lets share some beautiful gazals - Sajha Mobile
SAJHA MOBILE
lets share some beautiful gazals
Posts 8 · Viewed 9254 · Likes 2 · Go to Last Post
sojhoketa1
· Snapshot 0
Like · Likedby · 1
 गजल

 

कहिलेकहिँ सपनामा आउने गर है

कुरी बस्छु दोबाटोमा धाउने गर है |

 

तिम्रो आँखाले धेरै पिडा बोलेको देख्छु

एकबारको जिन्दगि हो रमाउने गर है |

 

रोजाई खोजाईमै किन समय खेर फाल्छौ

चारैतिर आकाशझै छाउने गर है |

 

त्यो मनको पीडालाई दुर दुर भगाऊ तिमि

धक फुकाई जीवन संगीत गाउने गर है |

 

को कहाँ कता हुन्छ कसलाई थाहा

सधै सधै मिठो मुस्कान सजाउने गर है |

mulmiz
· Snapshot 22
Like · Liked by · 0
hmm, mitho lagyo hajur ko gazal mitra
sojhoketa1
· Snapshot 54
Like · Liked by · 0
 thank you ...comments and  creative inputs in this thread appreciated...
Ghorle Boko
· Snapshot 88
Like · Liked by · 0
Wa wa sojho keta... Kya baat!!
Allegro
· Snapshot 130
Like · Liked by · 0

Ramro lagyo.
Junelii
· Snapshot 126
Like · Liked by · 0

कस्तो सोझो, निर्दोशी खाले भावहरु बोकेको मिठो गजल... सरल शब्दहरु मा सललल बगेको। अरु पनि पढ्न पाइयोस्.  

KaliKoPoi
· Snapshot 249
Like · Liked by · 0
मेरो रचना नभएनी पोस्टिद्या है ....


तिमीलाई अंगालोमा, कस्साउनु मै मज्जा हुन्छ..
ओंठ माथि ओंठ लाइ, टस्साउनु मै मज्जा हुन्छ.. 
!
आखिर मन मिलाउनु छ, मिले पछी जे जे हुन्छ..
उन्माद का जोश हरु खसाउनु मै मज्जा हुन्छ...
!
भाव मा बग्दै जादा, सामिप्य गहिराइमा..
जोश भित्र होस हरु पसाउनु मै मज्जा हुन्छ...
!
गहराई खोज्ने मन भित्र, त्यस्तै मन मिलाएर..
क्षण मै थकित बनाई बसाउनु मै मज्जा हुन्छ...
!
तिमीलाई अंगालोमा, कस्साउनु मै मज्जा हुन्छ..
ओंठ माथि ओंठ लाइ, टस्साउनु मै मज्जा हुन्छ.. !!
cajunboy
· Snapshot 353
Like · Liked by · 1

तिम्रो मुस्कान मेरोलागि स्वागतकोद्वार बन्छ ।
मनले सधै हृदयको संघार टेकौं भन्छ ।
बदामे ती नयनले, सारा बाधा छेकी दिन्छन् ।
अनायसै पाइलाले तिम्रो आगन टेकी दिन्छन् ।
गुलावी अधरको र्स्पर्शले, नशा त्यसै लागि दिन्छ ।
उदासी ती रातलाई तिम्रो साथले 'रेकी' दिन्छ ।
बिहानीको सिरेटोले माथ जब छोइदिन्छ ।
हठात उठ्छु म, विपनाले सपना मेटी दिन्छ ।


Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 68
· Posts 3 · Viewed 720 · Likes 2
· Posts 2 · Viewed 191
· Posts 8 · Viewed 795 · Likes 1
· Posts 4 · Viewed 299
· Posts 1 · Viewed 119
· Posts 1 · Viewed 94
· Posts 1 · Viewed 82
· Posts 8 · Viewed 849
· Posts 5 · Viewed 528



Your Banner Here
Travel Partners
Travel House Nepal