हानामी (Flower Watching)
१
पैंयुको वृक्ष्य
अहो! पुष्पवृष्टि भो
वायु शित्तल
२
दौंतरी साथ
आहा! दारुको घुट्का
स्वाद अटल
३
वनभोज ओ!
मादलु घुनघुन
स्मृति पटलवेद पौडेल
टोकियो, जापान
bed-poudel@hotmail.co.jp
Today, I am sharing 3 HAIKUs about X-mas in Japan.
3 हाइकु
X-Mas
-१-
हटिया माझ
कुकुरको शालिक
कुरेर बस्दै
-२-
पूर्वेली नानी
बजार झिलिमिली
पश्चिमी पर्व!
-३-
रमिता अति
धर्म निरपेक्ष लौ
यो छ अचम्म!
हटिया : Market, indicated for Shibuya where they wait for others near the statue of a dog.
पूर्वेली: Eastern, indicated for Japanese.
वेद पौडेल
टोकियो, जापान
bed_poudel@hotmail.co.jp
तिहार (३ हाइकु)
-१-
जुवाको खाल
आहा! छक्का तिरल
दाउ चम्कियो !
-२-
कपास धागो
हा! सयपत्री फुल
काँध सजियो !
-३-
दिदीको हात
आ! सप्तरंगी टिका
निधार गम्कियो !
वेद पौडेल
टोकियो, जापान
३ हाईकु
कार्तिक
१
प्रभात घाम
आहा! कति न्यानो भो!
मनै उमङ्ग!
२
कुन्युको कुना
लुकामारी खेलेर
पराल मूनि!
३
खले गह्रोमा
सात गोरु नारेर
दाईं खेलेको!
उही
वेद पौडेल
टोकियो, जापान
३ हाईकु
कार्तिक
-१-
प्रभात घाम
आहा! कति न्यानो भो!
मनै उमङ्ग!
-२-
कुन्युको कुना
लुकामारी खेलेर
पराल मूनि!
-३-
खले गह्रोमा
सात गोरु नारेर
दाईं खेलेको!
उही
वेद पौडेल
टोकियो, जापान
राम्रो छ ।
Last edited: 14-Nov-10 12:29 PM
Great Haikus dada_giri....simple_keta: nice thoughts on yr part...
not able to write like u guys but want to share few i have liked:
The winds that blows -
ask them, which leaf on the tree
will be next to go.
No blossoms and no moon,
and he is drinking sake
all alone!
Faceless, just numbered.
Lone pixel in the bitmap-
I, anonymous.
Silence--a strangled
Telephone has forgotten
That it should ring
You guys inspired me to write some today....here it is :
त्यो मिठो रात
त्यो मायालु चुम्बन
अन्तिम पो भो
फ्री वे मा जाम
तातो पानी मा प्रिया
हतारोमा म
चिसो मौसम
फाएर प्लेस मा आगो
मम र अचार्
असार
हिले खेतमा
गुन्यु छोटो पारेकी
खेताल्नी दिदी
श्रावण
केराको बोट
सितको थोपा झर्यो
बिऊ रोपियो
होली
रंगको खेल
601 खेलाडी
गोलपोस्ट खै?
वेद पौडेल
टोकियो, जापान
bed_poudel@hotmail.co.jp
Simple_KETA, OBAMA, Thanks for joining. Keep up coming.
Today`s HAIKU.
-1-
प्रभात लाली
समुद्र किनारमा
सूर्य दर्शन
On the occasion of छठ पर्व.
DG:
This Haiku:
हटिया माझ
कुकुरको शालिक
कुरेर बस्दै
Are you referring to Hachiko's statue??
Pun-Hill Jee,
U are absolutely right. Thanks for posting it here.
Today I am sharing another HAIKU for my junior friend *** who is getting married with Japanese girl.
तीन हाइकु
-१-`
पुर्वेली नानी
सिउँदोमा सिन्दुर
सुन्दर अति!
-२-
पन्चे बाजा लौ
जनकपुर धाम
डोलीमा रुँदै!
-३-
शुभ विवाह
दाम्पत्त्य जीवन
हर्क बढाई!
हाईकुको एउटा बैनि [ यो हाईकु होईन ] :
काठमाण्डू [ मेरो नजरमा ]
अंधेरो कोठा, उत्तेजक संगित, चुरोटको धुंवा कामुक तरुनि, रक्सिको गिलासमात्तेको मान्छेछातिको पिडा, रक्त रंजित, भाँचेको खुट्टाभावुक मारुनि, युद्द विरामआँत्तेको मान्छेगाडिको धुंवा, हावा दुशित, खाँदेको डब्बा चालक बेहोसि, नमिलेको हिसाबभागेको मान्छे 04-Sep-10 08:57 PM
ब्याख्या [ एउटा भर्सन ] :
खै के हो के हो काठमाण्डु ?
अंधेरो कोठामा उत्तेजक संगित सँगै चुरोटको धुंवा होकि काठमाण्डु ? या कामुक तरुनि सँग रक्सिको गिलास लिएको मात्तेको मान्छे नै हो काठमाण्डु ?
छातिको पिडा सँगै रक्त रंजित भाँचेको खुट्टा होकि काठमाण्डु ? या
भावुक मारुनि सँग युद्द विराम भएर आँत्तेको मान्छे नै हो काठमाण्डु ?
गाडिको धुंवाले हावा दुशित भएर खाँदेको डब्बा होकि काठमाण्डु ? या चालक बेहोसि सँग हिसाब नमिलेर भागेको मान्छे नै हो काठमाण्डु ?
खै के हो के हो काठमाण्डु ?
या हो मात्तेको मान्छे नै काठमाण्डु ?
या हो आँत्तेको मान्छे नै काठमाण्डु ?
या हो भागेको मान्छे नै काठमाण्डु ?
खै के हो के हो काठमाण्डु ?बाई
Last edited: 17-Nov-10 01:49 PM
हाइकुको आफ्नै बनावट हुन्छ /
मेरो पनी हाइकु त हैन, अब नेपाली हाइकुलाई नाइकू भन्नु पर्ला:
(कथा आफै बुझ्नुस)
१
खुट्टा हावामा
छाती तन्नक्क
हाथमा DV
२
मृगतृष्णा नगरी
अमेरिका यात्रा
खोई स्वर्ग?
३
घरमै मंदिर
फिर्ती सवारी
पुर्पुरोमा हाथ
Last edited: 17-Nov-10 03:01 PM
Last edited: 17-Nov-10 03:04 PM
simple_keta,
like yr explanation part....it has a potential to be a longer and very stroner poem.....hoina ra???
stiffler
तपाईको शब्द शब्दलाई मेरो तारिफ छ ।
कठै... दर्द छ । थोरै शब्दमै पुरा एउटा कथा छ । ब्यथा छ । फेरि एउटा सुरुवात छ ।
मलाई मन पर्यो तपाईको सैलि, माझिएको छ ।
------------------------------------------------------------------
एउटा
जापानि हाईकु:
fuji no kaze ya ōgi ni nosete Edo miyage- the wind of Mt. Fuji
- I've brought on my fan!
- a gift from Edo
[ यस्मा एउटा कहानि छ । रोचक छ ]
एउटा
जापानि सेनरुय Senryū
川柳 :
- 泥棒を dorobō wo
- 捕えてみれば toraete mireba
- 我が子なり wagako nari
- The robber,
- when I catch,
- my own son
[ यस्मा एउटा कहानि छ । रोचक छ । हाँस उठ्दो छ । ]
------------------------------------------------------------------
विकिपेडिया बाट
obama
मैले त्यो केहि अगाडिनै लेखेको हो August / September तिर । र त्यो मैले लेखेको समय देखिन अैले सम्म मेरो कथाको पात्र हरुमा केहि परिवर्तन नभेटेकोले मैले मेरो कथा अगाडि बढाउनै सकिन ।
माफि चहान्छु ।
धन्येबाद ।
Simple jee ko pani haiku jawos na ta.
stiffler लाई समर्पित ।
दिन रात प्रतिकृया झेल्दै मेरो सबै भन्दा राम्रो तपाईलाई दिँउ भन्थे, तर सकिन !
शब्दै भेटिन, पात्रै भेटिन अनि कहानि भेटिन !
एउटा काल्पनिक पात्र जन्माएँ, एउटा काल्पनिक पात्र जन्माएँ, अनि कथा बनाएँ !
एक नजर के हेरेथें उसलाई,
आफन्तले भोज खोजेको रैछ,
मेरो बिहे पो भो ॥
अैले हामी बिचको तुषारो
अनि परालको आधो
बन्यो चिसो चुल्हो ॥
तातो गोली थाप्छौ कि छातीमा
या चिसो छुरी ढाडमा
उस्को अर्थ निकाल्छु म ॥
एक गल्ती के गरेथें उसलाई,
लमिले झुट बोलेछ मलाई,
पारपाचुके फिक्स भो ॥
धन्येबाद
बाई ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 8
· Viewed 1265
· Likes 3
· Posts 12
· Viewed 945
· Likes 1