तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ ?
मन पराएँ माया लाएँ, मैले के बिराएँ ?
खोसेको हैन मैले, चोरेको छैन मैले
ढुङ्गा खोज्दा देउता पाएँ, मैले के बिराएँ ?
कोही माया स्वर्ग माने, कोही माया नर्क ठाने
साँचो के हो बुझ्न चाहें, मैले के बिराएँ ?
अस्ति भेट्दा लाजले मरें, हिजो भेट्दा कुरा गरें
आज नजिक सर्दै आएँ , मैले के बिराएँ ?
शब्द, संगीत -
एकनारायण भण्डारी
स्वर - अन्जु पन्त
एल्बम - अध्याय
एकनारायण भण्डारी सर ले गजल लाई
पोप तिर ढाल्नु भएको महसुस गरेको छु ।
अन्जु पन्त म्याडम
LadyGaga बाट प्रभावित हुनु भएको महसुस गरेको छु ।
पोप बिजिनेस नै हो क्यार...
गाउनु भएको छ:
तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ ? <-- Question
मन पराएँ माया
लाएँ,
मैले के बिराएँ ? <-- Question नै Answer
मैले बुझ्या:
मायाको प्यास रैछ' अन्जु म्याडमलाई LadyGaga लाई जस्तै ।
बरु भिडियोमा
नग्नता श्रेष्ठ राखेको पो छ कि?
Last edited: 01-Feb-11 10:02 AM