ती दाइको घरमा गए । खासमा उहासँग दुईचार भलाकुसारी गरेर भाग्ने मेरो दाउ थियो, तर त्यहाँ त पार्टी नै पो रहेछ । ल बस कुरा गरौ अनि खाना खानु पर्छ भन्न थाल्नुभयो । मैले होइन दाइ मलाई अलि हतार छ भन्दा भन्दै पनि नाइँ चाँही भन्न सकिन । मलाई लाग्यो म खाना खाएर निक्लन भ्याउँछु । पछी त उहाँले मेरो परिवारबाट अरुलाई पनि बोलाउनुभयो । अब मलाई थाहा भैसकेको थियो कि म नराम्रोसँग फँसे । एक छिन एक छिन भन्दा भन्दै उनलाई मैले भेट्न दिएको समय आउनै लागिसकेको थिए । मैले उनलाई फोन गरेर आफू कुनै जरुरी काममा फसेको र आउन केही ढिला हुने बताए । तर दाइकोमा म यस्तरी फसे कि मैले उनलाई फोन गरेर पछिल्लो पटक दिएको समयमा पनि पुग्न नसकिने छाँटकाँट देखियो । उनी निर्धारित ठाउँमा आइपुग्दासम्म पनि मैले बस चढेको थिइन । मैले पटक पटक फोन गर्दै उनलाई आफू आउँदै गरेको जानकारी दिइरहेको थिए । तर बस चढ्नु भन्दा ठीक केही मिनेट अघि फोन गर्दा उनको फोन उठेन, त्यतिबेलासम्म लगभग आधा घण्टा भन्दा बढी नै ढिला भैसकेको थियो । यसरी पटक पटक फोन गर्दा पनि उनले फोन उठाइनन् । मेरो मन भत्भत पोले झै भयो अनि यो पनि पक्का भयो कि उनी अब त्यहाँ छैनन् । 'अब के जानु?' म अमिलो मन लिएर घर फर्किए । फेसबुकमा उनको एउटा म्यासेज आएको रहेछ ' यसरी पर्खाएर भेट्न नआउनेहरुलाई म साथी बनाउँदिन, आज देखि तिम्रो र मेरो सबै सम्बन्ध सकियो' । यति म्यासेज लेखेर उनले मलाई आफ्नो फेसबुकबाट पनि हटाइछिन् । सार्है नरमाइलो लाग्यो । मलाई अब उनलाई फोन गर्न पनि मन लागेन । एउटा भर्खर बन्दै गरेको सम्बन्ध गर्ल्यामगुर्लुम्म ढल्यो । आखिर भेटसम्म पनि गर्न पाइन । मैले उनलाई प्रत्युतर पठाउदै क्षमा मागे र साथमा यो पनि लेखे कि यदि उनी मेरो भूलको सजाय एउटा सम्बन्धको अन्त्य गरेर दिन चाहन्छिन् भने म त्यसलाई स्विकार्ने छु । यस पछि मैले कहिल्यै उनीसँग संपर्क गर्ने कोशिस गरिन ।
आज साझामा अनायासै उनको तस्बिर देख्दा बिगतका ती केही मिठा र धेरै तिता पलहरु फेरि सम्झिन पुगें । यदि मैले त्यो दिन ती दाइलाई नाइँ भनेर समयमा नै हिंड्न सकेको भए... मैले जीवनमा नाइँ भन्न नसक्दा धेरै दु:ख पाएको छु । वास्तवमा चाहिने ठाउँमा नाइँ पनि भन्नसक्नु पर्दोरहेछ नत्र भने सबैतिर भद्रगोल मात्र हुँदोरहेछ ।
जिते दाइ एकदम रमाइलो कथा रैछ ..
तर अन्त्य भने अमिलो नै भएछ ..एकदम दुख लाग्यो ..
मलाई आस छ उनिसंग तपाइको फेरी भेट हुने६ !
यो भयेको एक वर्ष पहिले हो कि ,दुइ वर्ष रे ??
जिते दाई को एस्तो ट्राजिटी पो परेको रैछ
फेरी एक चोटि ट्राइ मार्ने होकिन
एसो मेसेज वा फोन गरे कसो होला - कुरा मिलिपो हाल्छ किन
हरिप ट्राजेडी पर्या रैछन्त जिते सोमको !
खासमा भन्ने हो भने भेट्न ढिलो आकै कारण हिरोइनले कहिले नभेट्ने गरी कट्टी नै त गरी नाहल्न हुने हो ! अली कडै मिजाजको परिछिन् हिरोइन !
अहिले यसो बुझ्दै जाँदा कतै हिरोइनले जितेलाई 'नाइ' भन्नै नसकेर भेट्न आउछु भन्या थिई कि पनि जस्तो लाग्छ भनेर भन्दा जितेको मुख झन ख्यास्र्याक्क पर्ने होला ! नाइ भन्दिन !
जिते ब्रो को मार्मिक कथा को छनक त फेशबूकमा छुस्स भेटेको थिए। लरकीलाई कुराउनु भनेको काली दुर्गालाई जिसकाउनु बरोबर हुन्छ - मोरल अफ दि स्टोरी ।
लहरे ले भने जस्तै अनी हिजो फेशबूक मा भने जस्तै एकफेर ट्राइ मारेर केही बिग्रिन्न । मन हो कहिले कही बहकिन्छ, मन हो कहिले काही फेरी सुल्झिन्छ ।
GT, here's hoping that she will read this post and gets back to you.
Good luck; it was well written.
अब त्यत्रो दिनको कुरा कानी पछी भेट्न आउँदा पनि हिरो ले टाईम मा न आएपछी हिरोइन बिच्कनु त स्वाभाबिकै हो नि
भेटेर के कुरा गर्ने, कसरी लजाउने र अरु कुरा पनि सोचेर बसेको होला हिरोइन - हिरो ले एस्तो धोका दिनु त नहुने हो
मान्छे लाई भेट्न बोलाएपछी - टाईम मा आइदिनु नै पर्यो नि त्यो नि फर्स्ट भेट - यो त अत्ती इस्पेसल भएन र
अहिले त एस्तो गर्ने मान्छे ले पछी के गर्ला भनेर सोचेको नि हुन सक्छ -
जिते दाई ले आफ्नो हुन सक्ने सम वन स्पेसल् लाई सम वन स्पेसल् को फील दिन नसकेर नै एस्तो भा को जस्तो लाग्छ है मलाई त
फेरी पनि कल गर्ने हो कि न
यस्तो पो दोस्ती त! आफ्ननो दोस्तीहरुलाई नाॅइ भन्न नसक्ने बरू GFलाइ कुराएर राख्न सक्ने। सबक त दह्रो सिकाइहुन् हाम्री हुन नसक्या GTनी भाउजुले:P
ब्रो को कथा/वास्तविकता पढेर 'बिचरा' भन्नु पर्ने भयो नि । साथी लाई अफ्ठ्यारो परे होला भन्ने नसोचेर एकैचोटि 'ब्रेक' गर्ने लाई पनि किन सम्झेर रोएको ब्रो? तर मौका चाँही छुटाउन नहुने हो है किनकी त्यस्तो मौका हरु बिरलै आउछ अनी पछुताउनु बाहेक कही हुन्न । अब अर्को पटक लाई 'गूड् लक" है !
यो नाइ भन्न नसक्नु पनि गार्हो काम रहेछ । आफु पनि हत्तपत्त नाइ भन्न सकिन्न अनी दु:ख पाइएको छ ।
यस्तै खाल्को एउटा फिलिम "Yes Man" पनि हेरेको थिए एक्पटक ।
जिते मित्र,
नहुनु थियो, भैगयो बाहेक म अरू भन्न सक्दिन र यी हरफहरु तपाईको लागी सम्झिन चाहन्छु
"गल्ती न मेरो हो, न त तिम्रै थियो
समयले हाम्रो मिलनलाई छेकि दियो
दोष म तिमीलाई दिन्न, तिमी मलाई नदिनु
बिछोड भो त के भो, आफुलाई सम्हाल्नु ......."
Last edited: 28-Dec-11 09:08 PM
कथा हो कि वास्तविकता हो थाहा भएन तर प्रस्तुती राम्रो छ। अब यो घटनाबाट केही पाठ सिक्ने पो हो कि? कहिलेकाँही नाइँ पनि भन्न सक्नु पर्छ। नाइँ भन्न नसक्नु धेरै मान्छेको कमजोरी हो, यसले फाईदा छैन, घाटा मात्र हुन्छ। यो कुरा सबैलाई थाहा छ तर पनि व्यबहारमा उतार्न गाह्रो छ।
@ramronepal: रिसानी माफ होस् प्रभु! म सिकारु लेखक भएकोले कथामा धेरै घटनाक्रमहरु जोड्दा अनियन्त्रित भई त्यो सलल नबग्ने पो हो कि भन्ने मलाई डर थियो । नत्र त हजुरहरुको मायालाई कसरी भुल्न सक्छु र? केटीहरु त थुप्रै आए थुप्रै गए तर हजुरहरुको साथ त मैले सधैं पाइरहेको छु नि । त्यसकारण यसलाई अन्यथा नलिनुहोला ।
@georgian_satellite: कथा मनपराइदिएकोमा र सल्लाहको लागि धन्यवाद
@bhaktedai: सुद्दासुद्दीको लागि धन्यवाद है
@chamatkar: लौ चमत्कार भाइ आशा गर्नु चाँही नराम्रो कुरा होइन तर नहुने कुरामा आशा गरेर पनि के काम है, यो भएको चाँही मैले तिमीलाई भेटेकै बर्ष हो है त
@serial: भन्छन् नि लहरे बगेको खोला फर्किदैन भनेर .... त्यस माथि उनी अहिले अरु कसैको भइसकिन्
@ritthe: त्यती सार्हो चाँही न होला कि त रिठ्ठु
@rahulvai: त्यही त ठुल्दाइ राम्रो मोरल पाए नि योबाट तर भन्छन् नि कुकुर को पुच्छर बार्ह बर्ष ढुङ्रोमा राख्यो ढुङ्रै बाङो भने जस्तो
@stiffler: सदाशयताको लागि धन्यवाद है
@sabaikosatru: केही छैन शत्रु अब चाँडै नै अर्को भाउजु लिएर तिम्रो नयाँ दुकानमा आउछु नि
@stat: के गर्नु ब्रो बिचरै भएको थिए त्यो चोटि त .... ब्रो ले भनेको त्यो yes man चाँही netflix बाट मगाएको छु आउँदै होला
@mulmiz: मुल्मी ब्रो सार्है मन छुने गीत राख्यो त
@brokendream: हजुरको सल्लाहको लागि धेरै धेरै धन्यवाद!
ओहो त्येई बेलामा पो हो !अँ ,तपाई सार्है व्यस्त देखिनु हुन्थ्यो येसो देख्दा पनि ... हामी संगै बसेर मोमो खाको दिन त यो घटना पछि होइन .?
GT, story is nice. could be better... rework on the ending part..
I clearly know this is just a made up story
कथा त राम्रो लाग्यो तर अन्तमा ठिकै भएछ किनकी,
१. सुरु भएको सम्बन्ध झमेला बिना नै अन्त भो
२. आधा घण्टा ढिलो हुँदा जीवन मा नपाउने र कहिले सिक्न नै नसकिने अनुभव यति चाँडो पाईयो
३. बारम्बार फोन गरेर म ढिलो हुन्छु भनेर भन्दा पनि नसम्झने लाइ के को साथि मान्नु ?
४. भनेको समयमा आउन नसक्ने मुर्ख जसलाई जीवन भरिको माया साचेको थियो - कसरि दिनु --
अन्तमा, बहुत राम्रो शिक्षा दिने खालको लेख लाग्यो र पढ्दा पनि आनन्द आयो ...
GT ... krishna ji ko yo ni eutaa lilaa bhannu parlaa .. Krishna ji le chaahera pani radha lai paauna sakenan .. aba aafu le ni tyehi samjhera santushta bhayera basnu parlaa kaso
@binodb: सुझावको लागि धन्यवाद! तर यो कथा हो कि वास्तविकता हो भनेर निर्णय गर्ने अधिकार यहाँ जस्ता पाठकहरुकै हो । तर एउटा कुरा के हो भने यदी यो वास्तविकता भएर पनि यहाँलाई काल्पनिक लाग्यो भने मैले आफ्नो प्रस्तुतीमा धेरै नै सुधार गर्नुपर्ने हुन्छ । कथा लेख्ने यो मेरो प्रयास साझामा पहिलो हो । आउँदा दिनहरुमा यहाँहरु सबैको सुझाबलाई ध्यान दिने छु ।
@peacesoul: बुँदागत रुपमै कथाको बिश्लेषण गरिदिनु भएकोमा र कथालाई मनपराइदिनु भएकोमा ज्यादै आभारी छु ।
@baire: अब बैरेले नै त्यसो भने पछी नाइँ भन्न त मन लागेको होइन तर फेरि पनि नाइँ भनिन भने बार्ह्र बर्ष रामायण पढायो सिताको पोइ को भने जस्तो हुने हो कि?
साधारण कथा बस्तु को एक दम उत्कृष्ट प्रस्तुती , जि टि दाई को कबिता को त म फ्यान थिए नै अब देखी लेखाइ को नि भये है
GT ब्रो दिल फेकं छ भन्या त होइन रेछ तर एउटा कुरा नि जिन्दगी मा तेस्ता घटना त हरेक क्षेत्र मा भै रहन्छन होइन र? GT ब्रो लाई कस्तो याद आइ रको। भित्रै सम्म छोको रेछ जे होस्
kt ले चाइ सोच्या होला पहिलो भेट मै बेस्करी कुराउने लाई के भनुम र खै। लेखाइ चाइ सलल बगेको नै हो मान्नै पर्छ
जितु दाइले बघिनी भाउजु पाउन लेख्या रैछ, अनि कहाँ बाट खाएर मिलोस त त्यो केटि संग मन .....
हुन त डमरु भतिजले फुर्सद नदेको होला तर एस्सो मनको कुनाकाप्चा छामछाम छुमछुम गरम त पुराना कथा निस्की पो हालचा कि ....... पुरानालाइ नया बनार कथा जाओस न ल
Please log in to reply to this post
You can also log in using your Facebook