ढिलो भएछ - Sajha Mobile
SAJHA MOBILE
ढिलो भएछ
Posts 8 · Viewed 8073 · Likes 4 · Go to Last Post
Geology Tiger
· Snapshot 0
Like · Likedby · 3
बसन्तको आगमनसँगै
मिठो सुवास छर्ने त्यो फूल
मेरो आँगनमै ढकमक्क फुलेको रहेछ ।
तर म बनमाराहरुको घारीबिचमा
निरर्थक, अनि लगातार जीवनको सुगन्ध खोज्दै रहेछु ।
अपसोच अब त्यो फूल मेरो रहेन,
फूलको त्यो सुगन्धमा लठ्ठ हुने
भँवरा अर्कै आइसकेछ ।

म एउटा पागल झैं चिच्याउँदै र कराउँदै
आकाशमा टांगिएको ईन्द्रधनुषसँग
अलिकति रंगहरु सापटी मागिरहेको थिए ।
तर जवानीको अनेक सुन्दर रंगहरु
मेरो छेवैमा असरल्ल पोखिएका रहेछन् ।
फर्की हेर्दा मात्र थाहा पाएँ,
ती रंगहरुमा अरु कसैले आफूलाई रंगिसकेछ ।

म बेमौसमी सपनाहरुको खेती गर्दै
हावामा बिशाल महललाई
आशाका झिना त्यान्द्राहरुले अड्याउन खोज्दै थिए ।
तर सपनाहरुको त्यो भीडदेखि पर
एक जोडी आँखाहरु यथार्थमा मलाई नै खोज्दै रहेछन् ।
तर जब म भ्रम र यथार्थ छुट्ट्याउन सक्ने भए,     
थाहा पाए कि ती आँखाहरुलाई अब मेरो कुनै खोज रहेन ।

म बाँच्नुको अर्थ खोज्न
अनि जीवन र जगतलाई बुझ्न
जताततै भौतारिदै हिंडे,
दर्शनका पंडितहरुलाई सुन्दै हिंडे ।
तर बाँच्ने चाहनामा एउटा जीवन
मेरै आशा साचेर बसेको मैले देख्न सकिन ।
ढिलो भइसकेछ जब देखें मैले
थाहा पाए कि त्यो जीवनमा मप्रति अब कुनै आशा रहेन ।

gorkhali keto
· Snapshot 28
Like · Liked by · 0
 just wa wa waa................ grea888888888888 

keep rocking sajha broda...........................
Bhaktey
· Snapshot 134
Like · Liked by · 0
जिते ! कविता त खतरा गयो त !! 
timi_mero_sathi
· Snapshot 161
Like · Liked by · 1


ल GT ब्रो को  दामि कबिता छ
उस्कै लागि dedicated जस्तो छ 


मेरो तरफ बाट पनि एउटा टुक्रा


तिमी सौदर्य को फुल
म कामुक भबरा
तिमी चिन्न ढिलो भएछ

तिमी जवानी को मधुमास
म योबन को जोस
तिमी कहाँ पुग्न ढिलो भएछ

तिमी रोमान्टिक कबिता
म तन्नेरी पाठक
तिमी पढ्न ढिलो भएछ
 
chamatkar
· Snapshot 201
Like · Liked by · 0
बबाल छ जी ति दाइ
Geology Tiger
· Snapshot 376
Like · Liked by · 0
लौ कविताको बिषयमा केही लेखिदिनु हुने, मनपराइदिनु हुने र कविता हेरिदिनुहुने सबैको जय होस् ।

के गर्नु आजकालको जमानामा आँफै कवि र आँफै पाठक बन्नुपर्ने स्थिति छ । धन्न साझाले एउटा ठाउँ दिएको छ.... 
Rahuldai
· Snapshot 403
Like · Liked by · 0

पढ्दा पढ्दै आँखा गिलो भए छ,
जिते,कबिता पढ्न ढिलो भए छ।

सुन्दर सिर्जना ।

ritthe
· Snapshot 458
Like · Liked by · 0

ओहो कस्तो चोटिलो कबिता !

पेल्दै गरम है जिते ब्रो बेला मौकामा त ठाउँमै पर्छ नि !

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 18 · Viewed 3920 · Likes 3
· Posts 1 · Viewed 62
· Posts 1 · Viewed 60
· Posts 1 · Viewed 150
· Posts 1 · Viewed 308
· Posts 1 · Viewed 176
· Posts 1 · Viewed 102
· Posts 1 · Viewed 92
· Posts 77 · Viewed 18693 · Likes 16
· Posts 1 · Viewed 145



Your Banner Here
Travel Partners
Travel House Nepal