नेपाली लोक गीतहरु - Sajha Mobile
SAJHA MOBILE
नेपाली लोक गीतहरु
Posts 52 · Viewed 46895 · Likes 26 · Go to Last Post
Geology Tiger
· Snapshot 0
Like · Likedby · 0

साझाका मित्रहरु,


हामी सबैलाई नेपाली गीत संगितको माया लाग्छ, सुन्न मनलाग्छ, गाउन मनलाग्छ, गीत बजाएर नाच्न मनलाग्छ। फरक यति हो कसैलाई आस्था, नेपथ्य र 1974 AD का गीतहरु सुन्न मनपर्ला त कसैलाई नारायण गोपाल र प्रेमध्वज प्रधानको गीतहरुमा लठ्ठ हुन मनपर्छ होला। अहिले धेरै नेपाली गीतहरु अनलाईनमा पनि उपलब्ध छन्। कतिपय साझाकै मित्रहरुले पनि अनलाईनमा उपलब्ध नभएका राम्रा गीतहरु साझाका अरु मित्रहरुको लागि उपलब्ध गराइरहनु भएको छ, जुन प्रंसशायोग्य छ।


धेरै आधुनिक नेपाली गीतहरुको शब्दहरु पनि अनलाइनमा पाईन्छ तर मैले थोरै मात्र नेपाली लोक गीतहरु र ती गीतहरुका शब्दहरु अनलाइनमा पाएको छु। जती छन् ती मध्य धेरैलाई त रिमिक्स गरेर ध्वस्त पारीएको छ र बाँकी चाँही खैरेनिमा गेट, दमौलीमा गेट जस्ता सुन्दै वाक्क लाग्ने दोहरी गीतहरु मात्र  छन्। मलाई आशा छ हामी मध्य धेरैसँग त्यस्ता पुराना र ठेट नेपाली लोक गीतहरुको सँगालो होला। यदी तपाईंहरु सँग त्यस्ता लोक गीतहरुको छन् भने कृपया त्यस्का शब्दहरुलाई यस धागोमा कोरिदिनु होला साथै त्यो गीत सुन्न र हेर्न मिल्ने कुनै लिन्क भए त्यो पनि टाँसी दिनुहोला।


आज एक चोटि फेरी मादल घन्काएर नाँचू नाँचू झै भएको छ। लौ साथी हो, सबै मिली गाउन त नेपालको भिरपाखा पधेरीमा गुन्जने लोक सुसेलिहरु।    


मेरो तर्फबाट पहिलो प्रयास  
बिमलराज छेत्रीको स्वरमा रहेको यो लोकलहरी       


आमा रुँदै गाउ बेसी मेलैमा
छोरो रुँदै गोरखपुर रेलैमा - २


आज आउँला भोली आउँला बर्षौ बितिगयो
छोरा पर्खी बस्दा बस्दा बुढेसकाल भयो
बूढा बाबु ओछ्यानबाट तिमीलाई बोलाँउदैछन्
घरका जहान परिवार सम्झी रोईरहेका छन्


ए छोरा फर्कन अब त
दुखियारी बाउ आमा सम्झेर - २


बरबर आशुँ झर्छ सम्झदा खेरी
कती दिन मन बुझाउने तिम्रो चिट्ठी हेरी
दिनभर मेलापात धानकोदो गोडेर
रुन्छिन् सधैं तिम्री प्यारी भक्कनो छोडेर


ए बाबु फर्की आउ अब त
मर्ने जोबान कति दिन छ र त - २


घरबारी गोठ पनि पहिरोले लाग्यो
दैव पनि हामीलाई मात्र लागे जस्तो भयो
दुखियालाई दु:ख पनि झन् थपिदै गयो
छोरासँग भेट आशा मर्दै गयो


यी आँखामा सधैं आशुँका धारा
कुन जुनीमा तिर्नी हौ दुधभारा - २  


आमा रुँदै गाउ बेसी मेलैमा
छोरो रुँदै गोरखपुर रेलैमा - ३


युट्युबमा चाँही लोकराज छेत्रीको नाममा यो गीत रहेको छ जसको शब्दहरु माथिका शब्दहरु भन्दा अलि फरक छन् 




 
      
  

Load Previous
naramro
· Snapshot 834
Like · Liked by · 1
ल है यो मगर कौडा गीत पनि हेरम 
जोबन या धयङ लोउला हजारङ्ग !!!!
                  जोबन दिये किन्छु हजारमा 

इडी सेचो अर्नमकोके दुपा छिनी बजारङ् !!!!!!
        एती राम्री तरुनी लाई भेटे बजारमा

        
grishma
· Snapshot 883
Like · Liked by · 1

Here we go Paan Ko Paat


 


https://www.youtube.com/watch?v=JQEYtQ3XTWM

Geology Tiger
· Snapshot 930
Like · Liked by · 0

ल है त यो मैले यो मिठो लोक गीत राखिदिए





 

npthito
· Snapshot 950
Like · Liked by · 1
Here is one from Haridevi Koirala.
npthito
· Snapshot 963
Like · Liked by · 0
Here is another one, bichhodko pida

https://www.youtube.com/watch?v=kf5uaCSNr9s
naramro
· Snapshot 972
Like · Liked by · 0
naramro
· Snapshot 973
Like · Liked by · 0
Geology Tiger
· Snapshot 1003
Like · Liked by · 0

नारायण गोपाल र ज्ञानु रानाको स्वरमा रहेको यो मिठो लोकभाका





 

black_panther
· Snapshot 1065
Like · Liked by · 0

घास काट्ने खुर्केर -









Last edited: 09-Oct-10 08:46 PM
Geology Tiger
· Snapshot 1454
Like · Liked by · 0




 

chamatkar
· Snapshot 1464
Like · Liked by · 0
black_panther
· Snapshot 1487
Like · Liked by · 0

- लेकाली हे चोयाको डोको ... 








Last edited: 08-Nov-10 09:24 PM
black_panther
· Snapshot 1493
Like · Liked by · 0

-  यो देशमा म एउटा मानिस खोजी रहेछु ... 






Last edited: 08-Nov-10 09:35 PM
npthito
· Snapshot 6958
Like · Liked by · 0
धेरैपछी आज लोक गित सुनियो, साझालाई धेरै धयाबाद|
Geology Tiger
· Snapshot 7033
Like · Liked by · 0
ल यो लोकगित पनि सुनौ: कमलिकान्त भेटुवालको झम्के [Disallowed String for - inappropriate]ली



Geology Tiger
· Snapshot 7054
Like · Liked by · 0
भिडियोको क्वालीटी त्यती राम्रो छैन, तर गणेश रसिककै स्वरमा 'घरबेटी नानी' npthitoको अनुरोधमा  


Geology Tiger
· Snapshot 7089
Like · Liked by · 0
नखेल्नु जुवा र तास



Geology Tiger
· Snapshot 7103
Like · Liked by · 0
काला कुर्तैले



NALAPANI
· Snapshot 7135
Like · Liked by · 0
 Purbeli Sorathi....Arun Upatyaka ka lok suseli
NALAPANI
· Snapshot 7137
Like · Liked by · 1
Baini ko daya chha bhane....

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 11 · Viewed 895 · Likes 1
· Posts 1 · Viewed 56
· Posts 1 · Viewed 54
· Posts 4 · Viewed 307
· Posts 9 · Viewed 1305
· Posts 1 · Viewed 104
· Posts 1 · Viewed 111
· Posts 1 · Viewed 86
· Posts 12 · Viewed 662
· Posts 25 · Viewed 4074 · Likes 2



Your Banner Here
Travel Partners
Travel House Nepal