गजल
ति मनका संवेगहरू छताछुल्ल पोख्ने कहिले
सम्बन्धको यो भारलाई सबै सबै जोख्ने कहिले |
आँखिर मनै त हो जे पनि हुन सक्छ
मनभित्रको त्यो बाढीलाई भन तिमि रोक्ने कहिले
पिडा त दुवैतर्फ उस्तै उस्तै होला सायेद
भएजति सबै पिडा दुवै मिलि बोक्ने कहिले
फूलहरु धेरै फुले तिमि जति कोहि फुलेन
तिम्रो मनमा मेरो मनको लालकिल्ला ठोक्ने कहिले
आज एउटा बाचा गरौ आशा अनि भरोसाको
सम्बन्धको डोरी गास्न भन मिति तोक्ने कहिले |