कविता पढ्ने भए भित्र आउनुस - Sajha Mobile
SAJHA MOBILE
कविता पढ्ने भए भित्र आउनुस
Posts 27 · Viewed 24593 · Likes 9 · Go to Last Post
The Lonely Traveler
· Snapshot 0
Like · Likedby · 0
 महिला तथा सज्जनबृन्दहरुले कृपया सुझाउ दिनुहोला. यो हल्का प्रयास मात्र हो.

दुइ शब्द

मध्यरातको सुन्यता तोडी
रातो घाम लागे हुन्थ्यो 
पिंजडा छोडी हिडेकिले
नयाँ बास पाए हुन्थ्यो!

एकै गल्ति काफी यहाँ 
हजार मुटु रुवाउनलाई
पानि जस्तै यी आँशुले 
श्राप तिमीलाई नलाए हुन्थ्यो!

चेट भएको चंगा जस्तै 
स्वतन्त्र तिम्रो जिन्दगानी 
सम्झनामा लट्टाई धागो 
सजाई राख्न पाए हुन्थ्यो! 

बोटे दाइको जुनी जस्तै 
आँफु त्यहिँ अरु टाढा 
शिखरमा तिमि पुग्दा
हर्सांशु झार्न पाए हुन्थ्यो!

खरको छानो चुहिएर 
रुझाएको तिम्रो तनले 
देउतालाई जस्तै ओताइराख्ने
सुनको छानो पाए हुन्थ्यो!

मेरो माया स्वार्थी देख्ने 
तिम्रो मनको बगैचाले
फूलै फूलले सजाई राख्ने
असल माली पाए हुन्थ्यो!

तिम्रो जिन्दगीको नौलो कथा
हजार खुसि एकाध व्यथा 
लयहाली गाइने दाईले 
संसार भरि गाए हुन्थ्यो!

मध्यरातको सुन्यता तोडी
रातो घाम लागे हुन्थ्यो 
पिंजडा छोडी हिडेकिले
नयाँ बास पाए हुन्थ्यो!

© The Lonely Traveler (2011)


Load Previous
timi_mero_sathi
· Snapshot 211
Like · Liked by · 2
ल राम्रो कबित लेखेको म मेरो पनि बधाई

मैले त रक्सी छोडेकै हो तर रोयो रक्सी
रक्सी रोएको हेर्न सकिन, फेरी सुरु गरे रक्सी

SimpLe_KeTa
· Snapshot 284
Like · Liked by · 0
गज्जवै राम्रो छ!
Last edited: 06-Feb-11 10:37 AM
The Lonely Traveler
· Snapshot 350
Like · Liked by · 0
@ Timi_MEro_sathi: हैन, यो पनि मेरै कथा संग मिल्यो त/ 
@Simple Keta: Kuro bujhna ali garo vayo...thanks for your comment though!!
SimpLe_KeTa
· Snapshot 372
Like · Liked by · 0
राम्रो छ!
Last edited: 06-Feb-11 10:36 AM
amricane
· Snapshot 429
Like · Liked by · 1
Simple keta, u seems pro on poem writing! In my opinion we don't need laya chanda rytham anything for writing a nice poem !
Lonely Travaler has done good job!
U can go and look som great nepali poets and poems , they don't have anything u maintion but still they carry big feelings!
Writing poems is all about sharing feeling bro , if we were pro than why we need to post in sajha?
The Lonely Traveler
· Snapshot 477
Like · Liked by · 0
 @Simple Keta: I am taking ur comments positively brother. Thank you. I think u shouldn't have removed ur comment about effective poem writing.

The Lonely Traveler
· Snapshot 480
Like · Liked by · 0
अमेरिकानेले मेरो नाक फुलाइदिनु भयो. धन्यबाद! यो मेरो feelings हो. सहि हो.  
The Lonely Traveler
· Snapshot 485
Like · Liked by · 0
 Thank you wosti Sir!!
SimpLe_KeTa
· Snapshot 494
Like · Liked by · 0
कृपया सुझाव दिनु होला।

धन्येवाद!


केहि दिनमा आउँ कि


जिँदगिको धाम छाँया तिमि सँगै जिउँ कि ?
पिरतिको चोखो माया तिमि सँगै लाउँ कि ?

खोजि हिँडे ढुकढुकि मायाले भरिएकि ।
आज भेट्दा तिमिलाई मायाले फकाउँ कि ?

कसम खाई तिम्लाई भन्छु छैन कुनै अर्कि।
चरित्रमा दाग छैन, छिमेकि सोधाउँ कि ?

भनि देउ तिमि मलाई  चिनो पो मिलाउँ कि ?
काँधमा बोकि जबरजस्ति आजै घर ल्याउँ कि ?

तिमि जस्तो पाउने छुईन बैना आजै दिउँ कि ?
तिम्लाई लिन जन्ति संगै केहि दिनमा आउँ कि ?




बाई!
Last edited: 07-Feb-11 07:34 AM
The Lonely Traveler
· Snapshot 548
Like · Liked by · 0
Oh my goodness this Gajal is so romantic in contrary to my tragic one. He he..Nice one simple Keta and thanks alot for ur wonderful wonderful suggestions!!

तिमि जस्तो पाउने छुईन बैना आजै दिउँ कि ?
तिम्लाई लिन जन्ति संगै केहि दिनमा आउँ कि ?

मैले एस्तो भन्ने दिन कैले आउला? he he..

 

SimpLe_KeTa
· Snapshot 582
Like · Liked by · 1

घुम्ने मेचमाथि अन्धो मान्छे

दिनभरि
सुकेको बाँसझै
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर,
दिनभरि
रोगी मलेवाझै
आफ्नो छाती आफ्नो चुच्चोले ठुँगेर,
घाउहरु कोटयाएर;

दिनभरि
सल्लाघारीझै एकलासमा
अव्यक्त वेदनाले सुँक्क-सुँक्क रोएर;
दिनभरि
पाते च्याउझैं
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफुलाई ढाकेर
साँझमा
जब नेपाल खुम्चिएर काठमाडौं
काठमाडौं डल्लिएर नयाँ सडक
र नयाँ सडक - असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर,
टुक्रिएर,
अखबार, चिया र पानको पसल बन्छ,
किसिम-किसिमका पोशाकमा
ओहोर-दोहोर गर्छन् थरीथरीका हल्लाहरु
फुल पारेको कुखुराझै कराउँदै
हिंड्छन् अखबारहरु
र ठाउँ-ठाउँमा अन्धाकार पेटीमा उक्लिन्छ
मोटरहरुको प्रकाशदेखि तर्सेर
अनि असंख्य मौरीको भुन्भुन् र डसाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैं
र नपाएर बिस्मृतिको 'लेथे' नदी
रक्सीको गिलासमा हाम्फाल्छु
र बिर्सन्छु आफ्नो पूर्व कथालाई
पूर्वजुनी र मृत्युलाई
यसरी नै सधै
चियाको किटलीबाट एउटा सूर्य उदाउँछ,
सधै रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ म बसेको पृथ्वी - पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदेखि,
दृश्यहरुदेखि,
रमाइलोदेखि,
प्रर्दशनीको घुम्ने मेचमाथि
करले बसेको अन्धो जस्तै ।

# गद्य कविता
# भूपि शेरचन
# घुम्ने मेचमाथि अन्धो मान्छे


Last edited: 10-Feb-11 11:48 PM
amricane
· Snapshot 724
Like · Liked by · 1
@ simple keta , there are different types of poems as far as i know. and as u explain and i went through ur poem i found u are more interested and talking about gajals not poems.
Poems are words of heart straight written in paper which may have rhythm or not !
ther is vast difference between MUna Madan(by laxmi prasad devkota) and Ghumne Mech Mathi andho manche (bhupi sherchan) , but both are nice and great creations !
Narayangarh suburb
· Snapshot 729
Like · Liked by · 0
 LIKES LIKES LIKES ...mucho likes :)
Narayangarh suburb
· Snapshot 733
Like · Liked by · 2
 पिरती पाउने भन्दा पनि 
लाउनेलाई रस छ 
छोडि जानेको प्राप्ती "नौ" होला
सम्झी बस्ने को त्याग "दस" छ
 
जिन्दगीको उकाली ओराली मा 
साईनो धेरै नै जोडीन्छन 
नथाके आँखा, न मरे मन 
नयाँ बाटा भेटिन्छन्, पुराना मेटिन्छन   
The Lonely Traveler
· Snapshot 765
Like · Liked by · 1
@Narayan Suburbs:

जिन्दगीको उकाली ओराली मा
साईनो धेरै नै जोडीन्छन
नथाके आँखा, न मरे मन
नयाँ बाटा भेटिन्छन्, पुराना मेटिन्छन...
Lets hope everything goes fine. I like ur optimessism!! Thanks for nice lines!!  
SimpLe_KeTa
· Snapshot 767
Like · Liked by · 0
जदौ कविता प्रेमि माझ! बह पोख्दै, बहाना खोज्दै... फेरि आएँ। कोशेलि ल्याएछु...

सुझाव दिनु होला!
:)


पुज्या मैले देव मानि - चोरेछ अमिरले
ढुङ्गा पनि मौन बनि - बसेछ अबिरले ॥

कर्म गरेँ घर्म ठाँनि - थाकेको आँटले
आँशु पिएँ बह छोपि - हारेको हातले ॥

माफ गर साथिहरु - छुटेको साथले
गफ गर आँखाहरु - टुटेको निन्द्राले ॥

आस राखुँ कसैलाई - छोडेछ अनेकले
सास छाडुँ आफैलाई - रोकेछ बिवेकले ॥

ठिस भएँ आफ्नै लागि - लागेको मातले
बाटो देउ मुटु छोयो - हानेको बातले ॥

# Simple_keta


कृपया सुझाव, कमेण्ट दिनु होला है, सुधार्न!
बाई!

Last edited: 11-Feb-11 12:51 AM
Last edited: 11-Feb-11 11:51 AM
copycat
· Snapshot 801
Like · Liked by · 0
comment diu diu ta lageko ho.. but ... खरो।।।  भने पछि डर लाग्यो किनकि त्यस्तो मा खरो कमेन्ट के दिन सकिएला र?
The Lonely Traveler
· Snapshot 867
Like · Liked by · 0
 @Simple Keta: Haina tapaiko kabita ta instantly furchha ki kya ho? Lastai dherai lekhnu hudo raichha ta? Good job!! Aba yi sabai kabita harulai euta pustakaakar diu...
All the best!!
SimpLe_KeTa
· Snapshot 892
Like · Liked by · 0
The Lonely धन्यवाद छ है सुझावको लागि।
भन्छन् कविता सफल हुनलाई कवि असफल हुनु पर्छ रे... कविता सफल होला जस्तो छ।

मलाई कविता फुर्ने होईन्, बरु मैले जानेको फोर्मुलामा सब्दहरु राख्ने गरेको छु।

किताब छपाउने सपनै छैन्, कवित्व छैन अनि पैसा 'नि छैन...

धन्यवाद पढिदिएर सुझाव दिनु भएकोमा!

बह पोख्दै...

Bhojpure01
· Snapshot 940
Like · Liked by · 0
बेला बेलामा सिरिश का कबिता हरु अनी राहुलभाइ ,बिगौतम का लेख पढन पाइन्थ्यो। शायद बेफुर्सदी हुनुभयो जस्तो छ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12571 · Likes 1
· Posts 7 · Viewed 3988 · Likes 1
· Posts 1 · Viewed 1093
· Posts 1 · Viewed 1078
· Posts 1 · Viewed 985
· Posts 1 · Viewed 1077
· Posts 1 · Viewed 1049
· Posts 21 · Viewed 10002 · Likes 1
· Posts 3 · Viewed 2604
· Posts 5 · Viewed 7789 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal