Anyone know this girl इच्छा? just curious - Sajha Mobile
SAJHA MOBILE
Anyone know this girl इच्छा? just curious
Posts 4 · Viewed 5871 · Likes 1 · Go to Last Post
wonton
· Snapshot 0
Like · Likedby · 0

केटी काण्डले पारस र हिमानीबीच बोलचाल बन्द




-पर्शुराम काफ्ले/नयाँ पत्रिका-


तीन महिनादेखि गोकर्ण रबारमा बस्दै आएका युवराज पारस र युवराज्ञी
हिमानीबीच्ा घरायसी झगडा उत्कर्ष पुगेको छ । दिनहुँ हुने खटपटले चरम रूप
लिएपछि उनीहरूबीच बोलचाल नै बन्द भएको छ । सिनामंगल निवासी इच्छा पाण्डेसँग
पारसको सम्बन्धका कारण परिवारमा झगडाको बिउ रोपिएको हो । पारस र इच्छाको
सम्बन्ध तोड्न नसकेपछि हिमानी आफन्तको घरमा गएर हारगुहार गर्न थालेकी छन् ।


तीन छोरा-छोरीकी आमा हिमानी गत २३ गते बुधबार आफ्नी दिदीको घरमा गएकी
थिइन् । मुनड्रप्स ओभरसिजका सञ्चालक प्रसिद्धसम्सेरकी श्रीमती हिमानीकी
सहोदर दिदी हुन् । समाचार स्रोतका अनुसार हिमानीले दिदीसित भनेकी थिइन्,
‘अब त अति भो, म ऊसँग बस्न सक्दिन । आइ बिकेम फेल्योर इन अल एटेम्प्ट ।’





पारस र इच्छाको सम्बन्ध नौलो होइन, पारसको बिहे हुनुभन्दा एक वर्षघि
बबरमहलको रिभिजिटेड होटल छेउमा उनीहरूको पहिलो भेट भएको थियो । मदिरा
सेवनकै क्रममा भेट भएको जानकारहरू बताउ“छन् । दुइ विवाह गरिसकेकी इच्छाका
दुवै श्रीमान्को मृत्यु भइसकेको छ ।


पहिलो भेटदेखि लोभिएका पारसले उनका लागि सिनामंगलमा एक घर किनेर राखेका
थिए । प्रेम प्रस्ताव पारस आफैंले राखेका थिए । समाचार स्रोतका अनुसार उनी
पारसलाई ‘तँ’ भन्थिन् ।


इच्छाका बाबु एनडी जोशी लैनचौरमा फर्निचर व्यवसाय गर्छन् । इच्छाको
पहिलो बिहे थापाथली निवासी पाण्डे थरका युवकसँग भएको थियो । लागूऔषध
दुर्व्यसनका कारण उनका दुवै श्रीमान्को मृत्यु भएको हो । उनले अहिलेसम्म
पनि पहिलो पतिकै थर लेख्ने गरेकी छन् ।


कालिकास्थानकी हिमानीसित विवाह भएपछि पनि पारस र इच्छाबीच भेटघाट
निरन्तर थियो । जानकारहरूका अनुसार इच्छाले पारसलाई लक्षित गर्दै भन्ने
गर्थिन्, ‘तँकेको शाहज्यादा – राजा हुनेखालको मान्छे होस् ।’


ज्योतिष विद्या जानेको दाबी गर्ने उनी भन्ने गर्थिन्, ‘तँ त युवराज हुनुपर्ने, अझ राजै हुनुपर्ने, म तँलाई शाहज्यादा भन्दिन ।’

१८ असोज २०५९ पछि इच्छा र पारसको भेट ठप्पै भएको थियो । दरबार सक्रिय
राजनीतिमा आएपछि अब केके हुने भन्ने डरले इच्छा पारससँग टाढिएकी थिइन् ।
‘इच्छा सजग भएकी रहिछिन्, पारससित धेरै समयसम्म सर्म्पर्क भएन’ समाचार
स्रोत भन्छ, ‘त्यसपछि पारसले काठमाडौंभर इच्छालाई खोजे, फेला पार्न सकेनन्
।’ इच्छासित पारसको सम्बन्धबारे हिमानीले वैशाख २०६१ मा मात्र थाहा पाएकी
थिइन् । वैशाखको पहिलो सातातिर हिमानी र छोरा-छोरीसहित पुतलीसडकतिरबाट
कमलादीतिर गइरहेका बेला पारसले बागबजार छेउमा बाटो काट्दै गरेकी इच्छालाई
देखेका थिए । ‘पारसले गाडीको सिसा खोलेर एइ…. भनेर कराए’ समाचार स्रोत
भन्छ, ‘तर इच्छाले वास्ता नगरी बाटो काटिन् । पारस हेरेकोहेर्‍यै भए ।’


त्यस दिन हिमानीले ती युवतीबारे पारससित धेरै सोधखोज गरेकी थिइन् ।
स्रोतका अनुसार इच्छाकै विषयमा उनीहरूबीच झगडा भएको थियो । १५ असोज २०६१ मा
नयाँ बानेश्वरको एभरेस्ट होटलभित्रको ग्यालेक्सी डिस्कोमा पारस र इच्छाको
भेट भएको थियो ।


गोरखसम्सेर र प्रगुनसम्सेरसहित डिस्को गएका पारसले इच्छालाई भेटेपछि
असामान्य व्यवहार गरेका थिए । इच्छासँग अंकमाल गर्दै पारस नाच्न थालेपछि
गोरखसम्सेरले निर्मल निवासमा हिमानीलाई फोन गरी जानकारी गराएका थिए ।

खबर सुनेर हिमानी ग्यालेक्सी डिस्कोमा आएपछि पारस ‘टेम्पर’मा आएका थिए, उनले हवाई फायर गरेर होटल परिसरलाई आतंकित बनाएका थिए ।


श्रीमतीले असामान्य अवस्थामा फेला पारेपछि आफंै रिसाएका पारस ठमेल पुगेर
आतंक मच्चाउँदै पोखरा पुगेका थिए । पोखरा पृथ्वीचोकमा गाडी रोक्न खोज्ने
ट्राफिक प्रहरीलाई उनले झन्डै ‘सुट’ गरेका थिए । पछि फेवातालमा पारस चढेको
डुँगा दुघटनामा पर्दा उनी बालबाल बचेका थिए । त्यसपछि पनि हिमानीलाई छलेर
उनले इच्छासित भेट गर्दै आएका छन् । इच्छाले सिनामंगलको घर बेचेर अहिले
निर्मलनिवास नजिकै बस्न थालेकी छन् ।


सुन्दर मुहारकी धनी इच्छा अत्यधिक लागूऔषध सेवन गर्छिन्, यही कारणले पनि
पारस र उनको सम्बन्ध अकाट्य बन्दै गएको समाचार स्रोत बताउँछ ।


पारसलाई इच्छाको प्रेमबन्धनबाट मुक्त गराउन हिमानीले हरेक प्रयास
गरिसकेकी छन् । हिमानीकै दबाबमा पारस परिवार तीन महिनादेखि गोकर्ण बस्दै
आएको थियो । तैपनि पतिको बानी नसुध्रिएपछि उनी हारगुहार गर्दै आफन्तकहाँ
धाउन थालेकी हुन् ।
lamjung
· Snapshot 407
Like · Liked by · 1


पारसनिकट एक श्रोतले  नाम नलेखिदिने सर्तमा बताए अनुसार राजतन्त्र फालिएपछी सिङापोर गएर बस्ने सल्लाह ईच्छाले नै दिएकी थिइन। पटक पटक ईच्छा पनि सिङापुर जाने गरेको र पारससित भेट्घाट गर्ने गरेको खुलासा भएको छ्। रुबेल गोलिकान्ड को दिन पनि दिउसो हिमानीसित खट्पट भएपछि पारसले ईच्छालाई तुरुन्त टाइगर टप आउ, हेलिकप्टर पठाइदिन्छु भनेका तर ईच्छाले रात परिसक्दा पनि वास्ता नगरेपछी पारस निकै Temperमा देखिएका थिए। गोली चलाउनु अघि पनि पटक पटक ईच्छालाई फोन गर्न पारस प्रयासरत थिए, र यही कारण ले उनी अझ रिसाएको हुनसक्ने बिश्लेशक हरुको भनाइ छ्।


अरु पनि थपौ साथिहरु, रमाइलो लाग्यो मलाइ त। Never heard of anything like that....I don't believe nepali patrika haru.
kalo_chasma
· Snapshot 741
Like · Liked by · 0
Support Paras
sna
· Snapshot 859
Like · Liked by · 0
Gud one lamjung
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 20 · Viewed 5369 · Likes 3
· Posts 4 · Viewed 237
· Posts 1 · Viewed 94
· Posts 21 · Viewed 3282 · Likes 1
· Posts 17 · Viewed 2660
· Posts 1 · Viewed 82
· Posts 1 · Viewed 79
· Posts 4 · Viewed 944
· Posts 3 · Viewed 320
· Posts 36 · Viewed 4331 · Likes 11



Travel Partners
Travel House Nepal