के के गर्न थालेको छु - Sajha Mobile
SAJHA MOBILE
के के गर्न थालेको छु
Posts 2 · Viewed 5362 · Go to Last Post
sustasuman
· Snapshot 0
Like · Likedby · 0
 अनिता,

म सोच्न पनि सक्दिन तिम्रा शब्दहरु

कसरी मल्हमबाट धारिलो चक्कु भए

घाऊमा बिछिप्त,

सधैं माया बाड्ने सपना बोकेको

म आफै मायाको भिकारी भएको छु

 

अनिता

हामीले संगै देखेका ती सपनाहरु

सजाउन नपाउदै पानिका फोका भए

बिपनामा मुछित,

सपना र यथार्थको दुरी घटाउछु भन्ने म

आफै पाइलो चाल्न नसक्ने भएको छु

 

अनिता

केहिबेरको भेटघाट र धेरैबेरको सम्बाद

मनबाट कहिलै नमेटिने भए

मन हराएको,

मनले चाहेको हुन्छ भन्ने उदाहरण दिने

म आफै मनको अस्तित्व माथी शंका गर्ने भएको छु

 

अनिता

म साच्चिकै दयालाग्दो भएको छु

नशामा लागेकालाई होसमा लेर्याउने

आफै नशामा चुर्लुम्म डुबेको छु

जीवनको लक्ष्यको लागि सधै लाग्ने

गन्तब्यहिन बाटोमा भौतरिरहेको छु

मुस्कुराउथे तिम्रो तस्बिर हेरी

आज त्यसमाथी आसु चुहाउन थालेको छु

सपनामा प्रतक्ष्य भेट हुन्थ्यो

हर प्रहर परेली खुल्ला राख्न थालेको छु

मृत्‍यु नै सजिलो हो की

जीवनलाई भित्र देखि घ्रिणा गर्न थालेको छु

Grenade
· Snapshot 135
Like · Liked by · 0
Anita,
Kabita Ramro chha....
Nikai Ramro Kabita lekhna thaleko chhu...
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 168
· Posts 3 · Viewed 374
· Posts 5 · Viewed 551
· Posts 55 · Viewed 2001
· Posts 4 · Viewed 599
· Posts 6 · Viewed 485
· Posts 1 · Viewed 114
· Posts 1 · Viewed 111
· Posts 16 · Viewed 2916 · Likes 5
· Posts 3 · Viewed 409



Travel Partners
Travel House Nepal