MAY HER SOUL REST IN PEACE.
"Purana Kagaz"
क्यालिफोर्नियास्थित वडल्याण्डमा बसोबास गर्दै आउनुभएकी नीला दाहाल वर्ष ४५, मार्च १२ तारिख शनिबार विहान क्याफेभ्याली भन्ने ठाउँमा कार दूर्घटनामा परी निधन हुनुभएको छ ।
दाहालसँगै अर्की एक जना फिलोपिनो महिलाको समेत निधन भएको दाहालको परिवारले क्यालिफोर्नियाबाट
नेपाली पोष्टलाई जानकारी गराउनुभएको छ ।
स्थानीय क्यासिनोमा राती काम गरेर घर फर्कदैं गर्दा विहानको समयमा कार दूर्घटना भएको थियो । दूर्घटनाबारे विस्तृत जानकारी प्राप्त हुन सकेको छैन ।
तीन जना रहेको उक्त कारमा सवार अर्की रञ्जना पोखरेलको भने अवस्था चिन्ताजनक रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल भक्तपुर कौशलटार निवासी दाहाल विगत पाँच वर्षदेखि अमेरिकामा २० वर्ष र दुइ जना १६ वर्षका गरी तीन जना छोराहरु साथै रहँदै आउनुभएको थियो ।